Comments Add Comment

सशस्त्र प्रहरी

List Grid
३५ हजार घुसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

१९ मंसिर, बुटवल । सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ हजार घुससहित कपिलवस्तुमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट, कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कृष्णनगर नगरपालिका वडा नं.२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई घुस रकम […]

कोरोनाबाट सशस्त्र प्रहरी निरीक्षक र पूर्वगाविस अध्यक्षको मृत्यु

९ मंसिर, विराटनगर । कोरोना संक्रमणका कारण मोरङमा सशस्त्र प्रहरी निरीक्षक र तत्कालीन पथरी गाविस अध्यक्षको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) ३३ वर्षीय नवीन बुढाथोकीको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । विराट मेडिकल कलेजमै मोरङको साबिक पथरी गाउँविकास समिति (गाविस) अध्यक्ष ६६ […]

सरकार सीमामा बीओपी राख्छ, सुविधा दिँदैन

७ मंसिर, काठमाडौं । भारतसँग सीमा विवाद चर्किएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २९ वैशाखमा दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको स्थायी बोर्डर आउट पोष्ट (बीओपी) राख्ने तयारी गरिएको घोषणा गरे । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै ज्ञवालीले सीमा विवाद रहेको ठाउँमा सरकारको उपस्थिति गराउन नसकेको स्वीकार्दै सशस्त्र प्रहरीको बटालियन नै राख्ने योजना रहेको उल्लेख गरेका थिए । […]

सेनाबाट सशस्त्र प्रहरी प्रवेश गरेका ५ डीआईजी जागिर लम्ब्याउने प्रयासमा

५ मंसिर, काठमाडौं । नेपाली सेनाबाट प्रवेश गरेका ५ जना सशस्त्र प्रहरीका उच्च अधिकृत जागिर लम्ब्याउने प्रयासमा गृह मन्त्रालय पुगेका छन् । सशस्त्रका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नागेन्द्र थापा, कृष्णभक्त बज्राचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी जागिर अवधि लम्ब्याउन माग गर्दै गृह पुगेका हुन् । उनीहरुले गृहसचिव महेश्वर न्यौपानेलाई सम्बोधन गरेर तालिम अवधिपछिको […]

नदी उत्खननमा प्रयोग भएका सवारी साधन सशस्त्र प्रहरीको नियन्त्रणमा

२३ कात्तिक, काठमाडौं । महोत्तरीको जलेश्वरस्थित रातु खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खनन गर्न प्रयोग भएका डोजर र ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाका अनुसार जलेश्वर नगरपालिका–७ स्थित रातु खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खननमा प्रयोग भएका २ वटा डोजर र ढुवानी गर्ने ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको […]

महोत्तरीबाट ७ लाखको भन्सार छलीको सामान बरामद

१८ कात्तिक, काठमाडौं । महोत्तरीबाट सशस्त्र प्रहरीले सात लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीका सामान बरामद गरेको छ । अवैध रुपमा भन्सार छलेर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल महोत्तरीले करिब ७ लाख २ हजार मूल्य बराबरको सामान बरामद गरेको हो । मटिहानी नाका हुँदै भित्र्याइएको करिब ५ लाख ४० हजार मूल्यको डेन्टलसम्बन्धी उपकरण बरामद भएको […]

भारतीय गस्ती बढेपछि कालापानी नजिक बीओपी स्थापनाको तयारी

२० असोज, काठमाडौं । कालापानी क्षेत्रमा भारतले सुरक्षागस्ती बढाइरहेका बेला नेपालले पनि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको तयारी थालेको छ । नेपालले दार्चुला जिल्लाको ब्याँस गाउँपालिका–१, स्थित तल्लोकौवामा बीओपी स्थापना गर्न लागेको हो । तल्लोकौवामा बीओपी राख्नका लागि ४८६ कित्ता नम्बरको २० रोपनी जग्गा माग्ने निर्णय भएको ब्याँस–१ का वडाध्यक्ष अशोक बोहरा […]

भारतबाट भित्राइएका ६२ वटा खसी सशस्त्र प्रहरीको नियन्त्रणमा

१७ असोज, लमही । राजश्व छलेर भारतबाट नेपाल भित्राइएका ६२ वटा खसी सशस्त्र प्रहरीले दाङबाट नियन्त्रणमा लिएको छ । भारतसँग जोडिएको कोइलाबास नाकाबाट मिनी ट्रकमा राखेर भित्राइएका खसीहरु दाङको सशस्त्र प्रहरी बल अर्जुनखोलाले गएराति नियन्त्रणमा लिएको हो । रा १ ख १३१५ नम्बरको मिनी ट्रकमा राखेर भित्राइएका ६२ वटा खसी गएराति करिब १० बजेतिर नियन्त्रणमा […]

गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरीलाई दिनको ३ सय भत्ता

१२ असोज, काठमाडौं । सरकारले उद्धार कार्यमा खटिने गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई दिनको ३ सय रुपैयाँको दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई उद्धार कार्यमा खटिएको दिनको ३०० का दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको जानकारी दिए […]

चितवनका दुई स्थानमा सशस्त्रको बीओपी स्थापना

१२ असोज, चितवन । चितवनमा एकैदिन सशस्त्र प्रहरी बलको २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । चितवनको माडि नगरपालिका–१ गर्दिस्थित केदारेश्वर प्रावि र सोहि नगरपालिका वडानं. ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा बीओपी स्थापना गरिएका हुन् । मर्ज भएपछि खालि रहेका विद्यालयमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी […]

सशस्त्र प्रहरी बाह्रैमास छाङरुमा बस्ने

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए […]

बर्दिबासमा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना

१ असोज, वीरगञ्ज । सीमा नाकाको सुरक्षार्थ महोत्तरीको बर्दिवास नगरपालिका–४ मा सशस्त्र प्रहरीले ‘रिजर्भ गण’ स्थापना गरेको छ । बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’को हेडक्वार्टर स्थापना गरिएको हो । रिर्जभ गणले सीमा नाकाको सुरक्षा, व्यवस्थापन, अवैध गतिविधि नियन्त्रण र जनशक्ती परिचालनको लागि काम […]

बर्दिबासमा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना

१ असोज, जनकपुरधाम । सशस्त्र प्रहरीले सीमा नाकाको सुरक्षाका लागि भन्दै महोत्तरीको बर्दिबास नगरपालिका-४ मा ‘रिजर्भ गण’ स्थापना गरेको छ । सशस्त्र प्रहरीको प्रदेश-२ कार्यालय प्राङ्गणमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ को हेड क्वाटर स्थापना गरिएको हो । उक्त गणको सशस्त्र प्रहरीका प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हचार्यले उद्घाटन गरे । नेपाल […]

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ भर्नाका लागि स्वीकृति

३१ भदौ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया सुरु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएसँगै नयाँ भर्ना प्रक्रिया थालिएको हो । सरकारको स्वीकृतिपछि नेपाल प्रहरीले बुधबार प्रहरी निरीक्षकको १ माघ ०७६ मा प्रकाशित सूचना अनुसारको भर्नाका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षाको तालिका प्रकाशित गरेको […]

भत्ता मात्रै होइन, सुरक्षाकर्मीको तलब पनि रोकियो

१८ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहेका बेला एक महिनादेखि तलब पनि रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइनसकेको कारण देखाउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको हो । एक सुरक्षा निकायका अधिकृतका […]

सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

१२ भदौ, काठमाडौं । नेपाल- भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको जिम्मेवारी परिवर्तन गर्ने बेला परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा, बारा र रौतहटको नेपाल-भारत सीमा  क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले […]

पोखरास्थित सशस्त्र प्रहरी गणका १६ जना संक्रमित

४ भदौ, पोखरा । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सं्रक्रमण पुष्टि भएको हो । गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए […]

कसरी फैलियो सशस्त्र प्रहरीको प्रदेश हेडक्वार्टरमा कोरोना ?

२ भदौ, चितवन । सशस्त्र प्रहरीको बागमती प्रदेश मुख्यालयमा ६० जनाको स्वाब परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । सशस्त्र प्रहरीको गढीमाई बाहिनी मुख्यालय, भण्डारामा यसअघि १७ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण भेटिएको थियो । उनीहरुमध्ये दुई जना भरतपुर अस्पतालमा र ६ जना सशस्त्र प्रहरी कार्यालय भण्डाराकै आइसोलेसनमा छन् […]

चितवनमा ४२ सशस्त्र प्रहरी र ३ नर्ससहित ५० जनामा कोरोना पुष्टि

२ भदौ, चितवन । चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरी गणका ४२ […]

इलाममा सशस्त्र प्रहरीका १६ जनामा कोरोना संक्रमण पुष्टि

२२ साउन, इलाम । सशस्त्र प्रहरी बलको नं. १ गण इलाममा कार्यरत थप १६ जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टिन व्यवस्थापनमा खटिएका अधिकारीहरु छन् । योसँगै इलाममा सशस्त्र प्रहरीका ४७ जना अधिकारी संक्रमित भइसकेका छन् । संक्रमित प्रहरीको विराटनगर वा धरानमा मध्ये एक स्थानमा उपचार हुने सशस्त्र […]

झरनामा नुहाउने क्रममा बेपत्ता युवकको शव भेटियो

२१ साउन, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरेमा झरनामा नुहाउने क्रममा बेपत्ता भएका एक युवकको शव भेटिएको छ । बुधबार दिउँसो सवा ३ बजे झरनाको दहमा बेपत्ता भएका ईच्छाकामना गाउँपालिका – ४ स्याकल्याङका २० वर्षका अभिषेक मगरलाई कुरिनटारस्थित सशस्त्र प्रहरी बलको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको टोलीले मृत अवस्थामा फेला पारेको हो । अभिषेक स्थानीय […]