Comments Add Comment

देश

List Grid
ऊर्जामन्त्री पुनले रोल्पा पठाए पीपीईसहित स्वास्थ्य सामग्री

२४ चैत, काठमाडौं । ऊर्जा, जलश्रोत ताथ सिँचाइमन्त्री वर्षमान पुन अनन्तले काठमाडौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन् । मन्त्री पुनले पीपीई सेट मात्र ११० थान […]

विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान

२४ चैत, काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ । उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरू समस्यामा पर्न थालेपछि इक्यानले त्यस्ता […]

सिमानामा अलपत्रकाे उद्धार गर्न जनमोर्चाको माग

२४ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतका विभिन्न सीमाहरूमा अलपत्र नेपालीलाई उद्धार गर्न माग गरेको छ । सिमानामा करिब एक हजार नेपालीले कष्टप्रद र पीडादायी अवस्थामा रहेको भन्दै उद्धार गरेर क्वारेन्टाइनमा राख्न उसले सरकारलाई अनुरोध गरेको छ । भारतमा बेखर्ची भएका नेपालीलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार, आवश्यक व्यवस्था गर्न भारत सरकारसित कूटनीतिक पहल गर्नुपर्ने जनमोर्चा […]

बालाजु बाइसधाराको जात्रा स्थगित

काठमाडौं । बालाजु बाइसधाराको जात्रा स्थगित भएको छ । कोरोना भाइसरका कारण जात्रा स्थगित भएको हो । हरेक वर्ष चैत शुक्ल पूणिर्माका दिन लाग्ने जात्रालाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउने गर्छन् । यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाईधुवाई गरेमा फलिफाप हुन्छ भन्ने मान्यता छ । किम्वदन्ती अनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर […]

प्रदेश १ का क्वारेन्टाइनमा ५९९ जना

२४ चैत, विराटनगर । प्रदेश १ मा रहेका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या करिब ६०० पुगेको छ । प्रदेशका २४४ स्थानमा रहेका तीन हजार ९५४ बेडका क्वारेनटाइनमा चार महिलासहित ५९९ पुरुष रहेका छन । सबैभन्दा बढी मोरङको टाँडीमा नेपाली सेनाले तयार पारेको क्वारेनटाइनमा १३० जना रहेका छन् । जिल्लामा तीन महिलासहित १३ जना आइसोलेसनमा छन् । […]

एकैदिन ९० हजार सिलिण्डर ग्यास वितरण

२३ चैत, काठमाडौं । आइतबार एकैदिन ९० हजार सिलिण्डर ग्यास वितरण गरिएको छ । काठमाडौं उपत्याकासहित देशभर आइतबार विभिन्न ग्यास उद्योगका ९० हजार सात सय एक सिलिण्डर ग्यास वितरण भएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । निगमले ग्यासको अभाव देखिएपछि वितरणमा जोड दिँदै आएको छ । शनिबार मात्रै देशैभर २४ हजार सिलिण्डर […]

सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री देऊ : प्रेस काउन्सिल

२३ चैत, काठमाडौं । सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन प्रेस काउन्सिल नेपालले माग गरेको छ । कोभिड–१९ को जोखिम बढिरहेको उल्लेख गर्दै काउन्सिलले अन्तर्राष्ट्रिय सीमासहित जोखिमपूर्ण क्षेत्रको समाचार संकलनमा खटिने पत्रकारका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको हो । काउन्सिलको आज बसेको बैठकले कोभिड–१९ नियन्त्रणका लागि सबै प्रकारका सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना […]

स्वास्थ्यकर्मीलाई मात्र एन–९५ मास्क र पीपीई दिनू : विज्ञ

२३ चैत, जनकपुरधाम । कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई मात्र एन–९५ मास्क र व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउन विज्ञहरूले प्रदेश २ सरकारलाई सुझाव दिएका छन् । कोरोना रोकथाम नीति निर्माणका लागि प्रदेश २ सरकारद्वारा अख्तियारप्राप्त विज्ञसम्मिलित समूहले आइतबार प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो । सबैले मास्क र पीपीई प्रयोग गर्दा अभाव सिर्जना भएकाले कोरोना […]

भारतबाट फर्केका वडाध्यक्ष नै क्वारेन्टाइनमा बसेनन्, स्थानीयले गरे प्रहरीमा उजुरी

२३ चैत, जनकपुरधाम । अहिले विदेशबाट आउनेहरुलाई खोजी-खोजी क्वारेन्टाइनमा राख्न सरकारले स्थानीय तहहरुलाई परिचालन गरेको छ । तर, भारतबाट आएका धनुषाका एक जनप्रतिनिधि नै क्वारेन्टाइनमा नबसेपछि स्थानीयबासी त्रसित भएका छन् । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगेन्द्र पाठक भारतबाट करिब एक महिनापछि आफ्नो घर फर्केका छन् । कोरोना संक्रमण फैलिन नदिन लकडाउन […]

पर्साका क्वारेन्टाइनमा ३९ जना, १३७ जना फर्किए

२३ चैत, वीरगञ्ज । पर्सामा १३७ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् । जिल्लाका विभिन्न पालिकाले बनाएको क्वारेन्टाइनमा बसेर उनीहरु फर्किएका हुन् । कोरोना भाइरस संक्रमण फैलिएका ठाउँबाट आएका व्यक्तिमा संक्रमण भए नभएको यकिन गर्न वीरगञ्ज महानगरपालिकासहित १० वटा स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेका छन् । वीरगञ्ज महानगरपालिकामा सिद्धार्थ मावि र केडिया डेन्टल अस्पतालमा ५०/५० […]

ढिस्कोले पुरिँदा सप्तरीमा दुई बालकको मृत्यु

२३ चैत, सप्तरी । सप्तरीमा खेल्ने क्रममा आइतबार दिउँसो दुई जना बालकको ढिस्कोले पुरिएर मृत्यु भएको छ । अग्निसाइर कृष्णा सावरण गाउँपालिका-६ मोहनपुरका दुई बालकको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय दिलबहादुर मगरको ५ वर्षीय छोरा निकेश मगर र उमेश खड्काका ६ वर्षी संजीव खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव […]

बुटवलका सडकमा छरियो चार लाख ६८ हजार लिटर किटनाशक

२३ चैत, बुटवल । कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि बुटवलका सडकहरुमा ‘क्लोरिन’ र ‘ब्लिचिङ पाउडर’सहितको किटनाशक छर्किएको छ । उपमहानगरपालिकाले नगरभित्रका बाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रति औषधि छरिएको हो । ब्लिचिङ पाउडर र क्लोरिन झोलयुक्त विषादीलाई मानव स्वास्थ्यमा असर नपर्ने भन्दै विज्ञहरूले सिफारिस गरेका थिए । नगरवासीलाई लकडाउनको पालना गर्न सार्वजनिक अपिल […]

राहत बाँड्दा दोहोरो झडप

२३ चैत, बिराटनगर । सुनसरीको दुहबीमा राहत बाँड्ने विषयमा दुई समुहबीच झड्प भएको छ । झडपमा ७ जना घाइते भएका छन् । स्थानीय सरकारले आइतबार राहत बाँड्ने तयारी गर्दैगर्दा दुई समूहबीच झडप भएको हो । नगरपालिकाको निर्णय अनुसार, वडा नम्बर ९ ले राहत वितरण गर्ने तयारी गरेको थियो । तथ्यांक संकलन गरी प्रतिपरिवार २० किलो […]

एपेन्डिसाइटिसका बिरामीलाई अस्पतालबाट बाई !

२३ चैत, बिराटनगर । यहाँको निजी अस्पताल नोबेल मेडिकल कलेजले एपेन्डिसाइटीसका विरामीलाई अपरेशन कक्षबाट निकालिदिएको गुनासो बिरामीका आफन्तले गरेका छन् । सबै प्रकृया पूरा गरेर एपेन्डिसाइटीसको अपरेशनका लागि राखिएकी ६९ वर्षीया वृद्धाले शल्यक्रियामा लैजाने बेलामा खोकेकी थिइन् । शरीरको तापक्रम पनि केही बढेपछि चिकित्सकले ‘कोरोनाको लक्षण देखियो’ भन्दै धरान लैजान भनेको बिरामीका आफन्तले बताए । […]

काममा फर्कन श्रमिकले मागे बिमा र सुरक्षा प्रत्याभूति

२३ चैत, काठमाडौं । अत्यावश्यक उद्योगको काममा खटिने श्रमिकहरुलाई स्वास्थ्य बिमा र सुरक्षा प्रत्याभूति गर्न ट्रेड युनियन संगठनहरुले आग्रह गरेका छन् । लकडाउनको समयमा सो क्षेत्रमा खटिने श्रमिकलाई काममा फर्काउनेबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार भएको छलफलमा मजदुर नेताहरुले यस्तो माग गरेका हुन् । मजदुर संगठनले काममा र्फकने श्रमिकलाई उद्योगले खाने बस्ने राम्रो प्रबन्धसहित […]

कोरोना नियन्त्रण कोषमा प्रदेशसभाको २३ लाख

२३ चैत, बुटवल । प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा प्रदेश सभा सचिवालयका तर्फबाट २३ लाख ३० हजार रुपैया जम्मा भएको छ । उक्त रकम प्रदेश सभामा सभामुख र उपसभामुखको एक महिनाको तलब, ८७ जना सांसदहरुको १५ दिनको तलब र कर्मचारीहरुको तह अनुसार क्रमशः ७ दिन, ५ दिन र ३ दिनको […]

कैलालीसँग सीमा जोडिएका झोलुङ्गे पुल बन्द

२३ चैत, सुर्खेत । सुदूूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ । कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सो गाउँपालिकाले आजदेखि सुर्खेत प्रवेश नाका बन्द गरेको हो । सो गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जामु कुइनेसहित १० नाकाका झोलुङ्गे पुल, भेरी पुल र कर्णाली नदीमा डुङ्गा सञ्चालनमा रोक लगाएको […]

स्वास्थ्यमन्त्रीले बुझे हजार थान पीपीई

२३ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बुझेका छन् । एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघले मन्त्रालयमै आइतबार मन्त्री ढकाललाई पीपीई हस्तान्तरण गरेका हुन् । एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय थान र नेपाल भारतमैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान […]

ललितपुरमा हुने चन्द्रभैरवको जात्रा स्थगित

२३ चैत, ललितपुर । कोरोना भाइरस (कोेभिड-१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका–११ स्थित चापागाउँको बुलुमा रहेको थियो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी […]

हुम्ली बस्न मान्दैनन् क्वारेन्टाइनमा

२३ चैत, हुम्ला । हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सात गाउँपालिकाका ४४ वडामा बनेका क्वारेन्टाइनस्थल अधिकांशमा आधारभूत सुविधासमेत नभएपछि अधिकांशले बस्न मानेका छैनन् । सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेनटाइनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ । सर्केगाडले केही दिन अगाडिदेखि महिनाको रु ३० हजार […]