Comments Add Comment

विचार

List Grid
मोदीजी, पशुपतिनाथलाई साक्षी राखेर भन्नुस्– नेपालको भूमि एक इञ्च लिन्नौं

नेपाली जनताले आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग समेटिएको नक्सा प्राप्त गरेका छन् । नयाँ नक्साअनुसार संविधानको अनुसूचीमा आवश्यक परिवर्तन गर्न सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरिसकेको छ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको दिशामा, आफ्नो भू–भाग प्राप्तिको दिशामा चालिएको यो ऐतिहासिक पहलकदमी हो । यो कदम ऐतिहासिक कोशेढुङ्गा बन्न पुगेको छ । यसका निम्ति […]

राजनीति र प्रशासन : सम्बन्ध र सीमा

अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्ने क्रममा कर्मचारीका सबै किसिमका भत्ता कटौती गर्ने प्रसंग प्रस्तुत गर्नुभयो । संसद् बैठकको माहोल एकाएक बदलियो । योभन्दा कुनै नयाँ र उत्कृष्ट कार्यक्रम यस बजेटमा थिएनन् झैं गरी ताली बज्यो । हालसम्म बजेट कार्यान्वयन नहुनु वा अपेक्षानुसारको प्रगति हासिल नहुनुमा कर्मचारीको भत्ता नै प्रमुख […]

कोरोना : नयाँ ‘भुत’ प्रजाति

संसारभरि र प्रत्येक परिवारभित्र समेत अहिले छलफलको मुख्य विषय बनेको छ – ‘कोरोना भाइरस’ । कोरोना भाइरसको प्रवेशसँगै छलफलको विषय केन्द्रीत भएको छ, ‘सूक्ष्मजीव’ । आँखाले नदेख्ने ‘सूक्ष्मजीव’हरुको अस्तित्व सूक्ष्मदर्शक यन्त्रको सहायताले सन् १६६५ मा रबर्ट हुकले पत्ता लगाएका थिए । यिनीहरुले प्राणीमा रोग लगाउँछ भन्ने कुरा सन् १८६० देखि १८८० सम्म गरिएका विभिन्न अध्ययन […]

कोरोनापछिको नेपाल : आत्मनिर्भर कसरी बनाउने ?

विश्व यतिबेला कोभिड २०१९ को संक्रमणबाट प्रभावित भएको छ । सन् २०१९ को अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको यो रोगलाई संयुक्त राष्ट्र संघ स्थापनापछिको गम्भीर संकटरुपमा लिएको छ । जुन तथ्यलाई यसका बारेमा भइरहेका विभिन्न अध्ययन अनुसन्धानले पनि प्रमाणित गरिरहेका छन् । कोरोनाका कारणले विश्व अर्थतन्त्रमा निकै नै नकारात्मक असर परेको छ भने शक्तिशाली […]

अर्थमन्त्रीज्यू, हामी जनता मर्ने कि बहुलाउने ?

गएको सोमबार बेलुकी साढे नौ बजेतिर गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गले एउटा विरक्तलाग्दो तर वास्तविक स्टाटस पोस्ट गरे । उनले गरेको सो पोस्ट प्रादेशिक अर्थमन्त्रीको मर्यादाभन्दा बाहिरको हो । सर्सरी सबैले उनलाई व्यङ्ग्य गरे, कतिले त उच्च ज्वरोको  बेहोसी अवस्थामा दिइएको अभिव्यक्ति पनि भने । सोझो अर्थलगाउने हो भने प्रदेशका अर्थमन्त्री बहुलाए भनिएको हो । […]

कोभिड– १९ र श्रमिक चुनौती

विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ को असर विश्वका २१५ देशहरुमा फैलिइरहेको परिप्रेक्षमा नेपालमा पनि सयौं मानिसहरु आक्रान्त हुनेहरुको संख्या बढ्दो छ । गत चैत महिनाको एघार गतेदेखि बन्दाबन्दीको अवस्थामा रहेकाले देशका उद्योग प्रतिष्ठानहरु पनि बन्द अवस्थामा रहन बाध्य छन् । आर्थिकरुपले चलायमान हुनुपर्ने उद्योग प्रतिष्ठानहरु बन्द हुनु र सोमा संलग्न श्रमिकहरु अनुत्पादक रुपमा बस्नुपर्दा देशको समष्टिगत […]

किन सधैं विवादित बन्छ भारत ?

भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही दिनअगाडि एक टेलिभिजन अन्तरवार्तामा नेपालको सीमा अतिक्रमणसम्बन्धी विवादका विषयमा सोधिएको प्रश्नमा उत्तर दिएका छन्, ‘नेपालसँग भारतको दाजुभाइको नाता छ, पारिवारिक नाता छ, यही मानेर अगाडि बढ्नुपर्छ, कुनै आपसी दूरी वा गलतफहमी (भ्रम) रहेछ भने बसेर कुरा गर्नुपर्छ ।’ उनको यो अभिव्यक्तिले नेपालको भौगोेलिक अखण्डता, सार्वभौमसत्ता एवं भूभागमाथिको अतिक्रमणलाई नजरअन्दाज गरेको, […]

कामरेडको जनअदालत र जात परिवर्तन

रुकुम पश्चिममा जेठ १० गते दलित युवा नवराज विश्वकर्मासँगै उनका ६ जना साथीहरुको विभत्स हत्या गरी भेरी नदीमा फालिदिएपछि दलित लगायत न्यायप्रेमी समुदाय देशैभरि आन्दोलित भएका छन् । लामो समयदेखिको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा बदल्न केटा र केटीबीच सहमतिमै नवराजले प्रमिकालाई लिन गएको बखत गाउँ नै उठेर क्रुर ‘जातीय नरसंहार’ गरिएको घटनालाई माओवादी जनयुद्धसँग जोडेर […]

विदेशबाट फर्किनेलाई उद्धार खर्च भराउनु अन्यायपूर्ण

१. सर्वोच्च अदालतको अन्तरिम आदेशपछि वैदेशिक भूमिमा अलपत्र कामदारलाई नेपाल फर्काउन नागरिक समाज, मिडिया, राजनीतिक दलहरूको दबाब र संसदीय समितिका निर्णयहरूका बाबजुद सरकारले लामो समय अलमल गर्‍यो । वैदेशिक रोजगारीमा रहेका कामदार फिर्ता गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश (२०७७ वैशाख ४) दिएको ३८ दिनपछि मन्त्रिपरिषद्ले कोभिड˗१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने […]

किन बढ्दैछ आत्महत्या ?

मानिस निस्कृय भएर बस्न थालेपछि नकारात्मक भावनाले जित्ने गर्छ । अनि गलत बाटो समात्नेदेखि आत्महत्यासम्म गर्ने गर्दछ । यो मानिसमा हुने आवेगात्मक मनोविज्ञानमा हुने कुण्ठा पनि एउटा कारण मानिन्छ । प्रहरीको तथ्यांकमा लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९ सय ६३ जनाले आत्महत्याका घटना भएको देखाँउछ । कारण त अनुसन्धानले देखाउलान् […]

मनुस्मृति, शूद्र (दलित) र समाधान

इतिहास कथित उच्च जातका व्यक्तिहरू (सबैले होइन) ले २१ औं शताब्दीमा पनि दलितहरूलाई किन पशुलाई भन्दा तुच्छ व्यवहार गरिरहेका छन् ? संविधान र कानुनले बर्जित गरे पनि किन छुवाछूत र भेदभाव गरिरहेका छन् ? मानव हत्यासम्मको अपराध किन गरिरहेका छन् ? वास्तवमा यसको जरो खोज्दै जाँदा हामी हिन्दू धर्मशास्त्र वेद, पुराण, मनुस्मृतिसम्म पुग्नुपर्ने हुन्छ । “दक्षिण एशियाली उपमहाद्वीपमा करिब ३५०० वर्षदेखि नै हिन्दू […]

बजेट : कति गम्भीर, कति वास्तविक ?

सरकारले आगामी वर्ष २०७७/७८ को लागि रु. १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । जसमध्ये ६४.४ प्रतिशत चालू र २३.९ प्रतिशत पूँजीगत खर्च रहेका छन्। त्यसैगरी, आवश्यक स्रोतको ६०.३३ प्रतिशत राजश्वबाट, ४.१ प्रतिशत वैदेशिक सहायताबाट, २०.३१ प्रतिशत वैदेशिक ऋण र १५.२६ प्रतिशत आन्तरिक ऋणबाट व्यहोर्ने अनुमान बजेटले गरेको छ । […]

लकडाउनको फाइदा : वातावरणमा चमत्कार

लकडाउन भनेको जेल प्रोटोकल हो । प्राय : लकडाउन भनेको एक प्रकारको आपतकालीन प्रोटोकल हो । जसले मानिसलाई कुनै विशेष परिस्थितिका कारण आफू रहेको ठाउँ घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइन्छ । पब्लिक क्वारेन्टिनसँग जोडिएको हालको लकडाउनसंग भने इमरजेन्सी र प्रिभेन्टिभ दुवैको सम्मिश्रण छ । इतिहासका पछिल्ला थुप्रै घटनाक्रम लकडाउनबाट गुज्रेका छन् । भारत सरकारले धारा […]

पेरिसमा रानी लड्दा‍‍‍….

अन्तर्राष्ट्रिय सम्बन्धमा उत्कृष्ट नतिजाका साथ पोस्ट ग्र्याजुएट गरेर १९८१ अगस्टको आखिरमा फ्रान्सबाट काठमाडौं फर्केपछि मैले महत्वका साथ भेट्नुपर्ने पहिलो व्यक्ति परराष्ट्रसचिव जगदीश शमशेर राणा नै हुनुहुन्थ्यो । उहाँले नै मलाई परराष्ट्र मन्त्रालयबाट छात्रवृत्तिमा पेरिस पठाउनुभएको थियो । मेरो तरक्की देखेर उहाँ भित्रैदेखि खुसी भएको मैले महसुस गरेँ । सचिवले मलाई धेरै माया गर्दै अरूलाई पनि […]

लकडाउन खुकुलो बनाऔं, लकडाउनको स्वरुप फेरौं

कोभिड १९ महामारीका कारण विगत ५ महिनादेखि विश्व नै ठप्प छ । हामी पनि २ महिनाभन्दा बढी समयदेखि लगभग त्यही नियती भोगिरहेका छौं । कोरोना संक्रमितको संख्या सिंगल डिजिटमै हुँदा लकडाउन घोषणा भएको थियो । त्यसले अन्तराष्ट्रिय उडान मार्फत भित्रन सक्ने संक्रमणलाई पूर्णतया निस्तेज गर्‍यो । भारतसँगका खुला सीमाका कारण कतिपय आवतजावतलाई हामीले चाहेर पनि […]

अर्थमन्त्री एक नम्बरको विज्ञ, तर बजेट गतिलो आएन

बजेट वार्षिक आय व्ययको अनुमान मात्रै होइन । अहिले त झन् सय वर्षमा एक पटकमा आउने एक अवसर थियो । विभिन्न अध्ययनहरूले ९ ट्रिलियन डलरले विश्व अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ । एसियामा सबैभन्दा ठूलो १३.६ प्रतिशतले हाम्रो अर्थतन्त्र खुम्चिन्छ भनिएको अवस्था छ । हाम्रो ३७ खर्बको जीडीपीमा चार प्रतिशत संकुचन आउने प्रक्षेपण छ । […]

धुम्रपानरहित राष्ट्र बनाउन चाल्नुपर्ने प्रयासहरू

‘सूर्तिजन्य उद्योगहरूले गर्ने छलकपटपूर्ण प्रवद्र्धनबाट युवाहरूलाई बचाऔं र धुम्रपान तथा निकोटिनबाट हुने असरहरूको रोकथाम गरौं’ भन्ने नाराका साथ आज विश्व धुम्रपानरहित दिवस मनाइँदैछ । विश्व स्वास्थ्य संगठनद्वारा प्रतिपादित उक्त नाराका साथ विश्वभर मनाइने विश्व धुम्रपानरहित दिवसमा प्रवद्र्धनात्मक तथा जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । पछिल्ला दिनमा विश्वभर नै सूर्तिजन्य उद्योगहरूले युवाहरूको लत बसाउन विभिन्न प्रकारका सुगन्धयुक्त […]

राष्ट्रवादी र राष्ट्रघाती सर्टिफिकेट, हामी कता जाँदैछौँ ?

संशोधित नक्सा सार्वजनिक गरेको सरकारले चेठ १४ गते संसदमा संविधान संशोधनको प्रस्ताव पेश गर्ने कार्यसूचीमा थियो । एकाएक उक्त प्रस्ताव हटाइएपछि एकपटक देशभित्र र बाहिर रहेका सबै नेपालीहरू विस्मित भए र सामाजिक सञ्जालहरूमा खैलाबैला मच्चियो । अपजसको भारी कसलाई बोकाउने, नागरिकस्तरमै प्रतिस्पर्धा चल्यो । प्रमुख प्रतिपक्षी काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) तिर सरकार समर्थकहरूले […]

कोरोनापछिको आर्थिक संकटलाई चिर्न असमर्थ बजेट

कोरोना भाइरसले मानव समुदाय र आर्थिक अवस्थालाई थला पारेको अवस्थामा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तुत गरेको बजेटले नेपाली जनतालाई थप निराशातर्फ उन्मुख बनाएको छ । बजेट प्रस्तुत भैसकेपछि जनतामा उत्साह र उमङ्ग छैन । केही पढे लेखेका टाठाबाठा, अर्थशास्त्रीहरुले मात्रै आ–आफ्नो किसिमले प्रतिक्रिया दिएका छन् । सामान्य जनता भने ‘चुच्चे […]

नेपाल–भारत सम्बन्ध पुनःस्थापित गर्नका लागि….

(भारतीय कूटनीतिज्ञ राकेश सुद नेपालका लागि पूर्वभारतीय राजदूत हुन् । काठमाडौंमा रहँदा उग्र माओवादी विरोधीका रुपमा प्रस्तुत हुने गरेका सूद भारतीय पत्रपत्रिकामा नेपाल–भारत सम्बन्धबारे नियमित लेखहरु लेखिरहन्छन् । उनका लेखहरुमा स्वाभाविकरुपमा भारतीय स्वार्थको पक्षपोषण गरिएको हुन्छ । पछिल्लो समय नेपाल र भारतवीच बढ्दो सीमा विवादलाई लिएर पूर्वराजदूत सूदले कालापानी लिम्पियाधुराबारे द हिन्दू पत्रिकामा एउटा लेख […]

‘चीनलाई बुझेर सही निर्णय गर्नु भारतको हितमा हुनेछ’

( पछिल्लो समय नेपाल र भारतवीचमा सीमा विवाद चर्किएजस्तै चीन र भारतबा वीचमा पनि सीमानामा तनाव देखा परेको छ । भारतले कालापानीमा सैन्य अखडा राखेको विषयलाई लिएर नेपाल–भारतवीच विवाद हुँदै आएको छ भने भारत र चीनको सिमानामा अवस्थित गाल्वान भ्याली क्षेत्रमा पनि दुईदेशीय विवाद चर्किएको छ । भारत र चीनको सीमा विवादमा अमेरिकी राष्ट्रपति डोनाल्ड […]