Comments Add Comment

निर्वाचन आयोग

List Grid
नेकपाको वैधानिक विवाद निरुपण शुरु भयो : प्रमुख निर्वाचन आयुक्त

१० पुस, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन् । पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका नेताहरुलाई प्रमुख आयुक्त थपलियाले तोकिएको अवधिभन्दा अगाडि नै विवाद निरुपण प्रक्रिया शुरु हुने बताएका हुन् । थपलियाले प्रचलित कानून र सर्वोच्च अदालतको नजीरहरुका आधारमा वैधानिकताबारे […]

छोडेर जानेले घर पाउँदैन, सूर्य चिह्न हाम्रै हो : पाण्डे

८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मंगलबार बबरमहलमा बसेको स्थायी कमिटी र केन्द्रीय समिति बैठक नै आधिकारिक भएको दाबी गरेका छन् । २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बोकेर बुधबार निर्वाचन आयोग पुगेका पाण्डेले प्रचण्ड–माधव समूह नै आधिकारिक भएको र सूर्य चिह्न आफूहरूले पाउने बताएका छन् । प्रस्तुत छ, केन्द्रीय […]

प्रचण्ड-माधव समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ । बुधबार स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निस्कासन गरेकोलगायतका निर्णयहरु पेस गरेको हो । नेता पाण्डेका […]

प्रचण्ड–माधव समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै

८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएका छन् । नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा जान लागेको जानकारी दिए । ‘३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित केहीबेरमा आयोग पुग्दैछौं’, पोखरेलले अनलाइनखबरसँग भने । […]

ओलीलाई कारबाही गरेको निर्णय बोकेर प्रचण्ड-माधव समूह निर्वाचन आयोगमा

८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड- माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ । मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयनको निर्णय गरेको थियो । उक्त निर्णयबारे जानकारी गराउन बुधबार नेकपा केन्द्रीय सदस्य […]

निर्वाचन आयोगले स्थगित गर्यो मतदाता नामावली संकलन

८ पुस, काठमाडौं । मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ । अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसअघि निर्वाचन आयोगले करारमा समेत […]

ओली समूहले निर्वाचन आयोगमा पठायो केन्द्रीय कमिटी पुनर्गठनको पत्र

७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पुर्‍याएको छ । ‘केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धि पत्र निर्वाचन आयोगमा आइपुगेको छ’ एक आयुक्तले भने, ‘केन्द्रीय सदस्यहरूको सूची साँझसम्म पठाउने जानकारी पाएका छौं ।’ ती आयुक्तका अनुसार पत्रमा केन्द्रीय कमिटी पुनर्गठनको मिति भने सोमबारको राखिएको […]

एकै चरणमा चुनाव गराउन प्रधानमन्त्रीलाई निर्वाचन आयोगको सुझाव

५ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका थिए । त्यस क्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते सरकारले मध्यावधि निर्वाचन गर्ने प्रस्ताव गरेको जानकारी गराएका थिए । आयोगका पदाधिकारीले […]

निर्वाचन आयोगमा भण्डारी र तुलाधर सिफारिस

५ पुस, काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको सदस्यमा दुई सदस्य नियुक्त गर्न सिफारिस गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिको सिफारिस गरेको हो । स्रोतका […]

दलहरूलाई निर्वाचन आयोगको प्रश्न- संघीयतामा कहिले जाने ?

१३ असोज, काठमाडौं । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै देश संघीय संरचना गएको ५ वर्ष भइसक्यो । तर त्यही संविधान जारी गर्ने राजनीतिक दलहरूले आफ्ना संरचनालाई भने अझैसम्म संघीय स्वरूपमा ढाल्न सकेका छैनन् । दलहरूले संविधान अनुसारका संरचना बनाएको विवरण प्राप्त नभएको भन्दै निर्वाचन आयोगले उनीहरूलाई ध्यानाकर्षण गराएको छ । आयोगको कानुन तथा राजनीतिक दल […]

७८ दलले बुझाएनन् खर्च विवरण, साझा पनि चुक्यो

११ असोज, काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका १३२ मध्ये ७८ दलले आर्थिक वर्ष २०७५/०७६ को आयव्यय विवरण निर्धारित समयभित्र आयोगलाई नबुझाएको भेटिएको छ । आर्थिक पारदर्शिता र जवाफदेहिताको वकालत गर्ने साझा पार्टीसमेत समयमा विवरण बुझाउन चुकेको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र आयव्यय विवरण आयोगमा बुझाउनुपर्छ । आयोगमा बुझाएको […]

निर्वाचन आयोगको लापरवाही, फस्टायो मिल्दो चुनाव चिह्नको राजनीति

५ भदौ, काठमाडौं । निर्वाचन आयोगले बुधबार ‘नेकपा एमाले’ नामक दललाई दर्ता गर्ने निर्णय गर्‍यो । जम्मा पार्टी सदस्य संख्या २१ रहेको यो दल दर्ताका लागि आयोगमा निवेदन दिएदेखि नै चर्चामा छ । चर्चाको कारण हो, नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नु अघिको नेकपा (एमाले) सँग नाम र चुनाव […]

निर्वाचन आयोगले दर्ता गर्‍यो नेकपा एमाले

३ भदौ, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । तत्कालीन नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । त्यसयता एमाले अस्तित्वमा थिएन । नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल […]

सांसदहरुले भने – निर्वाचन खर्चिलो भयो, विकल्प खोज्नुपर्छ

१२ साउन, काठमाडौं । सांसदहरुले अहिलेको निर्वाचन खर्चिलो रहेको भन्दै मितव्ययी बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कार्यप्रगति सम्बन्धी वार्षिक प्रतिवेदनमा छलफल गर्दै सांसदहरुले अत्यन्त महँगो वर्तमान निर्वाचन प्रणालीबाट लोकतन्त्र र राजनीतिक मूल्य मान्यतामा असर पर्ने देखिएकाले विकल्पका लागि छलफल चलाउन सुझाव दिएका छन् । उनीहरुले भ्रष्टाचार मौलाउने […]

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

२५ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका […]

निर्वाचन आयोगमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन

१६ असार, काठमाडौं । निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन परेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताको निवेदन प्राप्त भएको पुष्टि गरे । ‘नेकपा एमाले दल दर्ताको लागि भनेर निवेदन आएको छ,  हामी जाँचबुझ गर्दै छौं,’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीको अध्यक्षको नाम सन्ध्या तिवारी लेखिएको छ […]

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको परिणाम

१५ माघ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर निर्वाचन प्रमुख आयुक्त थपलियाले राष्ट्रपति समक्ष राष्ट्रियसभा सदस्य निर्वाचन ऐनबमोजिम प्रतिवेदन पेश गरेका हुन् । यही फागुन ९ गते भएको मतदानबाट ०७६ साल फागुन […]

निर्वाचन आयुक्त दाहालले गरे मतदान केन्द्र अनुगमन

१३ मंसिर, भक्तपुर ।  मंसिर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरिएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले यहाँका विभिन्न मतदानस्थलको बिहीबार साँझ अनुगमन गरेका हुन् । उनले भक्तपुर नगरपालिका–१० मा पाँच वटा मतदान केन्द्र रहेको सरस्वती विद्यागृह मावि नवदुर्गा स्थानको मतदान केन्द्रको […]

आचार संहिता उल्लंघनका १६ उजुरी निर्वाचन आयोगमा दर्ता

१३ मंसिर, काठमाडौं । उपनिर्वाचनका क्रममा आचार संहिता उल्लंघनका १६ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएका छन् । आचार संहिता उल्लंघन भएको बारे मिडियामा आएका समाचारलाई पनि आयोगले नोटिसमा लिएको हुनाले यो संख्या अरु बढ्ने आयोगले जनाएको छ । ‘अहिलेसम्म निर्वाचन आयोगमा १६ वटा उजुरीहरु दर्ता भएका छन्,’ आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मिडियामा आएका समाचारहरुको […]

उपनिर्वाचनका लगि ५२ प्रकारका मतपत्र छापियो, सबैभन्दा लामो धरानको

५ मंसिर, काठमाडौं । १४ मंसिरमा हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र छापिएको छ । ती मतपत्र र निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिइएको छ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष […]

उपनिर्वाचनको मनोनयन दर्ता आज, के-के चाहिन्छ कागजात ?

१४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म  तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् । […]