Comments Add Comment

मनोरञ्जन ताजा समाचार

List Grid
सारीमा छुल्ठिम

चलचित्र ‘नोभेम्बर रेन’मा काम गरेपछि ‘डल्ली’ उपनामले परिचित छुल्ठिम गुरुङलाई त्यसपछि केही चलचित्रबाट अफर आए । उनी, आफैले अभिनय तथा निर्माण गरेको चलचित्र ‘डायरी’ बक्स अफिसमा चम्किएन । यसपछि, उनले केही चलचित्रमा काम त गरिन् । तर, ती चलचित्रले बक्स अफिसमा खासै चमत्कार गर्न सकेनन् । छुल्ठिम चाडै नै आफ्नै ब्यानरको चलचित्रमा काम गर्ने तयारीमा […]

‘साउथ एसिया फेस्टिभल’मा ‘वि आर विथ डाक्टर केसी’

‘फिल्म साउथ एसिया फेस्टिभल’ ललितपुरमा सुरु भएको छ । बिहिबारबाट सुरु भएको यो महोत्सवमा ६३ वटा डकुमेन्ट्री चलचित्रहरुको प्रदर्शन गरिनेछ । ललितपुरको पाटनढोका स्थित यलमाया कला केन्द्रमा आयोजना भैरहेको यो महोत्सवमा साउथ एसियाका विभिन्न देशहरुका वृत्तचित्र समावेश गरिएको छ । बिहिबार पाकिस्तानी वृत्तचित्र ‘इन्दुस ब्लुज’ प्रदर्शन गर्दै महोत्सवको उद्घाटन गरिएको छ । यो चलचित्र पाकिस्तानका […]

फ्राइडे रिलिजमा भूवन र रीमाको ‘मिस्टर नेपाली’

आजबाट नयाँ नेपाली चलचित्र ‘मिस्टर नेपाली’ हलमा रिलिज भएको छ । देशभरका हलमा रिलिज भएको यो चलचित्रलाई देव भुषालले लेखन तथा निर्देशन गरेका हुन् । प्रेमराज दाहालको लगानीमा तयार भएको यो चलचित्रमा नायक भूवन केसी, नायिका रीमा विश्वकर्माको साथमा सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, साहिल श्रेष्ठ, कुसुम राउतको मुख्य भूमिका छ । चलचित्र ‘मिस्टर […]

‘अनलक्की नायिका’ भन्दा फिल्म क्षेत्र नै छाडिदिउँ जस्तो लाग्छ’: मिरुना

लण्डनमा बस्दै आएकी मिरुना मगरलाई अभिनयमा खुबै रुची थियो । आमा थिएटरको कलाकार भएका कारण पनि उनलाई अभिनयमा चासो बढेको थियो । सन् २०१६ मा नेपाल आएकी मिरुनाले रहरै रहरमा अभिनय सिकिन् । एक्टर स्टूडियोमा अभिनय सिकेकी मिरुनाले नाटकमा काम गर्ने अवसर पाइन् । नाटक थियो, ‘कथा देश ३’ । उक्त नाटकमा काम गरेपछि मिरुनाले […]

दीपकको चेतावनी : ‘विदेशी फिल्मबाट दाल भात खानेविरुद्ध सशक्त भएर लाग्छौं’

चलचित्र ‘छ माया छपक्कै’का लेखक तथा कलाकार दीपकराज गिरीले विदेशी चलचित्र बेचेर दालभात खाई नेपाली चलचित्रकर्मीलाई तर्साउन खोज्नेहरु विरुद्ध सशक्त भएर अगाडि बढ्ने प्रण गरेका छन् । चलचित्र ‘छ माया छपक्कै’को रिलिजको समयमा विदेशबाट हिन्दी चलचित्र किनेर आफूहरुको चलचित्रलाई कम शो दिन लागिपर्ने वितरक विरुद्ध लाग्ने दीपकको भनाई छ । उनले सामाजिक संजालमा लेखेका छन्–‘भारतबाट […]

‘पासवर्ड’ फिल्म बनाएको कम्पनी अब फिल्म वितरणमा

एबी इन्टरनेशनल प्रालिले अब चलचित्र वितरण गर्ने भएको छ । ‘पासवर्ड, सम्हालिन्छ कहिले मन’ बनाइसकेको यो कम्पनीले नेपाली तथा विदेशी चलचित्र वितरण गर्ने बताएको छ । यो कम्पनीले बर्षमा २ वटा चलचित्र निर्माण गर्ने र त्यसलाई अन्तरराष्ट्रियकरण गर्ने पनि बताएको छ । पछिल्लो समयमा नेपालमा वितरण कम्पनी खोल्ने क्रम बढेको छ । कतिपय वितरकहरुलाई भने […]

‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’

भोली शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ । डेभिड शंकरको स्वर, देव भुषालको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन, जीवन थापाको सम्पादन छ । यो चलचित्रमा देव भुषालको लेखन तथा निर्देशन छ । चलचित्रको यो गीतमा […]

रोज भन्छिन्–‘नेपाल चाडो भन्दा चाडो विकास भएको हेर्न मन छ’(भिडियो कुराकानी)

‘मिस नेपाल सुप्रानेशनल–२०१९’ रोज लामा पोल्याण्डमा आयोजना हुन लागेको ‘मिस सुप्रानेशनल’मा भाग लिने त्यता उड्दैछिन् । डिसेम्बर ६ मा पोल्याण्डमा यो प्रतिस्पर्धा आयोजना हुँदैछ । ३ बर्ष अगाडिबाट मात्र नेपालले यो प्रतियोगीतामा भाग लिन थालेको हो । यसैले पनि यो विधा धेरैका लागि नौलो छ । अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा रोज आशावादी देखिइन् । के […]

‘झींगे दाउ’मा कुशलको प्रवेश, आँचलसँग रोमान्स गर्दै

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘झींगे दाउ’को छायांकन मंसिर ५ गतेबाट सुरु हुँदैछ । यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् । साहित्यकार भीमनीधि तिवारीको ‘अन्तरे भाग’मा समावेश ‘झींगे दाउ’मा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो । यो चलचित्रका लागि कलाकारहरुमा मुकुन भुषाल, केकी अधिकारी र आँचल […]

करमैत्री यात्रा : धोती-कुर्तामा झुल्किए हाँस्य कलाकार

२७ कात्तिक, वीरगञ्ज । पछिल्लो समयमा नेपालका चर्चित कलाकारहरु वीरगञ्ज आउँदा गम्छासहित धोती कुर्तामा झुल्कने गरेका छन् । करमैत्री यात्रा मार्फत देश दौडाहामा निस्किएका सिस्नुपानी नेपालका हाँस्यकलाकरहरु बुधबार धोती कुर्तामा देखिए । आन्तरिक राजश्व विभाग काठमाडौंको आयोजनामा वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम राखिएको थियो । हाँस्यकलाकारहरु मनोज गजुरेल, लक्ष्मण गाम्नागे, धिरेन्द्र प्रेमर्षी, शिशिर योगी […]

नीताको मुस्कान

बाल–कलाकार हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका नीता ढुंगाना राम्रो अभिनय र नृत्य गर्छिन् । केही दिन अगाडि मात्र आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा नीताको धमकेदार प्रस्तुतीले विरगञ्ज तताएको थियो । उनै, नीता नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । निरन्तर असफल चलचित्रको असर उनको करिअरमा पनि परेको छ । यसैले, आफ्नै निर्माणमा बन्ने चलचित्रबाट […]

६३ बर्षमा हरिवंश, भन्छन्–‘सबैको मायाले झन् जवान हुँदैछु’

हाँस्य कलाकार हरिवंश आचार्यको ६३ औं जन्मदिनको अवसर पारेर रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका अधिकांश परिचित अनुहारको उपस्थिती थियो । नयाँ बाँनेश्वरमा आयोजना भएको जन्मदिन सेलिव्रेश कार्यक्रममा हरिवंश भावुक देखिए । छेउमै रहेका साथी मदनकृष्ण श्रेष्ठको कुरा सुनिसकेपछि हरिवंशले भने–‘मलाई पहिले–पहिले मह संचार भनेको थोरै मानिसहरुको समुह मात्र लाग्थ्यो । तर, अहिले […]

‘म लभ स्टोरी फिल्मको एक्लो हिरो’: आर्यन

नेपाली चलचित्र क्षेत्रमा नायक आर्यन सिग्देलको आगमन यस्तो समयमा भयो, जुन समय चलचित्र क्षेत्रमा चकलेटी नायकहरुको बाहुल्यता थियो । चलचित्र क्षेत्रले चकलेटी अनुहारलाई नै विशेष स्थान दिइरहेको थियो । सोही समय चकलेटी अनुहारमा आर्यनले छुट्टै स्थान बनाए । उनको क्रेज लोभलाग्दो बन्यो । आर्यनलाई चर्चाको उत्कर्षमा पु¥याउने चलचित्र बन्यो, ‘मेरो एउटा साथी छ’ । सुदर्शन […]

‘फिल्म साउथ एसिया फेस्टिभल’को १२ औं संस्करण बिहीबारबाट सुरु हुने

‘फिल्म साउथ एसिया फेस्टिभल’ काठमाडौंमा आयोजना हुने भएको छ । २२ वर्ष पहिला सुरु भएको यस फेस्टिभलको यो १२औं संस्करण हो । हरेक दुई वर्षमा नेपालमा नै यस फेस्टिभल आयोजना हुने गर्दछ । कात्तिक २८ गते बिहीबारबाट सुरु हुने यस फेस्टिभल  ४ दिनसम्म चल्ने छ । यस फेस्टिभलमा साउथ एसियाका विभिन्न देशमा निर्माण भएका डकुमेन्ट्री […]

स्वस्तिमालाई अप्ठ्यारो

नायिका स्वस्तिमा खड्का यसै बर्ष राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट पुरस्कृत भइन् । चलचित्र ‘बुलबुल’मा उनले गरेको अभिनयकै कारण उनी ‘उत्कृष्ट नायिका’को पुरस्कार पाउन सफल भइन् । यो पुरस्कार पाएपछि स्वस्तिमाबाट दर्शक र समिक्षकलाई अपेक्षा पनि बढी भयो । उनले अभिनय गरेका चलचित्रको व्यापार अर्को पाटो भयो, उनको अभिनयमा धेरैको नजर […]

यसै बर्ष बिहे गर्ने तयारीमा आँचल र उदिप

करिब १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिदएका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ । उनीहरुले सार्वजनिक रुपमा नै प्रेम स्विकार गरिसकेका छन् । यो जोडीले अब प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गर्ने तयारी समेत गरेको छ । नायिका आँचल शर्माका अनुसार उनीहरु यो बर्ष नै बिहेको तयारीमा छन् । आँचलले […]

अनमोलविना किन निरन्तर असफल हेमराज ?

चलचित्र ‘होस्टेल’ निर्देशन गर्दा निर्देशक हेमराज वीसीको तारिफ नै तारिफ भयो । हेमराज वीसी लभ स्टोरी चलचित्र निर्देशनमा उदाए । यो चलचित्रबाट नायक अनमोल केसी पनि उदाए । यसपछि, अनमोल र हेमराजले चलचित्र ‘जेरी’मा काम गरे । यो चलचित्र पनि बक्स अफिसमा सफल भयो । हेमराज र अनमोलको तेश्रो सहकार्यको रुपमा बनेको चलचित्र ‘गाजलु’ पनि […]

अमेरिकामा ‘मिस्टर नेपाली’लाई प्रतिक्रियाः ‘राष्ट्रियताको कथामा मन छुने फिल्म’

शुक्रबारदेखि नेपालमा रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आयोजना भएको चलचित्रको प्रिमियरमा दर्शकको उल्लेख्य सहभागीता थियो । चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यसलाई उत्कृष्ट भने । चलचित्र हेरेर फर्किएका केही दर्शकले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने चलचित्र बनेको बताए । कतिपयले भने विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो चलचित्र […]

रिलिज डेट सारेकै कारण नचलेको हो ‘घामड शेरे’ ?

कात्तिक ८ गते सो कम पाएको भन्दै कात्तिक २२ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘घामड शेरे’को ओपनिङ सुखद बनेन । चलचित्रले सुरुवाती दिनमा गरेको व्यापार गर्दा, यसलाई निकै नै कमजोर भन्न सकिन्छ । हेमराज वीसीको निर्देशनमा बनेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्र क्षेत्रमा नै निकै नै राम्रो क्रेज […]

‘बुलबुल’का मुकुन अब ‘अन्तरे’ बन्ने

चलचित्र ‘बुलबुल’बाट डेब्यु गरेका अभिनेता मुकुन भुषाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । सत्यराज चौलागाँइको निर्देशनमा बन्न लागेको चलचित्र ‘अन्तरे’मा मुकुन पक्का भएका हुन् । उनी शिर्ष भूमिकामा देखिनेछन् । चलचित्रको टिम राम्रो भएकाले आफूले काम गर्न लागेको मुकुनले बताएका छन् । उनले भने–‘बुलबुलबाट पाएको मायामा कुनै कमी नहोस् भनेर राम्रो कथा खोजिरहेको थिएँ । […]

डा. उपाध्यायले गीत लेखेरै राखे १४ कीर्तिमान

काठमाडौं । एकसाथ सात गीति एल्बम सार्वजनिक गरेर विश्व कीर्तिमान राखेका गीतकार डा. डीआर उपाध्यायले त्यसको एक वर्षपछि पुनः ७ एल्बम एकसाथ सार्वजनिक गरेका छन् । २०७५ साल मंसिरमा उनले एकसाथ सात गीति एल्बम निकालेर कीर्तिमान राखेका थिए । सोमबार कमलपोखरीस्थित रुसी साँस्कृतिक केन्द्रमा एक विशेष कार्यक्रमबीच वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले डा. उपाध्यायका कीर्तिमानी […]