Comments Add Comment

कोरोना खोप

List Grid
पदभार ग्रहण गरेको सय दिनमा २० करोडलाई कोरोना खोप लगाउने बाइडनको लक्ष्य

१३ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा २० करोड मानिसलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने लक्ष्य राखेका छन् । राष्ट्रपति बनेपछि पहिलोपटक प्रेस कन्फ्रेन्समा देखिएका बाइडनले यस्तो बताएका हुन् । बाइडनले भने, ‘मलाई थाहा छ यो लक्ष्य महत्वाकांक्षी छ, हाम्रो वास्तविक लक्ष्यको दोब्बर हो । अहिले […]

भारतले भन्यो-खोप निर्यातमा बन्देज लगाएका छैनौं

१३ चैत, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । एक उच्च भारतीय अधिकारीले साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित गरेको समाचारमा कुनै सत्य नभएको दाबी ती अधिकारीको छ । स्रोतले भन्यो, ‘बेला […]

भारतले कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगायो

१२ चैत, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ। पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो । बीबीसीका अनुसार अक्सफोर्ड-एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ । भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका […]

कोरोनाको खोप लिन निगमको जहाज चीन जाँदै

१० चैत, काठमाडौँ । सरकारको निर्णयानुरुप कोरोनाको खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक कोरोना खोप लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा यही चैत १५ गते उडान भर्ने भएको हो । बेजिङबाट कोरोना खोप लिएर निगमको जहाज […]

चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने

९ चैत, काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताए । उनले अनलाइनखबरसँग भने, ‘ खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय भइसकेको छ ।’ चीनले नेपाललाई पटक पटक […]

बेलायतमा एकैदिन सात लाखभन्दा धेरैले लगाए कोरोना खोप

८ चैत, काठमाडौं । बेलायतमा एकैदिन दिन सात लाख ११ हजारभन्दा धेरैले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । बेलायत स्वास्थ्य नियामकले दिएको जानकारीअनुसार शुक्रबार पहिलो र दोस्रो डोज गरी समग्रमा सात लाख ११ हजार १५६ डोज कोरोना खोप लगाइएको हो । बेलायती स्वास्थ्यमन्त्री माट हेन्ककले शुक्रबारको उपलब्धि बेलायतको लागि सैद्धान्तिकरुपमा ठूलो उपलब्धि भएको […]

बेलायतमा एकैदिन सात लाख ११ हजारभन्दा धेरैले लगाए कोरोना खोप

८ चैत, काठमाडौं । बेलायतमा एकैदिन सात लाख ११ हजारभन्दा धेरैले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । बेलायतको स्वास्थ्य नियामकले दिएको जानकारीअनुसार शुक्रबार पहिलो र दोस्रो डोज गरी समग्रमा सात लाख ११ हजार १५६ डोज कोरोना खोप लगाइएको हो । बेलायती स्वास्थ्यमन्त्री माट हेन्ककले शुक्रबारको उपलब्धि बेलायतका लागि सैद्धान्तिकरुपमा ठूलो उपलब्धि भएको बताएका […]

एस्ट्राजेनेकाको खोपमाथिको प्रतिबन्ध हटाउँदै युरोपेली मुलुक

६ चैत, काठमाडौँ । युरोपेली मुलुकहरुले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोपमा लगाइएको प्रतिबन्ध हटाउन थालेका छन् । युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले उक्त खोप ‘सुरक्षित र प्रभावकारी’ भएको निष्कर्ष निकालेसँगै युरोपेली मुलुकले यो खोपको प्रयोग पुनः सुरु गर्ने निर्णय गरेका हुन् । यसअघि युरोपेली मुलुकहरुले एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या बढेको भन्दै […]

कोरोना खोप किन्न विश्व बैंकले नेपाललाई दिने भयो ८ अर्ब ७० करोड ऋण

६ चैत, काठमाडौं । कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो । नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरुद्धका खोपहरुको […]

१६ लाख नागरिकले लगाए कोरोना खोप 

५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । बिहीबारसम्म १६ लाख ७३ हजार २२७ नागरिकले कोरोना खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले गत माघ १४ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो । थप १०७ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या […]

भारतीय नागरिक चीन जान चिनियाँ खोप अनिवार्य

३ चैत, काठमाडौं । चीन सरकारले आफ्नो देश आउने भारतीय नागरिकले चीनमा बनेको कोभिड – १९ खोप लगाउनुपर्ने सर्त राखेको छ ।  १५ मार्चदेखि भारतीय नागिरकले चीन जानका लागि चीनमा बनेको कोरोनाविरुद्धको खोप लगाउनुपर्ने भारतस्थित चिनियाँ दूतावासले जनाएको छ । चिनियाँ दूतावासले विज्ञप्तिमा भनेको छ, ‘चिनियाँ दूतावास तथा वाणिज्‍य दूतावासमा मानिसहरु भिसा प्रक्रियामा सहभागी हुन […]

जर्मनीसहित युरोपका थप चार मुलुकले लगाए एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध

४ चैत, काठमाडौं । जर्मनी, फ्रान्स, इटाली र स्पेनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको खोप प्रयोगमा रोक लगाउने निर्णय गरेका छन् । युरोपमा यो खोप लगाएका केही मानिसमा रगत जम्ने समस्या देखिएसँगै पछिल्लो समय विभिन्न मुलुकले एस्ट्राजेनेकाको खोप प्रयोगमा रोक लगाइरहेका छन् । एस्ट्राजेनेकाको खोपमा रोक लगाउने मुलकमा अधिकांश […]

राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएकी छन् । खोप लगाउन उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुगेकी थिइन् । कोरोना खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफ्नै उमेर समूह पर्खिएर बसेकी तर बंगलादेश भ्रमणमा जानु पर्ने भएकाले खोप लगाएको बताइन् । उनले भनिन्, सबैले लगाईसकेपछि […]

नेदरल्याण्ड्सले लगायो एस्ट्राजेनेकाको खोपको प्रयोगमा रोक

२ चैत, काठमाडौं । नेदरल्याण्ड्सले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । यो खोप लगाएपछि देखिनसक्ने सम्भावित साइड इफेक्टको आशंकाको कारण नेदरल्याण्ड्सले मुलुकमा यो खोपको प्रयोगमा रोक लगाउने बताएको हो । नेदरल्याण्ड्सको सरकारले यो प्रतिबन्ध मार्च २९ सम्म जारी रहने बताएको छ । यसअघि […]

कोरोना खोप : किन पछि परे एसियाली मुलुक ?

२ चैत, काठमाडौं । विश्वभर करिब १६ करोड मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइसकेको आकलन छ । खोप लगाउनेमध्ये अधिकांश मानिसहरु युरोप र अमेरिकाका छन् । भारतमा पनि २ करोड ४५ लाखभन्दा बढी कोरोना खोप लगाइसकिएको छ । तर एसियाका धेरै मुलुकमा भने खोप कार्यक्रम सुस्त गति छ । खोप कार्यक्रम निकै सुस्त हुनुको […]

सेप्टेम्बरसम्म ८० प्रतिशत नागरिकलाई कोरोना खोप लगाउने इटालीको योजना

१ चैत, काठमाडौं । इटालीले सेप्टेम्बरको अन्तिमसम्ममा मुलुकका ८० प्रतिशत नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने योजना बनाएको छ । इटालीमा कोरोना खोप कार्यक्रम निकै सुस्त चलिरहेको भन्दै आलोचना भइरहेको अवस्थामा इटालीले शनिबार यस्तो योजना सार्वजनिक गरेको हो । इटालीले पूर्ण क्षमतामा दैनिक पाँच लाख डोज कोरोना खोप दिने लक्ष्य रहेको बताएको छ । […]

अमेरिकामा १० करोडभन्दा धेरैले लगाए कोरोना खोप

१ चैत, काठमाडौं । अमेरिकामा १० करोडभन्दा धेरै मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले अहिलेसम्म १० करोड एक लाख मानिसले कोरोनाविरुद्धको खोप लिइसकेको बताएको हो । सन् २०२० को अन्तिमबाट अमेरिकामा कोरोना खोप कार्यक्रम सुरु भएको थियो । सीडीसीले दिएको जानकारीअनुसार तीन करोड ५० […]

दक्षिणपूर्वी एसियालाई एक अर्ब डोज कोरोना खोप दिने क्वाडको निर्णय

१ चैत, काठमाडौं । अमेरिका, अस्ट्रेलिया, जापान र भारतसहितको समूह ‘क्वाड’ले दक्षिणपूर्वी एसियाका मुलकका लागि सन् २०२२ को अन्तिमसम्म एक अर्ब डोज कोरोना खोप उपलब्ध गराउने भएको छ । क्वाडमा आबद्ध मुलुकका प्रमुखबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो । अमेरिकी जोन्सन एण्ड जोन्सनले विकास गरेको एक डोज मात्र लगाए पुग्ने कोरोना खोपको उत्पादन भारतमा […]

छुटेका सांसदलाई आज कोरोना खोप लगाइँदै

२९ फागुन, काठमाडौं । कोरोना खोप लगाउन छुटेका संघीय सांसदहरुलाई आज खोप लगाइँदैछ । यसअघि यही फागुन १९, २० र २१ गतेका दिन सांसद र संसदका कर्मचारीहरुका लागि खोप लगाउने कार्यक्रम तय गरिएको थियो । विभिन्न कारणले उक्त दिनमा छुटेकाहरुलाई आज खोप लगाउन लागिएको संसद सचिवालयले जानकारी दिएको छ । खोप आज शनिबार १० बजेदेखि […]

भारतलाई खोप उत्पादन बढाउन वित्तीय सहयोग दिने क्वाडको तयारी

२६ फागुन, काठमाडौं । भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संगठन क्वाडले भारतलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उत्पादन बढाउन वित्तीय सहयोग प्रदान गर्ने तयारी गरेको छ । अमेरिकाका एक शीर्ष अधिकारीले आगामी शुक्रबार हुन गइरहेको क्वाडको बैठकमा भारतलाई वित्तीय सहयोग दिने घोषणा हुन सक्ने बताएका हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार विशेषगरी नोभाभ्याक्स र जोन्सन […]

१०४ वर्षीया वृद्धाले लगाइन् कोरोनाविरुद्धको खोप

२५ फागुन, काठमाडौं । फागुन २३ गतेदेखि काठमाडौं लगायत देशभर दोस्रो चरणको कोरोना खोप अभियान जारी छ । ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुले पनि अहिले धमाधम आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाइरहेका छन् । काठमाडौंको चावहिलस्थित ऊँ अस्पताल खोप केन्द्रमा पनि जेष्ठ नागरिकहरु कोरोना खोप लगाउने पुगिरहेका छन् । सो खोप केन्द्रमा मंगलबार एकजना […]