Comments Add Comment

पूर्वाधार–लगानी

List Grid
६७ लाख खर्चेर तेबहालको पुननिर्माण सम्पन्न

२८ साउन काठमाडौं । काठमाडौको न्युरोडमा रहेको राजकीर्ति महाविहार तेबहालको पुनर्निर्माण सकिएको छ । ६७ लाख रुपैयाँ खर्चेर पुनर्निमाण सम्पन्न गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्मित महाविहारको मंगलबार उद्घाटन गरे । मेयर शाक्यले तेबहालमा अझै आगमघर र संकटा मन्दिरको पुनर्निर्माण गर्न बाँकी रहेको भन्दै यसका लागि चाँडै प्रस्ताव ल्याउन आग्रह गरेका छन् […]

स्याल कराउने भृकुटी कागजमा पूर्वमजदुरको आवाज सुनिएन

१८ वैशाख, चितवन । नवलपरासीको गैंडाकोटस्थित भृकुटी कागज कारखानामा ताला लागेको ९ वर्ष भयो । त्यहाँ पहिले काम गरेका मजदुरहरु हरेक सोमबार कारखाना परिसरमा भेला हुने गर्छन् । उनीहरुको चर्चाको विषय हुन्छ, ९ वर्षदेखिको तलव पाइने हो कि होइन ? २०६७ फाल्गुण १९ गते व्यवस्थापन पक्षले सूचना टाँस गरी उद्योग बन्द गरेको थियो । त्यससँगै […]

प्रधानमन्त्रीलाई चिनियाँ कम्पनीको पत्र : काठमाडौंमा स्काई रेल कुदाउँछु

११ वैशाख, काठमाडौं । लगानी सम्मेलन सकिएको भोलिपल्ट १७ चैतमा चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्यो । लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उसले काठमाडौंमा ‘स्काई’ रेल चलाउन इच्छा देखाएको छ । (सीसीएआर) ले २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेश गरेको प्रधानमन्त्री कार्यालय स्रोतले […]

दाङको गढवा गाउँपालिकालाई नमूना शहर बनाउन डीपीआरको काम सुरू

१० वैशाख, लमही  । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डीपीआर सुरु गरेको छ । अहिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । उनका अनुसार गाउँपालिकाले […]

ललितपुर महानगरपालिकामा भवन अभाव

९ वैशाख, ललितपुर । भवन अभाव हुँदा ललितपुर महानगरपालिकालाई कर्मचारी व्यवस्थापन गर्न कठिनाइ भएको छ । कर्मचारी आइरहे पनि पर्याप्त भवन नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ । महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन भएर […]

बुटवल– बेलहिया सडकछेउका घर ७ दिनभित्र भत्काउनुपर्ने

८ वैशाख, बुटवल । सरकारले बुटवलमा सडक सीमा अतिक्रमण गरी बनाइएका घरहरु सात दिनभित्र भत्काउन आग्रह गरेको छ । आइतबार ब्यापारिक मार्ग विस्तार आयोजनाले सूचना जारी गरी बेलहिया–बुटवल खण्डमा सडकको केन्द्रविन्दुबाट २५/२५ मिटर दायाँबायाँको घर भत्काउन घरधनीलाई आग्रह गरेको हो । यदि घर भत्काउन अटेर गरेमा आयोजनाले भत्काउने बताएको छ । पटक पटक सडक विस्तारको […]

डोल्पामा जनता आवास : किस्ता नपाएपछि ११ सय घर अलपत्र

८ वैशाख, जाजरकोट । जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन डोल्पाका ११ सय घर अलपत्र परेका छन् । रकम अभावपछि आधाजस्तो घर भत्किन थालेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१, त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण नभई अलपत्र परेका हुन् । पहिलो किस्ता रकम दिएर पाँचवर्षे योजना बनाइ जनता आवास कार्यक्रम […]

काम नगर्ने ठेकेदारको सूची तयार पार्न सहरी विकास मन्त्रीको निर्देशन

६ वैशाख, काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सम्भौता गरेर काम नगर्ने ठेकदार कम्पनीको सूची तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालय र अन्तर्गत निकायहरुको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै मन्त्री राईले निर्माण कम्पनीकै कारण रुग्ण भएका आयोजनाको सूची तयार […]

कामपा-१४ को वडा भवनको शिलान्यास, अण्डरग्राउण्ड पार्किङदेखि लिफ्टको सुविधा

४ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नम्बर १४ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २ सय ५३ दशमलब २४ बर्गमिटर (झण्डै ८ आना) जग्गामा निर्माण गर्न लागिएको वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमका बीच महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले शिलान्यास गरे । आउँदो १ बर्षभित्र निर्माण सम्पन्न गरिसक्ने […]

गुल्मीमा भत्किएको पुल हेरेर फर्किए श्रम मन्त्री, अब विज्ञ टोली आउने

४ वैशाख, गुल्मी । गुल्मीको बडिगाड खोलामा भत्किएको पुलबारे विज्ञ टोलीले अनुसन्धान गर्ने भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका– ७ र ३ जोड्न झेंदीस्थित बडीगाड खोलाको निर्माणाधीन पुल गत आइतबार ढलान गर्ने क्रममा भत्किएको थियो । जसमा घाइते ५ मध्ये  १ जनाको अवस्था गम्भीर छ । कुल पाँच करोड १७ लाख ८४ हजार रुपैयाँमा लागतमा […]

म्यारियटपछि १५० करोड लगानीमा अर्को होटलको तयारी

३ वैशाख, काठमाडौं । नेपालमा नयाँ किसिमका होटलहरु सञ्चालनमा नआएको लामै समय बित्यो । पर्यटकको आगन बढ्दै गर्दा पर्यटन व्यवसायीले नयाँ किसिमका होटलमा लगानी गर्न सुरु गरेका छन् । भर्खरै अमेरिकी चेन ब्रान्ड म्यारियटको पाँचतारे होटल सञ्चालनमा ल्याएको एमएस ग्रुपले नेपालमै नौलो होटलको प्रवेश गराउने भएको छ । त्यो हो,’म्यारियट मक्सी’ । म्यारियट मक्सी अमेरिकन […]

भौतिक पूर्वाधारको बजेट बढ्ने, हुलाकी सडक र मध्यपहाडी लोकमार्गलाई दोब्बर !

३ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका लागि १ खर्ब ३७ अर्ब बराबरको बजेट सिलिङ पाएको छ । योजना आयोगले दिएको यो सिलिङ चालु आर्थिक वर्षको बजेट भन्दा झण्डै ३५ प्रतिशत बढी हो । नयाँ सिलिङअनुसार कार्यक्रम बनाउन मन्त्रालय जुटेको छ । तर, करिब ९५ अर्ब क्रमागत आयोजनाहरुमै खर्च हुने […]

बबईदेखि भेरीसम्म सुरुङ खनेर सकियो, प्रधानमन्त्रीद्वारा ‘ब्रेक थ्रू’

३ बैशाख, काठमाडौं । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण सकिएको छ ।  ०७४ कार्तिक २० देखि बबई किनारबाट भित्र पसेको टनेल बोरिङ मेसिन (टीबीएम) मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोट थिचेर बाँकी रहेको दुई सय मिटर खण्ड ब्लास्ट गर्दै भेरी किनारमा निकालेका हुन् । सुरुङ खन्ने काम गत साता नै सकिएको भएपनि […]

मुग्लिन आर्क ब्रिजको ९५ प्रतिशत काम सकियो, जेठबाट सञ्चालनमा आउने

३ वैशाख, चितवन। जिल्लाकाे इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने निर्माणाधीन मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । पुलको ९५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम केही दिनमा सकेर जेठबाट पुल सञ्चालनमा ल्याउने निर्माण कम्पनीले जनाएको छ । मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि ०७१ बाट यसको […]

पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै

२ वैशाख, काठमाडौं । संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्‍यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । यससँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । त्यस मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भनिएपनि यो अध्ययनमै सीमित भएको थियो । नाकाबन्दीबाट आहत भएका […]

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सनको सुरुङको ‘ब्रेक थ्रू’ भोलि

२ बैशाख, काठमाडौं । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको मंगलबार ‘ब्रेक थू’ हुँदैछ । ०७४ कार्तिक मसान्तदेखि नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि ०७६ चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको हो । औपचारिक घोषणाका लागि सुरुङको कूल १२ दशमलव २१० किलोमिटर लम्बाइमध्ये जम्मा […]

सार्वजनिक यातायात प्रवर्द्धनका लागि छुट्टै कोष, मेट्रो रेल चलाए सहुलियत

२७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायातलाई प्रवद्र्धन गर्न छुट्टै कोष बनाउने भएको छ ।महानगरपालिका क्षेत्र भित्रका यातायात सेवालाई थप प्रवर्द्धन गर्न ‘यातायात प्रवर्द्धन कोष’ बनाउन लागिएको हो । हालै महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन बिधेयक, २०७५’मा यातायात प्रवर्द्धन कोष निर्माण सम्बन्धी व्यवस्था गरिएको छ । यो ऐन प्रमाणीकरण भइ एक महिनाभित्र […]

तातोपानी नाका जेठ १७ गते सञ्चालनमा आउने

२६ चैत, काठमाडौं । भूकम्पछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनर्निर्माण भइरहेको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकारहरु, पुनर्निर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मंगलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् । एक साताअघि भूकम्प प्रभावित १४ […]

अघि बढेन लगनखेल-सातदोबाटो सडक विस्तार

२४ चैत, काटमाडाैं । ललितपुरको सबैभन्दा व्यस्त लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतभन्दा काम हुन नसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण सडक निर्माणअघि बढ्न नसकेको हो । अदालतको अर्को आदेश नआउँदासम्म काम ठप्प […]

भेरी–बबई डाइभर्सन : प्रधानमन्त्रीको उपस्थितिमा हुँदैछ सुरुङ ‘ब्रेक थ्रू’

२२ चैत, काठमाडौं । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण तोकिएको समय अगावै सकिएको छ । आगामी २०७६ साल चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको छ । अब घोषणा गर्न मात्र बाँकी छ । नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि सुरुङ निर्माणले गति लिएको थियो […]

मुआब्जा बिवादले अघि बढेन गोदावरी सडक निर्माण

२२ चैत, काठमाडौँ । निर्माण शुरु भएको डेढ वर्षमा कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण १० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक मापदण्ड भित्र पर्ने १२० घर सर्वाेच्च अदालतको […]