Comments Add Comment

इजरायल

List Grid
इजरायलमा एक हजार नेपालीलाई मासिक २ लाख तलब दिने गरी खुल्यो जागिर

१२ साउन, काठमाडौं । सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो । यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् । एक […]

इजरायलले दिएको २० करोडको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

२४ असार, काठमाडौँ । इजरायलले नेपाललाई २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यका अनुसार ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्री सहयोग गरेको हो । कोभिड—१९ सँग सम्बन्धित इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा […]

ती इजरायली जासुस जो सिरियामा रक्षामन्त्री बन्दै थिए

काठमाडौं । जासुसहरुको दुनियाँमा पनि निकै अनौठो हुन्छ । जासुसहरु अर्को देशमा गएर त्यहाँको जासुसी गरी महत्वपूर्ण खुफिया जानकारीहरु आफ्नो देशको सम्बन्धित निकायमा पठाउँदछन् । यद्यपि यो कुरा सुन्न र भन्नमा जति सजिलो छ गर्नमा चाहिँ अप्ठेरो र जोखिमपूर्ण पनि हुन्छ । किनकी यसमा ज्यानकै खतरा हुन्छ जतिबेला पनि । यदि जासुसी गरिरहेको बेलामा अर्को […]

फाइजरको कोरोना खोपको प्रभावकारिता घटेको इजरायलको दाबी

२२ असार, काठमाडौं । इजरायलले फाइजर–बायोएनटेकले संयुक्तरुपमा विकास गरेको कोरोना खोपको संक्रमणको नियन्त्रणका प्रभावकारिता घटेको बताएको छ । सोमबार इजरायलले सामान्य लक्षण र लक्षण विनाको संक्रामक रोक्न कम प्रभावकारी देखिएको बताएको छ । यद्यपि यो खोप गम्भीर लक्षण देखिनबाट रोक्न भने निकै प्रभावकारी देखिएको छ । इजरायलमा भौतिक दूरीको नियम हटाइनु र डेल्टा भेरियन्टको संक्रमण […]

इजरायली सेनाको गोली लागेर प्यालेस्टाइनका एक युवकको मृत्यु

२० असार, काठमाडौं । शनिबार वेस्ट बैंक क्षेत्रमा इजरायली सेनाले चलाएको गोली लागेर एक प्यालेस्टाइन युवकको मृत्यु भएको छ । गत मे महिनामा युद्धविराम सम्झौतापछि साम्य भएको इजरायल–प्यालेस्टाइन हिंसा पुनः बढेको छ । इजरायलको सेनाले भने यो घटनालाई प्यालेस्टाइन र यहुदीबीचको ‘हिंस्रक झडप’ भएको बताएको छ । समाचार एजेन्सी एएफपीका अनुसार इजरायलको सेनाले भने उक्त […]

इरानको राष्ट्रपति चुनाव जितेका इब्राहिमबारे इजरायलको चिन्ता

६ असार, काठमाडौं । इजरायलले इरानको राष्ट्रपतिमा निर्वाचित भएका इब्राहिम राइसीको विषयमा अन्तर्राष्ट्रिय समुदायले गम्भीर ध्यानाकर्षण गर्नुपर्ने बताएको छ । इजरायलको विदेश मन्त्रालयका प्रवक्ता लाइओर हाइयातले राइसी इरानको इतिहासको सबैभन्दा अतिवादी राष्ट्रपति भएको बताएका छन् । नयाँ राष्ट्रपतिले इरानको न्युक्लियर गतिविधि बढाउन सक्ने उनको आशंका छ । शनिबार इब्राहिम राइसीलाई इरानको राष्ट्रपतीय निर्वाचनको विजेताको रुपमा […]

युद्धविराम सम्झौतापछि इजरायलद्वारा गाजापट्टीमा दोस्रो पटक आक्रमण

४ असार, काठमाडौं । गत महिना हमाससँग युद्धविरामको सम्झौता भएपछि इजरायलले दोस्रोपटक गाजा पट्टीमा आक्रमण गरेको छ । इजरायली लडाकु विमानले बिहीबार दोस्रोपटक गाजा पछ्छीमा श्रृङलाबद्ध आक्रमण गरेको हो । गत महिना हमाससँग ११ दिनको युद्धपछि दुवै पक्षबीच युद्धविरामको सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार गाजा क्षेत्रमा हमासका लडाकुहरु रहेको स्थानमा इजरायलको सेनाले […]

गाजा पट्टीमा इजरायलको हवाई आक्रमण

२ असार, काठमाडौं । इजरायलले गाजा पट्टीमा हमासको अड्डामा हवाई आक्रमण गरेको छ । इजरायको सुरक्षा बल (आईडीएफ)का अनुसार इजरायलमा हमासले आगो लगाउने बेलुनले आक्रमण गरेसँगै यो आक्रमण गरिएको हो । इजरायलको अग्नि नियन्त्रकका अनुसार मंगलबार गाजापट्टीबाट फ्याँकिएको आगो फैलाउने बेलुनको कारण धेरै स्थानमा आगलागी भएको थियो । बुधबार इजरायलको सेनाले गरेको आक्रमणको कारण गाजा […]

इजरायलमा प्रधानमन्त्री बनेका नेफ्टाली बेनेट को हुन् ?

३१ जेठ, काठमाडौं । इजरायलमा १२ वर्षपछि बेन्जामिन नेतान्याहूलाई सत्ताबाट हटाउँदै नेफ्टाली बेनेट प्रधानमन्त्री बनेका छन् । पछिल्लोपटक भएको आम निर्वाचनमा बेनेटको यामिना पार्टी पाँचौं स्थानमा थियो । तर, नेतान्याहूको पार्टी पहिलो भएको थियो । यद्यपि बेनेट नेतान्याहूलाई हटाउँदै आफूलाई प्रधानमन्त्री बनाउन समर्थन जुटाउन सफल भए । यससँगै नेतान्याहू इजरायलको प्रधानमन्त्री पदबाट बिदा भएका छन् […]

१२ वर्षपछि सत्ताबाट बाहिरिए नेतान्याहू, प्रधानमन्त्री बने बेनेट

३१ जेठ, काठमाडौं । इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू इजरायली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन् । पछिल्लो १२ वर्षसम्म इजरायली प्रधानमन्त्रीको रुपमा रहेका उनी संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदबाट बाहिरिनु परेको हो । संसदमा नेतान्याहुको पक्षमा ५९ सांसदको समर्थन मिल्यो भने विपक्षी गठबन्धनका उम्मेदवारलाई ६० सांसदले मत दिए । तीव्र प्रतिस्पर्धाका कारण उनले […]

इजरायलमा आज नयाँ सरकार गठन हुने, नेतान्याहू विपक्षी नेता

३० जेठ, काठमाडौं । इजरायलको सरकारले आइतबार गठबन्धनको नयाँ सरकारलाई अनुमति दिने सम्भावना छ । यससँगै इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको १२ वर्षको शासनकाल सकिनेछ । इजरायलमा बन्ने नयाँ सरकारसँग विपक्षीभन्दा केवल एक सिटमात्र धेरै हुनेछ । यद्यपि नयाँ सरकारले इजरायलमा पछिल्लो दुई वर्षदेखि देखिँदै आएको राजनीतिक अस्थिरताको भने अन्त्य हुने विश्वास लिइएको छ । इजरायलमा […]

इजरायली वैज्ञानिकले प्रयोगशालामै बनाए आमाको दूध, व्यवसायिक उत्पादनको तयारी

आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ भनिन्छ । स्तनपान बच्चाको लागि पर्याप्त पोषणको श्रोत हो र यसले बच्चाको सर्वाङ्गीण विकासमा सहयोग गर्दछ । आमाको दूधमा विभिन्न खाले पोषक तत्व हुन्छन् जसले शिशुलाई विभिन्न खाले गम्भीर रोगबाट बचाउँदछ । त्यसैले आमाको दूधलाई शिशुको सम्पूर्ण आहार भनिन्छ । बच्चालाई एक वर्षको हुन्जेल आमाको दूध चुसाउन सल्लाह […]

इजरायलमा विपक्षी गठबन्धनले प्रधानमन्त्री नेतान्याहूलाई हटाउने

२० जेठ, काठमाडौं । इजरायलमा विपक्षी गठबन्धनले सरकार गठन गर्ने घोषणा गरेको छ । विपक्षी गठबन्धनका विभिन्न पार्टीहरुबीच बुधबार यस विषयमा सहमति जुटेको हो । यसअघि इजरायलमा सरकार बनाउन बुधबारसम्मको समय दिइएको थियो । उक्त समयसीमा सकिनुभन्दा केही समयअघि विपक्षी गठबन्धनमा सहमति जुटेको हो । यससँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई प्रधानमन्त्रीबाट हटाउने बाटो खुलेको छ । […]

इजरायली प्रधानमन्त्री नेतान्याहूको पद धरापमा

१७ जेठ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पद जानसक्ने सम्भावना देखिएको छ । इजरायलमा नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना बलियो देखिएको हो । विपक्षी गठबन्धनले सरकार बनाउने तयारी गरेसँगै नेतान्याहूले उक्त गठबन्धन मुलुकको सुरक्षाको लागि खतरानक हुन सक्ने चेतावनी दिएका छन् । इजरायलका महत्वपूर्ण दक्षिणपन्थी नेता नेफ्टाली बेनेटदे नयाँ गठबन्धनमा सामेल हुने घोषणा गरेसँगै […]

इजरायल–प्यालेस्टाइन युद्धको अपराध छानविन गर्ने प्रस्तावमा नेपाल तटस्थ

१४ जेठ, काठमाडौं । इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भएको सम्भावित अपराधको छानविन गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपाल तटस्थ बसेको छ । गाजा क्षेत्रमा भएको द्वन्द्वका क्रममा युद्ध अपराध भएको हुनसक्ने राष्ट्रसंघको अनुसन्धानपछि छानविनमा जाने कि नजाने भन्ने सम्बन्धमा मतदान भएको थियो । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले छानविन गर्ने प्रस्ताव मतदानबाट पारित गरेको छ […]

इजरायल–प्यालेस्टाइन युद्धविराम : आफ्नो जित भएको दुवै पक्षको दाबी

७ जेठ, काठमाडौं । इजरायल र इस्लामिक संगठन हमासबीच युद्धविराम भएको छ । उक्त युद्धविरामलाई दुवै पक्षले आफ्नो जित भएको बताएका छन् । युद्धविराम सकिएसँगै ठूलो संख्यामा प्यालेस्टाइनी सडकमा ओर्लिएर जितको खुसी मनाएका छन् । हमासले अझै आक्रमण भए त्यसको जवाफ दिने प्रतिक्रिया दिएको छ । इजरायल र हमासबीच ११ दिनसम्म युद्ध भएपछि युद्धविराम भएको […]

प्यालेस्टाइनसँगको संघर्ष : युद्धविरामको लागि तयार भयो इजरायल

७ जेठ, काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजा क्षेत्रमा युद्धविरामको लागि मञ्जुरी दिएको छ । इजरायलले आधिकारिक बयान जारी गर्दै भनेको छ ‘इजिप्टले युद्धबिरामको प्रस्ताव राखेको थियो, यो आपसी सहमति र ‘विना शर्त’ लागू हुने छ ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार हमासको तर्फबाट पनि जारी गरिएको आधिकारिक बयानमा युद्ध बिरामको जानकारी दिइएको छ । उक्त […]

इजरायल–प्यालेस्टाइनबीच छिटै युद्धविराम हुने हमासको विश्वास

६ जेठ, काठमाडौं । इजरायलसँग युद्ध लडिरहेको संगठन हमासका अधिकारीले गाजा क्षेत्रका लडाकु र इजरायलसँग एक दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने बताएका छन् । यद्यपि अहिले दुवैतर्फ निरन्तर आक्रमण भइरहेको छ । यद्यपि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार ‘इजरायली नागरिकको शान्ति र सुरक्षा पुनः बहाल नभएसम्म’ युद्ध जारी रहने बताएका छन् । बिहीबार सबेरै […]

इजरायल–प्यालेस्टाइन द्वन्द्व : कुन देश कसको पक्षमा ?

४ जेठ, काठमाडौं । एक हप्तादेखि इजरायल र प्यालेस्टाइनबीच रक्तपातपूर्ण आक्रमण जारी छ । इजरायलको आक्रमणबाट गाजामा भारी क्षति पुगेको छ । इजरायलको आक्रमणबाट एक सातायता २ सय जनाको मृत्यु भएको गाजामा प्यालेस्टाइनको चरमपन्थी संगठन हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५९ बालबालिका र ३५ महिलासमेत रहेको उल्लेख […]

इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे चीनले गर्‍यो अमेरिकाको आलोचना

३ जेठ, काठमाडौं । इजरायल–प्यालेस्टाइनबीच जारी द्वन्द्वको विषयलाई लिएर चीनले अमेरिकाको चर्को आलोचना गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले आइतबार अमेरिकाले संयुक्त राष्ट्रसंघलाई यो हिंसाको विरुद्धमा खुलेर बोल्न नदिएको आरोप लगाएका छन् । उनले एक भर्चुअल कार्यक्रममा बोल्दै केवल एक मुलुकको कारण राष्ट्रसंघले एक स्वरमा आफ्नो कुरा राख्न नपाउनु दुःखद् रहेको बताएका छन् । […]

सञ्चारमाध्यमको कार्यालय ध्वस्त पारेको भन्दै इजरायलको आलोचना

२ जेठ, काठमाडौं । अमेरिकी समाचार एजेन्सी ‘द एसोसिएटेड प्रेस (एपी)’ र कतारको समाचार च्यालन ‘अल जाजिरा’ले आफ्नो कार्यालयमा इजरायलले गरेको आक्रमणको शनिबार भर्त्सना गरेका छन् । एपीले इजरायलले गरेको आक्रमणलाई ‘भयानक र स्तब्ध पार्ने’ किसिमको रहेको बताएको छ । त्यस्तै अलजाजिराले पत्रकारहरुलाई गाजा क्षेत्रमा इजरायलले आफ्नो काम गर्न रोकिरहेको आरोप लगाएको छ । शनिबार […]