Comments Add Comment

काठमाडौं

List Grid
उपत्यकामा खुकुलो बनाएर थपिएको निषेधाज्ञा आजबाट लागू

२१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार अब काठमाडौं उपत्यकामा बिहान […]

काठमाडौं उपत्यकामा शुरु भयो रोपाईं (फोटो फिचर)

१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा रोपाईं शुरु भएको छ । देशका अन्य क्षेत्रमा भन्दा चाँडै रोपाईं शुरु हुने उपत्यकामा केही दिनअघि भएको वर्षाले पनि किसानलाई सहज भएको छ । काठमाडौंको मूलपानी र भक्तपुरको चाँगुनारायण क्षेत्रका किसान हिजोआज रोपाईं गर्न व्यस्त छन् । कोरोना महामारीले उपत्यकाको शहरी क्षेत्र निषेधाज्ञाका कारण बन्द छ । तर उपत्यकाकै […]

काठमाडौं महानगरपालिकाले समुदायस्तरमा एन्टिजिन टेस्ट गर्दै, यी हुन् परीक्षण केन्द्र

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि समुदायस्तरमा एन्टिजिन टेस्ट गर्ने भएको छ । कोरोना भाइरस महामारीको बढ्दो संक्रमणको अवस्था बुझ्न महानगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ठाउँमा एन्टिजिन परीक्षण गर्न लागेको हो । ११ जेठमा विभिन्न परीक्षण केन्द्रहरु सार्वजनिक गर्दै महानगरले शुक्रबारदेखि बृहद् रुपमा कोरोना परीक्षण गर्न लागेको हो । जेठ १८ गतेसम्म चल्ने एन्टिजिन परीक्षणमा […]

काठमाडौंमा थपिएको निषेधाज्ञा : एक पटकलाई चेतावनी, दोस्रो पटक कारबाही

१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । थप एक साताको लागि तोकिएको निषेधाज्ञामा यसअघि भन्दा कडाइ गरिएको छ । शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइँने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् । निषेधाज्ञा सम्बन्धी नियम […]

काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि, ८०० टर्की नष्ट गरिंदै

१२, जेठ, काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थित दुई ठाउँ र चन्द्रागिरिमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरिको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले अनलाइनखबरलाई […]

काठमाडौं उपत्यकामा संक्रमण घटेको हो ?

७ जेठ, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गर्‍यो । सरकारले निषेधाज्ञा लागू गरेको अघिल्लो दिन वैशाख १५ गते काठमाडौं उपत्यकाका तीन जिल्लामा २०४७ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार निषेधाज्ञाको दोस्रो हप्ताको मध्यसम्म लगातार संक्रमण वृद्धि भएको देखिन्छ । तथ्यांक […]

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश

२७ वैशाख, काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, […]

एनएसएल प्लेअफ : धनगढीविरुद्ध काठमाडौंलाई बदला लिने मौका

२७ वैशाख, काठमाडौं । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को प्लेअफका खेलहरु मंगलबारदेखि सुरु हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टमा आयोजना भएको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगको २१ खेलपछि शीर्ष चार स्थानमा रहने टिमहरु प्लअफका लागि छनोट भएका छन् । जसमा शीर्ष […]

काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

२० वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै एकसाता निषेधको आदेश जारी गरेका छन् । तर उपत्यकामा कोरोना भाइरस संक्रमणको दर दैनिक बढिरहेको छ । विज्ञहरुका अनुसार निषेधाज्ञाले काम गर्‍यो वा गरेन भन्ने पुष्टि हुन कम्तीमा एक साता कुर्नुपर्छ । यद्यपि निषेधाज्ञाको समयमा पनि देखिएको भिडले महामारी […]

निषेधाज्ञा पालना गराउन बढाइयो चेकिङ

१९ वैशाख, काठमाडौं । निषेधाज्ञा पालना गराउन भन्दै प्रहरीले काठमाडौंमा चेकिङ जारी राखेको छ । निषेधाज्ञाको अवधिमा पनि सवारी साधनहरु धेरै गुडेको पाइएकाले थप कडाइ गरिएको नेपाल प्रहरीका अधिकारीले बताएका छन् । नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले निषेधाज्ञाको बेलामा पनि मानिसहरु घर बाहिर निस्किने क्रम बढेकाले कडाइ गरिएको बताए । ‘विभिन्न जिल्लामा र काठमाडौं उपत्यकाको […]

उपत्यकासहित अधिकांश पहाडी क्षेत्रमा वर्षा

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । तराई क्षेत्रमा भने सामान्य मौसम […]

‘रोग र भोकको त्रास बोकेर काठमाडौंमा बस्न सकिएन’

१५ वैशाख, काठमाडौं । बिहानको ७ बजे । कोटेश्वर चोकको वरपर सडकछेउ पूरै माइक्रोबस र मिनीबसले ढाकिएको छ । कोही गाडीमा चढिसके, कोही गाडीको छतमा झोला राख्दैछन् । केही भने गाडी नभेटेर छट्पटराइरहेका छन् । ‘खै कता छ गाडी, म यहाँ बाटोमा बसिरहेको छु’, कसैले मोबाइलमा भन्छ । काखमा बच्चा बोकेका महिला, ज्येष्ठ नागरिकदेखि लक्का […]

काठमाडौंमा भूकम्प, केन्द्रविन्दु कलंकी आसपास

१५ वैशाख, काठमाडौं । काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पको धक्काले क्षति पुर्‍याएको छैन । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा आठ हजार बढीले ज्यान गुमाएका थिए […]

काठमाडौंमा छिनमै पानी, छिनमै घाम

३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो एक्कासी वर्षा भएको छ । छोटो समय असिनासहित वर्षा हुँदा काम विशेषले यात्रा गर्नेहरु समस्यामा परे । उपत्यकामा कतै पानी परे पनि कतै भने घाम लागिरहेको छ । वर्षा भएको क्षेत्रमा पनि केहीबेर पछि नै घाम लागेको थियो । बिहीबार साँझदेखि मौसम बदली भएकामा शुक्रबार दिउँसो छोटो […]

काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२ वैशाख, काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको माकलबारीमा बा ७० प ८९८ नम्बरको मोटरसाइकल सडक किनारको पोलमा ठोक्किएर दुर्घटना हुँदा अत्तरखेल बस्ने सिरहाका २२ वर्षीय सोनाम मुखियाको मृत्यु भएको हो । नारायणटारबाट माकलबारीतर्फ जाँदै गर्दा उनी गएराति पौने दुई बजेतिर दुर्घटनामा परेका थिए । उनको […]

काठमाडौंमा फेरि बढ्यो वायु प्रदूषण

३० चैत, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । केही दिन सामान्य अवस्थामा पुगेको प्रदूषण सोमबार बिहान पुनः बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो । प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ । बुटवलमा २५०, नेपालगञ्जमा २२१ र पोखरामा १८९ एक्यूआई छ । […]

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

१५ चैत, काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । स्थिर रहेको वायुमण्डल आगामी […]

 फागुनदेखि काठमाडौंबाट भेडेटार र इलाममा पर्यटक बस चल्ने

१२ माघ, काठमाडौं । अब काठमाडौंबाट पूर्वी नेपालका दुई गन्तब्य भेडेटार र इलाममा पर्यटक बस चल्ने भएका छन् । आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग जोड्न बस संचालनको तयारी गरिएको हो । नेपाल पर्यटन बोर्डका अनुसार फागुन पहिलो सातादेखि काठमाडौं-भेडेटार र काठमाडौं-इलाम पर्यटक बससेवा सञ्चालन हुने भएको हो । नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियता र नेपाल […]

काठमाडौंसहित तराईका जिल्लामा कुहिरो, आन्तरिक उडान ठप्प

२ माघ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो महसुस भएको छ । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएकाले आन्तरिक उडान पनि ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । मौसमविद विभूति पोखरेलका अनुसार अहिले […]

काठमाडौंको हावा : साँझ परेपछि बढी प्रदूषित

२७ पुस, काठमाडौं । अघिल्लो साता तीन दिन काठमाडौं उपत्यकाको मौसम खुलेन । पश्चिमी वायुको प्रभावका कारण न्यूतमत तापक्रम मात्र बढेन, अहिलेसम्मकै सबभन्दा धेरै प्रदूषित हावाको रेकर्ड बस्यो । वातावरण विभागले चार वर्षदेखि देशका विभिन्न स्थानमा स्टेसन राखेर वायु प्रदूषणको मापन गर्दै आएको छ । विभागका उपमहानिर्देशक इन्दु विक्रम जोशीका अनुसार अघिल्ला वर्षहरुमा प्रदूषत अधिकतम […]

काठमाडौं उपत्यकामा घाम लाग्यो, अब जाडो बढ्ने, प्रदूषण घटाउन सघाउने

२२ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पारिलो घाम लागेको छ । घाम लागेपछि जाडो केही बढ्ने र अहिलेको प्रदूषणलाई केही हदसम्म भए पनि घटाउन मद्दत गर्ने मौसमविद बताउँछन् । मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने, ‘घाम लागेपछि थोरै भए पनि हावा चल्छ । त्यो हावाले प्रदूषणको तहलाई यताउता छर्छ र तुलनात्मक हिसाबले प्रदूषण […]