Comments Add Comment

क्रिकेट

List Grid
चौथो टेष्टमा भारत इनिङ्स र २५ रनले विजयी, वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा

२२ फागुन काठमाडौं । इङ्ल्याण्ड विरुद्धको चौथो टेष्टमा भारत एक इनिङ्स र २५ रनले विजयी भएको छ । इनिङ्स अन्तरको जितपछि भारतले चार खेलको सिरिज ३–१ ले जित्दै वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा समेत स्थान बनाएको छ । अब भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ । नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टेष्टमा भारतले तेस्रो दिनमै […]

बागमतीसँग पुलिसले लियो बदला, २ रनको रोमाञ्चक जित

२२ फागुन काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेटमा बागमती प्रदेशलाई २ रनले पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेटमा व्यहोरेको हारको बदला लिएको छ । मूलपानी क्रिकेट मैदानमा भएको लो स्कोरिङ खेलमा बलरहरु हाबी बन्दा बागमतीले ७३ रनको लक्ष्यसमेत भेट्न सकेन । वेट आउटफिल्डका कारण ३८ ओभरमा छोट्याइएको खेलमा स्पिनर अरियो पौडेल […]

नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

२१ फागुन, काठमाडौं । नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-२० क्रिकेटमा हाम्रो किचेन क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावासलाई ७८ रनले हराउँदै हाम्रो किचेनले सुखद सुरुवात गरेको हो । पहिले ब्याटिङले गरेको हाम्रो किचेनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो […]

काठमाडौं मेयर ११ को कप्तानी सन्दीपले गर्ने

२१ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेटमा काठमाडौं मेयर ११ टिमको नेतृत्व सन्दीप लामिछानेले गर्ने भएका छन् । पाकिस्तानमा रहेका उनी नेपाल फर्किएपछि पीसीआर टेष्ट हुनेछ । र, नेगेटिभ रिपोर्ट आए उनले खेल्ने क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए । शनिबार सुरु हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, […]

रुपन्देही सुपर लिग क्रिकेट : न्यू होराइजन विजयी

फागुन १९, भैरहवा । न्यू होराइजन क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । बुधबार भएको डिभिजन ‘ए’ को खेलमा तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै न्यू होराइजनले जित निकालेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएकोे तिरुपतिले निर्धारित ४४ ओभरको खेलमा २८.३ ओभरमा सबै […]

जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार छु : गेल

१९ फागुन, काठमाडौं । विश्व टी-२० क्रिकेटका स्टार क्रिस गेलले आफू जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार रहेको बताएका छन् । श्रीलंकासँगको टी-२० सिरिजअघिको प्रेस कन्फ्रेन्समा गेलले जुनसुकै पोजिसनमा ब्याटिङ गरेपनि आफू खुसी हुने बताए । ४१ वर्षीय गेलले कप्तान काएरन पोलार्ड र कोच फिल सिमोन्सले जुन पोजिसनमा भन्छ त्यही पोजिसनमा आफू ब्याटिङ गर्न तयार भएको […]

ब्ल्याक बक खुला क्लब क्रिकेट प्रतियोगिता चैतमा आयोजना हुने

१८ फागुन, काठमाडौं । प्लाइ तानसेन तथा एनजीजीसी को आयोजनामा आगामी चैत ११ गते देखि कीर्तिपुरमा ‘ब्ल्याक बक खुला क्लब क्रिकेट टि-२० प्रतियोगिता’ आयोजना हुने भएको छ । आयोजकले मंगलबार प्रत्रकार सम्मेलन गर्दै प्रतियोगिताको घोषणा गरेको हो । नकआउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा देशभरका विभिन्न शहरका करिब २० वटा टोलीले सहभागिता जनाउने प्रतियोगिता संयोजक सुमन […]

रुपन्देही सुपरलिगमा जीआर क्रिकेट क्लबकाे जित

१८ फागुन, बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा जीआर क्रिकेट क्लबले जित निकालेको छ । मंगलबार भएको डिभिजन ‘ए’को खेलमा जीआरले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङमा आएकोे देवदहले निर्धारित ५० ओभरमा ३१.४ ओभरमा सबै विकेट गुमाएर ११२ रनको योगफल बनायो । उसका लागि विक्की […]

मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

१८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा फागुन २२ गते सुरु हुने काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार पहिलो दिन त्रिभुवन आर्मी क्लब र एपीएफबीच तथा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । आर्मी र एपीएफबीचको खेल टीयू […]

मेयर कप क्रिकेट : काठमाडौं मेयर-११ टिमको घोषणा

१७ फागुन, काठमाडौं । यही फागुन २२ गतेदेखि सुरु हुने मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि काठमाडौं मेयर-११ टिमको घोषणा भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको यस प्रतियोगितामा गत माघमा भएको प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल खेलेका चार टिम र काठमाडौं मेयर-११ टिमसहित पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रधानमन्त्री कपको […]

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम

१७ फागुन, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणले कुर्सीमा नाम लेखाउन पाउने भएका छन् । फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने जानकारी दिएको छ । कसैले आफू वा आफ्नो परिवारका […]

सन्दीपलाई पीएसएलमा जुरेको अवसर

१६ फागुन, काठमाडौं । फ्रेन्चाइज लिग क्रिकेटका ‘ग्लोबल स्टार’को छवि बनाएका नेपाली लेग स्पीनर सन्दीप लामिछानेका पछिल्लो समय ‘कभी खुसी कभी गम’ भने भझै भयो । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं पुरै सिजन बेन्चमा बिताएका उनले अष्ट्रेलियन बिग बास लिगमा होबार्ट हुरिकेन्सबाट खेले । जुलाईमा इंग्ल्याण्डमा हुने ‘दी हन्ड्रेड’ क्रिकेटमा ओभल इन्भिन्सिभ्लसमा रिटेन हुनु उनका […]

खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

२०७६ मंसिर : १३ औं साग क्रिकेट २०७६ माघ : नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज २०७७ पुस : प्रधानमन्त्री कप महिला क्रिकेट २०७७ माघ : प्रधानमन्त्री कप पुरुष क्रिकेट २०७६ असोजमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सशर्त निलम्बन फुकुवा भएपछि नेपालमा आयोजना भएको क्रिकेटका अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता यत्ति हुन् । २०७६ मंसिरमा भएको १३ […]

युसुफ पठानले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

१४ फागुन, काठमाडौं । ओडीआई र टी-२० दुवै विश्वकप जितेका भारतीय अलराउण्डर युसुफ पठानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । पठानले शुक्रबार सन्यास घोषणा गरेका हुन् । पठानले सानैदेखि क्रिकेट आफ्नो जीवनको नजिक रहेको र अब यो इनिङ्सलाई स्टप गर्ने बेला आएको बताए । पहिलो पटक भारतको जर्सी लागउँदा आफ्नो काँधमा धेरै जिम्मेवारी थपिएको स्मरण गर्दै […]

भारत १० विकेटले विजयी, सिरिजमा २-१ को अग्रता

१३ फागुन, काठमाडौं । भारतले इंग्ल्याण्डलाई तेस्रो टेष्टमा १० विकेटले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । अब भारतले चौथो सेटमा हार टारे वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ । इंग्ल्याण्ड भने फाइनल होडबाट बाहिरिएको छ । अब चौथो टेष्ट इंग्ल्याण्डले जितेमा टेष्टमा २-२ को बराबरी हुनेछ र अष्ट्रेलिया फाइनल पुग्नेछ । […]

दोस्रो इनिङ्समा इंग्ल्याण्ड ८१ मै अलआउट, भारतलाई ४९ रनको लक्ष्य

१३ फागुन, काठमाडौं । भारतीय स्पीनरद्वय अक्सर पटेल र रविचन्द्रन आश्विनले घातक बलिङ गर्दा इंग्ल्याण्ड तेस्रो टेष्टको दोस्रो इनिङ्समा ८१ रनमै अलआउट भएको छ । अहमवादस्थित नरेन्द्र मोदी स्टेडियममा टेष्टको दोस्रो दिन बिहीबार पटेल र आश्विन मिलेर ९ विकेट लिँदा इंग्ल्याण्ड ३०.४ ओभर मात्र क्रिजमा टिक्दै अलआउट भएको हो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक २५, […]

उपुल थरंगाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

११ फागुन, काठमाडौं । श्रीलंकाली क्रिकेटर उपुल थरंगाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षीय ब्याट्सम्यान थरंगाले मंगलबार सन्यासको घोषणा गरेका हुन् । थरंगाले १५ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई बिदा गर्ने बेला भएको भनी सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफूमा विश्वास देखाएकोमा श्रीलंका क्रिकेटलाई धन्यवाद समेत दिएका छन् । विकेटकिपरको भूमिका समेत निर्वाह गर्न […]

पहिलो टी-२० मा अष्ट्रेलिया न्युजिल्याण्डसंग पराजित

१० फागुन, काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको पहिलो टी-२० क्रिकेट जितेको छ । जितपछि पाँच खेलको सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता  बनाएको छ । हाग्ले ओभलमा सोमबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ५३ रनले पराजित गरेको हो । न्युजिल्याण्डको जितमा डेभिड कोनवेले अविजित ९९ रन बनाए भने इश सोधीले ४ विकेट लिए । टस हारेर […]

आईपीएलमा बिक्री नहुनु अप्रत्यासित होइन : फिन्च

९ फागुन, काठमाडौं । अष्ट्रेलियन क्रिकेटर एरोन फिन्चले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कुनै टिमले पनि अनुबन्ध नगर्नु (अनसोल्ड हुनु) अप्रत्यासित नभएको बताएका छन् । अष्ट्रेलियाको सीमित ओभर टिमको कप्तान समेत रहेका फिन्चले केही समय घरमा रहनु कुनै खराब कुरा नभएको बताए । फिन्चले युएईमा भएको १३ औं संस्करणको आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए । तर उनले […]

म्याक्सवेल १४.२५ करोडमा बैंगलोरमा अनुबन्ध

६ फागुन, काठमाडौं । अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलले इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्ने भएका छन् । चेन्नाईमा भइरहेको अक्सनमा बैंगलोरले म्याक्सवेललाई १४.२५ करोडमा अनुबन्ध गरेको छ । म्याक्सवेललाई अनुबन्ध गर्न चेन्नई सुपर किंग्स र बैंगलोरको कडा प्रतिस्पर्धा भएपनि अन्तिममा बैंगलोरले बाजी मारेको हो । म्याक्सवेलले १३ औं संस्करणको आईपीएल पञ्जाबबाट […]

आईपीएलकै महंगा खेलाडी बने क्रिस मोरिस

६ फागुन, काठमाडौं । दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग आईपीएलको महंगा खेलाडी बनेका छन् । १४ औं संस्करणको आईपीएलका लागि चेन्नईमा अहिले भइरहेको अक्सनमा राजस्थान रोयल्सले मोरिसलाई १६.२५ करोड भारुमा अनुबन्ध गरेको हो । यसअघि दिल्लीले सन् २०१५ मा युवराज सिंहलाई १६ करोड भारुमा अनुबन्ध गरेको थियो । यस्तै विदेशी खेलाडीतर्फ भने अष्ट्रेलियाका […]