Comments Add Comment

रुपन्देही

List Grid
एमाले रुपन्देहीको माधव पक्षले माग्यो ओलीको राजीनामा

३० साउन, बटवल । रुपन्देहीमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शनिबार बसेको सो पक्षको प्रथम बैठकले पार्टी अध्यक्ष ओलीलाई राजीनामा दिएर पार्टी एकता कायम गर्न केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरेको हो । दुई दुई पटक प्रतिनिधिसभा विघटन, नेकपा विभाजन र एमाले भित्र एकता कायम […]

जबरजस्ती करणी उद्योगको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

२८ साउन, काठमाडौं । रुपन्देहीमा महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एकजना गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहेका छन् । रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको हो । महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको […]

रुपन्देहीमा विद्युतीय बस एसेम्बलका लागि भारतीय कम्पनीसँग सम्झौता

२२ साउन, बुटवल । रुपन्देहीमा विद्युतीय बस एसेम्बलका लागि सुन्दर यातायात ट्रेडर्स प्रालि र भारतीय कम्पनीबीच सम्झौता भएको छ । सुन्दर ट्रेडर्स प्रालि र काशिस ई-मोबिलिटी प्रालि नयाँदिल्लीका बीच विद्युतीय सार्वजनिक सवारी साधन एसेम्बल र सञ्चालन गर्ने सम्वन्धी सम्झौता भएको हो । सम्झौता अनुसार काशिसले विद्युतीय सवारी साधनको आपूर्ति र प्राविधिक सहयोग गर्नेछ भने सुन्दर […]

रुपन्देहीमा डेढ अर्ब लगानीमा आलुका परिकार उत्पादन गर्ने उद्योग खुल्दै

१२ साउन,बुटवल । स्वदेशमै आलु उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले रुपन्देहीको शुद्धोधनमा आलुका तयारी परिकार उत्पादन गर्ने नेपालकै पहिलो उद्योगको निर्माण शुरु भएको छ । फर्स्ट च्वाइस फुड प्रालिले एक अर्ब ५० करोड रुपैयां लगानी गर्ने गरी शुद्धोधन गाउंपालिका ४ मैनहियामा ३ बिघा क्षेत्रफलमा उद्योगको भौतिक पुर्वाधार बनाउन शुरु गरेको हो । दुई […]

सैनामैनामा विद्युतीय गाडी एसेम्बल प्लान्टको तयारी

९ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारी साधन उत्पादनका लागि एसेम्बल प्लान्ट निर्माण प्रक्रिया शुरु भएको छ । सैनामैना वडा नं ८ र ९ को भड्सीमा करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण हुने भएको हो । प्लान्ट निर्माणका लागि नगरपालिकाले सुन्दर ट्रेडर्स प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिने सम्झौता गरेको छ […]

बुटवलमा चौथो कोरा साइक्लिङ च्यालेन्ज

३ साउन, बुटवल । रुपन्देही जिल्ला साइक्लिङ संघले ‘बुटवल कोरा–साइक्लिङ च्यालेन्ज’ गरेको छ । स्वास्थ्यका लागि साइक्लिङको महत्व दर्शाउन बुटवलमा चौथो पटक आयोजित प्रतियोगितामा रुपन्देही र नवलपरासीका ८५ जना भन्दा बढी साइक्लिस्टहरु सहभागी थिए । कोरा तामाङ भाषाको शब्द हो । यसको अर्थ धार्मिक र पवित्र स्थल, मठ मन्दिरहरुको पवित्र मनले दाहिने पारेर परिक्रमा गर्नु […]

रुपन्देहीमा यातायातमा जोर विजोर प्रणाली हट्यो

३१ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोर–विजोर प्रणाली हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साउन १५ गतेसम्म निषेधाज्ञाको आदेश जारी गर्दा जोर विजोर प्रणाली हटाएको हो । निषेधाज्ञा अवधिमा सभा, सम्मेलन र भीडभाड हुने गतिविधि मात्र गर्न नपाइने वैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले बताए । […]

रुपन्देहीमा फेरि बढ्यो कोरोना संक्रमण 

२४ असार, बुटवल । रुपन्देहीमा पछिल्ला दिनमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पाँच दिन यता नयाँ संक्रमित थपिने क्रम निरन्तर बढेको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा २०७ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै तिलोत्तमाका २३ जना छन् भने बुटवलमा […]

रुपन्देहीमा पनि सार्वजनिक यातायात जोर-विजोर प्रणालीमा चल्ने

१४ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक यातायात जोर-विजोर प्रणालीमा चल्न पाउने गरी एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले व्यवसाय सञ्चालन खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । सार्वजनिक यातायातलाई […]

व्यक्तिले जोतभोग गर्दै आएको जग्गामा स्वास्थ्यचौकी नबनाउन मगर संघको माग

१३ असार,बुटवल । रुपन्देहीको तिलोत्तमामा व्यक्तिले तीन पुस्तादेखि जोतभोग गर्दै आएको जग्गामा स्वास्थ्य केन्द्र नबनाउन मगर संघले माग गरेको छ । तिलोत्तमा-१ मगरटोलका बिकाराम सारु मगरको परिवार २०१६ सालदेखि बसोबास र खेतीपाती गर्दै आएको ११ कठ्ठा जग्गामा नगरपालिकाले स्वास्थ्य केन्द्र बनाउन खोजेपछि सारु परिवार र नेपाल मगर संघले निर्माण कार्य तत्काल रोक्न माग गर्दै अवरोध […]

सिद्धार्थनगरलाई बाह्रै महिना फूल फूल्ने शहर बनाइने

८ असार, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । ‘पर्यटन, उद्योग, व्यापार र शिक्षा: हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने दीर्घकालीन सोचमा आधारित रहेर नीति तथा कार्यक्रम ल्याइएको हो । नगरपालिकामा पर्यटनको प्रवद्र्धन तथा विकासका लागी पर्यटन गुरुयोजना तयार गरी सोको कार्यान्वयनबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको […]

रुपन्देहीमा निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने

७ असार, बुटवल । रुपन्देहीमा मंगलबारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले निजी सवारी साधन चल्न पाउने गरी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो । तर, सवारी साधन चल्दा जोर–बिजोर प्रणाली अनुसार चल्नुपर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले बताए । जोर गते […]

रुपन्देहीको देवदहमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

१ असार, बुटवल । रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुटवल धागो कारखाना र तिलोत्तमाको गणेशनगर फायरलाइन चोकको बीचमा पर्ने चरंगे खोलामा बनाइएको डाइभर्सन अविरल वर्षापछि आएको बाढीले भासिँदा राजमार्ग अवरुद्ध भएको हो । सडक भासिएपछि गन्तव्यमा सवारी साधन सडकको दुबैतर्फ रोकिएका छन् । मध्यान्ह साढे १२ […]

रुपन्देहीमा लिक्विड अक्सिजन प्लान्ट शिलान्यास

३० जेठ, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा लिक्विड अक्सिजन प्लान्ट बन्ने भएको छ । परासी–भैरहवा सडक खण्ड अन्तर्गत धकधईस्थित शंकर ग्यास उद्योगले एक अर्ब रुपैयाँ लगानीमा लिक्विड अक्सिजन प्लान्ट स्थापना गरेको हो । उक्त प्लान्टले दैनिक ६० मेट्रिक टन (सात हजार ठूला सिलिण्डर) अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन गर्न सक्ने उद्योगले जनाएको छ […]

रुपन्देहीमा जनप्रतिनिधिले आफ्ना मान्छेलाई खोप लगाउन दबाब दिएपछि विवाद

२६ जेठ, बुटवल । जनप्रतिनिधिले मापदण्ड विपरीत आफ्ना मान्छेलाई खोप लगाउन दिएपछि रुपन्देहीमा कोरोना भाइरस विरुद्धको खोप अभियान केही ठाउँमा स्थगित भएको छ । जनप्रतिनिधिका आफन्त, पार्टीका कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि विवाद हुँदा जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया र मर्चवारी गाउँपालिकामा विवाद भएपछि खोप कार्यक्रम स्थगित भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए […]

भैरहवाका मुख्य सडकमा बुद्धको मूर्ति राख्न थालियो

२४ जेठ, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई बुद्धमय बनाउने अभियान अन्तर्गत भैरहवाका मुख्य सडकको डिभाइडरमा यो वर्ष पनि बुद्ध मूर्ति राख्न थालिएको छ । गतवर्ष सिद्धार्थनगर नगरपालिकाले बेलहिया बाइपास सडकदेखि सिद्धार्थ राजमार्ग खण्डको अञ्चलपुरसम्म १९ वटा बुद्ध मूर्ति राखिएको थियो । यसपटक भैरहवाको बुद्धचोकदेखि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन अगाडिसम्म पनि १९ वटा मूर्ति […]

रुपन्देहीमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

२० जेठ, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिस अनुसार बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा वैशाख १६ गते यता निषेधाज्ञा जारी छ । यसपटकको निषेधाज्ञामा एग्रोभेट पसल स्वास्थ्य […]

रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

१४ जेठ, बुटवल । रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ । पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो । शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी […]

रुपन्देही र नवलपरासीका खोला–नदीमा मनपरी उत्खनन्, अनुगमन शून्य

१२ जेठ, बुटवल । कोरोना महामारीका कारण रुपन्देही र नवलपरासीमा निषेधाज्ञा जारी छ । सर्वसाधारण घर बाहिर निस्कन पाएका छैनन् । तर यही मौकामा दुवै जिल्लाका नदी तथा खोलामा मनपरी ढंगले ढुंगा, गिट्टी र बालुवाको उत्खनन् भइरहेको छ । रुपन्देहीका तिनाउ, सुखौरा, रोहिणी तथा नवलपरासी पश्चिमका भूमही र तुरियालगायतका खोला तथा नदीमा चरम उत्खनन् भइरहेको […]

रुपन्देहीमा थप ६ जना संक्रमितको मृत्यु

११ जेठ, बुटवल । रुपन्देहीका विभिन्‍न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जनामध्ये तीनजना रुपन्देहीका तथा पाल्पा,नवलपरासी र कपिलवस्तुका एक–एक जना हुन् । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा एकजना, भीम अस्पतालमा चारजना र युनिभर्सल शिक्षण अस्पताल भैरहवामा एकजनाको मृत्यु भएको हो । जेठ १० गते कोरोना संक्रमण […]

रुपन्देहीमा थप ८ जना संक्रमितको मृत्यु

५ वैशाख, बुटवल । रुपन्देहीमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ६ जना रुपन्देहीका हुन् भने पाल्पा र नवलपरासी पश्चिमका एक–एकजना हुन् । बैसाख २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल १३ की ८० वर्षिया महिलाको बुधबार बिहान ६:५८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले […]