Comments Add Comment

हुम्ला

List Grid
गरीबहरूलाई के देश, के कालापहाड !

हिउँद भर्खरै शुरू भएको छ । मानिस खेतबारीको काम सकेर केही फुर्सदिला भएका छन् । कोरोनाको डर बाँकी नै छ तर थोरै मानिस मात्र डराए झैं गर्दछन् । पारि उहिले राजा महेन्द्रले फोटो खिचेर एक रुपैयाँ राखेको अजङ्गको चङ्खेली देखिन्छ । तल निलो मुगु कर्णाली बगिरहेको छ । वागमतीमा फोहोर गर्ने हामीलाई यस्तो दृश्यले चाहिं […]

भक्तपुर, ताप्लेजुङ र हुम्लामा एकीकृत समाजवादी गठन

२७ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले)को समानान्तर जिल्ला समितिका सचिव थिए । समितिको उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, […]

याल्बाङ गुम्बामा एक अनौठो नृत्य

१९ भदौ, काठमाडौं । कोरोना महाव्याधिले सर्वत्र अत्याइरहेको थियो । मान्छेहरू घरभित्रै थुनिएका थिए । त्यही उकुसमुकुसबाट उम्किएर म हुम्ला पुगेको थिएँ, गत वैशाखमा । त्यसअघि खप्तड र बर्दियाको फन्को लगाइसकेको थिएँ । तेस्रो गन्तव्य बनाएँ, हुम्लालाई । अझ भनौं, हुम्लाको नाम्खा ख्याङ्ग्झोङ गुम्बा (याल्बांग गुम्बा) । त्यहाँ वर्षेनि छ्याम पूजा गरिन्छ । छ्याम पूजाकै […]

हुम्लामा स्कुल खुलाउने अधिकार स्थानीय तहलाई

१५ भदौ, सिमकोट । जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी) ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । उनले कोभिड संक्रमण कम हुँदै गइरहेको […]

हुम्लामा ६ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन सुरु

३२ साउन, हुम्ला। हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थापना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले ६ वर्षपछि आइतबारदेखि सेवा दिन सुरु गरेको छ । सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई नागरिकतालगायत अन्य सिफारिसका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सिमकोट पुग्नुपर्ने बाध्यता हटोस् भन्ने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना भएपछि आइतबारदेखि […]

हुम्लामा साँघु तर्ने क्रममा नदीमा खसेर दुई जना बेपत्ता

२९ साउन, सिमकोट । हुम्लामा काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । ४२ वर्षीय जस्या रावल र १६ वर्षीया  सुनिता रावल नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएको जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा […]

सङ्क्रमणको जोखिम बढेपछि हुम्लाका विद्यालय पुनः बन्द

२३ साउन, सिमकोट । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न […]

हुम्लामा जुवा खालबाट समातिए दुई वडाध्यक्ष

१४ साउन, सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली-३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट […]

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

११ साउन, हुम्ला । कोरोना महामारीका कारण दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् […]

सडक खन्‍ने क्रममा स्काभेटर पुरिदा चालकको मृत्यु

१५ असार, सुर्खेत । सडक खन्नेक्रममा माटोले पुरिदा हुम्लामा स्काभेटर चालकको मृत्यु भएको छ । अदानचुली गाउँपालिका-५, सेरामा सडक खन्नेक्रममा माटोको ढिस्कोमा पुरिएर स्काभेटर चालक बर्दियाका २६ वर्षीय सन्तोष थारूको मृत्यु भएको हो । माटोमा पुरिएका उनको समयमै उद्दार हुन नसक्दा मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले बताए । ‘समयमै उद्दार हुन नसक्दा […]

हुम्लामा पहिरोका कारण २४ घरपरिवार विस्थापित

७ असार, सिमकोट । अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा गएको पहिरोले २४ घरमा क्षति पुर्‍याएको छ । सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पहिरोले क्षति पुर्‍याएको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । भत्किएका घरका ७० कोठामा पूर्ण रुपमा क्षति पुगेको छ । पाँच घर भत्केर कामै नलाग्ने अवस्थामा रहेको […]

हुम्लामा शिक्षकद्वारा स्वास्थ्यकर्मी कुटिए

२१ जेठ, सुर्खेत । कोरोना संक्रमित श्रीमतीको उपचारमा लाप्रवाही गरेको भन्दै हुम्लामा एक शिक्षकले स्वास्थ्यकर्मीमाथी हातपात गरेका छन् । चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेको हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले जानकारी दिए । ‘शिक्षकले नै स्वास्थ्यकर्मीमाथी हातपात गरेको उजुरी हामीकहाँ आएको छ,’ डीएसपी शर्माले भने, ‘हाम्रो टिम घटना स्थलमा […]

हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर

१७ जेठ, हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ । जिल्लामा दैनिक रुपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरीद गरी ल्याइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले […]

हिमपात र वर्षाले हुम्लामा ५० वटा भेडाबाख्रा मरे

१० जेठ, काठमाडौं । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् । वर्षाको […]

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

४ जेठ, हु्म्ला । सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा देखिएको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको पाइएको हो । खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना संक्रमणको जोखिम […]

खाद्यान्न ढुवानी गर्न हुम्लामा हवाई उडान पुनः सुरू

२४ वैशाख, हुम्ला । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । न्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो संक्रमणको अवस्था हेर्दा […]

हुम्लाको ठेहेगाउँमा भेटिएका बम सेनाद्वारा निष्क्रिय

१६ चैत, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब […]

हुम्लामा ६ दिनपछि इन्टरनेट चल्‍यो

हुम्लामा छ दिनदेखि अवरुद्ध भएको एडिएसएल टेलिफोन सेवा र इन्टरनेट बिहीबारदेखि सञ्चालनमा आएको छ । कालिकोटको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा छ दिनदेखि अवरुद्ध बनेको सेवा मर्मतपछि बिहीबारबाट पुनः सञ्चालन भएको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्कामा परेका सेवाग्राहीलाई सहज भएको छ । महावुमा स्थापना भएको रिपिटर टावरमा खराबी आएपछि टेलिकमको […]

‘अमेरिकीले चिन्दैनन्, सुख-दुःखमा जोडिने चीनसँगै हो’

१६ फागुन, काठमाडौं । नेपाली राजनीतिमा विरोधीलाई डाम्न सहजै लगाइने आरोप हो– ‘भारतीय दलाल’ । प्रमाणित गरिरहन नपरेको यो आरोप नखेप्ने राजनीतिकर्मी विरलै होलान् नेपालमा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भने अपवादमा परेका छन् । उनीमाथि अमेरिकी एजेण्ट भएको आरोप लाग्यो, त्यो पनि नेपालभित्रकै कुनै प्रतिस्पर्धीबाट […]

कर्णालीका हिमाली जिल्लामा हिमपात, तापक्रम माइनसमा झर्‍यो

२३ माघ, काठमाडौं । मौसममा आएको बदलीसँगै कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हुम्लासहित उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात सुरु भएको हो । बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । हिमपातले जिल्लाको तापक्रम माइनस डिग्रीमा झरेको छ । जिल्लाको उत्तरी भेगमा एक इन्च […]

हुम्लाको लिमीमा माइनस १४ डिग्रीमा नियमित पठनपाठन   

१८ माघ, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ रोकिएको छैन । नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्यधिक चिसोमा विद्यार्थी विद्यालय उपस्थित […]