Comments Add Comment

कर्पोरेट

List Grid
टेक्ससबाट पनि सगुनमा लगानी गर्ने अवसर

टेक्सस । नेपाली प्रवासीद्वारा स्थापना भएको सागुनमा अव टेक्सास राज्यका बासीहरुले पनि लगानी गर्न सक्ने भएका छन् । सगुनले गत वर्षदेखि मिनी आइपीओमार्फत आफ्नो स्वामित्व शेयर विश्वभरि विक्री गर्दै आइरहेको थियो । तर मिनी आइपीओमार्फत अमेरिकाका केहि राज्यहरुबाट ती राज्यहरुका कानूनी प्रावधानका कारण सिधै लगानी गर्न अनुमति थिएन । जसका लागि सगुनले टेक्ससमा सम्वन्धित निकायबाट […]

सेलपे सेवा र रिलायबल लाइफ इन्सुरेन्सबीच सहकार्य

१२ साउन, काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले रिलायबल लाइफ इन्स्योरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । यस सहकार्य अन्तर्गत, अब रिलायबल लाइफका ग्राहकहरुले […]

सुजुकीको १५०० सीसी पेट्रोल इन्जिन युक्त नयाँ भिटारा ब्रेजा सार्वजनिक

१२ साउन, काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्‌को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ। स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन्। १४६२ सीसीको ‘के–सिरिज’ बीएस६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले ग्राहकलाई सन्तुष्ट […]

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कर्जा योजना

११ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरि सांगि्रला सेयर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा शेयर खरीद अगाडि नै कर्जा सीमा प्रदान गरिनेे तथा आफूसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ । सेयर कर्जा योजना अन्तरगत ग्राहक महानुभावले आफनो आवश्यकता अनुुुसार कर्जा सीमा […]

दराजको महाबचात बजार अभियान

११ साउन, काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ । दराजको यस अभियान यही १२ देखी १९ साउन सम्म लागू हुनेछ । यस ८ दिने सेल अभियानमा हुने बचत भाउचर, बचत अफर, निशुल्क डेलिभरी, र अन्य धेरै अवसर पाई ग्राहकहरुले चिताएका […]

भैरव नवदीप विद्यालयलाई कुमारी बैंकको जिन्सी सहयोग

९ साउन, काठमाडौं । कुमारी बैंक लिमिटेडले पाल्पास्थित भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ। यस कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै, मंगलबार केही थान कम्प्युटर र ल्यापटप अनलाईन शैक्षिक क्रियाकलापका लागि बैंकले विद्यालयलाई सहयोग गरेको छ। बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक कार्यक्रमकामा बैंकका प्रमुख संचालन अधिकृत […]

१०औं वर्ष पार गरी मेगा बैंक दोस्रो दशकमा प्रवेश

मेगा बैंक नेपाल लिमिटेड सञ्चालनको १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ । १० औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले स्थापनाको १० वर्षमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएकोमा गौरवान्वित भएको बताए । ग्राहकहरू, संस्थापक, शेयरधनीहरू, सञ्चालक समिति, नियामक निकाय, कर्मचारी वर्ग र अन्य सरोकारवालाहरू […]

द चेनस्मोकर्स र 1974 AD एकैसाथ टुबोर्ग ओपनमा

८ साउन, काठमाडौं । डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षको लागी आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेनस्मोकर्स’ को साथमा सहकार्य गरि देशभरका संगीतप्रेमीहरुलाई नयाँ संगीत पेश गर्नेछ । हालै विश्वव्यापी प्रचलित कलाकारहरु मध्ये एक रहेका ‘द चेनस्मोकर्स’ टुबोर्ग ओपनको साथमा नेपालको […]

सेलपे सेवा र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा प्रिमियम सम्बन्धी सम्झौता

८ साउन, काठमाडौं । सेलपे सेवा र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा प्रिमियमको डिजीटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका उप–प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्। उक्त सहकार्य अनुसार बैंकका ग्राहकहरुले बिमा प्रिमियम तिर्न सेल-पे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी […]

सगुनले गठन गर्‍यो सल्लाहकार बोर्ड

८ साउन, काठमाडौं । सामाजिक ई-कमर्स स्टार्टअप कम्पनी सगुनले ४जना सल्लाहकारको एक समूहलाई बोर्डमा नियुक्त गरेको छ ।  सल्लाहकार समितिको सदस्यहरुमा बिमल बास्तोला (न्युयोर्क), कपिल अधिकारी (टेक्सास),  डा. शशि सिग्देल (न्यूयोर्क) र डा. केशब पौडेल (न्यू मेक्सिको) रहेका छन् । सन् २०१५ देखि २०१९सम्म गैर आवासीय नेपाली संघ -एनआरएनए-युएसएका अध्यक्ष रहेका डा. पौडेल सगुनको सल्लाहकार […]

ग्लोबल आइएमई बैंकको योजना : आकर्षक व्याजदरमा ३ दिनमै कर्जा

७ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिसत व्याजदरमा […]

सगुनको बोर्ड सल्लाहकार समितको अध्यक्षमा डा. केशब पौडेल नियुक्त

सामाजिक ई–कमर्स स्टार्टअप कम्पनी सगुनले बोर्ड सल्लाहकार समितको अध्यक्षमा डा. केशब पौडेललाई नियुक्त गरेको छ। सल्लाहकार समितिको सदस्य रहेका पौडेललाई अध्यक्षमा नियुक्त गरिएको हो। पाैडेलले सन् २०१५ देखि २०१९ सम्म गैर आवासीय नेपाली संघ एनआरएनए–युएसएका अध्यक्षको कार्यभार समते सम्हालेका थिए। सल्लाहकार समितिको सदस्यहरुमा बिमलबास्तोला (न्युयोर्क), कपिलअधिकारी (टेक्सास), डा. शशि सिग्देल (न्यूयोर्क) रहेका छन्। सगुन पहिलो […]

दराज र ईसेवाले ल्यायो ‘१ रुपैयाँमा आईफोन एसई’ जित्ने मौका

७ साउन, काठमाडौं । अनलाइन बजार दराज, र अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाले १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने वान रुपी गेम अवसर लिएर आएका छन्। भाग लिनको लागि, ग्राहकहरूले दराजमा आइफोन रुपिवान प्रोमोकोड लगाई आईफोन एसई १ रुपैयाँमा ईसेवाबाट भुक्तानी गरी अर्डर गर्नपर्ने छ। बधबारदेखि १२ गतेसम्म उपलब्ध हुनेछ। विजेताको घोषणा साउन १६ मा […]

एनसेलको ‘नयाँ सजिलो सिम’मा आकर्षक सुविधा

७ साउन, काठमाडौं ।  एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । नयाँ ग्राहकहरुले कर सहित मात्र रु ९९ मा यो सिम लिन सक्छन् । यो योजना अन्तर्गत […]

आव २०७६/७७ मा एनसीएचएलको करोबार संख्या २ करोड नाघ्यो

७ साउन, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आर्थिक वर्ष २०७६/७७असार मसान्तभित्र कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु र्फछ्यौट गरेको छ । जुन गत वर्षको तुलनामा २२.२ प्रतिशतले बढी हो । विभिन्न भुक्तानी प्रणालीहरुमार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा ९६.८ खर्ब रुपैयाँ, ३२ करोड यूएस डलर, २३.८ करोड युरो र १७.१ करोड […]

नबिल डिबेन्चर–२०८२ नेप्सेमा सूचीकृत

६ साउन, काठमाडौं । नबिल बैंकको नबिल डिबेन्चर–२०८२(ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लि. र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल […]

नबिल डिबेन्चर–२०८२ नेप्सेमा सूचीकृत

६ साउन, काठमाडौं । नबिल बैंकको नबिल डिबेन्चर–२०८२(ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज लि. र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी […]

ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा ८.९९ प्रतिशतमा ३ दिनमै

६ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९ प्रतिशत व्याजदरमा साना तथा मझौलाव्यवसायी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ […]

अमेरिकाको नास्डाक स्टक एक्स्चेन्जमा सूचीकरणको तयारीमा सगुन

अमेरिकी सेयर बजारको नेशनल एसोसिएसन अफ सेक्युरिटी डिलर्स अटोमेटेड कोटेसशन (नास्डाक)मा गैरआवासीय नेपालीहरु संस्थापक रहेको सगुन आइएनसीले फूल आइपीओ जारी गरेर सूचीकृत हुने योजना अगाडि बढाएको छ । अहिले ग्लोबल मार्केटमा मिनी आइपीओ जारी गरिरहेको नाडास्कमा सूचीकृत हुन सगुनले तयारी थालेको हो । कम्पनीका अनुसार नास्डाक विश्वकै ठूलोमध्येको न्युयोर्क केन्द्रीत सेयर बजार हो  । नास्डाक  […]

सांग्रिला डेभलपमेन्ट बैंकको अनलाइनबाटै खाता खोल्न सकिने

५ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सूचना प्रविधिको विकाससँगै ग्राहक सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र प्रविधि मैत्री बनाउँदै अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको छ । अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक […]

नेपाली ब्रान्ड सोनमद्वारा त्रिवि शिक्षण अस्पताललाई पीपीई सहयोग

५ साउन, काठमाडौं । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्राण्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई १०० थान व्यक्तिगत सुरक्षा कवच (पीपीई) सहयोग गरेको छ । कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले मनमोहन कार्डिओथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन । […]