Comments Add Comment

कर्पोरेट

List Grid
सिप्रदीयन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण

६ असार, काठमाडौं ।  नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका, फत्तेपुर स्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । मनसुनका कारण देशैभरीका ३१ भन्दा धेरै जिल्लाहरु प्रभावित भएका छन् । जसका कारण ११,८३९ भन्दा धेरै घर बार बिहिन भएका […]

बैदेशिक मुद्रा साट्न अनलाइनबाटै आवेदन, प्रभु बैंकको ‘प्रभु इजी फोरेक्स’ एप

प्रभु बैंक लिमिटेडले बैदेशिक मुद्रा सटही सुबिधालाई मोबाइल मार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार एक समारोहका बीच उक्त एप्लीकेशन शुभारम्भ गरेको हो । रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि हाल विदेश भ्रमण गर्नेको संख्या बढ्दै गइरहेको छ । व्यस्त दैनिकीका बाबजुद पनि बैंकसम्मै पुगेर सटहीको […]

एनएमबी बैंकले सुरु गर्यो ‘हामी देख्छौं अपार सम्भावना’ अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणासहित नयाँ कर्पोरेट अभियान सुरु गरेको छ। बैंकले दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्यमान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आफूलाई फरक बैंकको रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ। ‘हामी देख्छौं अपार संभावना’ को अवधारणाले यदि कसैले प्रयास गरेमा अरुले सामान्य आँखाले स्पष्ट देख्न नसक्ने सतहभन्दा […]

प्रभु बैंकको पर्सा बजारमा नयाँ शाखा कार्यालय

६ साउन, काठमाडौं । प्रभु बैंक लिमिटेडले चितवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । चितवनको खैरहनी नगरपालिका वडा नं. ८ स्थित पर्सा बजारमा १८९औं शाखा कार्यालयको रुपमा पर्सा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । पर्सा शाखा कार्यालयको खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणी चौधरीले सोमबार विहान उद्घाटन गरेका थिए ।शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि लालमणी चौधरीले प्रभु […]

एनआइसी एसियाको शाखा विराटनगरको गोल्छा चोकमा

६ साउन, काठमाडौं । एनआइसी एशिया बैंकले विराटनगर महानगरपालिकामा काउन्टर सञ्चालनमा ल्याएको छ। मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित गोल्छा चोकमा सञ्चालनमा ल्याएको हो। बैंकको काउन्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरेका हुन्। बैंकले मुलुकभर २ सय ९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग […]

३५औँ वार्षिकोत्सवमा नबिल बैंकको रक्तदान कार्यक्रम

६ साउन, काठमाडौं । नबिल बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ। आफ्नो ३५औं वार्षिक उत्सव मनाउने क्रममा गत ४ गते बैंकको प्रधान कार्यालयमा उक्त कार्यक्रम गरेको जनाएको हो। कार्यक्रममा १ सय २२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरिएको थियो। त्यसैगरी, बैंकको ३५औँ वार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंकस्तरीय फुटसल, क्रिकेट, ब्याड्मिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम […]

एनआईसी एशिया डिबेन्चर २०८३/८४ निष्काशन

५ साउन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सोमबारको दिन ‘एन आई सी एशिया डिबेन्चर २०८३/८४’ विक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । १०.२५ प्रतिशत वाषिर्क ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोडको उक्त ऋणपत्रको व्याज अर्धवाषिर्क रूपमा भुक्तानी गरिनेे र ऋणपत्रको अवधि ७ वर्षको हुने […]

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन

५ साउन, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । काउण्टरको आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी)ले उद्घाटन गरेका छन् । बैंकले सेवाग्राहीको बढ्दो चापर विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको हो । महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकको एक्सटेन्सन […]

फुटसल उपाधि ब्रिटिस मोडल कलेजको पोल्टामा

५ साउन, काठमाडौं ।  प्रभु बैंकले ललितपुरस्थित चापागाउँमा आइतबारदेखि शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका हुन् । शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगरप्रमुख गजेन्द्र महर्जनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर […]

वीर अस्पतालमा प्रभु बैंकको २४ घण्टे क्यास काउण्टर सञ्चालन

३ साउन, काठमाडौं । प्रभु बैंक लि र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालबीच भएको सम्झौता अनुसार साउन ३ गतेदेखि काठमाण्डौ महाबौद्धस्थित बीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालका उपकुलपति प्राडा देवनारायण साहले एक समारोहका बीच उक्त काउण्टरको उद्घाटन गरेका हुन् । बीर अस्पताल परिसरमा […]

मनसुन चेकअप क्याम्पका साथमा ऐक्सचेन्ज अफर

१ साउन, काठमाडौं । टाटा मोर्टसर््को लागि नेपालका एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले श्रावण १ गते देखि ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । काठमाण्डौको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाण्डौ बाहिरका इटहरी, पोखरा, नेपालंगञ्ज, बिरगंज र मेचीमा यी क्याम्पहरु शुभारम्भ भएको छ । सो कार्यक्रममा ग्राहकहरुले टाटाका […]

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

३० असार, काठमाडाै. । यही असार २७, २०७६ मा सिप्रदी टे«डिङ्ग प्रा. लि. तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिको उक्त कार्यक्रममा सिप्रदीले अधिराज्य भरि रहेका आफ्नो अधिकारीक डिलरहरुलाई आमन्त्रित गरि कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा पाहुनाहरुलाई कम्पनिको तर्फबाट सिप्रदी कम्पनिका कार्यकारी निर्देशक […]

मोबाइल एप र वेवसाइटबाट हवाई टिकट किन्दा छुट पाइने

२७ असार, काठमाडौं । बुद्ध एयरलाइन्सले मोबाइल एप र आफ्नो वेवसाईटबाट टिकट किन्ने ग्राहकलाई विशेष योजना ल्याएको छ । यो छुट बुध्दका आन्तरिक उडानहरुमा मात्र प्राप्त हुने कम्पनीले जानकारी दिएको छ । बुद्ध एयरको मोबाइल एपबाट टिकट काट्न सक्ने सुविधा छ । मोबाइल एपमार्फत घरमै बसेर यात्रुले आन्तरिक गन्तव्यको टिकट खरिद गर्न सक्ने कम्पनीको भनाई […]

डिजिटल सेवालाई सहज र समान पहुँचयोग्य बनाउँछौ : हुवावे प्रमुख

२७ असार, काठमाडौं । स्मार्टफोन तथा दूरसञ्चार सामग्री निर्माता चिनियाँ कम्पनी हुवावेका प्रमुख लियांग हुआले डिजिटल सेवालाई सहज र समान पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाका छन् । सन् २०१८ को सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक गर्न चीनको शेनजेंगमा आयोजित कार्यक्रममा हुआले यस्तो बताएका हुन् । कम्पनीले ग्राहकलाई विशेष महत्व दिएको र सामाजिक तथा आर्थिक विकासमा आफ्नो तर्फबाट गर्नुपर्ने […]

अब दराजमा खाद्य तथा घरायसी समान पनि

२७ असार, काठमाडौं । अनलाइन सपिङ ‘दराज’ले अब खाद्य तथा घरायसी समानहरुको पनि विक्री सुरु गरेको छ । दराजको डिमार्टबाट उपभोक्ताहरुले घरमा चाहिने खाद्य सामाग्रीहरु नून, चामल, दाल, तेलदेखि अन्य दैनिक आवश्यकताका समानहरु मगाउन सक्नेछन् । डिमार्टमा १५ सय वा त्यसभन्दा माथिको खरिदमा निःशुल्क वितरण सुविधा पाउनेछन् । दराजका अनुसार काठमाडौंबाट अर्डर गर्दा २४ देखि […]

उल्भरहेम्टन विश्वविद्यालयका उपकुलपतिले गरे नेपाली कलेजको प्रशंसा

२६ असार, काठमाडौं । काठमाडौं ।  बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका उपकुलपति प्रा जियोफ लेयरले नेपालमा सम्बन्धन प्राप्त दुई कलेजले उत्कृष्ट शिक्षा दिएको बताएका छन् ।  विश्वका करिब १२ देशका कलेजलाई सम्बन्धन दिएको विश्वविद्यालयले काठमाडौको हेराल्ड र  विराटनगरको मेरिल्याण्ड कलेजको शिक्षा उल्भरहेम्टर विश्व्ाविद्यालयमा पढ्ने विद्यार्थीको भन्दा उत्कृष्ठ रहेको दाबी गरे । हेराल्ड कलेजको अवलोकन भ्रमणमा आएका उपकुलपति […]

‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०७६’

२६ असार, काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले यहि श्रावण र भाद्र महिनामा ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ आयोजना गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १८ वर्षदेखि संचालन हुँदै आएको तीज फेस्टिवलको यो […]

यासुदा नयाँ वर्षको शुभारम्भ योजनाका विजेतालाई पुरस्कार

२६ असार, काठमाडौं । त्रिवेणी व्यापार कम्पनीले गत चैत १५देखि जेठ१५ गतेसम्म चलाएको ‘यासुदा नयाँ बर्षको शुभारम्भ’ ग्राहक योजनाको विजेता घोषणा भएको छ । यासुदाको टिभी, फ्रिज तथा वासिङ्ग मेसिन लगायत यासुदा ब्राण्डको कुनै पनि सामानको खरिदमा लक्की ड्र कुपन प्रदान गरि तीमध्ये लक्की ड्र कार्यक्रम मार्फत गत असार १७ गते विजेता घोषणा गरिएको थियो […]

एनआईसी एशिया बैंक र विराटनगर अस्पताल

२६ असार, काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल प्रा.लि. मुनालपथ, विराटनगरबीच बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं […]

सामसङ डिजिटल प्लाजा अब पुलचोकमा

२५ असार, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले पुलचोक ललितपुरमा नयाँ सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ्ग उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्-अफ-आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ प्लाजाकोसंजाल विस्तार गर्न उत्प्रेरित गरेको हो । हिम इलेक्ट्रोनिक्स प्रालिका निर्देशकसीमा गोल्छा तथा सामसङ्ग […]

सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्ध एजुकेशनल एकेडेमीबीच सम्झौता

२५ असार, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंजमा अवस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमीद्वारा संचालित नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा  श्रावण १ गते बाट लाग ुहुने गरि […]