Comments Add Comment

केपी ओली

List Grid
माधव नेपालहरूले पार्टी एकता गर्न पहल गरेनन् : केपी ओली

१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भव नहुने बताएका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपालहरूले एकताबद्ध बनाउन कुनै पहल नगरेको बताए । ‘मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरुसँग भेटघाट भयो । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै […]

अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुँदैछ । दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो । हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो । साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच […]

एमाले विभाजन : घोषणा मात्रै बाँकी !

६ वैशाख, काठमाडौं । झण्डा र व्यानर एउटै प्रयोग भइरहेपनि व्यावहारिक रूपमा प्रष्ट दुई संगठन संरचनामा सञ्चालन भइरहेको नेकपा एमालेको विवाद निर्वाचन आयोग पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरू वैधानिक नभएको भन्दै खारेज गर्नुपर्ने मागसहित माधवकुमार नेपाल समूहले आइतबार मात्रै आठ पृष्ठ लामो निवेदन आयोगमा दर्ता गराएको हो । यो समूहले अदालतको […]

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन : जुनसुकै बेला निर्वाचन हुन सक्छ

६ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने बताएका छन् । संसद पुनर्स्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्या समाधान हुने सम्भावना एकदमै कम रहेको उनले बताए । सोमबार बालुवाटारमा बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले अध्यक्ष ओलीका राजनीतिक प्रतिवेदन पास गरेको छ […]

प्रधानमन्त्रीको आग्रह : छिमेकमा कोरोनाको संक्रमण बढ्दैछ, सावधानी अपनाऔं

२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सेचत बन्न आग्रह गरे। उनले अहिले नै सतर्कता नअपनाए […]

केपी ओली र माधव नेपाल बीच भेटवार्ता हुँदै

२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो । ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार भएनन् । त्यसपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ । […]

संसद विघटन : ओलीका तर्कहरुको मैझारो !

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतबाट फैसला आउने दिन नजिकिएको छ । शनिबार बिराटनगरमा सुवास नेम्वाङले गरेको भाषणलाई पत्याउने हो भने सर्वोच्चले फागुन ११ देखि १५ गतेको वीचमा फैसला सुनाउने छ । अदालतले फैसला सुनाउने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री केपी ओली अत्तालिएको कांग्रेस नेता रामचन्द्र पौडेलको दाबी छ । सप्तरी पुगेका कांग्रेस नेता पौडेलले आइतबार त्यहाँ […]

प्रदेश प्रमुख झालाई ओली समर्थित युवा संघले लगाइदियो १०१ किलोको माला

९ फागुन, जनकपुरधाम । प्रदेश २ को प्रमुखमा नियुक्त राजेश झा कार्यभार सम्हाल्न अस्थायी राजधानी जनकपुरधाम आएका छन् । आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरेका छन् । ओली समूहको राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जीब झासहितको टोलीले प्रदेश प्रमुख झालाई १ सय १ किलोको माला लगाएर स्वागत गरे । […]

ओली पक्ष भन्छ- पाँच सफलता पाइयो, अर्को भन्छ- प्रतिगमन सिद्ध भयो

५ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आज दुई महिना पुगेको छ । दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् भंग गरिएपछिका यी दुई महिना राजनीतिक दलहरुवीच शक्ति प्रदर्शन एवं राजनैतिक/संवैधानिक अन्योलमै बितेका छन् । संसद् विघटन विरुद्ध परेको मुद्दा अहिलेसम्म सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको […]

केपी ओलीको सत्ता कब्जा यात्रा !

‘तानाशाहीकरण कसरी हुन्छ भन्दा राज्यका सबै अंगलाई जब कार्यकारिणीले वंशीभूत गर्छ, विभिन्न ढंगले त्रसित बनाउँछ र नियन्त्रणमा लिन्छ । अनि, नियन्त्रण-सन्तुलन गुम्छ । नियन्त्रण-सन्तुलनका अंग गुम्छन् । राज्यका सबै अंग कार्यकारिणी अर्थात् सरकारका रबर स्ट्याम जस्ता बन्छन् । तब तानाशाही हुन्छ । नत्र त तानाशाहीलाई अदालतले हटाइदिन्छ । अर्कोले हटाइदिन्छ । अर्कोले मान्दैन, उसको स्वतन्त्र […]

ओलीले आफू हार्ने निर्वाचन गराउँदैनन्

आजकल नेपालमा कहिँ नभएको जात्राँ हाडी गाउँमा भनेजस्तो चटारो छ । निर्वाचनमा करिब दुईतिहाई मतदाताको समर्थन पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएर एकअर्काको विरोधमा देशव्यापी अभियान चलाइरहेको छ । एउटा समूह संसदमाथि गरेको प्रहारको औचित्य साबित गर्न र त्यसमा समर्थन जुटाउने प्रयासमा छ । अर्को समूह संसद पुनर्स्थापनाको माग गरिरहेको छ । […]

‘प्रतिगमनको विरोध गरिरहन सधैं प्रतिबद्ध छु’

नेपाली निबन्ध र आख्यानमा राजनीतिक स्वाद दिने अग्रणी लेखकमा पर्छन् नारायण ढकाल । तीनदशक बामपन्थी राजनीति गरेका उनी २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट संसद सदस्य बनेका थिए । ढकाल काठमाडौंको काँठ क्षेत्र मूलपानीका रैथाने हुन् । तत्कालीन नेकपा (एमाले) का कर्मठ सदस्य उनी दुई दशकयता भने एक किनारमा उभिएर सुस्केरा मार्दै […]

प्रधानमन्त्रीज्यू, बहस गर्न इजलासमा आउनुस्

मेरो गुरु हुनुहुन्छ, भुवन ढुंगाना । उहाँले आफ्नो पुस्तक परित्यक्तामा लोग्ने मान्छे, स्वास्नी मान्छे, त्यसपछि मान्छेहरु खोज्नु भएको छ, त्यसपछिका विचारहरु खोज्नु भएको छ । पुस्तकको निचोड छ, मान्छेले देहले आत्महत्या गर्ने होइन, विचारको हत्या गर्छ । त्यसकारण अहिलको प्रश्न आत्महत्या गर्ने कि नगर्ने भन्ने हो । यो भनेको विचारलाई सक्ने कि नसक्ने भनेको हो […]

‘माओवादी पनि बिग्रिए, ओलीचाहिँ प्रतिगामी ठहरिए’

१५ पुस, काठमाडौं । कवि एवं गीतकार भूपाल राई मूलतः संस्कृतिकर्मी हुन् । लोकप्रिय गीतकारको परिचय बनाएका उनी समावेशिता, धर्मनिरपेक्षता र पहिचानको आन्दोलनमा चार दशकदेखि सक्रिय छन् । ‘सुम्निमाको तस्वीर’, ‘दाजै ! कविता गाउँमै छ’ लगायत चारवटा कवितासंग्रह तथा ‘पूर्वै जाने रेल’, ‘खोइ त बुटजुत्ता’ जस्ता दर्जनौं लोकपि्रय गीतका स्रष्टा राई साहित्यलाई प्रतिरोधको अस्त्र मान्छन् […]

वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन् : प्रचण्ड

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् । ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’ संसद विघटनको विरोधमा […]

प्रचण्ड-नेपाल पक्षको व्यंग्य- केपी ओलीको चुनाव चिह्न बयलगाडा

१३ पुस, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्न भन्दै व्यंग्य गरेका छन् । कर्णाली  प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान पत्रकार सम्मेलन बोल्दै प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य बिष्णु रिजाल र निरज आचार्यले प्रधानमन्त्री ओली समूहप्रति […]

‘केपीको हालत सीपीको जस्तै हुन्छ, प्रचण्ड-माधवको शैली मिल्दैन’

मलाई लाग्छ, नेकपामा अहिलेको तामझामले नै भोलिको परसम्मको निर्णय त गरिहाल्दैन । किनभने हामीले एमालेबाट फुटेर माले बनाउँदा पनि तामझाम सानो थिएन । दुई/तीन महिनासम्म त जम्मै एमाले नै हामीले नै ल्याउँछौं कि जस्तो थियो । पछि फेरि विस्तारै मान्छेहरू फर्किँदै आफ्नै ठाउँमा गए । अहिले तलका अलि स्वतन्त्र खालका कार्यकर्ताहरुले ओलीले नै पार्टीलाई विभाजनमा […]

मध्यावधि चुनाव : गिरिजा र देउवाकै पथमा केपी ओली !

५ पुस, काठमाडौं । २०४६ सालको प्रजातन्त्रको पुनर्स्थापनापछि सत्तारुढ दलकै आन्तरिक द्वन्द्वका कारण जनताको निर्वाचित थलो संसदले पूरा कार्यकाल पूरा गर्न पाएन । त्यसयता संसद भंग भएको यो तेस्रो पटक हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा भंग गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्न गरेको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत […]

नेकपालाई पचेन बहुमत : जनादेशमाथि धोका

५ पुस, काठमाडौं । विसं २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनलाई जनताले झण्डै दुईतिहाइ मत दिनुको कारण थियो- लामो राजनीतिक अस्थिरताको अन्त्य भई मुलुक राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा जाओस् । चुनावी अभियानमा तत्कालीन वाम गठबन्धनले अगाडि सारेको राजनीतिक स्थिरता र समृद्धिको नाराले धेरै नेपालीको मन […]

प्रधानमन्त्री ओलीको प्रस्ताव : प्रचण्डको प्रस्ताव खारेज गरौं, भदौ २६ मा फर्कौं

१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज गर्ने र भदौ २६ को स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्कन प्रस्ताव गरेका छन् । शनिबार बसेको पार्टी सचिवालयको बैठकमा ३७ पेज लामो प्रस्ताव पेश गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले आफूमाथि अर्का अध्यक्षले लगाएको आरोप खारेज […]

केपी ओलीको प्रस्ताव : नयाँलाई दिने, तर कसलाई ?

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चालु कार्यकाल पूरा भएपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदमा नदोहोरिने पटक-पटक बताउँदै आएका छन् । अब सरकार र पार्टी दुबैको नेतृत्व पुराना नेताहरुले नलिई ‘नयाँ’लाई दिनुपर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले पार्टीका बैठक र सार्वजनिक फोरमहरुमा बताउने गरेका छन् । पहिल्यै प्रधानमन्त्री भइसकेका वा पार्टीको प्रमुख चलाइसकेका […]