Comments Add Comment

नीति तथा कार्यक्रम

List Grid
नेपालगञ्ज उपमहानगरले भन्यो : प्रदेश ५ को राजधानी नपाए कर्णालीमा समाहित हुन्छौं

११ असार, बुटवल । बाँकेको नेपालगञ्ज उपमहागरपालिकाले प्रदेश ५ को राजधानी बाँकेमा ल्याउन पहल गर्ने अन्यथा कर्णाली प्रदेशमा समाहित हुने बताएको छ । बुधबार सार्वजनिक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संस्कृति, तथा पर्यटनसम्बन्धी नीतिको एक बुँदामा भनिएको छ ‘नेपालगञ्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन प्रयास गरिने छ अन्यथा कर्णाली प्रदेशमा समाहित हुन आवश्यक पहल […]

पोखरामा कोरोना महामारीले १६ अर्बको क्षति

१० असार, पोखरा । विश्वव्यापी महामारी पश्चात नेपाल सरकारले गरेको लकडाउनका कारण पोखरा महानगरले मात्रै करिब १६ अर्ब रुपैयाँको क्षति व्यहोरेको जनाएको छ । लकडाउनले हरेक क्षेत्रका गतिविधि थप्प हुँदा ठूलो आर्थिक क्षति पुगेको महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर मानबहादुर जिसीले जानकारी दिएका हुन् । ‘यो क्षतिले महानगरपालिकाको आन्तरिक राजश्व संकलन, विकासका कार्यक्रमहरु […]

काठमाडौं महानगरको नीति : कोरोना नियन्त्रण प्राथमिकतामा, व्यापारीलाई कर छुट

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७÷०७८ को २ सय ५९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरे । जसमास्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, आवागमन ब्यबस्थापनलगायतमा विशेष केन्द्रित […]

प्रतिपक्षलाई बजेटमा विभेद नगर्ने प्रदेश २ मात्रै हो : मुख्यमन्त्री राउत

३२ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा बजेट विनियोजन गर्दा सत्तापक्ष र प्रतिपक्ष भनेर विभेद नगरिएको बताएका छन् । उनले बजेटमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभेद नगर्ने पहिलो प्रदेश प्रदेश २ नै भएको पनि दावी गरे । प्रदेशको आगामी बर्षको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री राउतले […]

सातवटै प्रदेशको नीति तथा कार्यक्रम : तुलनात्मक समीक्षा

प्रदेश सरकार गठन भएको करिब ३ वर्ष भयो । यस अवधिमा प्रदेशहरूले तीनवटा नीति तथा कार्यक्रम र दुईवटा पूर्ण बजेट ल्याए । आ.व. ०७७/७८ को नीति तथा कार्यक्रमका आधारमा असार १ मा सबै प्रदेशले बजेट ल्याउँदैछन् । प्रदेश सरकारको यो तेस्रो पूर्ण बजेट हुनेछ । प्रायः सबै प्रदेशले चालु आ.व.को नीति तथा कार्यक्रमलाई नै प्राथामिकतामा […]

रोष्टमबाटै सरकारलाई ‘फ्लाइङ किस’ !

२५ जेठ, विराटनगर । प्रदेश १ को प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टीका सांसदले रोष्टमबाटै सरकारलाई ‘फ्लाइङ किस’ दिएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रदेश सांसद सर्वध्वज साँवाले कोरोना संक्रमणलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताउँदै संसदको रोष्टमबाटै सरकारलाई फ्लाइङ किस दिएका हुन् । उनले संकटको समयमा सरकारले नीति तथा कार्यक्रम ल्याउनु नै […]

प्रदेश १ मा किसानलाई ४५ करोडको प्याकेज

२३ जेठ, विराटनगर । आगामी वर्षका लागि प्रदेश १ सरकारले किसानका लागि ४५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ । शुक्रबार प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण समस्यामा परेका किसानका लागि ४५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको हो । आगामी वर्ष प्रदेश सरकारले वैदेशिक रोजगारी गुमाएर […]

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

२१ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशनको आठौँ बैठकले मंगलबार सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम पारितका लागि प्रदेशसभा बैठकमा पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो । सरकारको नीति तथा कार्यक्रममा […]

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ

१९ जेठ कैलाली । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिदै सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सोमबार प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले आगामी आर्थिक बर्ष २०७७/०७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रदेश सरकारले कोरोना भाइरसको महामारीपछि प्रभावित भएकाहरुलाई लक्षित गर्दै नीति तथा […]

गण्डकीमा आफ्नै सरुवा रोग अस्पताल, विपन्नलाई सुपथ मूल्य कार्ड

१८ जेठ, पोखरा । बेरोजगारलाई रोजगारी र आहातलाई राहत दिने भन्दै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । कोरोना भाइरसको महामारीबाट मानव जीवनको रक्षा गर्न सरकारका विकासका लक्ष्य पुनःप्राथमिकीकरण गर्ने योजनासहित सरकारले नीति तथा कार्यक्रम ल्याएको हो । पोखरा सभागृहमा आइतबार प्रदेश प्रमुख अमिक शेरचनले गण्डकीको नीति तथा कार्यक्रम प्रस्तुत […]

कर्णालीको नीति तथा कार्यक्रम शुक्रबार

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम भोलि (शुक्रबार) ल्याउने भएको छ । सरकारले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम जेठ १६ गते संसदमा प्रस्तुत गर्न लागेको हो । कणर्ाली प्रदेश सरकारले उपचार, उत्पादन र रोजगारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रदेश सरकार प्रवक्ता एवंम भूमि व्यवस्था […]

वागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पास

१४ जेठ, हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे । बुधबार नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । सांसदहरु रमेश पौडेल, नीमा लामा, […]

कृषिलाई सधैं हेला : न नीतिले उकास्यो, न बजेटले

१२ जेठ, काठमाडौं । नेपालमा लकडाउन भएको २ महिना बित्यो, चैत ११ देखि जेठ ११ सम्मको अवधिमा नेपालले भारतबाट १ लाख ९९ हजार ७१ मेट्रिक टन खाद्यान्न आयात गर्‍यो । लकडाउनको अवधिमा ७५ हजार ३ सय १५ मेट्रिक टन तरकारी, ५६ हजार ३ ५७ मेट्रिकटन गेडागुडी, २९ हजार ११५ मेट्रिक टन फलफूल र ११ हजार […]

विदेशबाट ह्वारह्वारी ल्याउने पक्षमा छैनौं : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूको उद्धार भने जस्तो सजिलो नभएको बताएका छन् । यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फिर्ता लगेजस्तो नभएको उनले बताए । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने चार […]

नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा […]

नीति तथा कार्यक्रममा सञ्चारक्षेत्र ‘उपेक्षित’

५ जेठ, काठमाडौं । कोरोनाको त्रास र लकडाउनका बीचमा पनि कार्यक्षेत्रमा खटिएका विभिन्न पेशाकर्मीमध्ये एक हुन् पत्रकार । अहिलेको संकटले सबैभन्दा बढी हिर्काएको क्षेत्रमध्येको एक हो पत्रकारिता । तर, राज्यले पत्रकार र पत्रकारिताको समस्या सुन्ने र सम्वोधन गर्ने कुरालाई खासै प्राथमिकतामा राखेको छैन । देशको अर्थतन्त्रमा गतिरोध आउँदा त्यसको सोझो असर सञ्चार माध्यममा पर्छ नै […]

विपन्नलाई मासिक ५ हजार दिन कांग्रेस सांसदको प्रस्ताव

५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले काम गुमाएका श्रमिक र विपन्न किसानलाई तीन महिनाका लागि मासिक ५ हजार दिने प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै कार्कीले यस्तो प्रस्ताव गरेका हुन् । मुलुकलाई रोग र भोकबाट जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘रोजगारी गुमाएका […]

नीति तथा कार्यक्रममा संविधान संशोधन र संघीयता खारेजीको माग

४ जेठ, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारबाट संघीय संसदका दुबै सभामा छलफल सुरु भएको छ । सरकारको एक वर्षे कार्यक्रममा संविधान संशोधनदेखि संघीयता खारेजीको व्यवस्था गर्नुपर्ने मागसहितको संशोधन दर्ता भएका छन् । नीति कार्यक्रममाथि बिभिन्न राजनीतिक दलका तर्फबाट सात वटा संशोधन प्रस्ताव पनि दर्ता भएको छ । एकल र संयुक्त […]

नीति तथा कार्यक्रम : नयाँ परिस्थितिमा पुरानै पुनरावृत्ति

नेपाल सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले आगामी जेठ १५ गते सरकारद्वारा प्रस्तुत गरिने वार्षिक बजेटलाई मार्गनिर्देशन गरेको हुनुपर्ने हो । तर, नेपाल सरकारका विभिन्न मन्त्रालयबाट सदाझैं तयार पारिएको नीति तथा कार्यक्रमलाई केवल कोरानाको नाम राखी जस्ताको त्यस्तै कपिपेस्ट मात्र गरिएको छ । नीति कार्यक्रममा अहिलेको प्राथमिकता तोकिएको छैन । यसले केवल कर्मकाण्डी र हेलचेक्र्याइँ पाराले […]

देउवाले भने – लिपुलेकमा सरकारको प्रतिवद्धता सकारात्मक तर अपूर्ण

४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सरकारको प्रतिवद्धता सकारात्मक तर अपूर्ण भएको बताएका छन् । सरकारले नीति तथा कार्यक्रममा लिम्पीयाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने बताएको थियो । साथै छुटेको भूमि समावेश गरेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता […]

नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै, प्रधानमन्त्रीको जवाफ मंगलबार

४ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा आइतबार संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आइतबार बिहान ११ बजे संसद बैठक बस्दै छ । संसदीय प्रचलनअनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरूले आफ्ना धारणा राख्नेछन् । नीति […]