Comments Add Comment

देश

List Grid
नेपालको हवाई सुरक्षा बढाउन ईयू सेफ्टी एजेन्सीले सघाउने

९ माघ, काठमाडौं । यूरोपेली यूनियन एभिएशन सेफ्टी एजेन्सी (आएसा)ले नेपालको हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने भएको छ । हवाई सुरक्षा अभिवृद्धि गर्न प्राविधिक सहयोग प्रदान गर्ने सम्बन्धमा आएसा र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता गर्न मन्त्रीपरिषद्ले प्राधिकरणका महानिर्देशकलाई स्वीकृति दिएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपालले पहिलो पटक इयूसँग यस्तो सम्झौता गर्न […]

प्रवल मृत्यु प्रकरण : हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका

८ माघ, विराटनगर । सिंघिया खोलामा मृत भेटिएका प्रवल घिमिरेको हत्या भएको हुनेसक्ने आशंका आफन्तले गरेका छन् । विराटनगर– २ बञ्जरा चोक घर भएका ५० वर्षीय प्रवल लेखा परीक्षक हुन् । आठ वर्ष यता लेखा परीक्षकको काम गर्ने उनले प्रवल एण्ड एसोशिएट कम्पनीको अफिस घरमै राखेका छन् । सोमबार बेलुका अडिटकै सिलसिलामा नन्दकिसोर राठीले उनलाई […]

उपत्यकाका प्रहरी कार्यालयमा अब नागरिक सहजकर्ता

८ माघ, काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले मातहतका मुद्दा चल्ने सबै इकाइमा नागरिक सहजकर्ता राख्न सुरु गरेको छ । प्रहरी कार्यालयमा सेवा लिन पुग्ने नागरिकलाई सहजीकरण गराउने उद्देश्यले नागरिक सहजकर्ता राख्न सुरु गरिएको हो । प्रहरी आयुक्त विश्वराज पोखरेलले प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले नागरिक सहजकर्ता […]

मालपोत कार्यालय साँखुका नायव सुब्बाविरुद्ध भ्रष्टाचारको मुद्धा

८ माघ, काठमाडौं । ५५ हजार रुपैयाँ घुस लिएको आरोपमा काठमाडौंको साँखुस्थित मालपोत कार्यालयका नायव सुब्बा रामेश्वर कुईंकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ । नायव सुब्बा कुईंकेलले लेखापढी व्यवसायी सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे बापत उक्त रकम घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनाविरुद्ध बुधबार […]

डेढ करोडको मोबाइलसहित दुई जना पक्राउ

८ माघ, काठमाडौं । प्रहरीले भन्सार छलेर ल्याइएको विभिन्न ब्राण्डका ६३४ वटा मोबाइल बरामद गरेको छ । मोबाइलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीका उमेश भट्ट र सिन्धुपाल्चोकका इन्द्रबहादुर कटवाल छन् । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले मोबाइल बरामद गरेको हो । काठमाडौं प्रहरीका डीएसपी […]

सीमापार रेलको डीपीआर बनाउन चिनियाँ टोलीको प्रतिक्षा

८ माघ, काठमाडौं । नेपाल र चीनबीच हिमालय सीमापार रेल्वे लाइन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनसहित परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली छिट्टै नेपाल आउने भएको छ । रेल विभागका अनुसार चिनियाँ नयाँ वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल आउने अपेक्षा गरिएको छ । नेपाल र चीनबीच काठमाडौं-केरुङ, काठमाडौं पोखरा र पोखरा-लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन […]

प्रहरीलाई घुस दिन खोज्ने आरोपित अम्बेया खातुनविरुद्ध भ्रष्टाचारको मुद्धा

८ माघ, काठमाडौं । प्रहरीलाई घुस दिन खोजेको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिका-२ छपकैयाकी अम्बेया खातुनविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ । बाराको इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी कर्मचारीलाई २८ हजार रुपैयाँ घुस दिन खोजेको आरोपमा पक्राउ परेका खातुनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्धा दायर गरेको हो । खातुनले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै […]

प्रदेश १ मा राष्ट्रियसभा चुनावको तयारी पूरा

८ माघ, विराटनगर । राष्ट्रियसभा सदस्यका लागि बिहीबार हुने निर्वाचनको आवश्य तयारी पूरा भएको छ । प्रदेश १ मा हुने निर्वाचनका लागि विराटनगरको वीरेन्द्र सभागृहलाई मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्रमा आवश्य मत पत्र ल्याउने देखि मतदान केन्द्रको व्यवस्थापन साथै आवश्य कर्मचारी परिचालन गर्नेलगायतका काम पूरा भएको जनाइएको छ । सभागृहका हुने मतदान (ख) […]

वीरगञ्जबाट ६ जना श्रमिक बालकको उद्धार

८ माघ, वीरगञ्ज । वीरगञ्जको एक होटलबाट ६ जना बाल श्रमिकको उद्धार गरिएको छ । वीरगञ्ज मुख्य सडकस्थित मुर्लीमा सञ्चालित अर्पण स्वीट्समा काम गर्दै आएका ६ जना बालकको उद्धार गरिएको हो । ४ जना नेपाली र २ जना भारतीय बाल श्रमिकको उद्धार गरिएको बालमैत्री स्थानीय शासनका फोकल पर्सन मुकेश गुप्ताले जानकारी दिए । उद्दार गरिएका […]

कोरोना भाइरस जाँच गर्न त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क

८ माघ, काठमाडौं । चीनलगायत मुलुकमा फैलिएको ‘कोरोना भाइरस’ नेपाल भित्रन नदिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा ल्याएको हो । हेल्थ डेस्कमा पछिल्लो समय कोरोना भाइरल फैलिएका मुलुकबाट नेपाल र्फकने पर्यटक तथा नेपालीले अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने […]

सात वर्षको उमेरमा भारतबाट हराएका सन्तोषले १२ वर्षपछि आमाबाबु भेटे

८ माघ, बुटवल । सात वर्षको उमेरमा भारतको लुधियानाबाट हराएका बाँकेका सन्तोषकुमार सुनार १२ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । सुनारलाई मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा परिवारको जिम्मा लगाइएको छ । भारतस्थित नेपाली दूतावासको समन्वयमा प्रवासी नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्चको सक्रियतामा २०७५ साउन ५ गते सन्तोषलाई उद्दार गरिएको भएपनि ठेगाना […]

आइजीपी खनालद्वारा एआइजी आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

८ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा. आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच महानिरीक्षक खनालले सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उक्त अवसरमा महानिरीक्षक खनालले नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन […]

लोप हुँदै पञ्चेबाजा

८ माघ रामेछाप । कुनै शुभकार्य हुँदैछ भन्ने संकेत गर्ने पञ्चेबाजा विस्तारै लोप हुन थालेको छ । अहिले उत्सवहरुमा पञ्चेबाजा हैन ठूला ठूला साउण्ड सिस्टमबाट गीत घन्किन्छन् । विशेष गरी दर्जी समुदायले बजाउने पञ्चेबाजा हिजोआज विवाह, व्रतबन्ध, पास्नी, देवालीलगायतका पर्वहरुमा सुनिन छाडेको छ । पञ्चेबाजामा प्रयोग हुने दमाह, सनै, ट्याम्को, झ्याली र ढोलक विस्तारै लोप […]

शंखरापुरमा आपतकालीन आश्रयस्थल बन्ने 

८ माघ, काठमाडौं । शंखरापुर नगरपालिकामा प्राकृतिक विपत्तिका बेला आश्रय लिन मिल्ने आपतकालिन आश्रयस्थल बन्ने भएको छ । काठमाडौंको साँखुस्थित खुलालटारमा भुकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका बेला बस्न मिल्ने भवन बन्न लागेको हो । शंखरापुर नगरपालिका ९ खुलालटारमा मेरीटाइम नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था थाइल्याण्डले झण्डै ९० लाख रुपैयाँ खर्च गरेर आपतकालिन अवस्थामा प्रयोग गर्न […]

पर्यटन बोर्डको सीईओको सूचीमा नेकपाका मान्छे नपरेपछि…

८ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति प्रकरणमा नेकपा ‘रिङ आउट’ भएको छ । सीइओ छनोट समितिले विनियमावली अनुसार तीनजनाको नाम सिफारिस गरेको छ, जसमा सफारिस गरिएका तीनैजना नेकपानिकट व्यक्ति नपरेपछि बालवाटारबाटै प्रक्रियामा हस्तक्षेप भएको भन्दै किचलो सुरु भएको छ । छनोट समितिले डा. धनञ्जय रेग्मी, दीपक बास्ताकोटी र हिक्मत […]

तामाकोसी र सुनकोसीमा ठूला जलविद्युत आयोजना निर्माणको पूर्वतयारी

८ माघ, काभ्रे । सरकारले अब ठूला क्षमताका जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ । १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिइएको हो । रामेछाप र काभ्रेको सीमानामा पर्ने जलासययुक्त सुनकोसी-२ र सुनकोसी-३ आयोजनास्थल भ्रमणका लागि आएका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले मुलुकको औद्योगीकरण र […]

राजनीतिक दाउपेचले ‘कोमा’मा बूढीगण्डकी

८ माघ, काठमाडौं । निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी छलफलमै नआएपछि बूढीगण्डकी जलविद्यत् आयोजना ‘कोमा’मा पुगेको छ । चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपले नेपाल सरकारसँग लगानीको ढाँचा (मोडालिटी) बारे ०७५ पुस ४ देखि ६ गतेसम्म वार्ता गरेको थियो । फेरि छलफल गर्ने सहमति गरेर गएको चाइना गेजुवा त्यसपछि सम्पर्कविहीन छ । ऊर्जा मन्त्रालयका प्रवक्ता […]

मोरङमा बालिका बलात्कृत, २ पक्राउ

८ माघ, विराटनगर । मोरङमा एक बालिका बलात्कृत भएकी छन् । अर्की एक किशोरीमाथि भने बलात्कार प्रयास भएको उजुरी प्रहरीमा पुगेको छ । दुवै घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । ११ वर्षीया बालिका करणीको आरोपमा लेटाङ नगरपालिका–९, जाँतेका ४६ वर्षीय भद्रबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँबाट खसीको मासु लिएर […]

दामन घटनाबारे छानविन समिति गठन

८ माघ, काठमाडौं । दामनमा एक रिसोर्टभित्र ८ जना भारतीय नागरिक बेहोस भएको र काठमाडौंमा उपचारका क्रममा भएको मृत्युबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभाग, होटेल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक प्रहरी र होटेल संघ […]

वीरगञ्जका उद्योगी सरकारसँग निराश, यस्ता छन् १२ माग

८ माघ, वीरगञ्ज । वीरगञ्ज देशको आर्थिक राजधानीका रुपमा परिचित छ । मुलुकको आधाभन्दा बढी व्यापार र पारवहानमा वीरगञ्जले नै धानेको छ । वीरगञ्ज भन्सार, आईसीपी, सुख्खा बन्दरगहाबाट उठ्ने राजस्वले मुलुककै राजस्वको महत्वपूर्ण हिस्सा सम्हाल्छ । भारत तथा तेस्रो मुलुकसँग हुने अधिकांश व्यापारिक कारोबार वीरगञ्जबाटै हुन्छ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योग, कलकारखानाले मुलुकको आर्थिक […]

हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ गम्भीर

८ माघ, हेटौंडा । पूर्व–पश्चिम राजमार्गगको हेटौंडा–११, नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ । सोही मोटरसाइकलमा सवार अर्का एक जना भने गम्भीर घाइते भएका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको तरकारी बोकेको डिआई गाडीसँग ठक्कर खाएर दुर्घटना […]