शुक्रबार, १ भदौ, २०७५
OnlineKhabar.com
Tuborg

राष्ट्रिय समाचार

नैनसिंहको एसएमएसले दियो नेविसंघ भंग हुने संकेत

३१ साउन, काठमाडौं । तीन महिनाभित्र अधिवेशन गर्ने कार्ययोजना पर्खिरहेका नेवि संघका नेताहरु त्यसबेला झस्किए, जब बिहीबार अध्यक्ष नैनसिंह महरको एसएमएस आयो । महरले ‘रिस्क जोनमा परियो, महाधिवेशन हुने आधार नबनी म कार्ययोजना बुझाउन नसक्ने भएँ‘ भन्दै सहजीकरण संयन्त्रका सदस्य  र नेवि संघका नेताहरुलाई एसएमएस गरेका हुन् । जबकी सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको सहजीकरण संयन्त्रले...

बाराका किसान आन्दोलितः सडकमै पोखिदिए दूध

३१ साउन, बारा । सरकारले दुधको मूल्य घटाएको विरोधमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका किसानले सडकमा दुध पोखेर बिरोध जनाएका छन् । बुधबार विहान जीतपुरसिमरा उपमहानगरपालिका-१८ मनहर्वाका किसानहरुले सरकारको विरोध गर्दैसडकमा दूध पोखेका हुन् । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको मनहर्वा उपकेन्ऽमा आवद्ध १५० बढी किसानहरुले मानमत-कलैया सडकखण्डको मोती चोकमा दूध पोखेर सरकारको विरोध...

डाक्टरलाई कानून कडा छैन, भ्रम नछरौं : प्रधानमन्त्री

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ देखि लागू हुने कानूनका विषयमा भ्रम फैलाइएको आरोप लगाएका छन् । बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले एक वर्षअघि नै बनेको कानूनमा अहिले डाक्टर र विभिन्न पक्षबाट भ्रम फिजाउन खोजिएको भन्दै आपत्ति जनाए । ‘ब्यापक छलफल गरेर गत वर्ष नै...

चिकित्सकहरूको लाइसेन्स बुझाउने आन्दोलन स्थगित

३१ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले आफ्नो लाइसेन्स संघमा जम्मा गर्न देशभरका चिकित्सकहरुलाई उर्दी जारी गरेको छ । तर, भोलि भदौ १ गतेदेखि नै विरामी नजाँच्ने आन्दोलनलाई भने १५ दिनका लागि स्थगित गरेको छ । संघले मुलुकी अपराध संहिताको ‘इलाजसम्बन्धी कसुर’सम्वन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएमा...

मेडिकल काउन्सिलका अध्यक्ष भन्छन् : डाक्टरहरु एप्रोन लिएर आए बुझाउँछन्, जान्छन्

३१ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले मुलुकी संहिता संशोधन नभए एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र विरामी नजाँच्ने बताएको छ । मुलुकी अपराध संहिताको ‘इलाजसम्बन्धी कसुर’ मा उपचारका क्रममा लापरबाही गरेर विरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने व्यवस्था छ । चिकित्सक संघले यस्तो लापरबाही भए नभएको...

कोशीबाट ल्याएको अर्नाले चितवनमा पाडी जन्मायो

३१, साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा रहेको अर्नाले बिहीबार पाडी (पोथी बच्चा) जन्माएको छ । २०७३ सालमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरी यहाँ ल्याइएको अर्नाले पाडी जन्माएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । अनुगमनमा जाँदा अर्नाले पाडी जन्माएको देखिएको अर्यालले बताए । अर्यालले भने...

प्रचण्ड पहिलो पटक दोरम्बा आए, भने : यो वलिदानी भुल्न सकिदैन

३१ साउन, रामेछाप । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार रामेछापको दोरम्बा आएका छन् । दोरम्बा स्मृति दिवसको अवसर पारेर आएका प्रचण्डले नेपालको राजनीतिमा दोरम्बाले दिएको वलिदानलाई कसैले बिर्सन नसक्ने बताएका छन् । नेपालमा राजसंस्थाको अन्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दोरम्बामा वीर शहीदहरुले गरेको वलिदान बिर्सन नसकिने उनले बताए । दोरम्बालाई...

पुनर्निर्माणको काम निर्धारित समयमै सम्पन्न गर्छुः सीइओ ज्ञवाली 

३१ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले पुनर्निर्माणको ठोस कार्ययोजना बनाएर पूर्वनिर्धारित समयमै काम सम्पन्न गर्ने बताएका छन् । बिहीबार पदवहालीपछि आयोजित स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने बताए । सुरुको चरणमा पुननिर्निर्माणको जग बसाल्ने काममा आफू र...

जनप्रतिनिधिलाई प्रधानमन्त्रीको सुझाव : सुविधा उपभोगमा मात्रै नलाग्नुस्

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले नरुचाउने काम नगर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । कतिपय सुविधा कानूनले दिएको भनेर उपभोग नगर्न प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई सजग गराएका छन् । राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउँदै उनले त्यस्ता सुविधालाई अत्यावश्यकबाहेक अहिले त्याग गरेर जनताको मन जित्न आग्रह गरे । गाउँपालिका...

प्रदेश ५ को नेकपा अध्यक्षमा दलवहादुर र गणेशमान पुनको नाम सिफारिस

३१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ कमिटीको अध्यक्षमा दलबहादुर राना मगर र गणेशमान पुन मगरको नाम सिफारिस भएको छ । प्रदेश र जिल्ला कमिटी एकीकरण गर्न गठित कार्यदलले विहीबार महासचिव विष्णु पौडेललाई अध्यक्षहरुको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको हो । प्रदेश अध्यक्षमा सिफारिस भएका दलबहादुर रानामगर पाल्पा १ बाट...

पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिने प्रस्ताव गृह मन्त्रालयमा

३१ साउन, काठमाडौं । पर्यटन मन्त्रालयले हिमालय क्षेत्रबाट हुने पर्यटकको उद्धारमा नेपाल प्रहरीलाई संलग्न गराउन गृहमन्त्रालय समक्ष प्रस्ताव गरेको छ । ‘फेक रेस्क्यु’मा संलग्नहरूलाई संगठित अपराध तथा ठगी मुद्दामा कारवाही अघि बढाउन र उद्धारको जिम्मा प्रहरीलाई दिन भन्दै पर्यटनले गृहलाई फाइल पठाएको छ । पर्यटकको उद्धार अब प्रहरीमार्फत नै गराउनेबारे दुई मन्त्रालयबीच छलफल सुरु...

सरकारकै कारण संघीयता खतरामा : रामचन्द्र पौडेल

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले सरकारका कारण संघीयता खतरामा परेको भन्दै कांग्रेस आन्दोलनमा जानुपर्ने बेला आएको बताए । केन्द्र सरकारले ७० प्रतिशत बजेट आफैसँग राखेर संघीयताको मर्ममा प्रहार गरेको भन्दै नेता पौडेलले केन्द्रले बजेट नदिएकै कारण...