Comments Add Comment

खेलकुद समाचार

List Grid
सरस्वतीलाई हराउँदै संकटा सातौं स्थानमा

काठमाडौं । साविक उपविजेता संकटा क्लबले यस सिजन शहीद स्मारक लिगमा सोही अनुसारको प्रदर्शन दोहोर्‍याउन सकेन । सिजनको आफ्नो अन्तिम खेलमा सरस्वती युथ क्लबलाई ६-२ ले पारजित गर्दै संकटाले शहीद स्मारक ए डिभिजन लिग २०७६ मा सुदख अन्त्य गरेपनि सातौं स्थान भन्दा माथि पुग्न सकेन। बिहीबारको जितपछि १३ खेलबाट १८ अंक जोड्दै संकटा सातौंमा उक्लेको […]

जुमानुको ह्याट्रिकमा पुलिसको जित

१ फागुन, काठमाडौं । जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगकाे आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ । मंगलबार बिहान भएको खेलमा फ्रेण्ड्सलाई ३–० ले पराजित गर्दै पुलिसले जित दर्ता गराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा तीनै गोल जुमानुले गरे । उनले ४९ औं, ५४ औं र ८५ […]

नेपाली क्रिकेट टिमको अन्तरिम प्रशिक्षकमा टमाटा

१ फागुन, काठमाडौं । उमेश पटवालको बिदाईसँगै प्रशिक्षक जगत टमाटाले नेपाल राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी सम्हाल्ने भएका छन् । अर्को प्रशिक्षक नियुक्त नहुँदासम्मका लागि टमाटालाई नै जिम्मेवारी दिने नेपाल क्रिकेट संघ (क्यान)को तयारी छ । भारतीय प्रशिक्षक पटवालले त्रिकोणात्मक सिरिजपछि विदा हुने गरी अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाइसकेका छन् । आईसीसी क्रिकेट वल्र्डकप लिग […]

जावलाखेल र हिमालयन शेर्पाले अंक बाँडे

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत १२औं चरणको अन्तिम खेलमा गोलको वर्षा हुँदा जावालखेल युथ क्लब र हिमालयन शेर्पा क्लले बराबरी खेल्दै अंक बाँडे । ६ गोल भएको खेलमा दुवै क्लबका एक-एक खेलाडीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । खेल ३-३ को बराबरीमा सकियो । यस बराबरीपछि जावालखेल शीर्ष ६ मा रहने […]

कीर्तिमानी जितसहित नेपालको सुखद अन्त्य

२९ माघ, काठमाडौं । ३ बलर र १२ ओभर । अमेरिकाको इनिङ्स धरासायी पार्न नेपाललाई यति नै काफी भयो । सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हरायो । नेपालले अमेरिकामाथि लगातार दोस्रो जितसहित आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजको सुखद अन्त्य गरेको छ । ओमानले […]

सन्दीपले गरे सुशनको तारिफ

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतमा त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदा सन्दीप लामिछाने एक्लैले ६ वकिट लिए । अमेरिकालाई ३५ रनमै अलआउट गरेको नेपालले ५.२ ओभरमा लक्ष्य पूरा गरेको थियो । अमेरिकालाई अलआउट गर्न नेपाली स्पीनरले नै १० विकेट लिएका थिए, जसमा सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिए […]

अमेरिकामाथि नेपालको शानदार जित, सन्दीपले लिए ६ विकेट

काठमाडौं । स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराएको छ र, आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा दोस्रो जित हात पारेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार अमेरिकालाई ८ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि […]

लोकेश राहुलको शतकले टरेन भारतको हार, न्यूजिल्याण्डद्वारा सिरिज ह्वाइटवास

२८ माघ, काठमाडौं । न्यूजिल्याण्डले तेस्रो खेल ५ विकेटले जित्दै भारतविरुद्धको एकदिवसीय क्रिकेट श्रृङ्खला ह्वाइटवास गरेको छ । तेस्रो ओडीआईमा लोकेश राहुलले शतक प्रहार गरे पनि भारतलाई हार टार्न पर्याप्त भएन । भारत ३ दशकयता पहिलो पटक सिरिजमा विपक्षीबाट ह्वाइटवास भएको हो । यसअघि १९८९ मा भिभियन रिचर्ड्सको वेष्ट इन्डिजले भारतमाथि ५ खेलको सिरिज क्लिन […]

पुलिसलाई हराउँदै मनाङ तेस्रो स्थानमा फर्कियो

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब केही घण्टापछि नै सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै मनाङले थ्री स्टारलाई अंक तालिकामा पछि पारेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङका लागि विमल राना र अन्जन […]

अमेरिकामाथि ओमान विजयी

२८ माघ, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टू अन्तर्गत मंगलबार भएको खेलमा ओमानले अमेरिकालाई ९२ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा २ सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९.१ ओभरमा १ सय ८४ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका बिलाल खान र अकिब इल्यासले ३/३ विकेट लिए […]

लिगमा भरत खवासले पूरा गरे ५० गोल

२८ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबका खेलाडी भरत खवासले शहीद स्मारक ए डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् । उनी यो उपलब्धी हासिल गर्ने सातौं नेपाली खेलाडी बने । जहिल्यै उपाधिको दाबेदार बन्ने तर अन्तिम समयमा चुक्दै आएको आर्मीले यस सिजन शुरु देखि नै उपाधि जित्ने लक्ष्य राखेको थियो । आर्मी अब उपाधिबाट एक कदम […]

एनआरटीलाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा उक्लियो

काठमाडौं । थ्री स्टार क्लब शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । १२औं चरणको खेल अन्तर्गत मंगलबार भएङ्को खेलमा एनआरटीलाई १-० ले पारजित गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारका लागि दिपेश घलेले एक मात्र गोल गरे । उनले ७८औं मिनेटमा गोल गरेका थिए […]

अमेरिकाविरुद्ध ओमानका दुई खेलाडीको शतक, २७७ रनको लक्ष्य

काठमाडौं । कप्तान जिसन मक्सुद र उपकप्तान अकिब इल्यासले शानदार शतक प्रहार गरेपछि ओमानले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई २७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७६ रन बनाएको हो । टिमको स्कोर ३१ हुँदा २ […]

भरत खवास लिगमा ५० गोल पूरा गर्ने सातौँ खेलाडी

काठमाडौं । भरत खवासले नेपालको शीर्ष श्रेणीको लिग शहीद स्मारक ए डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् । लिग अन्तर्गत मंगलबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध गोल गर्दे भरतले ५० औं गोल पूरा गरे । ब्रिगेड ब्वाइज क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले ३-० को सहज जित हात पार्ने क्रममा भरतले पहिलो गोल गरेका थिए । आर्मीका कप्तानसमेत […]

‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै

२८ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज पनि १२औं चरणका तीन खेल हुँदैछन् । सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । बिहान पौने ९ बजे सुरु हुने खेलमा दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ । ११ खेलबाट २६ अंकसहित आर्मी दोस्रो स्थानमा छ । ब्रिगेडलाई पराजित गरेमा आर्मी […]

ओमान र अमेरिकाबीचको दोस्रो खेल आज

२८ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपालसहित तीन राष्ट्र सहभागी सिरिजमा ओमान तीन खेल जित्दै अपराजित छ । ओमानले नेपाललाई दुवै खेल पराजित गरिसकेको छ भने अमेरिकालाई पनि पहिलो खेलमा पराजित गरेको […]

पउल स्टर्लिङले चितवन टाइगर्सबाटै ईपीएल खेल्ने

काठमाडौं : आयरल्याण्डका ब्याट्सम्यान पउल स्टर्लिङले एभरेष्ट प्रिमियर लिग २०२० (इपीएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् । चितवन टाइगर्स फ्रेन्चाइजले सोमबार एक विज्ञप्ति जारी गर्दै स्टर्लिङले यस पटक पनि चितवनबाट खेल्ने जनाएको हो । गत वर्ष पनि उनले चितवनबाट खेलेका थिए । चितवन यस सिजन स्टर्लिङलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि […]

राखेप सदस्य सचिवको अधिकार खोस्ने गरी खेलकुद विधेयकमा सहमति

११ पुस, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदको विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ माथि छलफल गरी अन्तिम रुप दिएको छ । सोमबार समितिले सर्वसम्मतिले पास गरेको विधेयकमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिवको एकल अधिकार कार्यकारी समितिमा रहने, राखेपजस्तै संयन्त्र प्रदेश र स्थानीय तहले निर्माण गर्न सक्ने लगायतका […]

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने नेपाली खेलाडीको म्याच फी ५ हजार

२७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले अब अतर्राष्ट्रिय क्रिकेट खेल्दा म्याच फी पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानको सोमबार बसेको बैठकले  एकदिवसीय र टी २० अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडीले प्रत्येक खेलको ५ हजार म्याच फी पाउने निर्णय गरेको हो । यही जनवरी २०२० देखि उक्त निर्णय लागू हुने क्यानले […]

संकटालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

२७ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगकाे सोमबारको खेलमा मछिन्द्र क्लब विजयी भएपछि उपाधि छिनाेफानाे अन्तिम चरणमा हुने भएकाे छ । जीतसँगै मछिन्द्र शीर्ष स्थानमा उक्लेपछि उपाधि हाेड राेमाञ्चक बनेकाे हाे । एन्फा कम्प्लेक्समा भएकाे खेलमा मछिन्द्रले संकटालाई ३-१ ले हरायाे । मछिन्द्रका लागि ४४ औं मिनेटमा मिनेटमा देवेन्द्र तामाङले पहिलाे गाेल गरेका […]

सावित्राको दुई गोलमा गोकुलम फाइनलमा, साविक विजेता सेथु बाहिरियो

काठमाडौं । नेपाली राष्ट्रिय टिमका दुई खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत एक अर्काविरुद्ध मैदानमा उत्रदा सावित्राको टिम गोकुलम केरला एफसी इन्डिन वुमन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सावित्राको दुई गोलको मद्दतमा गोकुलमले साविक विजेतासमेत रहेको सेथु एफसीलाई दोस्रो सेमिफाइनलमा ३-० ले पराजित गरेको हो । गतवर्ष सावित्रासँगै अनिता बस्नेतले पनि सेथुबाट खेलेकी […]