Comments Add Comment

हत्या

List Grid
तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको हत्या

२७ पुस, वीरगञ्ज । लक्ष्मीपूजाको दिन, ०७७ कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीमा आगलागी भयो । राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको प्रारम्भिक खबर अयो । प्रहरीमार्फत आएको सूचनालाई सञ्चारमाध्यमले सोहीअनुसार सम्प्रेषण गरे । तर अहिले सो घटना भवितव्य नभइ तल्लो जातको […]

टोखा हत्याकाण्ड : शव देखेको १४ घन्टासम्म प्रहरीलाई नभन्दा रहस्यमय

२६ पुस, काठमाडौं । दसैँ मनाउन अमेरिकाबाट नेपाल आएका ललितपुरका आईटी प्राविधिक उमेश केसी आगामी बिहीबार अमेरिका फर्किदै थिए । अघिल्लो साता कुनै अप्रिय घटना नभएको भए उनी अमेरिका जाने तयारीमा हुन्थे । बिहीबार अमेरिका फर्कने टिकट हातमा लिएका केसीको मृत शरीर फेला परेको छ । अष्टमीबाट टोखा नगरपालिका–३ मा रहेको ग्रिनभिला हाउजिङमा श्रीमती सुदिक्षा […]

काठमाडौंको टोखामा श्रीमान-श्रीमती मृत भेटिए

२५ पुस, काठमाडौं । काठमाडौंको टोखामा श्रीमान-श्रीमती मृत भेटिएका छन् । श्रीमती सुदिक्षा गिरी र उनका श्रीमान उमेश केसी मृत भेटिएका हुन‍् । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । सुर्खेत घर भएका उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए । गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा […]

रकम लेनदेन विवादमा नातेदारबाटै बालकको हत्या

१७ पुस, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकामा मृत अवस्थामा फेला परेका बालकको हत्या रकम लेनदेनका कारण हत्या भएको खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उनको हत्या नातामा फुपु पर्ने व्यक्तिले घाँटी थिचेर गरेको फेला पारेको छ । बिदेह नगरपालिका– २ दुहबी निवासी जीवन राय अमातका ५ बर्षीय छोरा अभिनन्दनको शव ब्रम्हदेव राय अमातको भैंसी बाँध्ने […]

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो, ५ जना पक्राउ

१७ पुस, जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्लाको बिदेह नगरपालिका- २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुवा […]

श्रीमानको हत्या आरोपमा महिला पक्राउ

१३ पुस, काठमाडौं । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढा रहेकी छन् । डल्लीले आफ्नै श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको हो । चक्कु प्रहार गरी श्रीमानको […]

कञ्चनपुरमा वृद्धा मृत फेला, हत्याको आशंका   

१२ पुस, कञ्चनपुर । पुर्नवास नगरपालिका–१ ढक्का हिरापुरका ७१ वर्षीया खण्टी भुल आइतबार घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । घरमा एक्लै बस्दै आएकी वृद्धाको हत्या गरिएको आशंका गरिएको छ । शव रहेको स्थानमा रगत बगेको देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ । आइतबार वृद्धा नउठेपछि छिमेकीले घरभित्र हेर्दा मृत अवस्थमा रहेको पाइएपछि प्रहरीलाई […]

आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या

८ पुस, खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो । करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट […]

मदिरा किन्न ५० रुपैयाँ नदिँदा फुपूको हत्या ! 

२८ मंसिर, बुटवल । मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि उत्पन्न विवादमा कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की सुशिला खड्काको शनिबार राति हत्या भएको हो । सँगै बसेर मदिरा खाएका भदा नाता पर्ने २३ वर्षीय तोरणबहादुर खड्काले सुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा निजको […]

कपिलवस्तुमा महिलाको हत्या

२८ मंसिर, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए । टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या […]

रसुवामा ६ वर्षीया बालिकाको हत्या, ओढारमा भेटियो शव

२५ मंसिर, काठमाडौं । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको छ । बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान विद्यालय गएकी सुमिना साँझसम्म पनि घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । परिवारका सदस्यको निवेदनका आधारमा खोजी गर्दा कालिका […]

विप्लव समूहको बर्बरता : शिक्षकको घाँटी रेटेर हत्या

२३ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले मिक्लाजुङ, मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पाइएको छ । मिक्लाजुङ गाउँपालिका-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । श्रेष्ठलाई अपरिचित समूहले लिएर गएको र […]

सुराकीको आरोपमा शिक्षकको हत्या गरेको सूचना आएको छ : प्रहरी

२३ मंसिर, विराटनगर । मोरङको मिक्लाजुङमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ । ‘विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङमा मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको छ,’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो । ५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली […]

जन्ती जान हिँडेका युवकको शव नहरमा भेटियो

१७ मंसिर, वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–१ तीनडोबिया टोलका २६ वर्षीय एमामुल हुसैनको शव फेला परेको हो । नहरमा शव देखेपछि मंगलबार बिहान साढे ८ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित नहरमा हुसैनको शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक […]

साथीको हत्यापछि अपहरणको नाटक, युवक पक्राउ

१५ मंसिर, विराटनगर । सुनसरीको दुहबी नगरपालिका–२ का सुजननारायण चौधरीको हत्या आरोपमा उनकै साथी पक्राउ परेका छन् । बुधबारयता सम्पर्कविहीन भएका १७ वर्षीय चौधरीको हत्या आरोपमा छिमेकी र साथी २० वर्षीय सुमन झा पक्राउ परेका हुन् । सोमबार बिहान सुजनको शव दुहबी– २ मा शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा फेला परेको थियो । जिल्ला प्रहरी […]

साढे २ लाख तिरेर आफ्नै बाबुले गराएका रहेछन् अमृताको हत्या

१४ मंसिर, रौतहट । रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाकी अमृताकुमारी साहको हत्या उनकै बाबुले लाख रुपैयाँ खर्चिएर गराएको खुलेको छ । साहको २६ कात्तिकमा सुतिरहेको अवस्थामा अमृताको दाहिने कञ्चटमा गोली हानेर हत्या भएको थियो । तीन साता लगाएर घटनाको अनुसन्धान गरेको प्रहरीले साहको हत्यामा अभिभावककै संलग्नता रहेको निश्कर्ष निकालेको छ । र, मृतकका बुबा रामअयोध्या साह, […]

मुकेश चौरसिया मृत्यु प्रकरण : पूर्वसभासद गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने

१२ मंसिर, वीरगञ्ज । मुकेश चौरसिया मृत्यु प्रकरणमा पूर्वसभासद राजकुमार गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रहरी अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता नदेखिएकाले मुद्दा नचलाउने निर्णय गरिएको जिल्ला सरकारी वकिलको कार्यालय पर्साले जनाएको छ । यससँगै घटनापछि फरार रहेका गुप्ता वीरगञ्ज फर्किएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विन्दवासिनी गाउँ कमिटीको सपथ ग्रहण […]

महोत्तरीमा गोली चलाएकोबारे छानबिन गर्न समिति गठन

११ मंसिर, काठमाडौं । महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानविन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका थिए, जसमध्ये बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो । मन्त्रालयले […]

बर्दिबास तनाव : प्रहरीले राजमार्ग खुलायो, सर्वदलीय बैठकले गर्‍यो ४ बुँदे निर्णय

१० मंसिर, काठमाडौं । बालिकाको हत्यापछि उत्पन्न परिस्थितिका कारण तनावपूर्ण बनेको महोत्तरीको बर्दिबासमा बुधबार सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले बालिका हत्यामा संलग्नलाई कानुन बमोजिम कडा कारवाही गर्ने र पीडित परिवारलाई राहतका लागि सरकारसँग पहल गर्नेलगायतका ४ बुँदे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए […]

छिमेकीको हत्या आरोपमा २ जना पक्राउ

९ मंसिर, काठमाडौं । रौतहटमा छिमेकीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बृन्दावन नगरपालिका–७ धमौराका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय विन्दा पासवान रहेका छन् । मादक पदार्थ सेवन गरेका विकास समेतले कुटपिट गर्दा स्थानीय ५० वर्षीय अमिरी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । विकाससहितको समूहले सोमबार साँझ […]

बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी

९ मंसिर, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् । आगो निभाउन दमकल आए पनि स्थानीयले […]