Comments Add Comment

मनोरञ्जन ताजा समाचार

List Grid
हेटौडामा ‘कोपिला’को च्यारेटी शो

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्तको घटनालाई पर्दामा उतारिएको चलचित्र ‘कोपिला’को च्यारेटी शो हेटौडामा सम्पन्न भएको छ । शुक्रबार आयोजित च्यारेटी शोमा निर्मलाकी आमा दुर्गादेवी पन्तको साथमा चलचित्रका कलाकारको उपस्थिती थियो । चलचित्रका मुख्य कलाकार गणेश गिरी, सरिता गिरी, संजिवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्य लगायतका कलाकार च्यारेटी शोमा उपस्थित […]

‘दि कर्मा’को ‘साना साना सपना’ सार्वजनिक

चलचित्र ‘दि कर्मा’मा समावेश ‘साना साना सपना’ बोलको गीत रिलिज गरिएको छ । माघको १७ गतेबाट रिलिज हुने यो चलचित्रको यो गीतमा केतन क्षेत्रीको स्वर, मानस विक्रम थापा र अंकितबाबु अधिकारीको संगीत, मानसकै शब्द छ । यो गीतको भिडियोमा चलचित्रका कलाकार जय राज राय र संगीता नापितलाई फिचरिङ गरिएको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको […]

‘के घर के डेरा’मा दयाहाङ, विपिन र रविन्द्र

चलचित्र ‘के घर के डेरा’ बन्ने भएको छ । यो नाममा करिब ३५ बर्ष अगाडि चलचित्र बनेको थियो । अब, सोही नामलाई सापटी लिदै निर्देशक सुव्रतराज आचार्यले चलचित्र निर्देशन गर्न लागेका हुन् । सामाजिक बिषयमा बन्न लागेको यो चलचित्रमा सिंगे लामाको प्रस्तुति छ । उनले यसअघि चलचित्र ‘जात्रा, हरि र जात्रै जात्रा’ निर्माण गरेका थिए […]

आकाशको स्पष्टिकरण–‘बोर्ड अध्यक्ष बन्ने चाहना छैन’

चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त भएपछि यतिबेला विभिन्न चलचित्रकर्मी लबिङमा छन् । नायक भूवन केसीदेखि निर्देशक दयाराम दाहालसम्म अहिले अध्यक्ष बन्न लबिङ गरिरहेका छन् । केही दिनदेखि नेपाली मिडियामा नायक राजेश हमालदेखि चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको नाम पनि अगाडि आइरहेको छ । यसैविच, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आफूलाई अहिले नै […]

आर्यन भन्छन्–‘अर्जुन रेड्डी’ रिमेकमा म छैन’

तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने कुरा त पक्का भैसकेको छ । चलचित्र वितरण तथा निर्माण कम्पनी ‘युवा फिल्मस्’ले यसको अधिकार किनिसकेको छ । ‘युवा फिल्मस्’ले चलचित्रको निर्माणको घोषणा गरेसँगै चलचित्रको विषयमा विभिन्न समाचारहरु आइरहेका छन् । चलचित्रका कलाकारदेखि निर्देशकको नाम पनि सार्वजनिक भैरहेको छ । चलचित्रमा नायक आर्यन सिग्देलले मुख्य भूमिकामा काम गर्ने […]

‘स्टार’ नायकसँग जसिताको यात्रा

चलचित्र क्षेत्रमा चलेका र दर्शकले रुचाएका नायक हुन् या नायिका, उनीहरुसँग पर्दा शेयर गर्ने रुची हरेक कलाकारमा हुन्छ । अझ, चलचित्र क्षेत्रमा करिअर बनाउँदै गरेका कलाकारलाई स्टारसँगको टाइअप सुखद हुन्छ । जसिता गुरुङ, थोरै मात्र भाग्यमानी नायिकाको सूचीमा पर्छिन्, जसले छोटो समयमा नै स्टार नायकसँग टाइअप गर्ने अवसर पाएकी छिन् । चलचित्र क्षेत्रमा स्टार नायकको […]

बोर्ड अध्यक्षका लागि भूवन केसीले किन देखाए अग्रसरता ?

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जन चलचित्रकर्मी दौडमा लागेका छन् । बोर्ड अध्यक्षको पदका लागि यसपटक नेपाली चलचित्रका दुई नायक पनि दौडमा छन् । नायकद्धय राजेश हमाल र भूवन केसीले समेत विकास बोर्ड अध्यक्ष बन्नका लागि लबिङ सुरु गरेसँगै बोर्ड अध्यक्षको दौड रोचक हुने देखिएको छ । बोर्ड अध्यक्ष बन्नका लागि निर्माता संघका […]

धिरजको प्रतिक्षा कहिलेसम्म ?

नायक धिरज मगरको डेब्यू चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको पनि डेढ बर्ष हुन लाग्यो । तर, धिरज यसपछि पर्दामा आएका छैनन् । बरु, उनले अभिनय गर्ने भनिएको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन नै सुरु हुन सकेको छैन । यो चलचित्र धिरजको साथमा नायिका जसिता गुरुङ मुख्य भूमिकामा छिन् । रेनशा वान्तवा राइले यो […]

‘एन्टिहिरो’मा अनमोलसँग जसिताको जोडी, भुवन बन्नेछन् खलनायक

काठमाडौं । भुवन केसीको नयाँ चलचित्र ‘एन्टिहिरो’मा नायिका जसिता गुरुङले अभिनय गर्ने भएकी छिन् । बुधबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै जसिताले ‘एन्टिहिरो’मा नायिकाका रुपमा इन्ट्री मारेकी हुन् । होटल अन्नपूर्णमा निर्माण पक्ष र जसिताबीच समझौतामा हस्ताक्षर भएको हो । यो फिल्ममा नायकका रुपमा भुवनका सुपुत्र अनमोल केसी देखा पर्दैछन् । चलचित्रमा भुवन केसी खलपत्र (भिलेन)का रुपमा […]

लक्ष्मणको ‘मायालु रापाकोट’ सार्वजनिक

  गायक लक्ष्मण चापागाँइको नयाँ गीत ‘मायालु रापाकोट’ सार्वजनिक भएको छ । गायक चपागाईंकै शब्द् रहेको यस गीतमा अर्जुनकुमार पोखरेलको संगीत रहेको छ । रोइला भाकामा तयार भएको गीतमा सिर्जना सुवेदीले पनि स्वर दिएकी छिन् । सन्तोष भुजेलको निर्देशनमा भिडियोमा धेरै जना कलाकारहरुको अभिनय रहेको छ । भिडियोमा गायक चापागाईंसँगै लक्ष्मण भुसाल, खुशी रामदाम र […]

नाटक ‘झिम्के मामा’– गाउँका हिरो झिम्के कसरी भए अपमानित ?

  दलित भएका कारण समाजबाट हेपिनु पर्ने वा अपमानित हुनुपर्ने घटना नयाँ होइन । यो कथा धेरै सुन्दै, पढ्दै, देख्दै आइरहेको कथा हो । पुस्तकदेखि चलचित्रको पर्दासम्म यस्ता कथाहरु आइसकेका छन् । यसै कथालाई अहिले मण्डला थिएटरले नाटकको रुप दिएको छ । दलित भएकै कारण अपमानित हुनुपर्ने विषयमा नाटक ‘झिम्के मामा’ मञ्चन भइरहेको छ । […]

‘ए मेरो हजुर ४’मा जोडिए सलोन

सलोन बस्नेत मुख्य नायकको रुपमा चलेनन् । उनले लीड क्यारेक्टरको रुपमा काम गरेका चलचित्र बक्स अफिसमा खासै सफल छैनन् । तर, सलोन चलचित्रमा भने चटनीको रुपमा प्रस्तुत हुन्छन् । उनले, अभिनय गरेका चलचित्रमा मुख्य नायक नै छायामा पर्ने अवस्था आउँछ । उनै, सलोनलाई निर्देशक झरना थापाले फागुण १३ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘ए मेरो […]

शोरुम उद्घाटन गर्न चितवनमा पूजा

चितवनमा रहेको सीजी लेण्डमार्कमा संचालनमा आएको केटीएम सीटी तथा अन्टाको शोरुमको नायिका पूजा शर्माले उद्घाटन गरेकी छिन् । शोरुमको उद्घाटन गर्न नायिका पूजा शर्मा चितवन पुगेकी थिइन् । नायिका शर्माले निकै कम खर्चमा आफ्नै देशमा उत्पादित स्वदेशी ब्रान्ड रोज्न पाउनु गौरवको कुरा भएको बताइन् । नायिका शर्माले चितवनमा पुग्दा आफूलाई जहिले पनि आनन्द आउने बताइन् […]

निकिताको मिहिनेत

नायिक निकिता चण्डकलाई ‘रानी महल’ चलचित्र पुरा नभएको पीडा थियो । डेब्यू चलचित्रबाट राम्रै नाम कमाउने आशा बोकेकी उनी चलचित्र २० प्रतिशत मात्र छायांकन भएर रोकिएपछि पीडा भयो । उनै, निकितालाई नायक विराज भट्टले चलचित्र ‘साङ्लो’ चलचित्रका लागि पत्याए । निकिताले पनि यो चलचित्रमा भरपुर मिहिनेत गरिरहेकी छिन् । हुनत, चलचित्रमा नायक विराज भट्ट रहेकाले […]

‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिज

चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश ‘जिन्दगीको के छ र भर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । यो गीतले चलचित्र ‘प्रसाद’को ‘सारङ्गी रोयो कहाँ रोयो’ बोलको गीतको याद दिलाउँछ । सुभाष भुषालको संगीत रहेको गीतमा सुरज गैरेको शब्द, केतन क्षेत्रीको स्वर छ । माघ २४ गतेबाट रिलिज हुने यो चलचित्रमा विशाल सापकोटाको लेखन तथा निर्देशन […]

हिमालय रोडिजको कलिङ राउण्ड सकियो, कसको टिममा को–को छानिए ?

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज सिजन ३’को कलिङ राउण्ड सकिएको छ । यो राउण्डबाट प्रेत्येक ग्याङ्ग लिडरले यात्राको लागि ४ जना प्रतियोगी पाएका छन् । अडिसनबाट छनोट भएका प्रतियोगीहरुले ग्याङ्ग लिडरहरुसँग ‘पिआई राउण्ड’मा प्रत्यक्ष अन्तरवार्ता दिएका थिए । पिआई राउण्डबाट ग्याङ्ग लिडरले आफूलाई आकर्षक लागेका केही प्रतियोगीहरुलाई आफ्नो टिममा लिएका थिए । पिआई राउण्डबाट […]

रीमाको तर्क–‘नागरिकलाई सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी ?’

गायिका आस्था राउतको विमानस्थल प्रकरणमा कलाकर्मीहरुले मुख खोल्न थालेका छन् । केही दिनसम्म मौन बसेका कलाकार्मीहरु अहिले सामाजिक संजालमार्फत अगाडि आएका हुन् । यही क्रममा नायिका तथा मोडल रीमा विश्वकर्माले पनि आस्था राउत प्रकरणमा आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । उनले, नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ? भनेर […]

सुशिल र रुविनाको प्रेममा घुमेको ‘लभ डायरीज’ ट्रेलर

चलचित्र ‘लभ डायरीज’को ट्रेलरमा मुख्य नायक सुशिल श्रेष्ठ र नायिका रुविना थापाको प्रेम, झगडा, विछोडको कथा समावेश गरिएको छ । सार्वजनिक ट्रेलरमा सुशिल र रुविनाको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । साथमा, चलचित्रमा अर्का कलाकार विश्वजीत रिमाल पनि छन् । फागुणको २ गतेबाट रिलिज हुने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । चलचित्रको […]

रुविनाको आशा

नव–नायिका रुविना थापालाई चलचित्र क्षेत्रमा स्थापित हुन सहज छैन भन्ने थाहा छ । किनकी, यो क्षेत्रमा आउने धेरै अनुहारमध्ये निकै कम मात्र स्थापित भएर अगाडि बढेका छन् । नायिका थापा भन्छिन्–‘म चलचित्रको पृष्ठभूमीबाट आएकी होइन । अब, बल्ल मेरो पृष्ठभूमी चलचित्र बनेको छ । यहाँ काम गर्न र स्थापित हुन सोचेजस्तो सजिलो छैन ।’ नायिका […]

प्रेममा परेर हातको नशा काटेको होइनः सुशिल

नायक सुशिल श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’को ट्रेलर रिलिज भएको छ । कार्यक्रममा उपस्थित भएका नायक सुशिल श्रेष्ठलाई एक पत्रकारले प्रश्न सोधे, के चलचित्रको कथा तपाइको जीवनमा पनि मेल खान्छ ? यसमा सुशिलले भने–‘कथाका केही हिस्सा मेल खान्छ । तर, मेरो जीवनमा घटेका घटना भन्दा बढी अझै धेरै कथा […]

प्रियंकाको ‘ब्याचलर पार्टी’ रक्सी कम्पनीको प्रायोजनमा !

नायिका प्रियंका कार्की अहिले थाइल्यान्डमा छिन् । ‘ब्याचलर पार्टी’ मनाउन भन्दै पाँच जना साथी लिएर उनी थाइल्यान्ड पुगेकी हुन् । प्रियंकाको व्याचलरेट पार्टीको सन्दर्भ अलि अनौठो छ । पहिलो कुरा त उनी ब्याचलर होइनन् । ब्याचलर शब्दले जीवनमा कहिल्यै विवाह नगरेको महिला वा पुरुषलाई बुझाउँछ । तर, प्रियंका एक डिभोर्सी हुन् । उनले रोचक मैनालीसँग […]