Comments Add Comment

देश

List Grid
सरकारले माग्यो भ्रमण वर्षमा निजी क्षेत्रका कार्यक्रम

२९ साउन, काठमाडौं । सरकारले निजी क्षेत्रबाट नेपाल भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग गरेको छ । नेपाल भ्रमण वर्ष सचिवालयले पहिलो पटक निजी क्षेत्रबाट प्रस्ताव माग गरेको हो । नेपाल भ्रमण वर्षको उद्देश्यसँग मेल खाने पर्यटन प्रवर्द्धनका कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गरिने सचिवालयको भनाइ छ । सभा–सम्मेलन, सेमिनार, अन्तरक्रिया, प्रदर्शनी, मेला, उत्सव–महोत्सव, […]

पोखराका वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने थापा पक्राउ

२९ साउन, काठमाडौं । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा पक्राउ परेका हुन् । उनले एक वर्षको अवधिमा पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गरेका थिए । उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन् । पछिल्लो पटक […]

भक्तपुरमा ८ हजार गाँजाको बोट नष्ट

२९ साउन, भक्तपुर । सूर्यविनायक नगरपालिका–८, सिपाडोलको ठूलोगाउँमा रहेका करिब ८ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ । महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताए । स्थानीय बासिन्दाको करेसा, तरकारी, मकैबारीदेखि खुला […]

वीरगञ्जमा फेरि विष्फोट, एक जना घाइते

२८ साउन वीरगञ्ज । वीरगञ्जमा फेरि विष्फोट भएको छ । विष्फोटबाट एक जना घाइते भएका छन् । विष्फोटबाट बारा परवानीपुर गाउँपालिका वडा नं.५ बस्ने अमरजित प्रसाद पटेल घाइते भएका हुन् । उनको दाहिने पिडुलामा समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए । मंगलबार साँझ साढे ७ बजेको समयमा वीरगञ्ज […]

बहुविवाह गरेको अभियोगमा २ जना पक्राउ

२८ साउन, चितवन । श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको आरोपमा चितवन प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका ९ का राजेश गुरुङले भरतपुर लायन्सचोक बस्ने रश्मी सुनारसँग विवाह गरेको जाहेरीका आधारमा उनीहरु दुवैलाई पक्राउ गरिएको छ । गुरुङकी श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एकनारायण कोइरालाले […]

लाइसेन्सको परीक्षा पास गराउँछु भन्दै ३० हजार लिने युवा पक्राउ

२८ साउन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा पास गराइदिन्छु भनी रकम लिने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा-१५ लक्ष्मणवाका २४ बर्षका सागर तुलाधर रहेका छन् । तुलाधर विरुद्ध मोटरसाईकल तथा चार चक्काको गाडीको लिखित परीक्षा पास गराइदिन्छु भनी ३० हजार रुपैयाँ लिएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय पर्साले […]

आज राति उल्कावर्षा देखिने

२८ साउन, काठमाडौं । मंगलबार राति उल्का वर्षा देखिने भएको छ । स्विफ्ट टटल नामक पुच्छे्रताराका कारण देखिने उल्का वर्षा राति ९ बजेपछि सुरु भई वुधबार बिहान ५ बजेसम्म देख्न सकिने छ । तर अत्याधिक मात्रामा भने वुधबार बिहान २ बजेपछि देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० […]

संविधानबाट ‘समाजवाद’ हटाउन पूर्वपञ्चको माग

२८ साउन, काठमाडौं । पूर्वपञ्चहरुले वर्तमान संविधानको प्रस्तावनामा रहेको ‘समाजवादोन्मुख’ शब्द हटाउनुपर्ने माग गरेका छन् । संविधान संशोधन गरी समाजवादोन्मुख शब्द हटाएर ‘कल्याणकारी उदारवाद’ शब्द राखिनुपर्ने पूर्वपञ्चहरुको माग छ । पूर्वपञ्चहरुको पार्टी राप्रपा (संयुक्त) सम्वद्ध बुद्धिजीवी मञ्चको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले संविधानमा समाजवाद शब्द लेखुञ्जेल नेपालमा […]

एक महिलासहित ६ जनाको शव भेटियो

२८ साउन, काठमाडौं । मुलुकको विभिन्न स्थानमा एक युवतीसहित ६ जनाको शव फेला परेका छन् । ललितपुर, नवलपरासी, गोरखा, झापा र सोलुखुम्बुमा गरी ६ जनाको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिका–९ स्थित गुह्येपोखरीमा उदयपुरको कटारी घर भई बालकुमारी बस्दै आएका ३३ वर्षीय हरि खड्का मृत फेला परेका हुन् । यस्तै ललितपुर […]

बालिका करणीको अभियोगमा युवक पक्राउ

२८ साउन, झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा मंगलबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका २ मा ज्याला मजदुरीको काम गर्ने धनकुटा घर भएका २३ वर्षीय सन्तोष तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय बुधबारेबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । हिरासतमा राखेर तामाङमाथि अनुसन्धान […]

खुट्टामा गहिरो घाउ भएका युवकको अस्पतालले सुरु गर्‍यो उपचार

२८ साउन, विराटनगर । कोसी अञ्चल अस्पतालमा खुट्टामा गहिरो घाउ लिएर उपचारको पर्खाइमा बसेका युवकको उपचार सुरु भएको छ । उपचारको पर्खाईमा अस्पतालको आकस्मिक कक्ष अगाडिको बस्दै आएका शंकर मगरको उपचार सुरु भएको हो । मगरको उपचार खर्च विराटनगर महानगरपालिकाले व्योहोर्ने भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बेवारिसे अवस्थामा रहेको जानकारी […]

जनैपूर्णिमाको दिन पाँचपोखरी थाङपाल गाउँपालिकामा सार्वजनिक विदा

२८ साउन, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको ६५औं कार्यपालिकाको बैठकले यही साउन ३० गते रक्षा बन्धन र जनैपूणिर्मा परेकोले सार्वजनिक विदा दिने निर्णय गरेको हो । सोही पर्वका अवसरमा गाउँपालिकामा रहेका ऐतिहासिक तीर्थस्थलहरु पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको अध्यक्ष […]

६७ लाख खर्चेर तेबहालको पुननिर्माण सम्पन्न

२८ साउन काठमाडौं । काठमाडौको न्युरोडमा रहेको राजकीर्ति महाविहार तेबहालको पुनर्निर्माण सकिएको छ । ६७ लाख रुपैयाँ खर्चेर पुनर्निमाण सम्पन्न गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्मित महाविहारको मंगलबार उद्घाटन गरे । मेयर शाक्यले तेबहालमा अझै आगमघर र संकटा मन्दिरको पुनर्निर्माण गर्न बाँकी रहेको भन्दै यसका लागि चाँडै प्रस्ताव ल्याउन आग्रह गरेका छन् […]

सडकमा नाच्दै गाउँदै मनाए गुरुङ समुदायले ट्होंटे पर्व

२८ साउन, पोखरा । मंगलबार पोखराका सडक गुरुङ समुदायका केटाकेटीदेखि बुढाबुढीसम्मले भरिए । जातीय पोसाक र बाजागाजासहित सडकमा उत्रिएका उनीहरुले सडक छपक्कै छोपेका थिए । हजारौंका संख्यामा त्यसरी सडकमा निस्किएका उनीहरुको पोखरा महेन्द्रपुल, न्यूरोड हुँदै तमु धिंमा नाच्दै गाउँदै पुगे । अवसर थियो, ट्होंटे पर्व । जुन गुरुङ समुदायले मनाउँदै आएको महत्वपूर्ण पर्वमध्ये प्रमुख मानिन्छ […]

नारायणगढमा मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

२८ साउन, चितवन । नारायणगढको लायन्सचोकमा मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु भएको छ । मृतक पैदलयात्री भरतपुर ११ जागृति चोकका २६ वर्षका रोशन सिलवाल रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति साढे १० बजे लायन्सचोकमा भरतपुरको चौबिसकोठीबाट नारायणगढ पुलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०३००१ प ९२२ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको थियो […]

दूधको मूल्य नबढाए काठमाडौं घेर्ने माडीका किसानको चेतावनी

२८ साउन, चितवन । माडीका दुग्ध उत्पादक किसानले दूधको मूल्य नबढाए आन्दोलन गर्ने बताएको छ । मंगलबार माडीको वसन्तपुरस्थित पशुपक्षी शाखा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक समाजले भदौ १ देखि मूल्य नबढे ४ देखि ६ गतेसम्म काठमाडौं घेराउ गर्ने चेतावनी दिएको हो । चोकर र दानामा ३० प्रतिशतसम्म मूल्यवृद्धि भए […]

१ लाख ६० हजार घुससहित जनप्रतिनिधिका छोरा पक्राउ

२८ साउन, जनकपुरधाम । महोत्तरीका एक जनप्रतिनिधिका छोरा जनकपुरधामबाट घूससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडिबाट महोत्तरीको भंगहा नगरपालिका ८ का सदस्य कारी साहका छोरा मुकेश घूससहित मंगलबार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले वडा सदस्य साहका छोरा मुकेशलाई १ लाख ६० हजार रुपैयाँ […]

खुट्टामा गहिरो घाउ लिएर उपचारको याचना, तर डाक्टर मान्दैनन्

२८ साउन, विराटनगर । कोसी अञ्चल अस्पतालको आकस्मिक कक्षको गेट अगाडिको कुरुवा कक्षमा एक युवक झोक्राएर बसिरहेका छन् । ओखलढुंगा घर बताउने शंकर मगर उपचारको पर्खाइमा अस्पतालको प्रतीक्षालयमा बसेको एक महिना बितिसक्यो । एक महिनाको अवधीमा आकस्मिक कक्षमा उपचार गर्न धेरै आए, धेरै गए । तर देब्रे खुट्टा कुहिएर थलिएका मगरको पालो आएन । बेवारिसे […]

अवैध ढुंगा-गिटी बोक्ने २ ट्रयाक्टर नियन्त्रणमा

२८ साउन, मोरङ । अवैद्यरुपमा ढुंगा, गिटी तथा वालुवा उत्खनन् गरी ढुवानी गर्ने दुई ओटा ट्रयाक्टरलाई मोरङ प्रहरीले मंगलवार नियन्त्रणमा लिएको छ । अवैद्यरुपमा ढुंगा र बालुवा बोक्ने को २ प ९४४० र को२त ४६५९ नम्वरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार खिउजुले जानकारी दिए । को २ प ९४४० नम्वरको […]

पावललाई दाउराको चिर्पट प्रहार गर्ने ४ जना पक्राउ

२८ साउन, पर्वत । जलजला गाउँपालिका–४ लामाखेतका १७ वर्षीय पावल बिकलाई चिर्पट प्रहार गरी फरार भएका ४ जना आरोपीलाई पर्वत प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरी टोलीले जलजला गाउँपालिका–४ लामाखेतका ३९ वर्षीय कबिन गर्वुजा, ३३ वर्षीय तेजेन जुग्जाली, २० वर्षीय राजु पुन र २४ वर्षीय अमित फगामीलाई पक्राउ गरेको हो […]

प्रधानमन्त्रीलाई नजिक हेर्ने चश्मा दिऊँ

२८ साउन, काठमाडाैं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीमा दृष्टिदोष रहेको बताएका छन् । नयाँ बसपार्कमा भएको भ्रष्टाचारबारे संसदको विशेष समयमा ध्यानाकर्षण गराएका उनले प्रधानमन्त्रीले भ्रष्टाचार सुन्न र देख्न चाहन्न भनेको स्मरण गरे । उनले भने, ‘शायद उहाँमा दृष्टिदोष छ । उहाँलाई नजिक हेर्ने चश्मा उपलब्ध गराऊँ । किनकी जम्मै भ्रष्टाचारी, दलाल […]