Comments Add Comment

गोरखा

List Grid
अविरल वर्षाले काटेको धान भिजाएपछि…

२ कात्तिक, गोरखा । केही दिनयताको अविरल वर्षाले गोरखामा धानबालीमा ठूलो क्षति भएको छ । गोरखाको बारपारसुलिकोट गाउँपालिका वडा-५ मा पाकेको धान काटेर भित्र्याउन ठिक्क परेको धान पानीले भिज्दा क्षति पुगेको   स्थानीय किसानहरुले बताएका छन् । काटेर थन्क्याउन बाँकी रहेको धान भिजेर नष्ट भएको उनीहरुले बताएका छन् । वर्षाको पानी तर्काउन किसानहरुले पानी परिरहेकै समयमा […]

गोरखामा जीप दुर्घटना हुदाँ ६ घाइते

२ कात्तिक, गोरखा । गण्डकी गाउँपालिका-८ कुनागाउँमा मंगलबार बोलेरो जीप दुर्घटना हुदाँ ६ जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँपालिकास्थित दर्वुङकी प्रतिमा पोखरेल, सुष्मा श्रेष्ठ, फुजेलका बिवेक सिंखडा, सुनिल थापा, जेनिषा श्रेष्ठ र धादिङको ज्वालामुखी गाउँपालिकाकी स्मिता कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेमध्ये दुई जनालाई थप उपचारको […]

गोरखामा परकम्प, ४.३ म्याग्निच्युट मापन

३१ असोज, काठमाडौं । गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो । ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

अक्षयकुमारको ‘गोरखा’मा बहादुरीको गाथा

‘कहिले काहीँ तपाईंसँग यति प्रेरक कथा आइपुग्छ कि, तपाईं त्यसलाई बनाउन चाहनुहुन्छ’ ‘ अभिनेता अक्षय कुमारले आगमी फिल्मको सन्दर्भ खुलाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोरखा’ महान युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक यस्तै फिल्म हो ।’ पछिल्लो समय बलिउड ‘देशभक्तीको गाथा’ गाइरहेका छन् । यसको शीर्ष दौडमा छन्, अभिनेता अक्षयकुमारले । उनको […]

गोरखामा जीप दुर्घटना, १४ जना घाइते

२६ असोज, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ मलेवाओढारमा मंगलवार बलेरो जीप दुर्घटना हुदाँ चालकसहित १४ यात्रु घाइते भएका छन् । बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ । […]

गोरखा दरबारको फूलपाती हनुमानढोका पठाइयो

२६ असोज, गोरखा । गोरखाको गोरखा दरबारबाट काठमाडौंको हनुमानढोका फूलपाती पठाइएको छ । मंगलबार बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती बा २ झ २१२९ नम्वरको सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको दरवारका पुजारी शारदा प्रसाद भट्टराइले जानकारी दिए । गोरखाबाट आएको फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा भित्राउने कार्यक्रम […]

पिण्ड सेलाउन जाँदा नदीमा डुबेर मृत्‍यु भएका पुरुषको शव भेटियो

२१ असोज, गोरखा । श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । बुधबार दिउँसो करिब ३:३० बजे सो नदीमा श्राद्धपछि पिण्ड […]

गोरखाको कांग्रेस सचिवमा आले र थापा निर्वाचित

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको जिल्ला कार्यसमितिका पदाधिकारी चयनका लागि भएको मतदानको नतिजा बुधबार साँझ सार्वजनिक भएको छ । मत परिणामअनुसार उपसभापतिमा धिरन थापा र इमानसिंह बस्नेत विजयी भएका छन् । कुल खसेको १५१९ मतमध्ये थापाले १०३६ र बस्नेतले ५६३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । उपसभापतिका अन्य उमेदवार सीपी पोखरेलले ५३६, रविकला […]

चाडपर्व नजिकिएसँगै गोरखामा प्रहरीले बढाउन थाल्यो गस्ती

१८ असोज, गोरखा । चाडपर्व नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय गोरखाले गस्ती बढाउन थालेको छ । विशेषगरी रातको समयमा बजार क्षेत्रमा गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए । ‘चाडबाडको समयमा चोरी, लुटपाटजस्ता आपराधिक क्रियाकलाप हुन सक्छन्,’ उनले भने, ‘त्यसलाई मध्यनजर गर्दै सुरक्षा रणनीति पनि बनाएका छौं ।’ उनका अनुसार जिल्लाभर २३ ठाउँमा […]

कांग्रेसको गोरखा जिल्ला सभापतिमा न्यौपाने सर्वसम्मत

१८ असोज, गोरखा । नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् । सोमबार जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिए । न्यौपाने हालका जिल्ला सचिव छन् । यसअघि उनी नेपाल विद्यार्थी संघको जिल्ला सभापति र क्षेत्रीय सभापति पनि भएका थिए […]

बालबालिकाको सिकाइमा प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम

१४ असोज, गोरखा । मंगलबार दिउँसो साढे १ बजे गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीहरु खाजा खान व्यस्त देखिन्थे । ईसीडीका बालबालिकाहरु जाउलो चना खाँदै थिए भने त्यसभन्दा माथि ५ कक्षासम्मका बालबालिका चना भुजा । सरकारले ईसीडीदेखि ५ कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेसँगै विद्यार्थीले विद्यालयमै खाजा खान पाउन थालेका हुन् […]

गोरखाका ४ प्रदेश सभा क्षेत्रमा कांग्रेसको नेतृत्व चयन

१४ असोज, गोरखा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । दुई संघीय निर्वाचन क्षेत्रका चार प्रदेश सभा क्षेत्रको अधिवेशन मंगलबार राति सककिएको हो । निर्वाचन क्षेत्र नम्वर १ ‘क’ प्रदेशको सभापतिमा खुन प्रसाद रेग्मी विजयी भएका छन् । रेग्मीले २०५ मत प्राप्त गरेका छन् भने उनका […]

उत्तरी गोरखामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी

१३ असोज, गोरखा । उत्तरी गोरखामा चामल अभाव हुन नदिन हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट चुम्चेत र छेकम्पारमा चामल ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ । ‘हिजो चुम्चेतमा करिव ३५ क्वीन्टल (१ सय १४ बोरा) चामल ढुवानी गर्‍यौं’ कार्यालयका सूचना अधिकारी शिव सुनारले भने, ‘आज छेकम्पारमा करिव […]

गोरखाका ११ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

९ असोज, गोरखा । गोरखाको ११ वटै स्थनीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको पालिका अधिवेशनले ६ स्थानीय तहमा सर्वसम्मत र ५ वटामा निर्वाचनबाट नेतृत्व चयन गरेको हो । चुमनुव्री, धार्चे, आरुघाट, अजिरकोट, शहीद लखन र गण्डकी गाउँपालिकामा निर्विरोध नेतृत्व चयन भएको छ । चुमनुव्री […]

श्रीमानको हत्या आरोपमा महिला पक्राउ

६ असोज, गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ । असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले माइलीले नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘लगातार घाँटी थिचेका […]

गोरखामा राप्रपाको अधिवेशन सकियो, अध्यक्षमा ढकाल निर्वाचित

३० भदौ, गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गोरखा जिल्ला अध्यक्षमा सुदीप ढकाल निर्वाचित भएका छन् । अध्यक्षमा ढकालसँगै पूर्वअध्यक्ष भगवान दास मल्ल, निवर्तमान सहअध्यक्ष अम्बिका रुपाखेती, रामराज कोइराला र रामबाबु अर्यालले पनि उम्मेदवारी दिएका थिए । तर ढकाल निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनले मानबहादुर श्रेष्ठ, राममाया केसी, पानमाया सिंखडा, […]

चुमनुव्रीमा पहिरो नियन्त्रणका लागि अर्थमन्त्रीसँग बजेट माग

२८ भदौ, काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिकाका वासिन्दाले पहिरोका कारण वस्ती जोखिममा परेको भन्दै नियन्त्रणका लागि बजेट व्यवस्था गरिदिन अर्थमन्त्री जनार्दन शर्मासँग माग गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा पुगेका चुमनुव्री गाउँपालिकाका वासिन्दाले वडा नं ३ को सल्लेरी, जगत, नाक्चेत, पाती देवल र घट्टेखोला गाउँ पहिरोको जोखिममा परेको भन्दै संरक्षणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह […]

गोरखामा एमालेका ३ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे

२२ भदौ, गोरखा । गोरखामा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित तीन जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आरुघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नारायणध्वज खड्का, वडा नम्बर ३ का अध्यक्ष शिरबल बराम र गोरखा नगरपालिका वडा नम्बर ८ कि सदस्य कल्पना नेपालीले एकीकृत समाजवादी रोजेका हुन् । उनीहरुले मंगलवार जिल्ला निर्वाचन […]

गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ देखि खुला गरिने 

२१ भदौ, गोरखा । गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । मन्दिर खुलेसँगै भक्तजनहरुले पूजाआजा गर्न पाउनेछन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले निश्चित मापदण्ड बनाएर धार्मिकस्थलहरु भक्तजनका लागि खुला गर्ने निर्णय गरेको हो । बढी भीडभाड हुने मनकामना मन्दिरमा भने ढोका बाहिरबाट पूजा गर्ने […]

गोरखामा विद्यालय खुलाउने अधिकार स्थानीय तहलाई

१७ भदौ, गोरखा । कोभिड–१९ महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका बिद्यालय खोल्ने निर्णय स्थानीय तहले गर्न पाउने भएकाा छन् । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वैठकले विद्यालय सञ्चालनसम्बन्धी निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । ‘आफ्नो पालिकाभित्र रहेका विद्यालयहरु खोल्ने नखोल्ने निर्णय गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएका छौ,’ निमित्त प्रमुख […]

गोरखामा थप एक जना कोरोना संक्रमितको मृत्यु, सक्रिय संक्रमित १४२ जना

१५ भदौ, गोरखा । गोरखामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ का ८३ वर्षीय वृद्धको मंगलबार बिहान गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लडेर घाइते भएका उनी दुई वर्षदेखि ओछ्यानमा थलिएर बसेका थिए । ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि उपचारका लागि गत आइतबार उनलाई गोरखा अस्पताल ल्याइएको थियो […]