Comments Add Comment

सूचना प्रविधि

List Grid
सामसङ्ग ग्यालेक्सी ए १० एस नेपाली बजारमा

नेपालको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्ट फोन ब्राण्ड सामसङ्गले हालै ग्यालेक्सी ए१०एस नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ए१०एस सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन हो । ग्यालेक्सी ए स्मार्टफोनको विशेषताको लागि नवीन आविष्कार गरेको छ । ग्यालेक्सी ए परिवारको सबैभन्दा नयाँ सदस्यका रुपमा ग्यालेक्सी ए१०एस स्मार्टफोन आएको छ, जुन प्रयोगकर्ताको अनुभवलाई अझ बढी समुन्नत […]

२१ वर्षको भयो गुगल, जन्मदिनमा विशेष डुडल

विश्वको नम्बर वान सूचना तथा प्रविधि कम्पनी गुगल २१ वर्ष पुगेको छ । आफ्नो २१ औँ वर्षगाँठ मनाउनका लागि गुगलले विशेष प्रकारको डुडल तयार पारेको छ आफ्नो सर्च इन्जिनको पेजमा । उक्त गुगल डुडलमा स्कृनमा गुगल सर्चको वेबपेज खुलेको पूरानो डेस्कटप कम्प्युटर देखाइएको छ । इन्टरनेट तथा कम्प्युटरका सुरुवाती दिनहरुको झल्को दिलाउन यो डुडल निकै […]

सामसुङले किन उडायो हुवावेको मजाक ?

चीनको दिग्गज स्मार्टफोन निर्माता कम्पनी हुवावेले केही दिनअघि मेट ३० सिरिजको स्मार्टफोन लञ्च गरेको थियो । हुवावे मेट ३० सिरिजका स्मार्टफोनले सामसुङ ग्यालेक्सी नोट १० लाई कडा टक्कर दिएको छ । तर अमेरिका र चीनबीचको व्यापार युद्धका कारण मेट ३० सिरिजका डिभाइसमा गुगल एप्सको सपोर्ट प्राप्त हुनेछैन । हुवावेले नै तयार गरेको प्लाटफर्मममा मेट ३० […]

गुगलले हटायो यी ६ खतरनाक एन्ड्रोइड एप

यदि तपाईंले एन्ड्रोइड फोन प्रयोग गरिरहनुभएको छ र गुगल प्ले स्टोरबाट जथाभावी एपहरु डाउनलोड गर्ने गर्नुहुन्छ भने सावधान ! प्लेस्टोरमा रहेका कतिपय एपहरु प्रयोगकर्ताका लागि जोखिमपूर्ण हुने गरेको पाइएको छ । गुगलको प्रमाणीकरण प्राप्त गरी प्लेस्टोरमा ठाउँ पाएका कतिपय एपहरुले प्लेस्टोरमा छिरिसकेपछि प्रयोगकर्तालाई हानी गर्ने अवाञ्छित गतिविधि गर्ने गरेका छन् । हालै गुगलले यस्तै गतिविधिमा […]

ओपो ए सिरिज २०२० नेपालमा, यस्ता छन् मूल्य र फिचर्स

६ असोज, काठमाडौं । स्मार्टफोन ब्रान्ड ओपोले नेपाली बजारमा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ। ओपोले नेपाली बजारमा ए सिरिज २०२० मोडलका स्मार्टफोन सार्वजनिक गरेको हो। कम्पनीको लोकप्रिय सिरिजका नयाँ पुस्ताको स्मार्टफोन “एफाइभ २०२०” र एनाइन २०२० स्मार्टफोन बजारमा ल्याएको हो। कम्पनीले सन् २०२० संस्करण अहिले नै ल्याएको हो। मिड रेन्ज प्राइसमा हाइइन्ड स्मार्टफोनको मज्जा दिनका […]

५ वटा एआई क्यामरासहितको हृवावे नोभा फाइभ टी नेपालमा

६ असोज, काठमाडौं । हृवावे कन्ज्युमर बिजनेस ग्रुप (सीबीजी) ले नयाँ स्मार्टफोन हृवावे नोभाफाइभ टी आज नेपालीबजारमा सार्वजनिक गरेको छ । नेपालभर उपलब्ध रहेको नोभाफाइभ टीले ग्राहकहरूलाई सहज रूपमा मोबाइल फोन प्रयोगको  पि्रमियम अनुभव प्रदान गर्दछ । आकर्षक र फ्युचरिस्टिक डिजाइन र पाँचवटा फाइ भए आई क्यामराहरू भएको नोभा फाइभ टी फेसनमा चाख राख्ने सामाजिक […]

फेसबुकद्वारा दसौं हजार एप निलम्बन

क्याम्ब्रिज एनालिटिका डाटा चोरी काण्डपश्चात् सुरु गरिएको अनुसन्धानका क्रममा फेसबुकले दसौं हजार एपहरु निलम्बित गरेको छ । ती एपहरु झण्डै ४ सय एप डेभलपर्ससँग सम्बन्धित रहेको फेसबुकले जनाएको छ । यद्यपि, निलम्बित सबै एपहरुले प्रयोगकर्ताका लागि जोखिमको सिर्जना भने नगरेको समेत फेसबुकले जनाएको छ । अनुमतिविनै धेरै प्रयोगकर्ताका डाटाहरुमा राजनीतिक परामर्शसम्बन्धी कम्पनी क्याम्ब्रिज एनालिटिकाले अनधिकृत […]

एनसेलको पीआरबिटी सेवामा नयाँ योजना

५ असोज, काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पीआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आवहान गर्न सक्नेछन् । साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्ना पि्रपेड ग्राहकका लागि लोकपि्रय […]

अमेजनले माग्यो ३० हजार कर्मचारी, आवेदन गर्नेको संख्या कति ?

विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक रहेको अमेजन विश्वमा धेरैलाई रोजगारी दिने कम्पनी मध्येको पनि एक हो । हालै अमेजनले ३० हजार पदका लागि आवेदन खुल्ला गर्यो । अमेजनमा जागिर खान को नचाहला र ? त्यसैले ३० हजार पदका लागि २ लाख ८ हजार जनाले निवेदन दिएका छन् । सिएनएनका अनुसार अमेजनले दक्ष तथा अनुभवी कामदार […]

अब ह्वाट्सएप स्टाटस फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सकिने

इन्स्टान्ट मेसेजिङ एप ह्वाट्सएपले एक नयाँ फिचर ल्याएको छ । यस फिचरको माध्यमबाट प्रयोगकर्ताले आफ्ना ह्वाट्सएप स्टाटसलाई फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सक्नेछन् । यो फिचर एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध रहेको छ । यसको सहयोगमा अब एउटै पोष्टलाई ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुकमा एकैपटक पोष्ट गर्न सकिनेछ र अलग-अलग पोष्ट गर्नु पर्दैन । ह्वाट्सएपले […]

मुख्य शहरमा पुग्दै टेलिकमको फोरजी

४ असोज, काठमाडौं । नेपाल टेलिकमले दशैं आसपास नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने तयारी गरेको छ । देशका २० देखि २५ वटा शहरमा दशैंअघि नै सेवा सुरु गर्ने गरी तयारी भएको हो । विभिन्न स्थानमा फोरजीको परीक्षण सुरु भइसकेको टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । अधिकारीका अनुसार कोर नेटवर्कको परीक्षण गत साताबटै […]

कन्ट्याक्ट लेस कार्ड भित्र्याउदै एससीटी

३ असोज, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजि (एससीटी) ले कन्ट्याक्ट लेस कार्ड भित्र्याउने भएको छ । एससीटीले युनियन पेसँगको सहकार्यमा कन्ट्याक्ट लेस कार्ड भित्र्याउन लागेको हो । एससीटीले युनियन पे इन्टरनेशनसँग सहकार्य सुरु गरि अत्याधुनिक ‘कन्ट्याक्ट लेस’ कार्डको लञ्चिङ गरेको छ । यो कार्ड अन्य कार्डहरुको तुलनामा सुरक्षित मानिन्छ । अहिले अधिकांश जसो बैंकहरुले म्यागनेटिक […]

आफ्नै ‘सर्वोच्च अदालत’ बनाउँदै फेसबुक

पछिल्ला केही वर्षयता सोसल मिडिया कम्पनी फेसबुक चर्चा र विवादको केन्द्रमा छ । गोपनीयतासम्बन्धी सवाल, सुरक्षासम्बन्धी सवाल तथा सरकारहरूसँगको विवाद जस्ता विषयहरुबाट फेसबुक घेरिँदै आएको छ । यावत् विवादहरुबाट पार पाउने प्रयासस्वरूप फेसबुकले एउटा गम्भीर कदम चाल्दैछ । अर्थात् फेसबुकले आफ्नै सर्वोच्च अदालतको स्थापना गर्दैछ । फेसबुकले स्थापना गर्ने उक्त निगरानी बोर्डको औचित्यका विषयमा सीईओ […]

टेलिकम डाटा रोमिङ सेवा थप १३ मुलुकमा

२ असोज, काठडमाडौं । गत भाद्र २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः संचालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरिएको छ । संविधान दिवसको अवसरमा भोलि २०७६ असोज ३ गतेदेखि यी मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराइने छ । सो अनुसार अब कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, […]

फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने, हट्दैछ लाइक फिचर

काठमाडौं । व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् । फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत […]

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

१ असोज, काठमाडौं । एनसेलका ग्राहकले अबकुनै पनि समय बिनाकुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजालिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको हो । जसअन्र्तत ग्राहकले अबअझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदालिन सक्नेछन् । असोज १ देखि लागु हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान […]

‘ए नाइन २०२०’ सार्वजनिक हुने

३१ भदौ, काठमाडौं ।ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्ट फोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले नेपालमा “ए नाइन २०२०” यही असोज ६ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । ए नाइन २०२० का साथै कम्पनीले सोही दिन “एफ फाइभ २०२०” पनि सार्वजनिक गर्ने जानकारी […]

आइफोनको ट्रिपल क्यामरासँग किन डराउँदै छन् केही मानिस ?

हुन त आफ्ना प्रोडक्टको गज्जब डिजाइनका लागि एप्पल अग्रस्थानमै छ । हालै लञ्च भएको नयाँ आइफोन ११ को डिजाइन तथा लुक्स पनि निकै आकर्षक रहेको छ । तर केही मानिसहरुलाई आइफोन ११ मा राखिएका ट्रिपल क्यामराको डिजाइन खासै रुचेको छैन । आइफोनको ट्रिपल क्यामरा सेटअप मन नपराउने मध्ये अधिकांश मानिस ट्राइपोफोयिबा नामक रोगबाट ग्रसित रहेका […]

यी हुन् सबैभन्दा धेरै विकिरण निकाल्ने स्मार्टफोन

स्मार्टफोन अहिले हाम्रो जीवनको हिस्सा बनिसकेको छ । हरेक दिन विश्वमा स्मार्टफोन प्रयोगकर्ताको संख्या बढिरहेको छ र नयाँ नयाँ स्मार्टफोनहरु बजारमा आइरहेका छन् । यस्तोमा फोनबाट निस्कने विकिरणको खतरा पनि बढ्नु स्वभाविकै हो । हालैका दिनहरुमा स्मार्टफोनबाट निस्कने रेडिएसनका विषयमा विभिन्न खाले रिपोर्टहरू आइरहेका छन् । कतिपय रिपोर्टमा स्मार्टफोनबाट निस्कने विकिरण खतरनाक भएको र प्रयोगकर्तालाई […]

ट्विटरले किन बन्द गर्‍यो राउल क्यास्टोको अकाउन्ट ?

माइक्रो ब्लगिङ साइट ट्विटरले क्युवाली नेता राउल क्यास्टोको ट्विटर अकाउन्ट बन्द गरेको छ । साथै क्युबाका सरकारी सञ्चार माध्यमका ट्विटर अकाउन्ट पनि निलम्बन गरिएका छन् । अमेरिकी नाकाबन्दीका कारण मुलुकमा इन्धन अभाव भएको सम्बन्धमा सरकारी टेलिभिजनबाट क्युबाली राष्ट्रपति मिगुएल दियाज क्यानेलले सम्बोधन गरिरहेकै समयमा ट्विटरले यस्तो कदम चालेको हो । आफ्नो सम्बोधनमा राष्ट्रपतिले इन्धन अभावका […]

नछोइकन अनलक हुनेछ भविष्यको आइफोन

आफ्नो आइफोनबाट टच आइडी हटाएसँगै अब एप्पल पूर्णरुपमा फेस आइडी फिचरमा भर पर्दैछ । एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजमा पनि फेस आइडी फिचर सामेल गरेको छ । अहिलेका लागि भलै फेसियल रिकग्निसन बायोमेट्रिक सेक्योरिटीले राम्रोसँग काम गरिरहेको छ । तथापि, भविष्यमा आइफोनको डिस्प्लेमा टच हटाएको स्थितिमा एप्पलले फेसियल रिकग्निसन प्रविधिसँग सम्झौता गर्नुपर्ने हुन्छ […]