२१ फागुन, काठमाडौं । आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा मतदाताले अपराह्न ५ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।
आज प्रतिनिधिसभाको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि भोट खसालिँदै छ। प्रत्यक्षतर्फ देशभरका ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
देशभर कहाँ के भयो ? अनलाइनखबर Live Updates:
Live Updates
गृहमन्त्री अर्यालले ललितपुर-३ मा गरे मतदान
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. ३ मा मतदान गरेका छन् ।

सुनसरीमा ३ घण्टामा १५ प्रतिशत मत खस्यो
निर्वाचन ‘मनिटरिङ’ गृहमन्त्री
निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनको ‘मनिटरिङ’ गरेको छ ।
मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको ‘कन्ट्रोल रूम’मा बसी सबै निर्वाचन क्षेत्रहरूको मनिटर गरिरहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिए ।
बिहान १० बजेसम्म सुदूरपश्चिममा ८३ हजार बढीले गरे मतदान
सुदूरपश्चिम प्रदेशमा ८३ हजार ९०६ मतदाताले मतदान गरेका छन् ।
बिहान १० बजेसम्म सो संख्यामा मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
थप पढ्नुहोसदाङका निकुञ्च प्रभावितले किन गरे मतदान बहिष्कार ?
दाङका बाँके राष्ट्रिय निकुञ्ज प्रभावित पीडितहरुले चुनाव बहिष्कार गर्दै मतदान नगर्ने भएका छन् । दांग मध्यवर्ती क्षेत्र बबई गाउँपालिका ७ देउती मावि मलई मतदान केन्द्र र बबई १ जनता आवि जिला मतदान केन्द्रमा अहिलेसम्म मत खसेको छैन ।
अब यति चाँडै औंलामा रङ लाउन नपाए हुन्थ्यो
‘बिहानैदेखि भोट हाल्न पुगेका नागरिकको उत्साहजनक माहोल छ’ मत दिएपछि गजुरेलले भने, ‘अब यति चाँडै औंलामा रङ लाउन नपाए हुन्थ्यो ।’

झापा-५ मा साढे १० बजेसम्म २५ प्रतिशत मतदान
प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा रोचक प्रतिस्पर्धा रहेको झापा क्षेत्र नम्बर ५ मा साढे १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ । निर्वाचन अधिकृतको कार्यालयअनुसार हालसम्म शान्तिपूर्ण रूपमा मतदान चलिरहेको र २५ प्रतिशत मतदान भएको छ ।
थप पढ्नुहोसबालेन सवार हेलिकप्टर झापामा ल्यान्ड भएन
रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा खराब मौसमका कारण ल्यान्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ।
हेली एभरेस्टको नाइन एन एओबी उडानमार्फत ०५ सदस्यीय टोली बिहान ९:१२ बजे झापा प्रस्थान गरेको थियो।
हेलिकप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०:१० बजे ल्यान्ड गरेको छ।
थप पढ्नुहोस
१० बजेसम्म कैलालीका ५ वटै क्षेत्रमा कति खस्यो मत ?
- कैलालीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २१ फागुन बिहान ७ बजेदेखि मतदान जारी छ।
- निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ देखि १० बजेसम्म २८ हजार ९०८ मत खसेका छन्।
- कैलाली-१ मा ५२९५, कैलाली-२ मा ६९७०, कैलाली-३ मा ६७७५, कैलाली-४ मा ५२१५ र कैलाली-५ मा ४६५३ मत खसेका छन्।
थप पढ्नुहोस
बाजुरामा १४ हजारले गरे मतदान
जाजरकोटमा कति खस्यो मत ?
मतदान गर्न आएनन् नारायणकाजी
आफ्नो निर्वाचन क्षेत्र छाडेर सर्लाही-३ बाट उठेका नेकपाका नारायणकाजी श्रेष्ठले यो निर्वाचनमा मतदान नगर्ने भएका छन्। व्यस्तताका कारण मतदानका लागि गोरखा आउन नसकेको श्रेष्ठको सचिवालयले जनाएको छ ।
सिरानचोक गाउपालिका-८ परोपकार मावि उनको मतदान केन्द्र हो । उनको क्षेत्रबाट यो निर्वाचनमा लेखनाथ न्यौपाने नेकपाका उमेदवार छन् ।
आयोगको अनुमानः ६५ प्रतिशत मत खस्छ, २४ घन्टाभित्र प्रत्यक्षको नतिजा
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् ।
मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उनले बताए ।
\'बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ\', उनले भने, \'मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ ।\'
मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले बताए । साथै उनले मतदानमा युवाहरुको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएकोे बताए ।

सर्लाहीमा विजय बरालको भोट
- अभिनेता विजय बरालले सर्लाहीको लालबन्दी-९ स्थित बस्तीपुर केन्द्रबाट प्रतिनिधिसभा निर्वाचनको मतदान गरेका छन्।
- बरालले भने, \'मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस्\' र आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन्।
- बराल सर्वकालिन ब्लकबस्टर फिल्म \'पूर्णबहादुरको सारंगी\' का अभिनेता हुन्

मालुमा रोकियो मतदान
दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिका-४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो ।
थप पढ्नुहोसप्रकाश सपुतले गरे मतदान
- गायक तथा रास्वपाका समानुपातिक उम्मेदवार प्रकाश सपुतले बागलुङको काठेखोला गाउँपालिकास्थित मतदान केन्द्रबाट मत खसालेका छन्।
- सपुत कलाकारिताबाट चर्चित भएर पछिल्लो समय राजनीतिमा सक्रिय हुँदै रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका छन्।

बारामा निर्वाचन कर्मचारी बेहोस, अस्पताल लगियो
बारामा एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।
बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।
थप पढ्नुहोसबटेश्वरका सबै मतदान केन्द्रमा सजिलो मतदान
धनुषाको बटेश्वर गाउँपालिकाको सबै मतदान केन्द्रमा सजिलो मतदान अभियान जारी छ । सजिलो मतदान, साझा अभियान अन्तर्गत हरेक मतदान केन्द्रमा अशक्त तथा अपांगको लागि ह्विलचेयरको व्यवस्था गरिएको छ ।
अभियानका संयोजक जय कृष्ण महतोका अनुसार ६ वटै मतदान केन्द्रमा सजिलो मतदानको व्यवस्था गरिएको हो ।
अशक्त तथा अपाङ्गहरूलाई मतदान केन्द्रमा मत खसाल्न कुनै प्रकारको अप्ठ्यारो नहोस् भनेर यो अवधारणा अघि बढाइएको उनले बताए । यो अभियान देशमै पहिलोपटक बटेश्वर गाउँपालिकामा सुरु भएको छ।

काठमाडौंका ८१७ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।
निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरु उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनले बताए । प्रजिअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौँका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ ।

दोलखामा हवाई फायर
दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
थप पढ्नुहोसमत दिएपछि हर्कः जसले जिते पनि जनता जित्छन्
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन जसले जिते पनि जनताकै जित हुने बताएका छन् ।
सुनसरी–१ बाट उम्मेदवारी दिएका साम्पाङले बिहीबार धरान–१८ स्थित कारमेल स्कूल केन्द्रमा मतदान गरेपछि भने, ‘जसले जिते पनि जनताले जित्ने हो । मैले जित्छु भन्ने मौन अवधिअघिसम्म मात्रै हो ।’
जो हारे पनि लोकतन्त्रको हार हुन नहुने उनको भनाइ छ । ‘जनताले जित्नुपर्छ, लोकतन्त्रले जित्नुपर्छ,’ साम्पाङले भने ।

धनुषामा उत्साहपूर्वक मतदान
धनुषामा शान्तिपूर्वक उत्साह रूपमा मतदान भइरहेको छ । धनुसा जिल्लाभरि ३२३ मतदानस्थलको ६४५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।
बिहान ९:३० बजेसम्म २१ हजार ५७३ मत खसिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिए । धनुषामा जम्मा पाँच लाख १४,५७१ मतदाता रहेका छन् ।
केन्द्रीय कारागारमा मतदान जारी
जगन्नाथदेवलस्थित केन्द्रीय कारागार, महिला सुधार बन्दीगृह र भद्र बन्दी सुधारगृहमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान जारी छ ।
केन्द्रीय कारागारका १५४, महिला सुधार बन्दीगृहका पाँच र भद्र बन्दीगृहका ४८ कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था मिलाइएको कारागार प्रशासक कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।
कारागार परिसरमा रहेको अस्थायी मतदान केन्द्रमा पाँच महिलासहित २०७ कैदीबन्दी र २४ कर्मचारीको मतदाता नामावली कायम छ ।
जहाँ स्थानीय कोही पनि मत हाल्न आएनन्
दार्चुलाको दुधिला मावि अपि हिमाल-३ को मतदान केन्द्रमा अहिलेसम्म मतदान नै सुरु भएको छैन । स्थानीय कोही पनि मत हाल्न नआएपछि सुरु नभएको हो ।
यसअघि यहाँका स्थानीयले यहाँका दुई वटा केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए । नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका हुन् ।

१०५ वर्षीया खड्काले गरिन् मतदान
बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेकी छन् ।
मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताइन् । उनले भनिन्, \'यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।\' रासस
मानेभञ्ज्याङमा आएनन् मतदाता
ओखलढुंगाको मानेभन्ज्याङ ७ स्थित सातसल्ले मतदान केन्द्रमा अहिलेसम्म मतदाता अनुपस्थित रहेका छन्। उनीहरुले मतदान नगर्ने निर्णय गर्दै निर्वाचन बहिष्कारको घोषणा गरेका थिए।
हर्कपुरमा प्रादेशिक अस्पताल स्थापना गर्न जग्गा दिएका स्थानीयहरूले स्थानमा अस्पताल स्थापना गर्ने कार्य सरकारले अघि नबढाएपछि उनीहरुले आम भेलाबाटै मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका थिए। दलका प्रतिनिधिहरू पनि अनुपस्थित छन्।
निर्वाचनमा खटाइएका कर्मचारीहरूले जनप्रतिनिधिहरूको रोहबरमा मुचुल्का उठाउने र मतदान प्रक्रिया तयारी अवस्थामा रहे पनि म त दाता हालसम्म कोही नआएको मतदान अधिकृत प्रवासी राईले बताए । यस सम्बन्धमा स्थलगत अनुगमनका लागि आफू त्यहाँ प्रस्थान गरेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाको भनाइ छ।
वीरगञ्ज कारागारमा ३३ कैदीबन्दीले दिए मत
वीरगञ्ज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सामा रहेका कैदीबन्दीहरूले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन्। निर्वाचन आयोगले गरेको व्यवस्थाअनुसार वीरगञ्ज कारागारभित्र अस्थायी मतदान केन्द्र स्थापना गरी उनीहरूलाई मतदानको अवसर प्रदान गरिएको हो।
के छ काठमाडौंको हालखबर ?
प्रतिनिधि सभा निवार्चनको दिन बिहीवार काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन् ।
मतदानको दिन उपत्यकाका सडकमा सवारी आवागमन पातलो रहेको छ । मतदान सहभागि हुन् हजारौं मानिसहरू गाउँ फर्किएका छन् ।
आज अत्यावश्यक र पास भएका सवारी साधनबाहेक अन्य सवारी साधन चलाउन पाइँदैन । हिँडडुल गर्न भने रोक लगाइएको छैन । यहाँको सुरक्षा व्यवस्था र ट्राफिक चेकजाँचमा कडाइ गरिएको छ ।

मत दिएपछि कमल थापाः उत्साहपूर्वक भोट दिनुस्
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले मतदान गरेका छन् । राप्रपाबाट काठमाडौं –५ का उम्मेदवार रहेका थापाले बिहान ७ बजे सोही क्षेत्रको विशाल मिलन केन्द्रमा मतदान गरेका छन् ।
मतदानपछि थापाले निर्वाचन लोकतान्त्रिक विधि र पद्धति भएको संक्षिप्त प्रतिक्रिया दिए । उनले नेपाली जनतालाई उत्साहित भएर सहभागी हुन आग्रह पनि गरे ।

ज्ञानेन्द्र शाही र मनऋषि धितालले गरे एकै ठाउँबाट मतदान
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार मनऋषि धितालले एकै मतदानस्थानबाट मतदान गरेका छन्।

पालुङ्टारमा मत खसाले बाबुरामले
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज बिहान ९:१५ बजे गोरखा जिल्ला, पालुङटार–१ स्थित अन्नपूर्ण माबिमा मतदान गरेका छन् ।

गगनले गरे मतदान
कांग्रेस सभापति गगन थापाले बिहीवार बिहान काठमाडौं-३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी यसपटक सर्लाही–४ बाट उम्मेदवार हुन् । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।

मतदान सुरु भएको २ घन्टामा देशभर कति मत खस्यो ?
दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो ।
प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।

रुकुम पूर्वमा उत्साहजनक मतदान
प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भइरहेको निर्वाचनमा हिमाली जिल्ला रुकुम पूर्वमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ९:१५ बजेसम्म जिल्लाभर ३ हजार ६ सय ९५ मत खसेको छ । यो कुल मतदाता संख्याको २१.२४ प्रतिशत हो । ५७ वटा मतदान स्थल रहेको रुकुम पूर्वका सबै केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो ।
थप पढ्नुहोस
विप्लवको ब्यालेट-बन्दुक-ब्यालेट-बन्दुक-ब्यालेट यात्रा
विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् ।
यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् ।

पूर्वसभामुख ओनसरीले गरिन् मतदान
पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पाको रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेकी छन् । घर्तीमगरले पनि सोही केन्द्रबाट मतदान गरेकी छन् । 
तारेकेश्वर-४ मा भेटियो शंकास्पद वस्तु
काठमाडौंको तारकेश्वर-४ डाछी चोकमा शंकास्पद वस्तु फेला परेको छ । अहिले नेपाली सेनाले डिस्पोजको काम गरिरहेको छ ।
मत दिएपछि के भनिन् सोबिताले ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले चितवनबाट मतदान गरेकी छन् ।
चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय भरतपुर-१५ मंगलपुर पुगेर उनले मतदान गरेकी हुन् ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘आजको निर्वाचन एकदम निष्पक्ष होस् । शान्तिपूर्ण ढंगले देशव्यापी रूपमा निर्वाचन सम्पन्न होस् । मेरो सबैलाई शुभकामना छ ।’

सुधन गुरुङले मत दिए
गोरखा-१ का रास्वपा उमेदवार सुधन गुरूङले गरे मतदान गरेका छन् ।

प्रथम महिला पौडेलद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेकी छन् ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान जारी रहेको निर्वाचन अधिकारी विकास लम्सालले राससलाई जानकारी दिइन् ।

भोट दिएपछि पाण्डेः कसैको बहुमत आउन मुस्किल छ
नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताएका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका ५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गरेका हुन् ।

हेलिप्टरमार्फत झापा जाँदै बालेन शाह
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं क्षेत्र नम्बर २ को मतदान केन्द्रमा मतदान गरेर झापा जान लागेका छन् ।

धापासी पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।काठमाडौं-५ को धापासीमा पुगेर उनले मतदान गरेकी हुन् ।

शेखरले भने- संविधान सुधार गर्नुपर्छ
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै दललाई मिलाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । मोरङको आदर्श स्कुल मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान संशोधनबारे अभिव्यक्ति दिएका हुन् ।
‘सबै दललाई मिलाएर संविधान सुधारमा जानु पर्छ,’ नेता कोइरलाले भने, ‘यसका लागि नेपाली कांग्रेसले नै पहल गर्छ ।’
थप पढ्नुहोस
कारागारमा सकियो मतदान
ताप्लेजुङ जिल्ला कारागारमा मतदान सम्पन्न भएको छ ।
यो कारागारमा जम्मा ४२ मत रहेकोमा सबै कैदी बन्दीले मतदान हालेको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले बताए ।

विद्या भण्डारीले गरिन् मतदान
प्रधानमन्त्री कार्कीः अनिवार्य मताधिकार प्रयोग गर्नुहोस्

सुरक्षाकर्मीले बोकेको हतियार पड्किएपछि ...
- उदयपुरको कटारी नगरपालिका–३ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको सटगन असावधानीवश पड्किएको छ।
- कोशीका डीआईजी विनादे घिमिरेले सुरक्षाकर्मी लड्दा हतियार पड्किएको बताए।
- यस घटनामा कुनै क्षति नभएको प्रहरीले उल्लेख गरेको छ।
मतदान गरेपछि महतले के भने ?
पूर्व अर्थमन्त्री डा. महतले नुवाकोटबाट गरे मतदान नुवाकोट । पूर्व अर्थ मन्त्री एवम् नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाश शरण महतले मतदान गरेका छन् ।
मतदानपछि उनले भनेका छन्, \'आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ। मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो। सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ।\'

कोशीका ७ मतदानस्थलमा मतदान सुरु हुन बाँकी
- कोशी प्रदेशका ७ मतदान स्थलमा मतदान सुरु हुन बाँकी रहेको छ।
- कोशी प्रदेशमा जम्मा १ हजार ९०७ मतदान स्थल छन्।
- त्यसमध्ये १ हजार ९ सय मतदान स्थलमा मतदान भइरहेको छ।
मतदान गर्दै पूर्वप्रधानमन्त्री माधव नेपाल

तनहुँमा कसरी भइरहेकाे छ मतदान ?
तनहुँमा कसरी भइरहेको छ मतदान ? हेर्नुहोस् हाम्रा स्थानीय संवाददाता अमृत सुवेदीको लाइभः
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको अपिल
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गरेका छन् ।
बिहीवार बिहान काठमाडौं महानगरपालिका–२९ वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेपछि उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको भन्दै सबै मतदाताहरूमा मतदान सहभागी हुन आह्वान गरे ।
उनले मतगणनाको सन्दर्भमा खसेको मतको आधारमा गणना टोली बनाएर छिटो मत परिणाम सार्वजनिक गर्ने आयोगको योजना रहेको बताए । उनले फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्ने अठोट रहेको पनि बताए ।

मतदान गरेपछि शंकर पोखरेलले के भने ?
नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकतावाद मुलुकको राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा रहेको बताएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

रुकुम पश्चिममा शर्माले गरे मतदान
रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले चौरजहारी नगरपालिकास्थित खहरे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले चौरजहारी नगरपालिकास्थित खहरे मतदान केन्द्रबाट मतदान गरे ।
र्माले सम्पूर्ण आम मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे ।

मतदान गर्दै विश्वप्रकाशले भनेः माहोल राम्रो छ
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् । उनले बिहीवार बिहान साढे ७ बजे मतदान गरे । उनले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिए ।
मतदान सुरु हुनासाथ सर्लाही-४ मा हुलदंगा
सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु हुनेबितिकै तनाव सुरु भएको छ ।
यो क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान
म संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन् ।
साम्पाङ्ले धरान उपमहानगरपालिका-१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

झापामा के भइरहेको छ ?
चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा मतदान सुरु भएको छ । मतदाता भोट हाल्न लाइनमा उभिएका छन् । निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । ‘उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन्,’ उनले भने ।
मतदाता पनि उत्साही देखिएका छन् । पहिलो लहरमा मत हालेर फर्किएका ७० वर्षीय मोहनबहादुर पौडेलले भने, ‘नयाँ युगको सुरुवात होस् । परिवर्तनको लहर आओस् ।’
विस्तृत समाचारका लागि-
https://www.onlinekhabar.com/2026/03/1883364/epicenter-jhapa-5-oli-and-balen-are-clashing
धमाधम मतदान गर्दै नेतादेखि मतदातासम्म
देशभर मतदान भइरहेको छ ।
देशका विभिन्न मतदान स्थलहरूमा नेताहरूदेखि मतदातासम्मले मतदान गरिरहेका छन् ।

कुलमान घिसिङले गरे मतदान
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् ।
आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
प्रतिक्रिया 4