Comments Add Comment

विजनेश होम हाइलाइट

List Grid
ग्लोबल आइएमईद्वारा प्रदेश २ लाई कोरोना रोकथामका लागि आर्थिक सहयोग

२४ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकलेकोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ को सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरे । माननीय मुख्यमन्त्री राउतले कोरोना भाईरस -कोभिड (१९)विरुद्धको अभियानमा […]

नबिल बैंक र हुवावे टेक्नलोजीजबीच रणनीतिक साझेदारी

२४ असार, काठमाडाैं । नेपालको क श्रेणीको अग्रणी बैंक, नबिल बैंकले हेवावे टेक्नलोजीज्सँग रणनीतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज् नेपालकातर्फ बाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरे । नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले हुवावे जस्तो […]

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर

२३ असार, काठमाडौं ।  एनसेलका सबै फोरजी ग्राहकले भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट फाइदा लिन सक्ने भएका छन्। भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र कम शुल्कमा ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने बताइएको छ। एनसेलले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको हो। ‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा […]

ग्लोबल आइएमई बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग

२३ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई नगद रु. २० लाख सहयोग गरेको छ । एक कार्यक्रमकाबीच बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरे । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागी निजी क्षेत्रबाट […]

माटो ब्रान्डले बजारमा ल्यायो गुणस्तरीय स्यानिटाइजर

२३ असार, काठमाडौं । गोल्यान समूहको माटो ब्रान्डले हृयान्ड स्यानिटाइजर बजारमा ल्याएको छ । फलफूल, तरकारी, मह लगायतका कृषिजन्य उत्पादनहरुको ब्रान्ड माटोले कोरोना महामारी नियन्त्रणका लागि सहयोग पुग्ने भन्दै हृयान्ड स्यानिटाइजरको समेत उत्पादन गरेको बताएको छ । समूहकी निर्देशक ललिता गोल्यानले गुणस्तरीय स्यानिटाइजर उत्पादन गरेर बजारमा ल्याइएकेा जानकारी दिइन् । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड […]

सनराइज बैंक र अष्ट्रेलिया स्थित रोयल रेमिटबीच रेमिट्यान्स सम्झौता

२२ असार, काठमाडौं । सनराइज बैंक लिमिटेड र अष्ट्रेलिया स्थित ह्वाइट एभरेष्टद्वारा संचालित रोयल रेमिटमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च […]

गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंकले सुरु गर्यो संयुक्त कारोबार

२२ असार, काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले संयुक्त कारोबार सुरु गरेको छ। आइतबार पोखरामा एक समारोहकाबीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरेको हो। कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमीक शेरचनले ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारालाई सार्थक बनाउँदै मध्यमवर्गीय नेपालीको बैंक बन्न मेगा बैंकलाई सुझाव दिए। […]

एनएमबी बैङ्क लिमिटेडको विशेष साधारण सभा

२२ असार, काठमाडौं । एनएमवि बैंक लिमिटेडको हिजो सम्पन्न विशेष साधारण सभामा एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ८५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान […]

नेपालमा भेन्टीलेटर बैंकको सेवा सुचारु

२२ असार, काठमाडौं । कोरोना भाइरसको कहरबीच नेपालमा भेन्टीलेटर बैंकको सेवा सुरु भएको छ। कोभिड–१९ प्रकोपले महामारीको रुप लिँदै गर्दा अति आवश्यक पर्ने भेन्टीलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्ययमबाट उपलब्ध गराउने उद्देश्यका साथ नेपाल भेन्टीलेटर सर्भिसको सुरुवात भएको हो। परोपकारी संस्थाको रुपमा स्थापना गरिएको नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उद्देश्य नेपालमा भेन्टिलेटर लगायतका सघन […]

लिभोनबाट सञ्चालित ‘सिल्की हेयर एण्ड स्मुथ राइड’को विजेता घोषणा

भाटभटेनीले लिभोनसँग मिलेर “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गरेको छ। यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गर्ने व्यवस्था गरिएको छ। आइतबार आयोजित विजेता घोषणा कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरुमाझ मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम […]

सनराइज बैंकद्वारा श्वेताश्री फाउन्डेशनलाई ५ लाख सहयोग

सनराइज बैंकले सिन्धुपाल्चोकको भूकम्प पीडित माझीहरूलाई एकीकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउन्डेशनलाई रु ५ लाख सहयोग गरेको छ । जारी विज्ञप्तिमा बैंकले आफ्नो सामाजिक उत्तरदायीत्वअन्तर्गत उक्त परोपकारी फाउन्डेशनलाई सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच बैंकका प्रमुखकार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेताश्री फाउन्डेशनलाई चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले […]

डिसहोमको ‘डिलर दाइको डिस्काउन्ट’ अफरमा २ जनाले जिते एक/एक लाख

डिसहोमको ‘डिलर दाइको डिस्काउन्ट अफर’ अन्तर्गत २ जनाले लक्की ड्रमार्फत एकरएक लाख रुपैयाँ जितेका छन् । असार १२ गतेदेखि असार १८ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकमध्ये २ जनाले उपहार जितेका हुन् । लक्की ड्रमार्फत डिशहोमको सेटअप बक्सको क्यासआईडी 02558197066, 71903711464 बिजेता बन्न सफल भएको कम्पनीको भनाइ छ । बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाईसहित आउने […]

टाटाको नयाँ विंगर एम्बुलेन्स

१९ असार, काठमाडौं । टाटा मोटर्सले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुरुप बनेको नयाँ विंगर एम्बुलेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो AIS 125 र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसारको एम्बुलेन्स हो ।यसको वितरक सिप्रदी ट्रेडिङ प्रालि रहेको छ । लाइफ सपोर्टका आधारमा ३ वर्गहरुमा उपलब्ध छन् ।यसमा २.२ […]

सगुन नेपाली र अमेरिकी कानुनअनुसार सञ्चालन भएको स्पष्टीकरण

गैर आवासीय नेपाली र केही विदेशीले लगानी गरेको सामाजिक सञ्जाल सगुनले कम्पनी अमेरिकी कानुनअनुसार सञ्चालन भएको जनाएको छ। सगुनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सगुनबारे फैलाइएको भ्रमको खण्डन गरेको छ। सगुनले अमेरिकी शेयर बजारमा सूचीकृत भएको जनाउँदै अमेरिकामा यसले शेयर कारोबार गर्दै आएको जनाएको छ। यस्तै नेपालमा पनि सगुनले नेपाली कानुनअनुसार दर्ता गरिएको जनाएको छ। […]

नेपालमा घट्यो सामसङ मोबाइलको मूल्य, यस्ता छन् सस्तिएका मोडल

सामसङले आफ्ना चार वटा लोकप्रिय मोडलहरुको मूल्य घटाएको घोषणा गरेको छ । कम्पनीले ग्यालेक्सी नोट टेन लाइट, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ५१ र ट्याब ए १०.१ को मूल्य घटाएको हो । सामसङले ६७ हजार ५९९ रुपैयाँ पर्ने ग्यालेक्सी नोट टेन लाइटको मूल्य ८,६०० ले घटाएर ५८, ९९९ रुपैयाँमा झारेको छ । यस्तै कम्पनीले आफ्ना […]

नेपाल रेडक्रस र कोकाकोला नेपालबीच कोभिड-१९विरुद्धको लडाइँमा सहयोग पुर्‍याउन साझेदारी

१८ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र कोका-कोलाबीच कोरोना महामारी विरुद्ध सहयोग तथा सुरक्षा अभिवृद्धिका लागि समझदारी भएको छ। बुधबार कोभिड–१९ को महामारीमा खटिएका स्वास्थ्यकर्मीका तथा स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि साझेदारी भएको हो। उक्त साझेदारमा सातै प्रदेश प्रमुखसार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ। स्वास्थ्यतथा […]

ग्लोबल आईएमई बैंक र सेलपेबीच सहकार्य

१७ असार, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । सेलपे, सेलकम प्रालिद्वारा संचालित, नेपाल […]

राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सुरु

१५ असार, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनःसुचारु गरेको छ। एनसेल प्राइभेटलिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ। गत वर्ष फागुनमा शुरु […]

नेपाल जग्गा तथा आवास विकास संघले कोरोना कोषमा दियो ३१ लाख

१५ असार, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले नेपाल सरकारले खडा गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” कोषमा ३१ लाख सहयोग गरेको छ । विभिन्न व्यक्ति, संघसंस्था एवं प्रतिष्ठानहरुबाट सहयोग रकम जम्मा गरिएको थियो । कोषको नाममा सिंहदरबार परिसरस्थित राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खाता नं.१९६०००००११०१ मा जम्मा गर्ने प्रयोजनार्थ संघका […]

स्मार्ट डोकोमा आईएमएसको लगानी

१४ असार, काठमाडौं । आईएमएस ग्रुपद्वारा स्मार्ट डोको पर्याप्त हिस्सेदारी हासिल गर्न सम्झौता गरेको छ। आइतबार आईएमएस ग्रुप र स्मार्ट डोकोबीच हिस्सेदारीका लागि सम्झौता भएको हो। आईएमएस ग्रुपका अध्यक्ष तथा कार्यकारी अधिकृत दिकेश मलहोत्राले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वर्ल्डको साथ जारी राख्‍न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्ट डोकोमा लगानी गर्ने निर्णय गरेको […]

सेलपे खेती अफर

काठमाडौं । सेलकम प्रालिको ‘सेलपे सेवा’ले नेपालको अग्रणी इ-कमर्श प्लेटफार्म खेती फुडसँग ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे खेती अफरको लागि सहकार्य गरेको छ । यो अफर असार ११ गतेदेखि सुरु भएको छ । यो अफरअन्तर्गत ग्राहकहरुले खेती एप वा वेब एप्लिकेसनबाट कुनै पनि सामान खरिद गरी सेल-पेबाट भुक्तानी गरे ५० प्रतिशतसम्मको डिस्काउन्ट कुपनका साथै रु. […]