Comments Add Comment

गृहमन्त्री

List Grid
गृहमन्त्रीमा रामबहादुर थापा पुनःनियुक्त

५ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं […]

गृहमन्त्रीले पनि लगाए कोरोनाविरुद्धको खोप

२३ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानअन्तर्गत गृहमन्त्री थापा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर खोप लगाएका हुन् । आजै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाइसकेका छन् ।  

वार्ताको परिणाम सुखद आउनेछ : गृहमन्त्री थापा

१९ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँगको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच भएको पहिलो चरणको वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् । वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति […]

प्रचण्ड–माधव समूहलाई सच्चिने अन्तिम अवसर : गृहमन्त्री थापा

१७ फागुन, पोखरा । नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउन प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन् । उनले प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर भएकोसमेत बताए । पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर […]

गृहमन्त्रीको राजीनामा माग्दै दाङमा प्रदर्शन

३ फागुन, दाङ । महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसक्ने गृहमन्त्री रामबहादुर थापा (बादल) को राजीनामा माग्दै दाङका नागरिक समाज, मानव अधिकारकर्मी र अन्तरपार्टी महिला सन्जालले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । बालिका र महिलामाथि भैरहेका जघन्य अपराध, असुरक्षा र निरन्तर हिंसा सहेर बाँच्नु पर्ने वातावरण बदल्न नसक्ने गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको […]

बलात्कारका घटनामा संवेदनशील बन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

२७ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरु बढ्न सक्ने भन्दै त्यसलाई निस्तेज पार्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । मंगलबार भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न […]

बागलुङ उडेको गृहमन्त्री सवार हेलिकप्टर पोखरामा अवतरण

१८ भदौ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई राहत लिएर गएको टोली सवार हेलिकोप्टर पोखरामा रोकिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायतको टोली नेपाली सेनाको […]

बाढी प्रभावित क्षेत्रको अनुगम गर्न बाजुरा पुगे गृहमन्त्री

२ भदौ, कैलाली । गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली बाजुरा पुगेको छ । लगातारको वर्षका कारण बाजुराका बाढी प्रभावित क्षेत्रको अनुगमनको लागि गृहमन्त्री थापासहितको टोली बाजुरा पुगेको हो । टोलीमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह पनिरहेका छन् । साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा […]

रेडक्रसमा भ्रष्टाचार : संसदीय समितिले गृहमन्त्रीलाई बोलाउने

६ फागुन, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाल रेडक्रस सोसाइटीभित्रको भ्रष्टाचार र अनियमितताबारे छलफल गर्न गृहमन्त्री रामबहादुर थापालाई बोलाउने निर्णय गरेको छ । रेडक्रसको वर्तमान नेतृत्वबाट भ्रष्टाचार भएको भन्दै समितिमा परेको उजुरीबारे छलफल गर्न मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । ‘पहिलो चरणमा गृहमन्त्रीलाई बोलाएर छलफल गर्ने […]

गृहमन्त्रीलाई भेटेका विद्यार्थीका अभिभावक निराश भएर फर्किए

२४ माघ, काठमाडौं । चीनमा रहेका सन्तानलाई नेपाल फर्काइदिन आग्रह गर्दै शुक्रबार गृहमन्त्रालय पुगेका अभिभावक निराश भएर फर्किएका छन् । चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि त्रासमा रहेका सन्तानलाई नेपाल फर्काइदिन आग्रह गर्दा गृहमन्त्री रामबहादुर थापाको जवाफले उनीहरुलाई निरास बनाएका हुन् । शुक्रबार भएको भेटका क्रममा गृहमन्त्री थापाले एक हप्ताभित्र फर्काउने तयारी गरेको तर कहिले फर्काउने […]

प्राकृतिक प्रकोपको क्षति कम गर्न कानून बनाउँछौं : गृहमन्त्री थापा

२ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भूकम्पलगायत प्राकृतिक प्रकोपको क्षति कम गर्न मजबुद पूर्वाधार निर्माण गर्नु पर्ने बताएका छन् । कमजोर संरचनाकै कारण प्राकृति प्रकोपबाट ठूलो क्षति हुने गरेको भन्दै गृहमन्त्री थापाले बलियो संरचनाका लागि सरकारले कानून निर्माण गर्ने बताए । २२औं भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोल पार्कमा आयोजित भूकम्प स्मृति सभामा […]

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल : गृहमन्त्री

१९ कात्तिक, बुटवल । गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफ भएको बताएका छन् । गृह मन्त्रालय र प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले शान्ति सुरक्षाको स्थिति पहिलेको जस्तो नभएको दावी गरे । ‘शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ, हिजो जस्तो […]

गृहमन्त्रीका भाइ नरेशलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

३१ भदौ, काठमाडौं । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडाैंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले थापालाई छाड्न आदेश दिएको पुष्टि गरे । […]

गृहमन्त्रीका भाइ नरेशलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

३१ भदौ, काठमाडौं । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडाैंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले थापालाई छाड्न आदेश दिएको पुष्टि गरे । […]

विपक्षीलाई गृहमन्त्रीको जवाफ : गुठी विधेयक विरोधी प्रदर्शन शान्तिपूर्ण थिएन

२७ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघरमा गुठी विधेयकविरुद्ध प्रदर्शन गर्नेहरुमाथि पानीको फोहरा हान्दासमेत भीड नियन्त्रणमा नआएपछि प्रहरीले गरेको बल प्रयोग गरेको स्पष्टीकरण दिएका छन् । सोमबार राष्ट्रियसभामा सार्वजनिक महत्वको विषयका बोल्दै गृहमन्त्री थापाले प्रदर्शनकारीले सडकै सुतेर बाटो अवरोध गरेको र प्रहरीले पटक पटक माइकिङ गर्दा समेत अटेर गरेपछि सामान्य बल प्रयोग गरेको […]

विप्लव समूहलाई मुलधारमा ल्याउँछौं : गृहमन्त्री बादल

१३ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे सोमबार संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए । राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उनले बताए । विप्लव समूहको […]

नख्खु विस्फोटमा विप्लव समूहको संलग्नता देखियो : गृहमन्त्री

१२ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले एक जनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बादलले समानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले घटना घटाएको दाबी गरे । सरकारले प्राप्त गरेको विप्लव समूहका पछिल्लो बैठकका निर्णयहरुले पनि त्यही […]

कांग्रेस नेतृ संग्रौलाले मागिन् गृहमन्त्रीको राजीनामा

२१ मंसिर, बुटवल । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले गृहमन्त्रीको राजीनामा मागेकी छन् । साउन १० मा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले गृहमन्त्रीको राजीनामा मागेकी हुन् । शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संग्रौलाले भनिन्, ‘नेपालमा न्याय मर्‍यो, न्याय बिकी सक्यो, अपराधीहरु सिंहदरबारकै सुरक्षामा छन् छन् ।’ सिंगो […]

गृहमन्त्री बादल र अमेरिकी राजदूतबीच भेटवार्ता

७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल-अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको राजदूतको रुपमा कार्यभार सम्हालेकोमा राजदूत बेरीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप उचाइमा […]

गृहमन्त्री बादल र यूएनएचसीआरका एशिया निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३० कात्तिक ।गृहमन्त्री रामबहादुर थापा’बादल’सँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले शुक्रबार शिष्टचार भेट गरेका छन् । गृहमन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्यालगायतका शरणार्थीको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र […]

प्रहरी दिवसमा प्रधानमन्त्री नरम, आइजीपी गरम ! गृहमन्त्री बोलेनन्

२५ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा विहीबार बिहानै ६३ औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख अतिथिका तर्फबाट मन्तव्य राखे । त्यसपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धन्यवाद […]