Comments Add Comment

रामचन्द्र पौडेल

List Grid
देउवालाई पौडेल पक्षको प्रश्न : हामीले पाउने मन्त्री कति हो ?

६ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसभित्र छलफल नै नगरी मन्त्री चयन गरेकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । बुधबार पौडेल पक्षका नेताहरुको महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा भएको बैठकले आफूहरुले पाउने मन्त्री संख्या किटान गर्न आग्रह गरेको छ । हाल मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ४ जना रहेकामा सबै देउवा […]

मन्त्री नियुक्तिमा छलफल नगरेको भन्दै रामचन्द्र पौडेल असन्तुष्ट

६ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताए । नेता पौडेलले मन्त्री नियुक्तिमा प्रधानमन्त्री देउवाले एकलौटी गर्न खोजेको भन्दै आफूपक्षीय नेताहरुको बैठक बोलाएका छन् । बैठक महामन्त्री डा. […]

डडेल्धुराको वडा अधिवेशनबारे पौडेल समूहभित्रै फरक मत

३१ भदौ, काठमाडौं । सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धरामा भएको नेपाली कांग्रेसको वडा अधिवेशनको विरोध गर्दै आएको पौडेल समूहभित्र पुनः अधिवेशनबारे मतभेद देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका देउवाले राज्यशक्तिको दुरुपयोग गरेर एउटा पक्षलाई बाहिर राखेर अधिवेशन गरेको पौडेल पक्षको आरोप छ । उक्त वडा अधिवेशन स्वीकार्य नहुने बताएको पौडेल समूहमा फेरि वडा अधिवेशन गर्ने वा […]

डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै पौडेलसहितका नेता सानेपामा

३१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र डडेल्धुरा जिल्लाको वडा अधिवेशनलाई लिएर भएको विवाद थप चर्किने संकेत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्काे समूह असन्तुष्ट बनेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरा अधिवेशन आफूहरुले नस्वीकार्ने भन्दै फेरि अधिवेशनका लागि निर्वाचन समितिको […]

कांग्रेसमा पुराना भत्किंदै, नयाँ गुट बन्दै

२९ भदौ, काठमाडौं । स्थापनाकालदेखि दुई गुटमा विभक्त नेपाली कांग्रेसमा १३ औं महाधिवेशनबाट तेस्रो गुट अस्तित्वमा आयो । १३ औं महाधिवेशन आउनै लाग्दा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन समूह छाडेर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । संस्थापन समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बनेका थिए । सभापतिमा विजयी भने संस्थापन इतरका […]

देउवामाथि पौडेल समूहको आरोप : पार्टी अधिवेशनमा सत्ताको दुरुपयोग भयो

२८ भदौ, काठमाडौं । १४औं महाधिवेशन प्रक्रिया सुरु भएसँगै नेपाली कांग्रेसमा धु्रविकरण बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवामाथि पार्टी अधिवेशनमा सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । र, महाधिवेशन निष्पक्ष ढंगमा हुनेमा आशंका गरेको छ । पछिल्लो पटक डडेल्धुराको वडा अधिवेशनलाई पौडेल समूहले तीव्र असन्तुष्टि जनाएको छ […]

शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्न खोजे : रामचन्द्र पौडेल

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन् । देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर कतिपय वडा अधिवेशन भएको र त्यो आफूहरुलाई मान्य नहुने उनले चेतावनी दिए । नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा […]

अतिवादको यात्रामा देउवा, अन्यायका साक्षी पौडेल र सिटौला 

नेपाली कांग्रेस पार्टी अहिले स्थानीय तहको चुनाव सम्पन्न गर्दै आसन्न १४औं महाधिवेशनको तयारीमा जुटेको छ । स्थानीय तहदेखि केन्द्रसम्म नयाँ नेतृत्वको लागि आ-आफ्नो उम्मेदवारी घोषणाको प्रतिस्पर्धा बढ्दै गएको छ । केन्द्रीय सभापति पदको उम्मेदवारी दिनेको लामो सूची बनिसकेको छ । लोकतान्त्रिक पद्धतिमा यो अस्वाभाविक पनि होइन । साढे पाँच वर्षको कार्यकालमा पार्टी सभापति देउवामाथि धेरै […]

डडेलधुराको अधिवेशनबारे रामचन्द्र पौडेलको टिप्पणी : महाधिवेशनका लागि शुभसंकेत होइन

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेलधुरामा जिल्ला कार्यसमितिको सहमति वेगर वडा अधिवेशन गरेको भन्दै आपत्ति जनाएका छन् । सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी वडा अधिवेशन सुरु गरेको भन्दै उनले यो लोकतन्त्रकै उपहास भएको बताएको छ । उनले […]

देउवालाई भेटेर पौडेलले भने– पार्टीको निर्वाचनमा प्रहरी प्रशासनको दुरुपयोग नहोस्

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी निर्वाचनलाई धाँधलीरहित र निश्पक्ष बनाउन ध्यानाकर्षण गराएका छन् । पौडेल पक्षका नेताहरुले पार्टीको निर्वाचनमा प्रहरी र प्रशासनको दुरुपयोग नहोस् भनेर प्रधानमन्त्रीसमेत रहेका देउवाको ध्यानाकर्षण गराएका हुन् । पौडेल नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी, डा मिनेन्द्र रिजाल […]

डडेल्धुरामा वडा अधिवेशन रोक्न देउवासँग पौडेल पक्षको माग

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौका लागि तोकिएको वडा अधिवेशन रोक्न माग गरेको छ । बिहीबार पौडेलसहितका नेताहरुले देउवालाई भेटेर जिल्ला कार्यसमितिको असहमतिकाबीच एकपक्षीय रुपमा अधिवेशनको मिति तोकिएको भन्दै रोक्न माग गरे । ‘जिल्ला कार्यसमितिसँग समन्वय नै नगरी एकपक्षीय रुपमा निर्वाचन अधिकृतले वडा […]

कांग्रेस नेता कार्यकर्तालाई रामचन्द्रको अपील : आत्माको पुकार सुनेर निर्णय गर्नुस्

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई अपील गरेका छन् । वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत् वरिष्ठ नेता पौडेलले महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गरेका हुन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ […]

पौडेल समूहका सभापतिका आकांक्षीको बैठक बत्तिसपुतलीमा

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटेका छन् । आसन्न महाधिवेशनमा सभापतिसहित पदाधिकारीका उम्मेदवार चयन गर्न पौडेल समूहको बैठकका नेताहरु छलफलमा जुटेका हुन् । पौडेल समूहका सभापतिका आकांक्षीसहितका नेताहरुको बैठक अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । वडा अधिवेशन अघि सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरु निरन्तर […]

सभापति छान्‍न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा

१६ भदौ, काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिसहित पदाधिकारीका उम्मेदवार चयन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । वडा अधिवेशन अघि सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा छन् । पौडेल समूहका नेता अर्जुननरसिंह केसीले बुधबार अपराह्न पनि बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार सभापतिसहित पदाधिकारीको टीममा सहमति […]

पौडेल समूहले टुंग्याउन सकेन सभापतिको उम्मेदवार

१५ भदौ काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंग्याउन असमर्थ भएको छ । सभापतिको उम्मेदवार चयन गर्न बसेको पौडेल समूहको बैठकले सहमति जुटाउन नसके पनि आफ्नो समूह सन्देश एक ठाउँमा रहेको सन्देश दिन बुधबार पत्रकार सम्मेलन आयोजना गरेको छ । पौडेल समूहले वडा अधिवेशनअघि नै सभापतिमा आफ्नो पक्षका […]

सभापतिको उम्मेदवार छान्न बोहोराटारमा पौडेल समूहको बैठक बस्दै

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्ने केन्द्रीय सदस्य बलबहादुर केसीले अनलाइनखबरलाई बताए । उनका अनुसार संस्थापनइतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । पौडेल समूहमा […]

महाधिवेशनका लागि अझै गाँठो फुकेको छैन : रामचन्द्र पौडेल

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका रहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउन पुगेका उनले भदौ १८ गते वडा अधिवेशन शुरु गर्ने गरी ल्याइएको नयाँ कार्यतालिका कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे । भदौ १८ गते वडाको चुनावको तिथि तय […]

पौडेल समूहको बैठक चाक्सीबारीमा, सर्वसम्मत नेतृत्वको खोजी

९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको एक नेताले बताए । पूर्वमहामन्त्री प्रकाशमान […]

जिल्ला सभापतिहरुको धर्नामा गोपालमानको ऐक्यबद्धता

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको धर्ना नेता गोपालमान श्रेष्ठले पनि ऐक्यबद्धता जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर श्रेष्ठले धर्नामा ऐक्यबद्धता जनाएका हुन् । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै पौडेल पक्षका जिल्ला सभापतिहरुले आजबाट धर्ना सुरु गरेका छन् । […]

रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति पार्टी कार्यालयमा धर्ना बस्दै

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना बस्ने भएका छन् । विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले आजै बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना बस्न लागिएको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए । यसअघि जिल्ला […]

पौडेल पक्षका जिल्ला सभापतिले पार्टी कार्यालयमा धर्ना दिने

७ भदौ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन् । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने माग राख्दै जिल्ला सभापतिहरुले मंगलबार पार्टी कार्यालयमा धर्ना दिने भएका हुन् । दुई दिनअघि पौडेलनिकट जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवालाई इमेलमार्फत् दुई दिनभित्र क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गरेका […]