Comments Add Comment

प्रतिनिधिसभा चुनाव

List Grid
एमालेका ५ र कांग्रेसका २१ पुरुषलाई समानुपातिक सांसद हुने सौभाग्य

२५ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट संख्या तोक्ने तयारी गरेको छ । साथै त्यसमा कति महिला अनिवार्य पठाउनु पर्ने तोकेर दलहरुलाई पत्र पठाइने आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनको अन्तिम परीणाम आएलगत्तै आयोग प्रतिनिधिसभाको समानुपातिकतर्फ लागेको हो । प्रतिनिधिसभाको निर्वाचन भएर मतगणना सकिएको तीन महिना हुँदा पनि समानुपातिकको नतिजा सार्वजनिक […]

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ६२ करोड खर्चः निर्वाचन आयोग

२३ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड बढी खर्च भएको जनाएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । पुस १० र २१ मा गरी दुई चरणमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले १० अर्ब दिएको थियो । जसमध्ये ३० करोड पुँजीगत […]

डोल्पाले बनायो अर्को चुनावी रेकर्ड, एमालेका बुढालाई ७५ प्रतिशत मत

७ पुस, डोल्पा । निर्वाचनमा एक मत बढी ल्याए पनि जित र हार हुन्छ । अझ कतिपय अवस्थामा त बराबरी मत हुँदा गोलाप्रथाबाट समेत बिजेता घोषणा गरिएका छन् । प्रत्यक्ष निर्वाचनको विशेषतानै के हो भने,मत जति ल्याए पनि बढी मत ल्याउने बिजेत हुन्छ । उसले कति प्रतिशत मतदाताको मन जित्यो भन्ने प्रश्नले ठाउँ पाउँदैन । […]

प्रदेश २ मा फोरम-राजपालाई बहुमत, प्रदेशसभामा ५ दल

२ पुस, काठमाडौं । प्रदेश २ को समानुपातिकतर्फ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । तर, प्रदेशसभामा बहुमत भने राजपा-फोरम गठबन्धनको पुगेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकको मत गणना आइतबार सकिएको छ । जसमा कांग्रेसले सबैभन्दा बढी ३ लाख ७० हजार ५५० मत पाएको छ भने राजपाले ३ लाख १८ हजार ५२४ र […]

१० बजेसम्म २० प्रतिशत मतदान

२१ मंसिर, काठमाडौं । ४५ जिल्लामा जारी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा विहान १० बजेसम्म २० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा व्यापक मतदाताको सहभागितामा मतदान कार्य जारी रहेको छ । सुर्खेतको वीरेन्द्रनगरपालिकाको सरस्वती मा.वि. मतदान केन्द्रमा १०४ वर्षका ज्येष्ठ नागरिक […]

एकै व्यक्तिको दुईतिर नाम, दुईवटै परिचयपत्र

२० मंसिर, इलाम । निर्वाचन आयोगले एकै व्यक्तिको मतदाता नामावली दुई स्थानमा पठाएको पाइएको छ । मतदान केन्द्रमा कर्मचारीहरु पुगेर परिचय-पत्र वितरण गर्ने क्रममा यस्तो भेटिएको हो । इलाम नगरपालिका-५ की लाक्पा दिक्की तामाङ्गले सधै मतदान गर्ने केन्द्र नजिकैको साविक बरबोटे गाविस केन्द्र हो । तर, यस पटक भने उनलाई मतदान गर्न समस्या परेको छ […]

चुनावको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आयोगको अपील

२० मंसिर, काठमाडौं । दोस्रो चरण अन्तर्गत भोलि हने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि सुरक्षा बन्दोबस्त गरिएकोले ढुक्क […]

मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात

१९ मंसिर, कल्याणपुर सिरहा । मधेसमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ । कत्ल अर्थात हत्या । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवार जतिसुकै बलियो देखिए पनि कत्ल की रातले नतिजा उलटफेर बनाउन सक्छ । कत्लकी रातमा के सम्म हुन्छ ? एक सातासम्म मधेसको चुनावी रिपोर्टिङका क्रममा यस्ता धेरै कहानी सुनिए । साँच्चिकै कत्लकी […]

तारजालीभित्र मतगणनाको तयारी, सीसीटीभीबाट निगरानी

२० मंसिर, नुवाकोट । कोठाको चारैतिर सीसी टिभी । बाहिर प्यासेजमा पनि क्यामेरा, कम्तिमा १५ जना प्रहरी तैनाथ । कोठाको बीचमा तारजालीको पर्खाल । बिहीबार (भोलि) साँझ पाँच बजेदेखि हुने मतगणनाको लागि नुवाकोटमा गरिएको यो तयारी देख्दा केही आश्चर्य लाग्छ । मत गणनाका लागि उम्मेदवार र दलका प्रतिनिधिलाई अविश्वास गरिएको प्रस्टै थाहा हुन्छ । जिल्लाको […]

प्रमुख निर्वाचन आयुक्तको अपीलः सुरक्षाको बलियो प्रबन्ध छ, ढुक्क भएर मतदान गर्नुस्

१९ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पर्सी बिहीबार (२१गते) ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभानिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । सरकारले सुरक्षाको समेत बलियो प्रबन्ध गरेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आग्रह पनि गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने, […]

ताप्लेजुङमा मतगणना स्थलमा सीसी क्यामेरासँगै बार

१९ मंसिर, ताप्लेजुङ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएको ताप्लेजुङमा मतगणना स्थल तयार गरिएको छ । मतगणनाको क्रममा हुन सक्ने अराजक कि्रयाकलापलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाएको छ । मतगणना स्थलको सुरक्षा सम्बेदनशीलतालाई मध्यनजर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । साथै मतगणना स्थलमा काँडेतारको बार लगाइएको छ । मतगणनाको समयमा राजनीतिक […]

प्रदेश १ मा ६०२ उम्मेदवार चुनावी मैदानमा, सुरक्षामा २० हजार बढी प्रहरी

१९ मंसिर, विराटनगर । दोस्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एक नम्बर प्रदेशमा ६०२ उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणमा एक नम्वर प्रदेशका सात जिल्लाबाट प्रतिनिधि सभातर्फ २१ र प्रदेश सभाका लागि ४२ जना निर्वाचित हुनेछन् । प्रतिनिधि सभा सदस्यका लागि २ सय २५ र प्रदेश सभा सदस्यका लागि ३ […]

दार्चुलाका मतगणना स्थलमा सीसी क्यामरा जडान

१९ मंसिर, दार्चुला । दार्चुलाको जिल्ला सदरमुकाम खलंगास्थित तोकिएका दुई मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको छ । १ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको तयारी स्वरुप मतगणना हुने कोठामा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने काम गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । जिल्ला प्रशासन कार्यालय नजिकै रहेको […]

रुपन्देही १ को चुनावः ०७० सालकै प्रतिस्पर्धी मैदानमा

१८ मंसिर, बुटवल । मंसिर २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देही क्षेत्र नम्बर १ मा २०७० सालको संविधानसभा निर्वाचनका मुख्य प्रतिस्पर्धीबीच नै भिडन्त हुँदैछ । यहँ वाम र लोकतान्त्रिक गठबन्धनबीच कडा टक्कर हुने देखिन्छ । वाम गठबन्धनबाट एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस रूपन्देही सभापति अब्दुल रज्जाक उम्मेदवार छन् […]

कञ्चनपुर-२ मा पूर्वमन्त्री साउद र एमालेका धामीबीच जितको होडबाजी

१८ मंसिर, महेन्द्रनगर । झलारीको चुनावी अभियानमा भेटिएका पूर्वमन्त्री एनपी साउद ढुक्कझैं देखिन्थे । चुनावी माहोल कस्तो छ ? उनको जवाफ थियो, ‘प्रतिस्पर्धा छ, तर चुनाव जित्छु ।’ उनको बुझाइमा उक्त क्षेत्र पहिलेदेखि नै कांग्रेसको आधारभूमि हो । स्थानीय तह र त्यसअघिका चुनावको मत विश्लेषण गर्दा पनि कांग्रेस बलियो रहेको उनको भनाइ छ । उनले […]

गुल्मीको चुनावः साख जोगाउने र भत्काउने प्रतिस्पर्धा

 १८ मंसिर, तम्घास । गुल्मीको निर्वाचनमा नेपाली कांग्रेस र वाम गठबन्धनबीचको प्रतिस्पर्धालाई जिल्लादेखि केन्द्रसम्म चासोका साथ हेरिएको छ । पुरानो किल्ला जोगाउने र भत्काएर नयाँ निर्माण गर्ने नेताहरुबीचको खेल निकै रोचक बन्दै गएको छ । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा तीन वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा अहिले दुई वटा मात्र क्षेत्र रहेका छन् भने चार […]

कञ्चनपुर-३ मा मामा-भान्जाको रोचक भिडन्त

१७ मंसिर, महेन्द्रनगर । नातामा मामा-भान्जा पर्छन्, कांग्रेस नेता रमेश लेखक र वाम गठबन्धनका उम्मेदवार डा. दीपकप्रकाश भट्ट । मामा कांग्रेसका हेभिवेट र भाञ्जा राजनीतिशास्त्रका विद्यावारिधि । मतदाताबीच मामाले जित्छन् कि भाञ्जाले भन्ने बहस चुलिएको छ, यतिबेला । मामाले आफ्नो जित सुनिश्चित भएको बताइरहेका छन् भने भान्जा उनलाई पछि पार्न प्रयासरत देखिन्छन् । यी दुवै […]

काठमाडौं १० मा हितमान शाक्यलार्इ जनमोर्चाको समर्थन

१७ मंसिर, काठमाडौं । काठमाडौंमा क्षेत्र नं. १०  मा राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ । क्षेत्र नं. १० मा वाम गठबन्धनका प्रतिनिधिसभातर्फका उम्मेदवार माओवादी केन्द्रका हितमान शाक्यलाई आफूले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार गणेश कुँवरले जानकारी दिए । यस्तै प्रदेशसभातर्फ ‘क’ मा वाम गठबन्धनका दिलिप महर्जन र ‘ख’ मा रमा आलेलाई समर्थन […]

रुकुम पश्चिमका दुई स्थानमा पुनः मतदान

१४ मंसिर, रुकुम । यही मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा शुक्रबार पुनःमतदान भएको छ । मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदानस्थल (ख) मतदान केन्द्रमा पुनःमतदान भएको हो । मतदानका क्रममा आइतबार मतपत्रमा तेजाब राखेर मतपेटिकामा खसाल्दा […]

बहुमत सिट जित्ने कांग्रेसको दावी

१५ मंसिर, काठमाडौं । काग्रेसले प्रतिनिधि र प्रदेशसभा चुनावमा बहुमत ल्याउने दावी गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले प्रतिनिधिसभा र प्रतिनिधिसभा चुनावमा आफ्नो पार्टीले सहजै बहुमत ल्याउने बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी संयोजक खाँडले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि आफ्नो पार्टीले अग्रता […]

पहिले जसले हरायो, अहिले उसैलाई जिताउने जिम्मा !

१५ मंसिर, लहान । दोस्रो संविधानसभामा माओवादी अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी थिए लीलानाथ श्रेष्ठ । सिरहाको तत्कालीन क्षेत्र नम्बर ५ मा प्रचण्डसँग ९ सय मतान्तरले पराजित भएपछि धाँधली गर्दै हराइएको भन्दै श्रेष्ठ अदालतसम्म पुगे । तर, अहिले अवस्था फेरिएको छ । देशभर चुनावी तालेमल गरेका एमाले र माओवादी केन्द्रबाट सिराहा ३ मा साझा उम्मेदवार बनेका छन् […]