Comments Add Comment

चीन

List Grid
अमेरिकालाई अर्को मुलुकलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने हामी सिकाउँछौं : चीन

१० साउन, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले कुनै पनि मुलुक अर्को मुलुकभन्दा श्रेष्ठ नरहेको र चीनले यस्तो सोच्ने कुनै पनि मुलुकलाई स्वीकार नगर्ने बताएका छन् । आइतबारदेखि अमेरिकी उप विदेशमन्त्री वेन्डी शेर्मनको चीन भ्रमण हुनुपूर्व शनिबार चिनियाँ विदेशमन्त्रीले यस्तो बताएका हुन् । यसअघि नै चीनले पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रोससमेत धेरै अमेरिकी नागरिकमाथि प्रतिबन्ध […]

‘चिनियाँ राष्ट्रपतिको उच्च प्राथमिकतामा तिब्बत पर्नु नेपालका लागि फाइदाजनक’ 

८ साउन, काठमाडौं । चिनियाँ राष्ट्रपतिको कार्यभार सम्हालेयता पहिलोपटक सी जिनपिङले नेपालसँग सीमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन् । चिनियाँ विज्ञहरुले बुधबार र बिहीबार राष्ट्रपति सीले गरेको तिब्बत भ्रमणले त्यहाँको आर्थिक विकास र स्थायित्वको लागि विशेष जोड दिन लागेको रुपमा बुझनुपर्ने बताएका छन् । चीनका अन्य प्रान्तको तुलनामा राजनीतिक रुपमा संवेदनशील तिब्बत […]

चिनियाँ राष्ट्रपतिको रुपमा सी जिनपिङको पहिलो तिब्बत भ्रमण

८ साउन, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले पदभार सम्हालेपछि पहिलोपटक चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी बुधबार तिब्बत आइपुगेका हुन् । उनी बिहीबार भ्रमण सकेर फर्किएका छन् । विमानबाट न्यिङ्ची शहरमा ओर्लिएका सी त्यहाँबाट रेल चढेर ल्हासासम्म आएका थिए । यो रेल सेवा केही समयअघि […]

चीनबाट खोप ल्याउन आजबाट लगातार तीन उडान

६ साउन, काठमाडौं । चीनको राजधानी बेइजिङबाट कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाजले आजबाट लगातार तीन उडान गर्दैछ । नेपाल वायुसेवा निगमका अनुसार सरकारले चीनबाट खरीद गरेको दोस्रो खेप लिन आज साँझ जहाज बेइजिङ उड्दैछ । यो जहाज बिहीबार काठमाडौं अवतरण गर्नेछन् । बिहीबार साँझ जहाज पुनः बेइजिङ जाने छ । सो जहाज शुक्रबार […]

चीनमा बाढी : १२ जनाको मृत्यु, एक लाखभन्दा धेरैलाई सुरक्षित स्थानमा सारियो

६ साउन, काठमाडौं । मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएका छन् । सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको […]

चीनमाथि गम्भीर साइबर हमलाको आरोप

अमेरिका, बेलायत र युरोपेली युनियनले यस वर्षको सुरुआततिर भएको माइक्रोसफ्ट माथिको एक व्यापक साइबर आक्रमणमा चीनको हात रहेको आरोप लगाएका छन् । माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमाथि भएको उक्त साइबर हमलाबाट विश्वका ३० हजारभन्दा धेरै संस्थाहरु प्रभावित भएका थिए । बेलायतले यो आक्रमणका लागि चीन सरकारद्धारा समर्थित पक्षहरुलाई जिम्मेवार ठहराएको छ । त्यस्तै युरोपेली संघले भने यो […]

चीनद्वारा बीआरआई अन्तर्गत क्षेत्रीय कनेक्टिभिटीको प्रस्ताव

३ साउन, काठमाडौं । पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुसँग बिभिन्न संयन्त्र मार्फत सहकार्य अगाडि बढाएको चीनले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत केन्द्रीय कनेक्टिभिटीको प्रस्ताव गरेको छ । दक्षिण एसिया र केन्द्रीय एसियाली मुलुकहरुको एक सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले चीन यस क्षेत्रका मुलुकहरुसँग कनेक्टिभिटीको क्षेत्रमा बिआरआई मार्फत साझेदारी गर्न चाहेको उल्लेख गरे । […]

कसरी अगाडि बढ्ला देउवा कार्यकालमा चीनसँगको सम्बन्ध ?

३ साउन, काठमाडौं । सन् २०१९ को अक्टोबरमा नेपाल भ्रमणमा आउँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले शेरबहादुर देउवासँगको भेटमा भनेका थिए, ‘दुई देशको सम्बन्ध विकासमा नेपाली कांग्रेसले गरेको महत्वपूर्ण योगदान चिनियाँ जनताले कहिल्यै पनि बिर्सिने छैनन् ।’ सीले देउवासँग नेपालमा जुनसुकै पार्टीको सरकार आए पनि दुईपक्षीय सम्बन्ध स्थिर र मैत्रीपूर्ण रहने भनी आश्वस्त पारेका थिए । […]

चीनमा बालबालिकालाई विद्यालय पठाउन अभिभावकले कोरोना खोप लगाउनुपर्ने

१ साउन, काठमाडौं । चीनका केही स्थानीय सरकारले अभिभावकले कोरोना खोप नलगाए विद्यार्थीलाई विद्यालय प्रवेश गर्न नदिने योजना ल्याएका छन् । आगामी सेप्टेम्बरमा परिवारका सबै सदस्यले कोरोना खोप नलगाए उक्त परिवारको विद्यार्थीलाई विद्यालयमा प्रवेशको अनुमति नदिने योजना अघि सारिएको हो । त्यस्तै केही शहरमा अस्पताल र सुपरमार्केटमा प्रवेशका लागि पनि कोरोना खोप अनिवार्य गर्ने तयारी […]

कोरोनाको उत्पत्तिबारे अध्ययनमा सहकार्य गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

१ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलाई कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा थप सहकार्य गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले थप पहुँच र पारदर्शिताको लागि चीनसँग आग्रह गरेका हुन् । गत फेब्रुअरीमा डब्ल्यूएचओको पहिलो चरणको अनुसन्धान सकिएको थियो । उक्त अनुसन्धानको निष्कर्ष कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट […]

निजी प्रविधि कम्पनीहरुमाथि किन लगाम कस्दैछ चीन ?

२८ असार, काठमाडौं । प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु संकलन तथा उपयोगको गम्भीर उल्लंघन गरेको भन्दै चीन सरकारले त्यहाँको सबैभन्दा ठूलो ट्याक्सी सेवा प्रदायक कम्पनी डीडी ग्लोबलको साइबर सुरक्षाका विषयमा छानबिन गर्न आदेश दिएको छ । डीडी ग्लोबल कम्पनी अमेरिकी सेयर बजारमा प्रवेश गरेको केही दिनपछि नै चीनको साइबर स्पेस नियामक निकायले उक्त निर्देशन दिएको हो । […]

चीनद्वारा दक्षिण एसियाली गरिबी निवारण केन्द्र स्थापना

२७ असार, काठमाडौं । बिगत एक वर्षदेखि दक्षिण एसियाका पाँच मुलुकसँग बिभिन्न विषयमा चरणबद्ध रुपमा सामूहिक छलफल गरेको चीनले चीन–दक्षिण एसिया मुलुक गरिबी निवारण र सहकार्य केन्द्र स्थापना गरेको छ । तर, यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र वेइजिङस्थित नेपाली दूतावासले केही पनि जानकारी दिएका छैनन् र यसलाई गुपचुप राख्न खोजिएको छ । सो संगठनमा पाँचै […]

सियान, साइकल र साम्यवाद

चीनको चर्चा र वाहवाही चुलिएको छ संसारभरि जस्तै नेपालमा पनि अहिले । भर्खरै (जुलाई १) चिनियाँ कम्युनिष्ट पार्टीले पार्टी स्थापनाको शतवार्षिकी भव्य रूपमा मनायो । राजधानी बेइजिङको तेनमियान चोकमा आयोजित शतवार्षिकी समारोहका रोमाञ्चक दृश्य विश्वले आँखा तानेर हेर्‍यो, आश्चर्यचकित हुँदै । चीनका उपलब्धि, योजना र महत्वाकांक्षाबारे विश्वव्यापी चर्चा भए । हजारौं आलेख र टिप्पणी लेखिए, […]

विश्वभरका १० हजार नेताहरुको भेला गरेर चीनले के सन्देश दिँदैछ ?

२१ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले मंगलबार नेपालसहित विश्वका १६० भन्दा बढी मुलुकका राजनीतिक दलका नेताहरुको उच्चस्तरीय भर्चुलअल सम्मेलन गर्दैछ । पार्टी स्थापना भएको १०० वर्ष पुगेको अवसरमा आयोजित ‘वर्ल्ड पोलिटिकल पार्टिज समिट’मा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको पनि सहभागिता रहने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले यति धेरै राजनीतिक दलहरुसँग एउटै प्लेटफर्ममा […]

चिनियाँ अन्तरीक्ष यात्रीले गरे पहिलो ‘स्पेस वाक’

काठमाडौं । चीनको आफ्नै अन्तरीक्ष स्टेसनमा रहेका अन्तरीक्षयात्रीहरुले सफलतापूर्वक स्टेसन बाहिर निस्किएर अन्तरीक्षमा हिँडेका छन् । चिनिया अन्तरीक्षयात्रीहरुको योे ‘स्पेस वाक’लाई चीनको तीव्र गतिमा विस्तार गरिरहेको अन्तरीक्ष कार्यक्रमका लागि कोशेढुंगा मानिएको छ । यसअघि सन् २००८ मा शेन्झोउ ७ अन्तरीक्ष मिसनमा गएका अन्तरीक्षयात्रीहरु यान बाहिर निस्किएर अन्तरीक्षमा हिँडेका थिए । चीनको मानव अन्तरीक्ष एजेन्सी (सिएमएसए) […]

चीनको सुन्‍ने नीति : हाम्रो थुन्‍ने नीति

अस्ति १ जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टीले शतवार्षिकी मनायो । खासमा यो चिनियाँ कम्युनिष्ट पार्टीको जन्मोत्सव हो । तर यो पूरा चीन राष्ट्रको जन्मोत्सव जसरी मनाइन्छ । यस्तो लाग्छ-चिनियाँ कम्युनिष्ट पार्टी नै सिंगो चीन हो, या सिंगो चीन नै चिनियाँ कम्युनिष्ट पार्टी हो । यो पार्टी यहाँसम्म आइपुग्न विरोधीमाथि डोजर गुडाएकोदेखि भटटट गोली ठोकेको सम्म सुन्नुभयो […]

कोरोना खोप भेरोसेल खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति

१८ असार, काठमाडौं । सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गरे सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका हुन् । २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी दिएका छन् । तर कति खोप […]

चीनको परमाणु हतियारबारे अमेरिकाको चिन्ता

१८ असार, काठमाडौं । अमेरिकाले चीनले तीव्र गतिमा परमाणु हतियारको क्षमता विस्तार गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले हतियारको दौडमको कारण अस्थिरता पैदा हुने जोखिम बढ्ने बताएका हुन् । उनले यस किसिमको जोखिम न्यूनीकरणको लागि चीन पनि वार्तामा सामेल हुनुपर्ने बताएका छन् । प्राइसले चीनले पुरानो परमाणु रणनीतिलाई […]

कोरोना खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज बेइजिङ पठाउने तयारी

१८ असार, काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने तयारी सरकारले गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार आगामी जुलाई ८ तारिखका दिन चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निर्देशन आएको छ । जहाज ८ तारिखमा बेइजिङ उडाउने तयारी गरिएको उनले जानकारी दिए । नेपाल सरकारले चीनसँग खोप खरीदको […]

अभूतपूर्व चीन

जनवादी गणतन्त्र चीनले शासकीय व्यवस्था र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलताको विषय आधुनिक विश्व परिवेशमा आम सर्वसाधारण लगायत सम्पूर्णमा चासो, चिन्तन र जिज्ञासाको विषयका रुपमा रहेको छ । पश्चिमा राष्ट्रहरुले निरन्तर वकालत र अभ्यास गरे/गराएको उदार लोकतान्त्रिक शासन व्यवस्थाको समेत कमि–कमजोरी देखा परिराखेको अवस्था तथा लोकप्रियतावादमा रमाउने समकालीन शासकहरूको शासन व्यवस्थाबाट आजित आम नागरिकहरूका लागि […]

जब अन्तरीक्षमै निदाए चिनिया अन्तरीक्ष यात्री

बुधबार चिनिया अन्तरीक्ष स्टेसनमा गएका ३ जना अन्तरीक्षयात्रीहरु निए हुइसेङ, लिउ बोमिङ र ताङ होङबोको भिडियो फुटेज सार्वजनिक भएको छ । जसमा तिनैजना अन्तरीक्षयात्रीहरु हावामा उडिरहेका खानाका डिब्बाहरुको बीचमा बसेका र सुत्ने तयारी गर्दै गरेका देखिएका छन् । वास्तवमा ती तीनजना चिनिया अन्तरीक्ष यात्रीहरुको एउटा मुख्य काम भने दिउँसोको समयमा सुत्नु पनि रहेको छ । […]