Comments Add Comment

पुष्पकमल दाहाल प्रचण्ड

List Grid
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच कुराकानी भएको थियो । प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर भेटेका प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् । सत्तारुढ गठबन्धनले […]

प्रचण्ड निवास खुमलटार पुगे प्रधानमन्त्री देउवा

५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बताइएको छ । यसअघि मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । भेटमा सरकार सञ्चालन र गठबन्धनको साझा नीति तथा […]

गृहले बढायो प्रचण्डको सुरक्षा

५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाउन थालिएको छ । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेखित मापदण्ड विपरीत प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेलाई खटाइएको हो । कार्यविधिले प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था गरेको छ । तर सुरक्षा चुनौती […]

ज्ञवालीसँग प्रचण्डको चित्त दुखाइ : तपाईंहरुले जितेको हो ?

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको अभिव्यक्तिप्रति चित्त दुखाएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा ज्ञवालीले ‘युद्ध जित्न नसकेर हारेर आएर लोकतन्त्र मानेका होइनौं’ भनेको भन्दै उनले चित्त दुखाएका हुन् । उनले भने, ‘मलाई र शान्ति सम्झौताका सहयात्री […]

चिनियाँ राजदूतको दौडधुप : एकै दिन प्रधानमन्त्री देउवासँगै प्रचण्ड र माधव नेपालसँग भेट

१ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार एकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन निर्माणमा भूमिका खेलेका दुई शीर्ष नेतासँग भेटवार्ता गरेकी छन् । उनले प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी हुन् । प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटमा राजदूत […]

अदालतको फैसलाले आम नेपाली जनताको जीत भयो : प्रचण्ड

२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाले आम नेपाली जनताको जीत भएको बताएका छन् । फैसलालाई ‘इतिहासकै एउटा महत्वपूर्ण परिघटना’ बताउँदै प्रचण्डले नेपाल र नेपाली जनताको जीत भएको बताए । उनले भने, ‘अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको छ ।’ प्रचण्डले सर्वोच्च अदालत, प्रधानन्यायाधीश तथा अन्य […]

प्रचण्ड स्वघोषित नेतामात्रै हो : रायमाझी

२६ असार, काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका उनले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डकै कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताए […]

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

२२ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् । जनकपुरबाट काठमाडौं फर्किएका प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । एमाले विवाद कायमै रहँदा नेता नेपालसहित विपक्षी गठबन्धन बनेको छ ।

प्रचण्डको प्रतिक्रिया : केपीजीको गाली हेर्न गाह्रो पर्छ

१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहितका नेताहरुलाई तुच्छ गाली गरेको प्रतिक्रिया दिएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजीवीहरुसँग गरेको छलफलमा प्रचण्डले तुच्छ स्तरको गाली गरेको देख्दा कठै विचरा भन्न मन लागेको बताए । उनले अघि भने, ‘त्यो हेर्न गाह्रो […]

प्रचण्डबारे ओलीको टिप्पणी : छेपारोले रंग फेर्छ त !

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गरेका छन् । ७०औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले अरु नेताहरुसँगै प्रचण्डको चर्को आलोचना गरेका हुन् । प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको […]

ओलीलाई प्रचण्डको जवाफ : मेरो सेटिङमा नेपाल चलेको भए त …

१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रममा सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई पदमुक्त गर्नु अघिल्लो दिन नै धादिङमा प्रचण्डले बोलेको भन्दै उनले न्याय निष्पक्ष भयो त भनेर प्रश्न गरेका थिए । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले […]

परिस्थिति गम्भीर भएकैले पाँच पूर्वप्रधानमन्त्रीले वक्तव्य दिएका हौं : प्रचण्ड

१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र विदेशी शक्तिको चलखेल हुन नपाओस् भनेर पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिएका छन् । विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले परिस्थिति गम्भीर भएकै कारण आफूहरुले सामूहिक अपिल गरेको बताएका हुन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले […]

माधव नेपालको निवासमा देउवा र प्रचण्ड

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ताका लागि कांग्रेस सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । देउवा पुगेको केही समयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि नेपाल निवासमा पुगेका […]

सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ : प्रचण्ड

२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान अनुसार विघटन नभएकाले संसद पुनर्स्थापना हुने बताए । ‘अदालतले अन्ततः हेर्ने संविधान हो । संविधान अनुसार संसद विघटन भएको छैन,’ प्रचण्डले भने […]

२० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छ : प्रचण्ड

२२ जेठ, कर्णाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा शनिबार आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका […]

गिट्टी-बालुवा उत्खनन् गरी निकासी गर्ने नीति तुरुन्त खारेज गर : प्रचण्ड

१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको बजेटमा गिट्टी–बालुवा उत्खनन् गरी निकासी गर्ने नीति समावेश भएकोप्रति विरोध जनाएका छन् । अध्यक्ष प्रचण्डले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै कामचलाउ भइसकेको सरकारले बजेटमार्फत नेपालको गिट्टी, बालुवा र ढुंगा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा सत्ता बचाउन […]

सिंहदरबारमा विपक्षी गठबन्धनका नेताहरुको छलफल सुरु

११ जेठ, काठमाडौं । संसद विघटनपछिको अवस्थाबारे विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन् । सिंहदरबारमा भएको छलफलको विषय खुलाइएको छैन । यद्यपि समसामयिक राजनीतिक अवस्था, संसद विघटनलगायतका विषयमा छलफल […]

फेरि संसद पुनर्स्थापना हुने प्रचण्डको विश्वास

७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको उनले बताए । शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘…फेरि संसद पुनर्स्थापना भएर लोकतन्त्र […]

सरकार गठनबारे दलहरू आन्तरिक छलफलमा, देउवा र प्रचण्डबीच भेटवार्ता

२८ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरुको छलफल बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपति भण्डारीले बिहीबारसम्मको समय दिएर नयाँ सरकारका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिको आह्वानपछि विपक्षी गठबन्धन नयाँ सरकार बनाउनेबारे छलफलमा जुटेका छन् । सरकार गठनबारे छलफल गर्न […]

संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादी केन्द्रको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताएका छन् भने प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार वक्तव्य […]

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी !

२१ वैशाख, काठमाडौं । विशेष अधिवेशनमार्फत विश्वासको मत लिन संसदमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि विपक्षी दलहरुबीच फेरि अविश्वासको प्रस्ताव दर्ताको बहस शुरु भएको छ । स्रोतका अनुसार सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी रणनीतिबारे संवाद भएको थियो । मंगलबार कांग्रेस पदाधिकारीहरुको बैठक बस्यो भने […]