Comments Add Comment

ठगी

List Grid
होसियार ! सस्तोमा आईफोन पाउने विज्ञापनको भर पर्दा लाखौं गुम्ला

२ माघ, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा सस्तोमा आइफोन, मोबाइल, घडी र अन्य ग्याजेट बिक्रीमा रहेको सूचना कत्तिको देख्नु हुन्छ ? १ लाख ६२ हजार पर्ने आइफोन–११ प्रो म्याक्स ७० हजारमा दिने भनेपछि कसको नजर नपर्ला र ! तर, यस्तो सूचनाको विश्वासमा पर्दा थुप्रै नेपालीको लाखौं रुपैयाँ विदेशी गिरोहको हातमा पुगेको पाइएको छ […]

मोरङमा मिटरब्याजी गिरोहविरुद्ध मुद्धा

२ माघ, विराटनगर । चर्को ब्याजमा ऋण दिएर ठगी गर्ने गिरोहका चारजनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । विराटनगरमा मिटरब्याजमा लगानी गर्दै अबैध असुली गर्दै आएको चारजना विरुद्ध ‘अपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ता भएको हो । जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालकाअनुसार शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । […]

मुद्दा मिलाइदिने भन्दै ९० हजार मागेको आरोपमा एकजना पक्राउ

१ माघ, काठमाडौं । मुद्दा मिलाइदिने प्रलोभन देखाएर ९० हजार रुपैयाँ मागेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको टिष्टुङ पालुङ नगरपालिका-१२ का ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिवहादुर घलान रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टका अनुसार महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी […]

फेसबुकमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

२९ पुस, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज बनाएर बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-८ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय शिव खड्का रहेका छन् । फेसबुक पेजमा आकर्षक तलब, सुविधा दिने झुठो विवरण राखेर ई-सेवा मार्फत १५ सयदेखि ३५ सयसम्म […]

नक्कली गहना बन्धकी राख्दै, लाखौं कुम्ल्याउँदै !

२४ पुस, काठमाडौं । नक्कली गरगहना बन्धकी राखेर लाखौं रुपैयाँ लिएर फरार हुने व्यक्ति पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–७, थानकोटमा रहेको एक गहना पसलमा बिलसहित गहना दिएर फरार व्यक्ति पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार अपराध महाशाखासँगको समन्वयमा धादिङको थाक्रे गाउँपालिका–११ घर भइ ललितपुरको गोदावरी बस्ने ३४ वर्षीय […]

समाजसेवाको नाममा ठगी धन्दा चलाएको आरोपमा युवती पक्राउ

२३ पुस, सुर्खेत । समाजसेवाको नाममा ठगीको धन्दा चलाएको आरोपमा एक युवती पक्राउ परेकी छन् । इटहरी उपमहानगरपालिका–४, सुनसरीकी २४ वर्षीया विद्या शर्मा नाम बताउने विद्या सरकार पक्राउ परेकी हुन् । उनलाई बिहीबार दैलेख प्रहरी सार्वजनिक गरेको छ । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले ती युवतीलाई पक्राउ गरेको हो । आफूलाई अभियन्ता […]

सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ

१७ पुस, काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम र वाट्सएपको माध्यमबाट साथी बनाएर १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्तकुमार उपाध्याय रहेका छन् । उनीहरूले इन्स्टाग्राम र वाट्सएपमा फेक आइडी मार्फत […]

जसले प्रहरीलाई नै ठगे

१४ पुस, काठमाडौं । सामान्यतयाः कानुनका ज्ञान नभएका र पढलेख कम भएकालाई ठगहरुले जालमा पार्ने गरेको पाइन्छ । तर, एकजना यस्ता ठेकदार छन्, जसले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई नै ठगेका छन् । सिपाहीका आवश्यक २० हजार थान उलन पाइन्टको कपडा खरिद गर्ने ठेक्का पाएको क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रा.लि., वीरगञ्जका सञ्चालक पिताम्बरकुमार […]

रेमण्ड सपका सञ्चालकविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

१२ पुस, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका रेमण्ड सपका सञ्चालक सञ्जय अधिकारीमाथिको अनुसन्धान प्रहरीले सकेको छ । अधिकारी ठगी सम्बन्धी कसुरमा दोषी रहेको निष्कर्ष निकाल्दै काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान सकेको हो । अनुसन्धान सकिएपछि प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको डीएसपी प्रतिक विष्टले बताए । उनले अनलाइनखबरसँग भने, ‘सरकारी […]

चर्को ब्याज लिएर ठगी गरेको आरोपमा मन्टु पक्राउ

३० मंसिर, विराटनगर । चर्को ब्याजमा ऋण दिएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले विराटनगर– ९ घोघापुल चोक बस्ने मन्टु भनिने सञ्जय रौनियारलाई पक्राउ गरेको छ । धेरै ब्याज लिएर ठगी गरेको गुनासो आएपछि प्रहरीले सोमबार राति मन्टुलाई पक्राउ गरेको हो । मन्टु पक्राउ परेपछि पीडितहरु प्रहरी कार्यालय पुगेका छन् । मंगलबार मात्रै १५–१६ जना सर्वसाधारण […]

ठगी आरोपमा ‘रेमण्ड सप’का सञ्चालकसहित ४ जना पक्राउ

२८ मंसिर, काठमाडौं । प्रहरीले ठगी आरोपमा सर्टिङसुर्टिङका लागि चर्चित ‘रेमण्ड सप’का सञ्चालक सञ्जय अधिकारीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकारीका छोरा समिरसहित सुवर्ण केसी र कृष्ण भट्टराई छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार अधिकारीसहितको समूहले नेपाली सेनाका लागि चाहिने ३५ हजार थान बुट खरिदको ठेक्का पाएको […]

फल्स च्याम्बर बनाएर ट्यांकरबाट पेट्रोल चोरेको अभियोगमा दुई जना पक्राउ

१४ मंसिर, काठमाडौं । पेट्रोल ट्यांकरमा फल्स च्याम्बर बनाएर ठगी गरेको अभियोगमा दुइृ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका अजय लामा र विकेश लामा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इण्डियन आयल कर्पोरेल बरौनी, भारतबाट पेट्रोल ल्याउँदा फल्स च्याम्बर बनाएर इन्धन चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको हो । ब्युरोका अनुसार […]

नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

१० मंसिर, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दिएको थियो । उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए । न्यौपाने […]

व्यवसायी ठग्ने नक्कली सुरक्षाकर्मी पक्राउ    

२९ असोज, काठमाडौं । नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीसँग रकम असुली गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाडोदेवी घर भई काठमाडौंको बानियाटार बस्ने गोविन्द खड्का रहेका छन् । खड्काले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकीटकी) र सुरक्षा निकायको पोशाक प्रयोग गरी काठमाडौं उपत्यकाका व्यवसायीलाई प्रभाव पार्दै रकम असुली गर्ने गरेको प्रहरीको […]

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

२१ असोज, काठमाडौं । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राई रहेका छन् । राईले माल्टा पठाइदिने प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेपछि उनलाई सुनसरीबाट मंगलबार नियन्त्रणमा लिएको […]

गिरफ्तारीबाट बच्न साइबर ठगको अनेक तिकडम !

१९ असोज, काठमाडौं । पहिलो पटक भेट हुनेका लागि जुम्लाका पसल रोकाया सूचना प्रविधिमा दख्खल राख्ने एक ‘इमान्दार’, ‘मेहनती’ र ‘सफल’ व्यक्ति हुन् । शुभलक्ष्मी अस्पताल र नर्सिङ अध्यापन हुने संविधान कलेज समेतको सञ्चालकका रुपमा परिचय दिएपछि उनीसँग सम्बन्ध बनाउन अप्ठ्यारो मान्नु पनि परेन । सामान्य चिनजान भएकाहरु उनलाई राम्रो मान्छे भन्छन् । रोकायालाई पक्राउ […]

सस्तोमा डलर सटहीको प्रलोभन देखाएर १० लाख ठगी

१९ असोज, काठमाडौं । सस्तो मूल्यमा अमेरिकी डलर सटही गरिदिन्छु भनेर ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका श्रीखण्ड तामाङ, हर्क तामाङ, चैते भन्ने बुद्धिबहादुर तामाङ र गोविन्द तामाङ छन् । काभ्रेका प्रहरी प्रमुख एसपी रविराज पौडेलका अनुसार उनीहरुको गिरिोहले नुवाकोटको पेन्जोम शेर्पालाई २० असारमा १७ हजार अमेरिकी डलर […]

अस्ट्रेलियामा उद्धार उडानको टिकट मिलाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय

सिड्नी । अस्ट्रेलियाबाट नेपालतर्फको उद्धार उडानमा सिट सुरक्षित गरिदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका प्रतिनिधि भन्दै नेपाल फर्किन चाहेका केही नेपालीहरुलाई उनीहरुले टेलिफोन गर्दै नगद रकम दिन र आफ्नो सिट सुरक्षित गर्न भनिरहेका छन् । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले यस्ता ठगसँग सचेत रहन, कसैलाई पनि नगद रकम नदिन […]

ब्रिटिस आर्मी हुँ भनी महिलाहरुलाई ठगी गर्ने युवक पक्राउ

१ साउन, काठमाडौं । ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-८ का दीपक मोक्तान भन्ने ३३ वर्षीय दीपक लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार दिउँसो कोटेश्वर चोकबाट पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा दीपक मोक्तान नामको फेसबुक आईडीबाट उनले आफू ब्रिटिश लाहुरे […]

ठगीको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ

९ असार, काठमाडौं । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको […]

सहकारीले दिएको तनाव : बचतकर्ताको साँवा पनि गुम्ने खतरा

५ असार, काठमाडौं । सहकारी संस्थाहरूले सर्वसाधारणहरूको निक्षेप लिएर मनपरी गर्ने गरेका समाचारहरू बेलाबखतमा आउँछन् । साधारण समयमा पनि सर्वसाधारणहरूलाई सास्ती दिने सहकारी संस्थाहरूले लकडाउनपछि झनै तनाव दिन थालेका छन् । सर्वसाधारणहरूलाई फकाएर निक्षेप राख्न लगाउने अनि पछि ब्याज होइन साँवा समेत फिर्ता गर्न सहकारीहरूले आनाकानी गर्ने गरेका छन् । सिभिल बैङ्कका अध्यक्ष तथा पूर्वसांसद […]