Comments Add Comment

सांसद

List Grid
कोरोना संक्रमित सांसदहरुले संसद भवनमै मत दिन पाउने

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन भोलि सोमबार बोलाइएको छ । संसद अधिवेशनअघि गरिएको परीक्षणमा २६ भन्दा बढी सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था […]

सांसदहरुको स्वाब संकलन थालियो

२२ वैशाख, काठमाडौं । सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब […]

विकास र समृद्धि देखाएर जनताको ढाड सेकिएको छ : सांसद महत

३० चैत, काठमाडौं । सांसद गजेन्द्रबहादुर महतले नागरिकलाई विकास र समृद्धिको आश देखाएर उपभोग्य वस्तुमा मूल्यवृद्धि गरिएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले मेलम्ची आएको बेला पारेर पेट्रोल र डिजेलको भाउ बढाइएको पनि आरोप लगाए । उनले संसदमा के भने पढ्नुहोस् मेलम्ची देखाएर पेट्रोल र डिलेजको भाउ बढेको छ, धरहरालाई देखाएर डण्डी र सिमेन्टको […]

बेलायतका पाँच सांसदसहित नौ जनामाथि चीनको प्रतिबन्ध

१३ चैत, काठमाडौं । चीनले ‘झुट र गलत सूचना’ फैलाएको आरोपमा बेलायतका पाँच सांसदसहित नौ जनामाथि प्रतिबन्ध लगाएको छ । अहिले प्रतिबन्ध लगाइएका बेलयती नागरिकहरु चीनको कट्टर आलोचक हुन् । यसअघि गत सोमबार बेलायत, अमेरिका, क्यानडा र ईयूले अल्पसंख्यक वीगर मुस्लिम समुदायको मानव अधिकार हनन गरेको भन्दै चिनियाँ कम्पनीमाथि प्रतिबन्धको निर्णय गरेका थिए । त्यसैको […]

प्रतिनिधिसभामा ९ महिनापछि बोल्न पाए सांसद

१० चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ९ महिनापछि मंगलबार सांसदहरुले बोल्न पाएका छन् । १८ असार २०७६ मा संसदको बजेट अधिवेशन अन्त्य हुनुअघि सांसदहरुले सरकारको नीति तथा कार्यक्रम, बजेटलगायतका विषयमा बैठकमा छलफल गरेका थिए । त्यसबाहेक शून्य समय र विशेष समयमा समसामयिक र जनसरोकारका विषयमा बोल्दै आएका थिए । असारमा बजेट अधिवेशन अन्त्य भएको ९ […]

सांसदको भ्रमणभत्ता बढाउन समिति सभापतिहरुको माग

८ चैत, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरुले सांसदहरुको भ्रमणभत्ता बढाउनुपर्ने माग राखेका छन् ।आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रतिनिधिसभाका १० वटै विषयगत समितिका सभापतिसँग छलफल गरे । छलफलमा सभापतिहरुले सांसदको भ्रमण भत्ता अत्यन्तै न्यून भएकाले काठमाडौं बाहिर अध्ययनमा जानै समस्या भएको बताएका हुन् । ‘सांसदको भ्रमण भत्ता अन्त्यन्तै न्यून […]

सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

१९ फागुन, काठमाडौं । प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सांसदहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा नेता देवप्रसाद गुरुङलगायतले खोप लगाएका छन् । खोप लगाउने कार्यक्रम जारी छ । अपराह्न ४ […]

नेकपा विवाद : काटिन छाड्यो सांसदको लेबी

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सांसदहरूको लेबी काटिन छाडेको छ । नेकपाका सांसदहरूको तलबबाट मासिक १२ हजार रुपैयाँ लेबी काटिएर पार्टीको बैंक खातामा जाने गरेको थियो । तर, यसपटक लेबी नकाटेरै संघीय संसद सचिवालयले तलब पठाएको छ । प्रचण्ड–माधव समूहका १९ जना सांसदले पत्र लेखेर संसद सचिवालयलाई लेबी नकाटिदिन आग्रह गरेका […]

४ सांसद्सहित ६ जनाले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य

९ पुस, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले चयन गरेका ६ केन्द्रीय सदस्यले पद अस्वीकार गरेका छन् । प्रदेश १ मा राज्यमन्त्रीसहित चारजना सांसद् र दुईजना नेताले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका हुन् । प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । उनीसँगै उदयपुरबाट प्रदेशसभामा प्रतिनिधित्व […]

माननीयहरुको द्रव्य मोह : अर्बपति नै लिन्छन् मासिक नौ हजार घर मर्मत खर्च

२७ मंसिर, काठमाडौं । संघीय साँसद समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको ठमेल, चाक्सीबारीस्थित घरलाई दरबार वा महल भन्दा फरक पर्दैन । त्यस ‘सिंह महल’मा नेपाल इनभेष्टमेन्ट बैंक र विदेशी पर्यटक लक्षित पसलहरु भाडामा संचालित छन् । तिनै नेता सिंहले आवास मर्मत सुविधा वापत सरकारबाट मासिक ९ हजार रुपैंया लिइरहेका छन् । उनले यो […]

सांसदको नाममा किन बजेट दिएको होला भन्थें तर चाहिने रहेछ : भट्टराई

१५ मंसिर, पोखरा । रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको क्षेत्रबाट चुनाव जितेर उनकै पत्नी विद्या भट्टराई अहिले सांसद छिन् । तत्कालीन पर्यटन मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि गत उपनिर्वाचनमा नेकपाले भट्टराईलाई नै उम्मेदवारका रुपमा उभ्याएको थियो र कास्की क्षेत्र नम्बर २ का जनताले जिताएर प्रतिनिधिसभामा पठाए । विद्यार्थी राजनीति गरेकी विद्याले प्राज्ञिक क्षेत्रको कामलाई बिट […]

पूर्वसांसद वीरबहादुर लामाको निधन

२३ कात्तिक, काठमाडौं । नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । मिर्गौलाको रोगबाट पीडित लामा ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । उनको आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । निमोनियासमेत देखिएपछि उनलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । […]

३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण

१४ कात्तिक, काठमाडौं । तीनजना मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् । सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ । कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश […]

सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

४ कात्तिक, काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४३ जना सांसदले ६ लाख १० हजार १६ रुपैंया ५७ पैसा उपचार खर्च लिएकामा चालु आवको पहिलो तीन महिनामा २० जनाले १२ लाख २६ हजार ८८ रुपैयाँ लिएका छन् […]

१३ सय रुपैयाँ पनि छोड्दैनन् माननीयहरु !

२ कात्तिक, काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुलाई स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने गर्छ । सचिवालयका सहसचिव एवं सांसद सुविधा व्यवस्थापन महाशाखा प्रमुख हृदयराम मर्हजनका अनुसार ऐनले सांसदहरुलाई उपचार खर्च उपलब्ध गराउँदा सरकारी अस्पतालमा उपचार गराएको भए पुरै र निजी अस्पतालमा उपचार गराएको भए आधा रकम दिने व्यवस्था गरेको छ । उपचार खर्च लिने प्रक्रिया […]

भारतको राज्यसभाका ८ सांसद एक साताका लागि निलम्बित

५ असोज, काठमाडौं । भारतको राज्यसभाका आठ विपक्षी सांसद अनुशासनहीनताको आरोपमा एक साताका लागि निलम्बनमा परेका छन् । राज्यसभामा कृषि सुधार विधेयकबारे छलफल चलिरहँदा उनीहरु तोडफोडमा उत्रिएका थिए । तोडफोडमा उत्रिनेमध्ये आठ जना सांसद निलम्बनमा परेको राज्यसभाका अध्यक्ष एम वेन्कैया नायडूले जानकारी दिए । सांसद्मा छलफल चलिरहँदा विपक्षीहरुले गरेको प्रदर्शनपछि केही समय बैठक रोकिएको थियो । […]

सांसदलाई सरकारको आग्रह : कोरोना रोकथाममा समन्वय गर्नुस्

१५ भदौ, काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा समन्वय गर्न सांसदहरुलाई आग्रह गरेको छ। मन्त्रिपरिषदको आइतबारको बैठकले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निवार्चित सांसदको नेतृत्वको समानुपातिक सांसद र राष्ट्रियसभा सदस्यलाई आवश्यक समन्वय र अनुगमन गर्न आग्रह गरेको हो ।

सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

१ भदौ, काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्‍यो ? खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया । तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता […]

कांग्रेस सांसद ज्वारचनले लिइन् शपथ

४ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचन पद तथा गोपनियताको शपथ लिएकी छन् । गुल्मीकी ज्वारचनलाई आइतबार सभामुख अग्नि सापकोटासमक्ष शपथ लिएकी हुन् । ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाएको थियो । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो । सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा […]

सुवर्ण ज्वारचन सांसद बन्दै, आज सपथ

४ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा सुवर्ण ज्वारचन सांसद बन्ने भएकी छन् । गुल्मीकी ज्वारचनलाई आइतबार दिउँसो दुई बजे सभामुख अग्नि सापकोटाले सांसद पदको सपथ ग्रहण गराउने कार्यक्रम छ । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो । सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही […]

भारत जान लाग्दा सांसद सरिता गिरीलाई प्रहरीले सीमा नाकाबाटै फर्कायो

२ असार, सिराहा । सीमाबन्दीकै बीच भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् । उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् […]