Comments Add Comment

प्रियंका कार्की

List Grid
‘प्रेमदिवस’ सुटिङ सेटमा दंग प्रियंका

निर्देशक योगेश घिमिरेले नयाँ चलचित्र ‘प्रेमदिवस’को छायांकन सुरु गरेका छन् । संजय न्यौपानेको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको छायांकन सेटमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी छन् । चलचित्रको मुख्य भूमिकामा यी २ कलाकारलाई देख्न सकिन्छ । चलचित्रको छायांकन झापाका विभिन्न रमणिय स्थानमा गरिनेछ । यो चलचित्रलाई म्यूजिकल लभ स्टोरी कथामा निर्माण […]

‘चङ्गा चेट’ शिर्ष गीत रिलिज

रिलिजको केही दिन अगाडि मात्र चलचित्र ‘चङ्गा चेट’को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत र स्वर नै कोशिश क्षेत्रीको छ । यो गीतले चलचित्रको कथालाई झल्काउन खोजेको छ । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्रीको […]

‘चंगाचेट’का ४ अपराधी

कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चंगाचेट’ अहिले गीतका कारण चर्चामा छ । ‘गोजीमा दाम छैन’ बोलको गीतले हंगामा नै मच्चाइरहेको छ । यसैविच, चलचित्रचको फस्टलुक रिलिज गरिएको छ । चलचित्रको फस्टलुकमा मुख्य ४ कलाकारको भिन्न रुप देखाइएको छ । जसलेगर्दा, चलचित्रप्रतिको कौतुहलता अझ बढ्नेछ । चलचित्रका मुख्य ४ कलाकार आयुष्मान देशराज जोशी, सुरक्षा […]

गर्मीमा प्रियंका

प्रियंका कार्कीलाई धेरैले विन्दास नायिकाको रुपमा चिन्छन् । सामाजिक संजालदेखि मिडियामा हुने विभिन्न खालका आलोचनालाई पनि उनी सहजै रुपमा लिन्छिन् र आफ्नो स्टाइल छोड्दिनन् । उनै, प्रियंकाले आफ्नो इन्स्टाग्राममा गर्मी महिनामा धेरै प्रकारका तस्बिर पोष्ट गरिन् । त्यसमा सबैभन्दा बढी उनको विकिनी तस्बिर थियो । स्विमिङ पूलमा रमाउँदै गरेकी प्रियंकाले निर्धक्क आफ्ना विभिन्न शैलीका विकिनी […]

रविनासँग प्रियंकाको दशैंको टिका

नायिका प्रियंका कार्कीका लागि यसपटकको दशैं विशेष रहन पुग्यो । कारण, उनले यसपटकको दशैंमा दुई घरको टिका अनुभव गरिन् । नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि प्रियंकाका लागि यो पहिलो दशैं थियो । यसैले, उनले यसपटक आयुष्मानको घरमा र आफ्नो घरमा टिकाको अनुभव गरिन् । हुनत, प्रियंकाका लागि दशैं अझै पनि सकिएको छैन । उनले, […]

सुरक्षा छायाँमा परेकी हुन् ?

कात्तिक १६ गतेबाट फिल्म ‘चंगाचेट’ रिलिज हुँदैछ । यो सिनेमामा ३ नायिकाले काम गरेका छन् । पि्रयंका कार्की, परमिता आर एल राणा र सुरक्षा पन्त यो चलचित्रका ३ नायिका हुन् । तीन चलचित्रमध्ये नायिका प्रियंका कार्कीले राम्रो प्रशंसा पाइरहेकी छिन् । अर्की नायिका परमिता आर एल राणाले पनि निकै राम्रो प्रशंसा पाइरहेकी छिन् । तर […]

‘गोजीमा दाम छैन’लाई १ करोड भ्यूज

दिपेन्द्र के खनालको निर्देशन तथा माधव वाग्ले र शर्मिला पाण्डेको लगानीमा तयार भएको चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतलाई युटुबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । यो गीतलाई सामाजिक संजालमा खुबै रुचाइएपछि यसको निर्माणपक्ष दंग छ । कारण, गीतका कारण अहिले चलचित्रको व्यापारमा धेरै फरक परेको पाइन्छ । गीतमा हरिहर तिमिल्सिनाको […]

आयुष्मान र प्रियंकाको ‘राधा २’ बन्यो ‘प्रेमदिवस’

योगेश घिमिरेले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘प्रेमदिवस’ राखिएको छ । यो चलचित्रको आज काठमाण्डौको मैतिदेवी मन्दिरमा पूजा गर्दै शुभसाइत गरिएको छ । चलचित्रको शुभसाइत समारोहमा निर्देशक योगेश घिमिरे, निर्माता संजय न्यौपाने, नव-कलाकार विशाल खरेल, पटकथा तथा लेखक प्रदिप भारद्धाजको उपस्थिती थियो । कात्तिक ८ गतेबाट यो चलचित्रको छायांकन सुरु हुँदैछ । चलचित्रमा प्रियंका […]

यी हुन् ‘राधा २’का विशाल

कात्तिकको पहिलो साताबाट छायांकन प्रारम्भ हुन लागेको चलचित्र ‘राधा २’मा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहनेछ । साथमा, यो चलचित्रबाट अमेरिकामा रहँदै आएका नव-कलाकार विशाल पोखरेलको पनि चलचित्र यात्रा सुरु हुँदैछ । योगेश घिमिरेको निर्देशनमा तयार हुन लागेको यो चलचित्र म्यूजिक लभस्टोरी कथामा निर्माण हुँदैछ । चलचित्रको पत्रकार सम्मेलन गर्ने […]

आयुष्मान र परमिताको ब्रेकअपपछिको मिलन

आइतबार आयोजना भएको चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक कार्यक्रममा केही भिन्न बन्यो । कार्यक्रम भिन्न बन्नुको कारण थियो पूर्व प्रेम जोडी आयुष्मान देशराज जोशी र परमिता आर एल राणाको उपस्थिती । सुरुवातमा परमिता आयुष्मान भन्दा पर बसेकी थिइन् । तर, चलचित्रका निर्माता माधव वाग्लेले परमितालाई आफू बसेको ठाउँ छाडिदिएपछि आयुष्मान र परमिता एकसाथ भए । […]

‘चङ्चा चेट’ ट्रेलरमा कमेडी नै कमेडी, वेरोजगार यूवाको कथा पर्दामा

कमेडी कथामा यूवाहरुको कथा र व्यथालाई उठान गरेको चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी छ । यो चलचित्रमा आयुष्मान देशरराज जोशी, रविन्द्र झा, सन्दिप क्षेत्री, अर्पण थापा, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा, […]

विकास र दीपकले साथ दिदा भाग्यमानी बन्दै प्रियंका

संभवत, नेपालका २ ठूला ब्यानरले साथ नदिने हो भने, नायिका प्रियंका कार्कीको करिअर अहिले धरापमा परिसकेको हुन्थ्यो होला । तर, नेपालका २ ठूला ब्यानरको साथले पि्रयंकालाई ठूलो राहत मात्र मिलेको छैन, प्रतिस्पर्धात्मक बजारमा आफ्नो दरिलो उपस्थिती बनाउने अवसर पनि मिलिरहेको छ । चलचित्र ‘वडा नम्बर ६’देखि निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले प्रियंकालाई साथ […]

महंगो पारिश्रमिकमा आर्यन ‘हजार जुनी सम्म’मा अनुवन्धित, स्वस्तिमासँग अकी प्रधान

निर्देशक विकासराज आचार्यले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘हजार जुनी सम्म’मा स्टार कलाकारहरुको आगमन भएको छ । नायिका स्वस्तिमा खड्काले काम गर्ने बताइएतापनि अन्य कलाकार भने फाइनल भएका थिएनन् । तर, अब भने चलचित्रका अधिकांश कलाकार यो चलचित्रका लागि फाइनल भएका छन् । चलचित्रका लागि नायक आर्यन सिग्देल फाइनल भएका छन् । नायक आर्यन सिग्देलले […]

हमालको करिअरमा ‘सकुन्तला र बागमती’ले लगायो ब्रेक

नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले मौन छन् । विशेषगरि, विदेश भ्रमण र स्वेदशमा हुने विभिन्न महोत्सवमा व्यस्त हुने गरेका राजेश हमाल चलचित्रको छायांकनमा भने व्यस्त छैनन् । हमालले चलचित्र नै नपाएका हुन् कि भन्ने टिप्पणी पनि सुनिन्छ । तर, नायक राजेश हमालले भने आफू यतिबेला संयमित भएको बताएका छन् । हमालले अभिनय गरेका […]

प्रियंकापछि आयुष्मानले खोपे ‘आयांक’ नामको ट्याटु

नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भएपछि आफ्नो अर्धनमा ट्याटु बनाइन् । प्रियंका र आयुष्मानको नाम मिलाएर बनाइएको ‘आयांक’ नाममा उनले ट्याटु खोपेकी थिइन् । अब, नायक आयुष्मान देशराज जोशीले पनि ट्याटु खोपेका छन् । आयुष्मानले ‘आयांक’ नामको ट्याटु आफ्नो छाती भन्दा थोरै तल खोपेका छन् । मंगलबार आयोजना भएको एक […]

म प्रियंकाको फ्यानः पूजा, म सबैसँग मिल्छुः प्रियंका

नायिका प्रियंका कार्की र पूजा शर्माको मित्रता अहिले बढ्दो छ । हुनत, नेपाली चलचित्रमा कलाकारको मित्रता र दुश्मनी कोसँग कतिबेला हुन्छ थाहा हुँदैन । नायिका कार्की र शर्मा भने अहिले खुबै मिल्ने गर्छन् । नायिका कार्कीले अभिनय गरेको चलचित्र ‘कथा काठमाण्डु’ हेर्न पुगेकी नायिका पूजाले प्रियंका आफ्नो मनपर्ने कलाकार भएको बताइन् । पूजाले भनिन्-‘मेरो प्रियंका […]

‘कथा काठमाण्डु’को विशेष शोमा पूजादेखि बर्षासम्म

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कथा काठमाण्डु’को विशेष शो आयोजना गरिएको छ । कुमारी हलमा आयोजना गरिएको विशेष शोमा नायिका पूजा शर्मा, बर्षा राउत लगायत पुगेका छन् । नायिका प्रियंका कार्कीको निमन्त्रणामा पूजा, बर्षा हलमा पुगेका हुन् । प्रियंकाले आफ्ना नजिकका साथीहरु केकी अधिकारी, ऋचा शर्मालाई पनि बोलाएको बताइन् । तर, उनीहरु नभ्याएकाले नआएको प्रियंकाको भनाई […]

‘राधा २’मा प्रियंकाको जोडी आयुष्मान

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरिसकेका छन् । काममा अत्यन्त व्यस्त भएकाले अर्को बर्षमा मात्र बिहे गर्ने उनीहरुको योजना छ । तर, प्रियंकासँग जोडिएपछि भने नायक आयुष्मान देशराज जोशीको करिअरमा धेरै परिवर्तन आएको छ । नायिका प्रियंका कार्कीले केही समय अगाडि नै साइन गरेको चलचित्र ‘राधा २’मा आयुष्मान पनि जोडिएका छन् […]

‘कथा काठमाण्डु’ रिलिज, प्रियंकाको मनमा उत्सुकता, उत्साह र डर

नायिका प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘कथा काठमाण्डु’ आजबाट रिलिज भएको छ । चलचित्र रिलिज हुँदै गर्दा नायिका कार्कीले आफ्नो मनमा उत्सकुता, उत्साह र डरवाला भावना पैदा भएको बताएकी छिन् । उनले भनेकी छिन्-‘चलचित्र क्षेत्रमा काम गरेको यतिका बर्ष भइसक्दा पनि नयाँ चलचित्र रिलिज हुँदाको त्यो उत्सकुता, उत्साह र एक किसिमको डरवाला भावना कहिल्यै […]

प्रियंकाको आशा

नायिका प्रियंका कार्की शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’लाई लिएर उत्साहित मात्र छैनन्, आशावादी पनि छिन् । उनले, यो चलचित्रमा काम गर्न पाएकोमा आफूलाई भाग्यमानी समेत भनेकी छिन् । चलचित्रको गीत रिलिज हुँदा मिडियामा नबोलेकी कार्की अहिले खुलेरै चलचित्रको प्रशंसा गर्छिन् । चलचित्र क्षेत्रमा आधा दशक मात्र बिताउँदा पनि उनले पाएको पोजिशन र नाम […]

प्रियंका र प्रमोदको केमेष्ट्रीः ‘सुन्तलीदेखि कथा काठमाण्डु’सम्म

कलाकार प्रमोद अग्रहरि चलचित्र ‘कथा काठमाण्डु’को प्रचारमा नायिका प्रियंका कार्की नहिड्दा एक्लै भए । सो समयमा उनले नायिकालाई खुबै मिस गरेका थिए । नायिका कार्की पनि थप्छिन्-‘उसले त मलाई हरेक समय मिस गर्छ ।’ चलचित्र ‘कथा काठमाण्डु’मा यी दुइको केमेष्ट्रीलाई लिएर आलोचना र प्रशंसा दुबै भयो । यी दुइको अन्तरंग दृश्यले हंगामा नै मच्चायो । […]