Comments Add Comment

मनोरञ्जन ताजा समाचार

List Grid
आस्था भन्छिन्–‘म सिक्किममा छु, प्रहरीलाई सहयोग गर्न तयार छु’

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । विमानस्थलमा भएको महिला सुरक्षाकर्मी र आस्था राउतको विवादपछि उनले फेसबुक लाइभ मार्फत प्रहरी संगठनमाथि नै आक्रोश पोखेकी थिइन् । उनको आक्रोशमा प्रहरी संगठनमाथि गालीगलौज पनि गरिएको थियो । यसपछि, आस्थाले फेसबुकलाइभमार्फत माफी पनि मागिसकेकी छिन् । प्रहरीले आस्था राउतलाई पक्राउ गर्ने अनुमति पाएको तर उनी […]

कलाकर्मीबाटै समर्थन पाइनन् आस्था राउतले

५ माघ, काठमाडौं । प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । सिक्किमबाट आइतबार काठमाडौं फर्कन लागेकी आस्थाले विमानस्थलबाट सिधै प्रहरी हिरासतमा जानुपर्ने हुन सक्छ । आफूलाई विमानस्थलमा अमर्यादित व्यवहार गरेको भन्दै आस्थाले फेसबुकमा प्रहरीलाई गालीगलौज गरेकी थिइन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा बसेकी महिला प्रहरीले आफूलाई ‘तँ’ भन्दै दुर्व्यवहार […]

फागुनबाट हिमालय टिभीमा ‘डान्सिङ विथ दि स्टार्स’

‘दि भ्वाइस अफ नेपाल’, ‘हिमालय रोडिज’ जस्ता रियालिटी शो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले अब, नयाँ रियालिटी शो प्रसारण गर्ने भएको छ । फागुणबाट ‘डान्सिङ विथ दि स्टार्स’ नामक रियालिटी शो हिमालय टेलिभिजनमा प्रसारण हुन लागेको हो । बीबीसी स्टुडियोले सुरु गरेको यो रियालिटी शोको फ्रेञ्चाइज अहिले विश्वका सयभन्दा बढी देशमा विभिन्न नाममा प्रसारण भैरहेको छ […]

आस्था राउतलाई पक्राउ गर्न अनुमति

५ माघ, काठमाडौं । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा  जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् । बधुबार काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन […]

आस्था राउत प्रकरणमा करिश्माको प्रश्न : पुलिसको ‘तँ’ नखाने कोही छौं ?

अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेकी छिन्, गायिका आस्था राउत । प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेपछि उनी विवादित बनेकी हुन् । आस्थाको विषयलाई लिएर साधारणदेखि सेलिब्रेटीले टिप्पणी गरिरहेका छन् । कसैले आस्थाको पक्षमा बोलेका छन् भने कसैले आस्था गलत भएको लेखेका छन् । यस्तैमा नायिका करिश्मा मानन्धरले पनि एक स्टाटस लेखेकी छिन् । उनले असभ्य […]

चल्नै छाडे फिल्मका लोकगीत

माघे संक्रान्तीको अवसर पारेर चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक भयो । यो गीतमा नायक दिलिप रायमाझीदेखि नायिका प्रियंका कार्कीसम्मले अभिनय गरेका छन् । चलचित्रमा गीत छान्न सिपालु मानिने निर्माता किरण केसीले यो गीत तयार पारेका हुन् । तर, पनि यो गीतले दर्शकको ध्यान तान्न सकेन । सार्वजनिक भएको ५ दिनमा चलचित्रको गीतलाई ३ लाख […]

‘एमटीभी रोडिज’का फाइनलिष्ट हिमालय रोडिजमा देखिदै

एमटीभी रोडिज २०१९ मा फाइनलिस्ट बन्न सफल नेपाली युवा बिधान श्रेष्ठ र गुजरातकी भार्गसेतु शर्मा हिमालय रोडिज सिजन ३ को आगामी श्रृङ्खलमा देखिने भएका छन् । हिमालय टेलिभिजनबाट हरेक सोमबार राती ८ बजे प्रसारण भइरहेको हिमालय रोडिजको तेस्रो सिजन अन्र्तगत अडिसन राउण्ड सकिएको छ । काठमाण्डौ, नेपालगञ्ज, पोखरा, चितवन र धरानमा भएका अडिसनमार्फत् झण्डै ४० […]

शिशिर र सिलास्माको ‘म मरिसकेपछि’

गायक दिनेश गौतमको आवाजमा समावेश ‘म मरिसकेपछि’ सार्वजनिक भएको छ । यो गीतमा पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तक प्रसादको संगीत छ । यो गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोको कथा पनि उनले नै बुनेका हुन् । गम्भिर बिष्टको कोरियोग्राफी रहेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोमा आयुष रिजाल, […]

‘सहारा घर’लाई पुष्पको सहयोग

नायक पुष्प खड्काले ‘सहारा घर’लाई ५० हजार नगद र केही खाद्यन्न सहयोग गरेका छन् । आफ्नो जन्मथलो कैलालीमा रहेको सहारा घरलाई उनले सहयोग गरेका हुन् । सहारा घरले अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिदै आएको छ । पुष्पले आफ्नै जिल्लामा रहेको सहारा घरको विभिन्न भिडियोहरु हेरिरहन्थे । त्यहाँको सहारा घरको कामले पुष्पलाई लोभ्याएको थियो । […]

दुई वर्षामा को व्यस्त, को खाली ?

नेपाली चलचित्र क्षेत्रमा दुई वर्षा चर्चित छन् । नायिकाद्धय वर्षा राउत र वर्षा सिवाकोटी म्यूजिक भिडियो हुँदै चलचित्रमा व्यस्त छन् । यी दुई नायिकाको प्रतिस्पर्धाको खबर पनि मिडियामा नचलेका होइनन् । विशेषगरि, यो बर्ष नै रिलिज भएका ‘विर विक्रम २ र जात्रै जात्रा’मा यी दुई नायिकाको अभिनय थियो । एकैदिनमा दुई चलचित्र रिलिज भएकाले पनि […]

‘अन्तरराष्ट्रिय फिल्म महोत्सव’का लागि प्रकाश झा नेपाल आउने

फागुणको १ गतेदेखि ५ गतेसम्म काठमाण्डौमा ‘तेश्रो नेपाल अन्तरराष्ट्रिय फिल्म महोत्सव’ आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानको आयोजनामा काठमाण्डौको राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा ५ दिनसम्म यो महोत्सव चल्नेछ । महोत्सवको अवधीधर ८० वटा चलचित्र प्रदर्शन गरिनेछ । जसमा १० अन्तरराष्ट्रिय कथानक चलचित्र , ३५ लघु चलचित्र , ५ नेपाली […]

आकाश भन्छन्–‘पलले पूजासँग रोमान्स गर्दा मैले आफूलाई देखेँ’

नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुणको २३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ‘तिम्रो घरको वरिपरी र दुखको काँडा’ बोलको गीत दर्शकमाझ हिट भैसकेका छन् । यसैले पनि यी दुबै गीतको सफलताले चलचित्रको व्यापारमा ठूलो असर पर्ने अपेक्षा गर्न सकिन्छ । तर, नायक आकाश श्रेष्ठले […]

दीपाश्री भन्छिन्–‘गसिपले रोमाञ्चित बनाउँछ’

कलाकारका बिषयमा दैनिक कुनै न कुनै गसिप कुनै न कुनै मिडियामा आइरहेको हुन्छ नै । कोही कलाकार गसिपलाई ठूलो रुपमा लिन्छन् र आरोप प्रत्यारोपममा उत्रिन्छन् । कोही कलाकार भने गसिपलाई सामान्य रुपमा नै लिन्छन् । तर, रंगिन दुनियाँमा लागिसकेपछि गसिपलाई सामान्य रुपमा लिएर धेरै कलाकार अगाडि बढेका छन् । किनकी, रंगिन दुनियाँ गसिपमै रमाउँछ । […]

‘लुक्स’को उद्घाटन गर्न पुगे पूजा, आकाश, दीपाश्री र वर्षा

चलचित्र निर्माता तथा हल व्यवसायी सुमित मैनालीले संचालनमा ल्याएको ‘लुक्स यूनिसेक्स सैलुन’को उद्घाटन गरिएको छ । काठमाण्डौको दरबारमार्गस्थित शेर्पा मलमा यो सैलुन संचालनमा आएको हो । सैलुनको उद्घाटन गर्न नायिकाद्धय पूजा शर्मा र वर्षा राउतको साथमा नायक आकाश श्रेष्ठ र निर्देशक दीपाश्री निरौला पुगेका थिए । उनीहरुले रिबन काटेर ‘लुक्स’को उद्घाटन गरे । मानिसहरुले खानेकुरामा […]

थाइल्याण्डमा प्रियंकाको ‘ब्याचलर पार्टी’

बिहे गर्नुभन्दा अगाडि ब्याचलर पार्टीको आयोजना गरिन्छ । विशेषगरि, बैबाहिक जीवनमा बाँधिन लागेकी यूवती वा यूवकलाई उनीहरुको साथीले ब्याचलर पार्टी दिने गर्छन् । नायिका ऋचा शर्माको ब्याचलर पार्टीको पनि राम्रै चर्चा भएको थियो । अब, नायिका प्रियंका कार्की पनि ब्याचलर पार्टीका लागि भन्दै थाइल्याण्ड उडेकी छिन् । आफ्ना केही साथीहरुको साथमा प्रियंका ब्याचलर पार्टी मनाउन […]

आस्था राउतको भिडियोमाथि अनुसन्धान सुरु

२ माघ, काठमाडौं । गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियोमाथि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले छानविन गर्न निर्देशन दिएपछि अनुसन्धान सुरु भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइ सकिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘भिडियो सार्वजनिक भएपछि उहाँले लगाउनु […]

दीपकदेखि झरनासम्म, चल्तापूर्जा चलचित्रकर्मी केमा व्यस्त ?

केही दिन अगाडि चलचित्र ‘हिजो आजका कुरा’को गीत छायांकन गरियो । उक्त गीतमा चलचित्र ‘छक्का पञ्जा’ टिमका सम्पूर्ण कलाकार फिचर हुने चर्चा थियो । तर, गीतको छायांकनमा ‘छक्का पञ्जा’का लिडर दीपकराज गिरी देखिएनन् । ‘आखिर दीपक किन गीतको छायांकनमा आएनन् ? प्रश्न धेरैको थियो । उत्तरमा दीपाश्री निरौलाले दीपकराज चलचित्र ‘छक्का पन्जा ४’को कथामा व्यस्त […]

‘आफ्नै लापरवाहीले बलिउडमा प्रवेश गर्न सकिनँ’: विराज भट्ट

नायक विराज भट्टले चलचित्र क्षेत्रमा लागेर राम्रै नाम र दाम कमाए । नेपाली चलचित्रमा चलिरहँदा उनी भोजपुरी चलचित्रमा व्यस्त बने । यसपछि भने नेपाली दर्शकले विराज भट्टलाई विस्तारै विर्सन थाले । विराजले कमब्याक गरेको चलचित्र ‘जय परशुराम’ बक्स अफिसमा चिप्लनु पनि यसको एउटा उदाहरण हो । अरु, निर्देशकले नै निर्देशन गरेको चलचित्रमा काम गरेर सन्तुष्ट […]

विमानस्थलमा ‘तँ’ भनेपछि प्रहरीसँग आक्रोशित आस्था राउत

गायिका आस्था राउत हक्की स्वभावकी छिन् । उनी कुनै पनि कुरामा बोल्न पछि हट्दिनन् । हालैमात्र, एक विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै उनले नेपाल प्रहरीप्रति आक्रोश पोखेकी छिन् । उनको आक्रोशले भरिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी […]

‘माइकल अधिकारी’मा सौगात र श्रृष्टीको यस्तो गेटअप

गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइकल अधिकारी’को छायांकन सुरु भएको छ । चलचित्रले सेरोगेसीको कथालाई प्रस्तुत गर्नेछ । रञ्जित रौनियारको कथा रहेको चलचित्रलाई रौनियारले नै निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद शैलेश कँडेलले लेखेका छन् । चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । माघे संक्रान्तिको अवसर पारेर […]

‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक

चैत्र २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीत दर्शक तथा श्रोताको मुखमा झुन्डिने खालको छ । बब्लु गिरीको संगीतमा तयार भएको यो गीतमा डीपी खनालको शब्द छ भने बब्लु र मिना निरौलाको स्वर छ । गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई […]