Comments Add Comment

सर्वोच्च अदालत

List Grid
फाइल नभेटिएको लिखित जवाफ लिएर अख्तियारका सचिव सर्वोच्चमा

८ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दा हेर्ने अनुसन्धान अधिकृत तोकिएको फाइल नभेटिएको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरेको छ । अदालतले पटक पटक ताकेता गर्दा पनि फाइल पेश नगरेको भन्दै तत्कालिन सचिव महेश्वर न्यौपानेलाई १५ दिनभित्र लिखित कारणसहित उपस्थित हुन आदेश दिएको थियो । […]

सर्वोच्चकै आदेश किर्ते गरी जग्गा किनबेच, ७ जना पक्राउ

७ फागुन, वीरगञ्ज । सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा बाराबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । दुईवटा फरक-फरक जग्गा किर्ते गरी बेचेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरपालिका-१८ बस्ने ४९ वर्षीय बलराम रौनियार, बहुदरमाई नगरपालिका-३ […]

ललिता निवास जग्गा प्रकरण : सर्वोच्चले माग्यो अख्तियारसँग लिखित जवाफ

२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ । ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय मन्त्रिपरिषद बैठकबाट गर्ने तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण पेश गर्न अख्तियारलाई आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल […]

सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रता नियन्त्रणमुखी छ : सर्वोच्च बार

१ माघ, काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसन, मानव अधिकार समितिले संसदमा विचाराधीन सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न लागेको निष्कर्ष निकालेको छ । ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा समेत कठोर सजायको भागीदार बन्नुपर्ने अवस्था सिर्जना गर्ने गरी सरकारद्वारा कानून प्रस्ताव गर्नु गम्भीर चिन्ताको विषय हो’ समितिका संयोजक वरिष्ठ […]

लोक सेवाले मानेन सर्वोच्चको निर्देशन : विपन्नप्रति विभेद यथावत

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले विपन्न परिवारका आवेदकबाट शुल्क नलिन निर्देशनात्मक आदेश दिए पनि लोक सेवा आयोगले अवज्ञा गरेको पाइएको छ । सर्वोच्चले २०७४ सालमा विपन्न परिवारका आवेदकबाट शुल्क नलिन आदेश दिएको थियो । तर, यो आदेश अहिलेसम्म कार्यान्वयन भएको छैन । लोक सेवा आयोगले नयाँ कर्मचारी भर्ना गर्दा विभिन्न पदमा छुट्टाछुट्टै शुल्क लिन्छ […]

प्रधानन्यायाधीशको स्पष्टीकरण : निजगढमा विमानस्थल बन्दा पर्नसक्ने असर बुझ्न अन्तरिम आदेश

१८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा वनजंगल, वन्यजन्तु तथा चराचुरुंगीहरुको बासस्थानमा पर्ने असरबारे बुझ्न तत्काल काम अघि नबढाउन अन्तरिम आदेश दिइएको बताएका छन् । आफू प्रधानन्यायाधीश भएको एक वर्ष पुगेका अवसरमा सर्वोच्च अदालतमा आयोजित पत्रकार सम्मेलनमा राणाले राज्यले गर्ने पूर्वाधार निर्माणका काममा अदालत बाधक नबन्ने बताए । उनले सरकारले गर्ने […]

गोठाटारमा १ अर्बको जग्गा हत्याउने प्रयास विफल, सरकारको नाममा रहने सर्वोच्चको फैसला

३१ असार, काठमाडौं । संघीय राजधानी काठमाडौंको गोठाटारस्थित करिब २६ रोपनी सार्वजनिक जग्गा गुठी र मोहीको कायम गर्ने प्रयासलाई सर्वोच्च अदालतले अस्वीकार गर्दै सरकारी श्रेष्ता कायम हुने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले सोमबार गुठी संस्थानले गुहृयेश्वरी चैत्य महाअष्टमी गुठीको तैनाथी कायम गरेको जग्गालाई सरकारको ठहर गरेको […]

सर्वोच्च अदालतको कडा आदेश– ३४ हजार नागरिकता खारेज नगर्नुको कारण के हो ?

१० वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ०५४ सालमा कानूनविपरीत वितरण गरिएका नागरिकता खारेज नगर्नुको कारण सरकारसँग माग गरेको छ । मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले ०५४ सालमा कानूनविपरीत वितरण भएको ठहरिएको र सर्वोच्च अदालतको खारेज गर्न आदेश दिएको नागरिकता खारेज नगर्नुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको हो । जितेन्द्रनारायण देव अध्यक्ष रहेको […]

सर्वोच्च अदालतको कडा आदेश– ३४ हजार नागरिकता खारेज नगर्नुको कारण के हो ?

१० वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ०५४ सालमा कानूनविपरीत वितरण गरिएका नागरिकता खारेज नगर्नुको कारण सरकारसँग माग गरेको छ । मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले ०५४ सालमा कानूनविपरीत वितरण भएको ठहरिएको र सर्वोच्च अदालतको खारेज गर्न आदेश दिएको नागरिकता खारेज नगर्नुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको हो । जितेन्द्रनारायण देव अध्यक्ष रहेको […]

सर्वोच्चमा चोलेन्द्रका सय दिन : लोकरिझ्याईँ कि आफ्नै बाटोमा एम्बुस ?

२९ चैत, काठमाडौं । प्रधानन्यायाधीश भएपछि न्यायपालिकामा शुद्धीकरण अभियान थालेको सन्देश दिन खोजेका चोलेन्द्र शमसेर जबरा १०० दिन नपुग्दै न्यायाधीश सिफारिस प्रकरणमा आलोचित भए । दलीय भागवण्डाका आधारमा सर्वोच्चमा न्यायाधीशहरु (जसको भोलि प्रधानन्यायाधीश हुने रोलक्रमसमेत मिलाइएको छ) सिफारिस भएपछि कानून व्यवसायीहरुले मात्र होइन, सर्वोच्चकै बहालवाला न्यायाधीशहरु समेत प्रश्न उठाएका छन् । यद्यपि जबराले सामूहिक राजीनामाको […]

सर्वोच्चको फैसलाको पूर्णपाठ : एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्नू

२६ चैत, काठमाडौं । सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलबाट लाभकर असूल उपर गराउन र करको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण तथा शेयर विक्री अनुमति रोक्न आदेश दिएको छ । सर्वोच्चले माघ २३ मै गरेको फैसलाको पूर्णपाठ मंगलबार महान्यायाधिवक्ता कार्यालयमार्फत सम्बन्धित निकायमा पठाइएको छ । ३९ पेज लामो पूर्ण पाठमा लाभ कर बुझाउने दायित्व टेलिया सोनेर […]

सर्वोच्चको आदेशको विरोधमा वीरगञ्जमा प्रदर्शन

२६ चैत, वीरगञ्ज । जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्रलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ । सरकारमै सहभागी संघीय समाजवादी फोरम नेपाल निकट युवा र विद्यार्थी संगठनमा आवद्ध नेता कार्यकर्ताहरुको सहभागीतामा वीरगञ्जमा प्रदर्शन गरेका हुन् । फोरम नेपालको वीरगञ्ज महानगर कमिटी अध्यक्ष ईश्वर […]

न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

७ फागुन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । २०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको […]

न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

७ फागुन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । २०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको […]

गोपाल पराजुलीलाई घर पठाउने निरौला बने सर्वोच्चको मुख्य रजिष्ट्रार

९ माघ, काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौला नियुक्त भएका छन् । न्याय परिषदका सचिव निरौलालाई बढुवा गरी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पदस्थापन गरिएको हो । न्याय सेवा आयोगको बैठकले निरौलाको बढुवा गरेको हो । यसअघिका मुख्य रजिष्ट्रार डा.राजन भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि रिक्त रहेको स्थानमा निरौलालाई बढृुवा र पदस्थापन गरिएको […]

विप्लव निकट कर्मचारीद्वारा समायोजन अध्यादेशविरुद्ध रिट दायर

३० पुस, काठमाडौं । कर्मचारी समायोजन अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ । नेकपा निकट विप्लव सम्बद्ध राष्ट्रिय कर्मचारी महासंघ नेपालका महासचिव अमरसिंह ओलीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रशासन समूह र लेखा समूहका कर्मचारीहरुले पनि सर्वोच्चमा अध्यादेशविरुद्ध छुट्टाछुट्टै रिट दायर गरेका छन्। विप्लव निकट कर्मचारीद्वारा दायर रिटमा माथिल्ला र तल्ला कर्मचारीहरुबीच […]

सर्वोच्चमा चोलेन्द्रको डिपार्चरः लामो दौडको तीव्र गति !

२१ पुस, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिबाट चोलेन्द्र शमसेरलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेर बाहिर निस्कँदै गर्दा नेकपाका एक सांसदले भनेका थिए- हामीले उहाँलाई हिजो (४ वर्षअघि) दिएको  मत सच्यायौं, अब सच्चिएर हाम्रो मतको सम्मान गर्ने पालो चोलेन्द्र श्रीमानको । चार वर्षअघि संसदीय समितिमा चोलेन्द्रलाई सर्वोच्च अदालतको न्यायाधीश अनुमोदन गर्ने बेला तत्कालीन एमाले, माओवादी र नेकपा […]

सर्वोच्च अदालतमा नेकपाको छायाँ ! दीपकराजलाई घरविदा

२० पुस, काठमाडौं । चोलेन्द्र समशेर जबराले आफू प्रधानन्यायाधीश बनेकै दिनदेखि सत्तारुढ नेकपालाई खुशी पार्ने खालका कामकारवाही गर्न थालेका छन् । चोलेन्द्र समशेर प्रधानन्यायाधीश बन्नुअघिसम्म कानूनमन्त्री भानुभक्त ढकालले न्याय परिषदको बैठक बहिस्कार गर्दै आएका थिए । अहिले राणाले कानुनमन्त्रीलाई खुशी पारिसकेका छन् । संसदीय सुनुवाई समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि मन्त्री ढकालले जोशी सहभागी […]

सर्वोच्च अदालतमा नेकपाको छायाँ ! दीपकराजलाई घरविदा

२० पुस, काठमाडौं । चोलेन्द्र समशेर जबराले आफू प्रधानन्यायाधीश बनेकै दिनदेखि सत्तारुढ नेकपालाई खुशी पार्ने खालका कामकारवाही गर्न थालेका छन् । चोलेन्द्र समशेर प्रधानन्यायाधीश बन्नुअघिसम्म कानूनमन्त्री भानुभक्त ढकालले न्याय परिषदको बैठक बहिस्कार गर्दै आएका थिए । अहिले राणाले कानुनमन्त्रीलाई खुशी पारिसकेका छन् । संसदीय सुनुवाई समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि मन्त्री ढकालले जोशी सहभागी […]

दीपकराज जोशीको सबै जिम्मेवारी खोसियो, कार्यकक्ष पनि रहेन

१९ पुस, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुमाथि निगरानी थालेका छन् । राणाको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद बैठकले न्यायाधीशउपर आउने गुनासा र टिकाटिप्पणी सन्दर्भमा तत्काल सम्बोधन गर्ने संयन्त्र तोकेको छ । प्रधानन्यायाधीश र न्यायिक अनुगमन तथा निगरानी संयन्त्रबाट न्यायाधीशहरुमाथि अनुगमन तथा निगरानी गर्ने र त्यसको प्रतिवेदन लिएर आवश्यक कदम चाल्ने परिषद्को निर्णय छ । […]

जोशीलाई प्रधानन्याधीशको सुझाव : अदालतलाई बन्धक नबनाउनुस्

१८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन सुझाव दिएका छन् । बुधबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानन्यायाधीश जबराले जोशीलाई अदालतलाई बन्धक नबनाउन र निकास दिन आग्रह गरे । ‘वरिष्ठ न्यायाधीशको हिसाबले अब उहाँले अदालतलाई बन्धक बनाउनु हुँदैन, अदालतलाई अझै विवादमा पार्नु हुदैन, मेरो उहालाई हार्दिक अनुरोध छ, अदालतलाई […]