Comments Add Comment

बाढी

List Grid
वर्षभरिमा पर्ने पानी पाँच दिनमै पर्‍यो

३ असार, काठमाडौं । वर्षभरिमा पर्ने पानी पाँच दिनमै परेपछि यसवर्ष मनसुनको सुरुमै बाढी र पहिरोले जनधनको अकल्पनीय क्षति पुर्‍याएको छ । मनसुनको सुरुमै भएको अत्यधिक वर्षा र त्यसको कारण आएको बाढीले पुर्‍याएको क्षतिबाट नयाँ चुनौती थपिएको महसुस मौसमविदहरुले गरेका छन् । मनाङमा धेरै क्षति किन ? नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरु भएको थियो […]

बाढी पहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग

३ असार, काठमाडौं । विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवान पीडित जनताको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । साथै राहत तथा उद्धारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता […]

पहिरोले थुनिएको नदी एक्कासी खोलिँदा मेलम्चीमा बाढीको वितण्डा

२ असार, काठमाडौं । पहिरोले मेलम्ची नदी थुनिएको र उक्त बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुवाउने गरी बाढी आएको पाइएको छ । मंगलबार राति एक्कासी मेलम्ची नदीमा बाढी आउँदा मेलम्ची बजारको तल्लो क्षेत्र डुवानमा परेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार मेलम्चीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका २० जना हराएका छन् । […]

बाढी पहिरोका कारण ५ जनाको मृत्यु, १९ बेपत्ता

२ असार, काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो । विभिन्न जिल्लाबाट बुधबार साढे ६ बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते […]

सभामुखले गरे बाढी र डुवानग्रस्त मेलम्ची क्षेत्रको अवलोकन

२ असार, काठमाडौं । बुधबार सिन्धुपाल्चोकको बाढी र डुवानग्रस्त क्षेत्रको अवलोकनमा पुगेका सभामुख अग्निप्रसाद सापकोटाले उद्धारमा जोड दिन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् । मेलम्ची क्षेत्रको अवलोकनमा पुगेका उनले मेलम्ची नगरपालिकाका प्रमुख र सम्बद्ध पक्षसँग उद्धार, राहत र भए गरेका कामबारे जानकारी लिएका छन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बाढीपछि अवरुद्ध फोन, […]

बुवालाई खाजा पुर्‍याउन जाँदा बालकलाई खोलाले बगायो

२ असार, सप्तरी । सप्तरीमा भुतही बलान खोलामा आएको बाढीले बगाउँदा बुधबार एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बस्ने किसुनदेव भण्डारीका १३ वर्षीय छोरा सन्तोष भण्डारी छन् । खेतमा काम गरिरहेका आफ्ना बुवा किसुनदेवलाई खाजा पुर्‍याउन जान लाग्दा बालकलाई उक्त खोलामा आएको बाढीले बगाएको थियो । बाढीले […]

बुढीगण्डकीमा आएको बाढीले चार घर बगायो, सात घर जोखिममा

२ असार, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका-२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीमा आएको बाढीले चार घर बगाएको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण […]

कालीगण्डकीमा आएको बाढीले बगायो ९ घर

२ असार, पर्वत । गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मङ्गलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो […]

बाढीले मेलम्ची खानेपानी आयोजनाका संरचना डुबानमा

२ असार, काठमाडौं । अविरल वर्षाले मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु डुबानमा परेका छन् । बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ । त्यहाँका स्थायी संरचना पानीभित्रै भएपनि आफ्नै […]

एमालेले सरकारलाई भन्यो : विपत्तिमा परेकाहरुको तत्काल उद्धार गर

२ असार, काठमाडौं । नेकपा एमालेले प्राकृृतिक विपत्तिमा समस्यामा परेकाहरुको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस विज्ञप्ति जारी गरी विपत्तिमा तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, वेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारलाई […]

मनाङमा उद्दार तथा राहतका लागि हेलिकोप्टर पठाउने तयारी

२ असार, काठमाडौं । मनाङको चामेमा राहत सामग्री लिएर गृह मन्त्रालयले हेलिकोप्टर पठाउन लागेको छ । तर प्रतिकुल मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर उड्न सकेको छैन । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले होलिकोप्टरमा राहत सामग्री लिएर जाने अनलाइनखबरलाई बताए । उनले भने, ‘खाद्यान्न, टेन्ट लगायत पठाउने तयारी गरिएको छ । त्यहाँ पुगेर यही हेलिकोप्टर […]

बाढीले तहसनहस पारेको मेलम्चीको अवस्था कस्तो छ ?

२ असार, सिन्धुपाल्चोक (मेलम्ची) । बाढी–पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् । तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको छ । मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला […]

नारायणी र राप्तीमा बाढी, पश्चिम चितवनमा कटान

१ असार, चितवन । अविरल वर्षाका कारण चितवनका ठूला नदी राप्ती र नारायणीमा पानीको सतह बढ्दै गएको छ । सोमवारदेखि नै पानी निरन्तर परिरहेकाले अझै पानीको सतह बढ्ने अनुमान गरिएको छ । पानीको सतह बढ्दा भरतपुर महानगरपालिका वडा नं. २६ र २८ मा नारायणी नदीले कटान सुरु गरेको वडा नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले […]

लुम्ले र घोरेपानी क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो

१ असार, काठमाडौं । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ […]

पहिरोसहितको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित

३० जेठ, बागलुङ । अविरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका-७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले आठ घरपरिवार विस्थापित भएपछि उनीहरु अहिले आफन्त र गोठमा आश्रय लिएर बस्न बाध्य भएका छन् । अव्यवस्थित रुपमा खनिएको सडकले घर माथिदेखि भलसहित आएको बाढीले स्थानीय मनबहादुर दमाई, नरबहादुर दमाई, खिमबहादुर दमाई, नवीन […]

बाढीपहिरोको जोखिम : एकीकृत अग्रिम सूचना प्रणाली चाहिन्छ

नेपाल विपद् जोखिमयुक्त देश हो । बाढीपहिरो, हिमताल विस्फोटन जस्ता पानीबाट उत्पन्न हुने विपद्को जोखिम नेपालमा बढी छ । संयुक्त राष्ट्रसंघको एक अध्ययन अनुसार नेपालका करीब २४ प्रतिशत जनता वार्षिक रूपमा त्यस्ता विपद्को जोखिममा पर्छन् । ग्रामीण इलाका तथा नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्नेहरू यस्तो जोखिममा छन् । पानीबाट उत्पन्न विपद् जोखिममा रहेका […]

बाढीको पूर्वसूचना दिन भारतीय पक्षको आग्रह

२३ जेठ, विराटनगर । बाढीबाट हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि बाढीको पूर्व सूचना दिन भारतीय पक्षले मोरङको जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । नेपाल–भारत संयुक्त सीमा सुरक्षा भर्चुअल बैठकमा भारतीय पक्षले बाढीबाट हुने सम्भावित जोखिम नियन्त्रणका लागि बाढीको पूर्व सूचना दिन आग्रह गरेको हो । आइतबार भएको छलफलमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी […]

बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

१६ जेठ, काठमाडौं । बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, […]

बाढीले महाकालीको निर्माणाधीन पुलमा क्षति

७ जेठ, धनगढी । सुदूरपश्चिमका पहाडी क्षेत्रमा लगातार परेको वर्षापछि महाकाली नदीमा बाढी आएको छ । बिहीबार राति आएको बाढीले निर्माणाधीन चार लेनको माटरेबल पुलमा क्षति पुगेको छ । महाकाली पुल आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर वीरेन्द्र चन्दले बाढीले झण्डै डेढ करोड रुपैयाँ मूल्यको असफाल्ट प्लान्ट ( कालोपत्रे गर्न आवश्यक पर्ने कच्चा पदार्थ बनाउने प्लान्ट) […]

बाढीले डडेल्धुरामा निर्माणाधीन पुल बगायो

७ जेठ, धनगढी । लगातार परिरहेको अविरल वर्षासँगै आएको बाढीले डडेल्धुरामा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ र नवदुर्गा गाउँपालिका–३ लाई जोड्ने लमखेती गाडको सकाइल खण्डमा सडक विभागले निर्माण गरिरहेको पुलबुधबारदेखि परिरहेको वर्षासँगै आएको बाढीले बगाएको हो । गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले सकाइल हुँदै नवदुर्गा गाउँपालिकाको डाँणा वन जोड्ने सडकखण्डको […]

बाढी-पहिरोमा परेका घर पुनःनिर्माणका लागि ५० करोड दिने निर्णय

२६ चैत, काठमाडौं । गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएकाे बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सबेको विपद् जोखिम न्यूनीकरणको राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ताको रकम दिने निर्णय गरेको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख […]