Comments Add Comment

गगन थापा

List Grid
शय्या छैन भनेर सरकार जिम्मेवारीबाट भाग्न पाउँछ ?

कोरोना महामारीमा विश्वभरिका देशहरूको सरकार प्रमुखको प्रवृत्तिका हिसाबले मूलत: दुईवटा प्रवृत्तिमा राखेर हेर्न सकिने मैले पाएँ । एउटा विज्ञानमा विश्वास गर्ने र तथ्य प्रमाणहरुको आधारमा आफ्ना नीतिहरु निर्माण गर्ने । यो महाव्याधिको विषयप्रति अत्यन्तै गम्भीर, अत्यन्त संवेदनशील । जो भाइरसभन्दा अगाडि दौडन सके सीमित स्रोत साधनका बाबजुद उनीहरूले पूर्वतयारी गर्न सके। रणनीतिहरू फरकफरक भएपनि यस्तो […]

वायु प्रदूषणबारे गगन थापाले दर्ता गरे सार्वजनिक महत्वको प्रस्ताव

५ वैशाख, काठमाडौं । वायु प्रदूषणबारे संसदमा छलफल गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दर्ता गरेको प्रस्तावको भीमसेनदास प्रधान, राजेन्द्र केसी र जीवनराम श्रेष्ठ समर्थक छन् । वायु प्रदूषण जनस्वास्थ्य आपतकालको अवस्थामा पुगेको भन्दै प्रस्तावमा डढेलो लगायतका प्रदूषणका कारण खोजी, न्यूनिकण र नियन्त्रणका लागि कार्ययोजना र […]

जसपाले नयाँ सरकार गठनमा हलो अड्कायो : गगन थापा

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनमा हलो अड्केको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद थापाले जसपाको अनिर्णयका कारण वर्तमान व्यवस्था र संसदमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताए । ‘जसपाले धेरै घुमाउरो कुरा गर्नु हुँदैन,’ उनले भने, ‘तपाईहरु […]

प्रधानमन्त्रीलाई गगनको चुनौती : तीन वर्षमा केके भए संसदमा बहस गरौं

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पछिल्लो तीन वर्षमा भएका विकास निमार्णका कामबारे संसदमा बहसका लागिका प्रधानमन्त्रीलाई निम्तो दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा चमत्कार भयो भनेपनि राष्ट्रिय गौरव आयोजनाहरु वर्षौदेखि थला परेको उनले बताए । मोडालिटी, स्रोत, कानून लगायतमा समस्या रहेको भन्दै उनले यसलाई बदल्न प्रधानमन्त्रीले नेतृत्व दिनुपर्ने […]

गगन थापालाई महेश बस्नेतको जवाफ : कांग्रेसले प्रधानमन्त्रीलाई च्यालेन्ज गर्न सुहाउँदैन

७ चैत, काठमाडौं । संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद गगन थापालाई सत्तारुढ नेकपा एमाले सांसद महेश बस्नेतले सांसदको संख्या कति हो भन्ने सम्झाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख विपक्षी कांग्रेसका सांसद थापाले ओलीको नेतृत्वमा सरकार बनेपछिका तीन वर्षमा के के भए त्यसमाथि सदनमै बहस गर्न चुनौती दिएका […]

यो सरकार रहेसम्म संसदको अपमान बढ्दै जान्छ : गगन थापा

१० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् । ‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, मंगलबार सांसद थापाले प्रतिनिधिसभाको बैठकमा भने, ‘तर, हामी हाम्रो ठाउँबाट संसदको गरिमा […]

‘कांग्रेसले निर्णय गरे माओवादी र जसपासँग ४८ घण्टाभित्र छिनोफानो हुन्छ’

६ चैत, पोखरा । संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नबोलेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अहिले सत्ता समीकरणको खेल चलिरहँदा पनि मौन छन् । पार्टी नेतृत्वसँग विमति राख्ने पंक्ति कांग्रेस वरिष्ठ नेता रामन्द्र पौडेलदेखि गगन थापासम्मले सभापति देउवालाई सरकारको नेतृत्वमा अघि बढ्न आग्रह गरिरहेका छन् । तर पनि देउवाले […]

कांग्रेसले सरकारको जिम्मा लिएर चुनाव गराउनुपर्छ : गगन थापा

६ चैत, पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर अब सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसलाई आएको बताएका छन् । नेकपा असफल भएपछि अब त्यो जिम्मेवारी कांग्रेसमाथि आएको थापाको भनाइ थियो । स्याङ्जाको भीरचोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीलाई अब शासन चलाउन दिनु भनेको बाँकी रहेका संवैधानिक निकाय […]

‘ओलीले संविधानमा पारेको भ्वाङ टाल्न कांग्रेसले सरकार चलाउनु पर्छ’

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भ्वाङ पारेको र उक्त भ्वाङ टाल्नका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नु पर्नेमा जोड दिएका छन् । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्य समितिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङ टाल्न र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट […]

कांग्रेस प्रतिपक्षमै बस्छ : गगन थापा

२० फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदले देशलाई निकास दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । संसदले निकास दिएपनि पाँच वर्ष सरकार चलाउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाएका कारण कांग्रेस प्रतिपक्षमै बस्ने उनले बताए । ‘पाँच वर्षसम्म सरकार चलाउने मौका पाएपनि कम्युनिस्टले चलाउन सकेन । उसले पाएको जनादेश खण्डित भयो […]

ज्यानमाथि खतरा छ भन्ने प्रधानमन्त्री चाहिँदैन : गगन थापा

१८ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिएका छन् । सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने बताए । ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान […]

अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस् : गगन थापा

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्चले ‘अदालत मिलाउन सम्भव छैन’ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा चितवनको भरतपुरमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने बताए । कांग्रेसले संसद विघटनलाई असंवैधानिक भनेको भन्दै उनले अदालतले पढ्ने संविधान पनि त्यही भएको […]

गगनको गर्जन : हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ

२९ माघ, विराटनगर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै राज्यद्रोहको मुद्दा लगाउन चुनौती दिएका छन् । विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेको भन्दै उनले संसद पुनर्स्थापना भएपछि घर पठाउनेसमेत बताए । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुरबारे अनुसन्धानका लागि भन्दै नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार […]

अदालतले गर्जन नसुनोस्, संविधानको धारा पढोस् : गगन थापा

२९ माघ, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद विघटनको मुद्दामा संविधानले कसैको शक्ति प्रदर्शन नहेरि संविधान अनुसार फैसला दिनुपर्ने बताएका छन् । बिहीबार विराटनगरमा नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको विचार गोष्ठीमा उनले अदालतले ठीक ढंगले बोले व्यवस्था जोगिने बताए । ‘व्यवस्था जोगियो भने नेपाली जनताको भविष्य जोगिन्छ, हामीले पल्टाउने संविधान र […]

गगन थापाले भने- सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेहरुलाई सरकारले झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् । सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भन्दै उनले सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् । नेकपा (प्रचण्ड–माधव समूह)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि थापाले सो टिप्पणी गरेका हुन् […]

प्रधानमन्त्री ओलीले भगवानप्रतिको आस्थामा खेल्न खोजे : गगन थापा

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जनताको भगवानप्रतिको आस्थासँग खेल्न खोजेको आरोप लगाएका छन् । पर्सामा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै थापाले ओलीका प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न जरुरी रहेको बताए । दुई वर्षअगाडि सांसारबाट लखेटिएकी एक महिलालाई स्वागत गर्न देश नै ठप्प पारेको भन्दै उनले भने, […]

संविधान निर्माताको बुझाइ र संविधानको व्याख्या

प्रधानमन्त्री खड्‍गप्रसाद ओलीले प्रतिनिधि सभा विघटन गरेपश्चात सर्वोच्च अदालतमा परेको निवेदनमा निवेदकका तर्फबाट बहसकर्ताले पटक- पटक विधायकको (संविधान निर्माताको) मनसाय हेर्नुपर्ने र त्यसका लागि अदालतले संविधान सभामा भएका छलफल र अन्य आवश्यक दस्तावेज मगाउनुपर्ने माग गर्दै आएका छन्। सरकार पक्षबाट महान्यायाधिवक्ताले भने आफ्नो पहिलो दिनको बहसमा अदालतले ‘विधायकहरूको’ मनसाय होइन, संविधान सभाबाट संविधान कसरी बनेर […]

अदालतबारे बोल्दैनौं भन्नेहरु कायर हुन् : गगन थापा

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रामशाहपथबाट परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्ने कांग्रेस कायर भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्ने पार्टीको निर्णय भएको बताए । ‘बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र […]

बन्द कोठाको खासखुसले अदालत प्रभावित नहोस् : गगन थापा

८ माघ, बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दापछि सर्वोच्चमा पुगेपछि अदालत परीक्षामा रहेको भन्दै नेता थापाले संविधानमा टेकेर निर्णय गर्न न्यायाधीशहरुसंग आग्रह गरे । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले बुटवलमा गरेको सभामा बोल्दै थापाले बन्द कोठाभित्रको खासखुस र बाहिरको कुराले […]

कमलपोखरीको निर्माणकार्य रोक्न मेयरलाई गगन थापाको पत्र

२९ पुस, काठमाडौं । नेपाली का‌ंग्रेसका नेता गगन कुमार थापाले कमलपोखरीको निर्माण कार्य तत्कालका लागि रोक्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेखेका छन् । कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेको बेला सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसद समेत रहेका थापाले पनि निर्माण रोक्न […]

प्रधानमन्त्री संसद छाडेर भागेका भगौडा हुन् : गगन

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरेका छन् । संसद विघटनको विरोधमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै थापाले भने, संसदको सामना नगर्ने, अनि अदालतलाई प्रभावित गर्न मसँग ६४ प्रतिशत मत भएकाले अर्को संसदबाट सरकार बन्दै सक्दैनथ्यो । त्यसैले संसद भंग गरेँ […]