Comments Add Comment

विजनेश होम हाइलाइट

List Grid
सनराइज बैंकको डेपुटी सीईओमा आरती राणा

२६ माघ, काठमाडाैं । सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राज्यलक्ष्मी राणालाई नियुक्त गरेको छ । संचालक समितिको मितिसोमबार बसेको बैठकको निर्णय अनुसार  राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी हुन् । विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी श्रीमती राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेकी थिइन् । भारतकोे एसआईबीएम […]

भ्यालेनटाइन्स सप्ताहमा एनएमबि बैंकको छुटको अफर

एनएमबि बैंकले यस भ्यालेनटाइन्स सप्ताहको अवसरमा आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको छ । यसका लागि बैंकले  विभिन्न रेष्टुरेण्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ । बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आˆनो ग्राहक माझ […]

२०२० मा पनि एसिया प्यासिफिक क्षेत्रमा भइबरको प्रभाव निरन्तर

सन् २०२० मा पनि पैसा नलाग्ने र सहज सञ्चार आदान प्रदानका लागि विश्वको अग्रणी एपहरुमध्येको एक राकुटेन भाइबरले एशिया प्यासिफिक क्षेत्रभर एपको प्रयोगमा समग्र रुपमा वृद्धिको रेकर्ड बनाएको छ । कोभिड-१९ महामारीको कारणबाट उत्पन्न त्रासको अवस्थामा मानिसहरुले एक अर्कासँग गरेको सञ्चार आदान प्रदान एवं अन्तरक्रियामा आएको व्यापक परिवर्तनबाट कम्पनीले यस्तो रेकर्ड बनाएको हो । एशिया […]

सामसङको ‘ग्यालेक्सी एस२१’ सिरिजको बिक्री सुरु

सामसङ नेपालले एस सिरिज अन्तर्गत ग्यालेक्सी एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रा स्मार्टफोनहरुको बिक्री सुरू गरेको छ ।बोल्ड डिजानइ, स्टेट अफ द आर्ट इनोभेसनको साथ उच्चस्तरीय प्रविधिको प्रयोगले यि फोनहरुले वास्तवमै दैनिक जीवनलाई अझै उत्कृष्ट एवं सहज तुल्याउने छ । ग्यालेक्सी इकोसिस्टम अन्तर्गत यि फोनहरुमा उपलब्ध भएका विभिन्न सुविधाहरुले प्रयोगकर्ताहरुका हरेक पलहरुलाई […]

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङ्गको लमहीमा

२५ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गरेका थिए । शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले “सबैका लागि […]

स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन् । शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६ औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक स्रोत र साधनहरु हुँदाहुँदै पनि देश […]

अम्बे स्टील्सको कन्ट्रयाक्टर सम्मेलन

अम्बे स्टील्स् द्वारा माघ २३ गते शुक्रबारका दिन भक्तपुर ब्यान्क्वेट, सल्लाघारीमा कन्ट्रयाक्टरहरुसँग कन्ट्रयाक्टर सम्मेलन गरेको छ । उक्त कार्यक्रममा कम्पनिका तर्फबाट कन्ट्रयाक्टरहरुलाई नेपालमा टिएमटि छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरु बारेमा जानकारी प्रदान गरिनुका साथै टिएमटि छड बेण्डिङ्ग गर्ने तरीकाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रतिनिधिले उच्च गुणस्तरको कच्चा […]

ग्लोबल आइएमई बैंकको २६८औं शाखा धनुषाको ढल्केबरमा

ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसादबास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६८ पुगेको छ । शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष […]

देशव्यापी मोटरसाइकल वर्कशपहरुलाई म्याक सर्भमा स्तरोन्नति गर्दै सिप्रदी

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्वप्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गको संयुक्त परियोजनामा सिप्रदीद्वारा देशको विभिन्न स्थानहरुमा मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी सिप्रदी ट्रेडिङ्गका डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठको उपस्थितीमा नेपालको २ नम्बर प्रदेश […]

आइएमई ट्राभल्सको २५औँ वार्षिकोत्सव : नाट्टाको भवन निर्माणमा आर्थिक सहयोग

आइएमई ट्राभल्सले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) लाई आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा नाट्टाको कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगका लागि १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको हो । ट्राभल्सको केन्द्रीय कार्यालय काठमाडौंमा विहीवार आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग […]

डिसहोमको रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ

२२ माघ, काठमाडौं । डिसहोमको रियालिटी टीभी च्यानल १०२ले हरेक शुक्रबार साँझ ७:३० बजे चम्सुरीसगँ चिया गफ प्रसारण गर्ने भएको छ। विगत१५ वर्षदेखि चम्सुरीको उपनामले प्रख्यात हास्यकलाकार पल्पसा डंगोलले कार्यक्रम सन्चालन गर्दैछिन्। बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिनेनिर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकार सँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ।कार्यक्रमको […]

जगदम्बा मोटर्सको ‘डाउनलोड एन्ड विन’ विजेता बने प्रधान

टीभीएस मोटरसाइकल तथा स्कुटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । यो अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् । टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्‍न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपकप्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी […]

सिन्धुलीमा ग्लोबल आइएमई बैंकको शाखा

ग्लोबल आइएमई बैंक लिमिटेड सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोबार शुरु गरेको छ ।बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरुपमा शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै […]

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा कल्यानपुर भेडीयामा

२१ माघ, काठमाडौं । सनराइज बैंक लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका ७, भेडीयामा श्ााखारहित बैंकिङ्ग सेवाको सुरुआत गरेको छ । सो श्ााखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको श्ााखारहित बैंकिङ्ग सेवा संख्या ६९ पुगेको छ । बैंकले कल्यानपुर नगरपालिका ७ भेडीयामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा दिपेन्द्र शाहलाईर् नियुक्त गरेको छ । एक कार्यक्रममा प्रमुख […]

युनिग्लोब कलेजमा युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

काठमाडौं नयाँ बानेश्वरस्थि युनिग्लोब कलेज युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनको संयुक्त आयोजनामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङ्ले कोभिड-१९ ले सिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई व्यवस्थित […]

प्रदेश नं.२ मा आइएमइ भरोसा कोषको रकम वितरण

आइएमइ ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम वितरण गरिएको छ। मंगलबार राजधानी जनकपुरमा आयोजित एक कार्यक्रमकाबीच सोही प्रदेशका मूख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम पाउने १५ जाना लाभग्राहीलाई चेक दिए। सो कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको […]

गोयथे इन्सिच्युटको ‘साउथ एशिया नर्थ २०२१’ सम्मेलन

गोयथे इन्स्टिच्युटले साउथ एशिया नर्थ २०२१ सम्मेलन सम्पन्न भएको छ। ‘द जर्मन वेज् एण्ड द वेज् वीथ जर्मन’ (पिएएससिएच) शिर्षकमा आयोजित भर्चुअल सम्मेलन सम्पन्न भएको हो। पिएएससिएच भनेको विद्यालयहरुः भविष्यका लागि साझेदारी हो। यो सम्मेलन जनवरी २२ देखि २४ सम्म गरिएको थियो। सम्मेलनको लक्ष्य गोयथे इन्स्टिच्युटको सहयोगमा संचालित उत्तरी दक्षिण एशियाका क्षेत्रका पिएएससिएच स्कूलहरुका प्रिन्सिपलहरुलाई […]

तिनकुनेको हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले राजधानिको तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । बुधवार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त क्यूआर कोड सेवा शुरु भएसँगै हरित कृषि बजारमा तरकारी […]

ट्राफिक नियम उल्लंघनको जरिवाना कनेक्ट आईपीएस प्रणालीमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा बुझाउनु पर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणाली मार्फत बैंक खाताबाट अनलाइन नै गर्न सकिने कार्य महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ । उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा […]

एनएमबिको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारी हरुलाई सुविधा पुर्याउने उद्धेश्यले १३६ औं एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ […]

एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल आउँदै

नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल ल्याउने भएको छ । कम्पनीले एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ । अल न्यू स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षीत एसयूभी मानिन्छ । विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्यूल र साइड […]