Comments Add Comment

विचार

List Grid
नेपालको बैंकिङ र मर्जर नीति

मौद्रिक नीति आउनुअघि बैंकिङ क्षेत्रमा निकै चर्चित बनेको ‘बिग मर्जर’ को विषय अहिले एकाएक सेलाएको छ । सेलाउनुको प्रमुख कारण हो, मौद्रिक नीतिले बिग मर्जरलाई विशेष महत्वमा राखेको नदेखिनु । ठूला बैंकहरुको संख्या घटाउने गरी वाध्यात्मक मौद्रिक नीति आउँछ भन्ने सबैको आँकलन थियो । तर, मौद्रिक नीतिले सहुलियतका केही व्यवस्थाहरु अघि सारेर झारा टराइ गर्‍यो […]

सपा-राजपा एकता : मिनी कांग्रेस–कम्युनिस्टको फ्युजन

अचेल समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरणको चर्चा चलेको छ । झट्ट हेर्दा यो कुनै नयाँ चर्चा होइन । पहिला पनि संघीय समाजवादी फोरम र राजपाबीच एकीकरणबारे पटक पटक चर्चा चलेकै हो । त्यसबेला हुन सकेन । कतिपयलाई लाग्दो हो, निर्वाचन प्रणाली, शासकीय स्वरुपबारे दुई दलबीच गम्भीर मतभिन्नता छ । तर, पछिल्लो […]

हाम्रा विश्वविद्यालय किन ‘विश्वविद्यालय’ जस्ता बनेनन् ?

अर्थ मन्त्रालयबाट प्रकाशित सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदन २०७६ का अनुसार ३७ सार्वजनिक संस्थानमध्ये ११ वटा घाटामा छन् । अधिकांश सार्वजनिक विद्यालय र विश्वविद्यालयहरुको अवस्था दयनीय छ । तर, यही परिवेशमा चलेका निजी संस्था निरन्तर फस्टाइरहेका छन् । मुलुकका सार्वजनिक निकायहरुको दुरावस्था किन ? धेरैको भनाइ स्वभावतः राजनैतिक कारणले यस्तो भयो भन्ने हुन्छ नै । […]

मृत्युदण्डको कानुन : ठीक कि बेठीक ? 

चिनियाँ भाषामा एउटा भनाइ छ— कुखुरा काटेर बाँदर तर्साउने । एक/दुई जनालाई कारवाही गरेर बाँकी बदमासहरुलाई तह लगाउने कुरो गर्दा यो कथनको प्रयोग गरिन्छ । यो कथनलाई यहाँ मृत्युदण्डको कानुनसँग जोडेर नेपालका भ्रष्टाचारी, हत्यारा र बलात्कारी ‘बाँदर’हरुलाई तर्साउन प्रयोग गर्नुपर्छ प्रस्तुत गरिएको छ । नेपालमा मृत्युदण्डको कानुन संबिधानद्वारा नै बर्जित छ । त्यसो त संसारका धेरै जसो […]

‘न्यायाधीशलाई तनाव छ, यो कुरा कसले बुझिदिने ?’

अदालतले आफ्नो इमेज बढाउनका लागि, जनताप्रति आस्था अभिवृद्धि गराउनका लागि अदालत स्वयं नै क्रियाशील हुनुपर्छ । आफ्नै कर्मबाट त्यो कुरो सिद्ध गर्नुपर्छ भन्ने कुरामा दुईमत हुने ठाउँ नै छैन । कुरो त्यही नै हो । त्यही नै हुनुपर्छ । मलाई के विश्वास छ भने हाम्रोजस्तो डेमोक्रेटिक सोसाइटीमा कोही पनि आलोचनाभन्दा माथि छैनन् । र, अब […]

न्यायपालिका मर्माहत भएको छ, मैले पत्रकारसँग सहयोग मागें

आज म न्यायपालिकाको प्रमुखको हिसाबले तपाई (पत्रकार) हरु सामु प्रस्तुत भएको छु । संसारमा संविधानवादमा विश्वास राख्ने, प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्ने ठाउँमा यसलाई सहजरुपमा स्वीकार गर्नुपर्छ । आज न्यायपालिकाको प्रमुखले बरिष्ठतम न्यायाधीशज्यूहरु, नेपाल बार, सर्वोच्च बार, मुख्य रजिष्टार, रजिष्टार र कर्मचारीहरुलाई साथमा लिएर मैले प्रस्तुत हुनुपर्ने, यो संसारको रीति हो । अदालतले सहयोग […]

अदालतको खराबीबारे समाचार लेख्दा तर्सिनुपर्दैन

पत्रकारहरुले के गर्न हुन्छ, के गर्नुहुँदैन, त्यो हामी (न्यायाधीश) ले भन्ने विषय हो भन्ने मलाई लाग्दैन । यो विषय यहाँहरु आफैं जान्नुहुन्छ । यहाँहरुको आफ्नो क्षेत्रको कुरामा हामी प्रष्टसँग भन्न सक्छौं, यहाँहरुको जुन व्यवसायिक आचारसंहिता छ, त्यो हामीले भन्ने र अथ्र्याउने विषय होइन । हाम्रो चासो र सरोकारको विषय मलाई कहाँनेर लाग्छ भने पत्रकारहरुको कलम […]

प्रधानमन्त्री रोजगारका नाममा राज्यकोषको ब्रह्मलुट

नेपालको संविधानको धारा ३३ ले रोजगार र श्रमको हकलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । सबैले काम गर्न पाउने अवस्थाको सुनिश्चित गर्दै सामाजिक–आर्थिक शक्तिका रुपमा रहेको श्रम शक्तिलाई दक्ष व्यवसायिक बनाउन र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने कुराको सुनिश्चिता प्रदान गरेको छ । तर, यसअनुरुप नेपालीहरूले नेपालमा नै रोजगारी पाउने वातावरण अझै बन्न सकेको […]

इथियोपिया ! कस्तो छ अचेल इथियोपिया ?

नेपालमा संघीयताको विरोध गर्न सजिलै दिइने उदाहरण हो– इथियोपिया । संघीयताले बर्बाद भएको मुलुकका रुपमा चित्रण गरिन्छ त्यसलाई यहाँ । नेपाललाई पनि त्यस्तै बनाउँन खोजिँदैछ भन्ने होहल्ला भइरहेको छ । लेख, भाषण, प्रवचनमा निक्कै ठूला नेता, बुद्धिजिबी वा विश्लेषक ‘इथियोपिया, इथियोपिया’ भनिरहेका हुन्छन् । संसारमा संघीयताका दर्जनौं असल, सफल उदहारण छन् । अमेरिका छ– यसको […]

‘गृहमन्त्रीले बिर्सिएको भए प्रधानमन्त्रीले सम्झनुपर्छ’

एकः २०५२ सालमा माओवादीले थालेको ‘जनयुद्ध’को लक्ष्य हिंसाको बलबाट जननिर्वाचित सरकार हटाएर जनवादी सत्ता स्थापना गर्ने थियो । त्यो त्यही बेला थियो, जतिबेला नेपालको सबभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले)ले भर्खर पाँचौं अधिवेशन (२०४९) बाट संसदीय व्यवस्थालाई स्वीकार गरेर प्रतिस्पर्धात्मक राजनीतिको बाटोबाट लाग्ने नीति तथा कार्यक्रम लागू गर्ने औपचारिक निर्णय गरेको थियो । २०७४ साल […]

महिला र पुरुषको सुखको परिभाषा बदलौं

आधाभन्दा बढी आकास ढाकेका महिला सुखी हुनुले नै समग्र परिवार र समाजको स्थिति जाहेर गर्छ । समय–समयमा मनाइने महिला दिवस, उत्सवहरुको उद्देश्य महिलाहरु अधिकारवाट वञ्चित नहुन्, खुशी र सुखी बनुन् भन्ने नै हो । सन् २०१८ मा प्रकाशित राष्ट्र संघको एक प्रतिवेदनले सुखी हुनलाई आम्दानी, सामाजिक सहयोग, स्वस्थ्य जीवन, स्वतन्त्र छनोट, भष्टाचारको स्थितिलाई आधार मान्दा […]

नेकपामा बिर्ता प्रथा उन्मूलन गरौं

कम्युनिस्ट पार्टी कतिपय बुर्जुवा पार्टीहरु भन्दा फरक हुन्छ । हामीले बुझ्दै आएको कम्युनिस्ट पार्टी कार्यकर्ता आधारित पार्टी हो । यसको मतलब कम्युनिस्ट पार्टीको अप्ठ्यारो र सजिलो दुबै अवस्थामा कार्यकर्ताको महत्वपूर्ण भूमिका रहन्छ । कहिले काँही नेतृत्वका कारण पार्टी संकटमा पर्‍यो भने कार्यकर्ताले बचाउँछ । तत्कालीन नेकापा (एमाले)मा हामीले धेरै पटक यस्तो भोगेका छौं । पछिल्ला […]

सरकार निर्मलाको अनुसन्धान गर्नेतिर गएन

निर्मला पन्तका विषयमा कुरा गर्दा चाहे रिसाउन् या खुसाउन्, म डराउनेवाला छैन । उजुरी गर्ने निर्मलाकी आमालाई सुविधा मात्र किन दिइरहेको छ सरकारले ? १८ लाख रुपैयाँ दिन्छ, नोकरी दिन्छ, फकाइराखेको छ । यो अनुसन्धान गर्ने नियत होइन । अनुसन्धान गरेर जस्ताको त्यस्तै प्रमाण ल्याउने यो नियत होइन । उजुरी गर्नेलाई दबाउने, फकाउने कामचाहिँ भइरहेको […]

निर्मला प्रकरण : अपराधी पत्ता लाग्ने संकेततिर हेर्दैन प्रहरी

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको एक वर्ष पुग्दै गर्दा यसैसाता मंगलबार गृहमन्त्री रामबहादुर थापाले भन्नुभयो – निर्मला प्रकरण नौलो होइन, हिजो पनि यस्ता घटना भएका थिए र भोलि पनि हुने छन् । गृहमन्त्रीको यो भनाइको सोझो आशय यो घटना सामान्य होेभन्दा अत्युक्ति नहोला । सरकारको महत्वपूर्ण जिम्मेवारीमा बसेका व्यक्तिले नेपालको इतिहासमा सबैभन्दा चर्चितमध्येको […]

नेपालमा सुरुङ निर्माण प्रविधि र आयाम

केही महिनाअघि एक कार्यक्रमको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभयो कि विसं. २०८० देखि नेपाल सुरुङ युगमा प्रवेश गर्छ । प्रधानमन्त्रीको यो भनाइलाई केहीले ठट्टाकारुपमा सामाजिक सञ्जालमा अथ्र्याए भने धेरैले राजनीतिक मसलाका रुपमा विश्लेषण गरे । प्रधानमन्त्रीको भनाइ जहाँबाट, जसरी आए पनि अबको विकास संरचनामा सुरुङ निर्माणको आवश्यकता र अपरिहार्यता जर्बजस्तरुपमा अगाडि आउँदैछ […]

डीप बोरिङ विकराल पर्यावरणीय समस्याको संकेत

पानीका स्रोतहरु काम हुँदै गएपछि अहिले नेपालका अधिकांश ठाउँमा अन्धाधुन्द रुपमा जमिनमुनिबाट डीप बोरिङ गरेर पानी तान्ने काम धमाधम चलिरहेको छ । कतिले जानेर पनि र अधिकांशले नजानेर यसलाई गम्भीररुपमा नलिई पर्यावरणीय समस्याप्रति आँखा चिम्लेर बसेका छन् । सर्वविदितै छ कि ताजा पानी (फ्रेस वाटर) को संकट अहिले संसारभरि नै विकराल समस्याका रुपमा फैलिँदै गएको […]

प्रदेश सरकारका केही प्रशंसनीय कार्यक्रम

प्रदेश सरकार गठन भएको डेढ वर्षजति भयो । शून्यबाट काम थालेका प्रदेशहरुले यो अवधिमा उल्लेखनीय कामको थालनी गरेका छन् । केही कामको प्रशंशा पनि भएको छ । जस्तो– प्रदेश २ सरकारले शुरु गरेको ‘बेटी पढाऊ, बेटी वचाऊ’ कार्यक्रमको राष्ट्रपति, प्रधानमन्त्री लगायत सबै क्षेत्रबाट प्रशंशा भएको छ । कुनै पनि कामको प्रतिफलका लागि समय लाग्छ । […]

जटिल मोडमा विप्लव समूह : संगठन रित्तिएपछि अवतरणको खोजी

अहिले नेकपा (विप्लव) नामले चिनिने राजनीतिक समूह र ओली सरकारबीच वार्ताको चर्चा चलिरहेको छ । औपचारिक वार्ताको जिम्मा पाएका सरकारी नेकपाका नेता सोमप्रसाद पाण्डेका अनुसार विप्लवको पार्टीका विभिन्न व्यक्तिहरूका साथै स्थायी समितिका सदस्यसित समेत ‘औपचारिक’ वार्ता भइरहेको छ । काठमाडौं, काभ्रेलगायत पछिल्लो समयमा बुटवल क्षेत्रमा वार्ता भएको भनेर पत्रपत्रिकाले समाचार प्रकाशित गरिरहेका छन् । विप्लवका […]

न्यायालयका यक्ष प्रश्न र चौथो योजना

उन्नत समाजको रहर सबैमा हुन्छ । इतिहासमा बाँचिरहने इच्छा पनि हरेक उम्दा मन मस्तिष्कमा रहने नै विषय हो ।यिनै रहर र सपनालाई मूर्त रूप दिन सक्ने व्यवस्थापनको नविनतम् खोज बनेको छ योजना । योजनाले हमेसा अन्धकारबाट उज्यालोतर्फ, अस्पष्टताबाट प्रष्टतातर्फ र अनिश्चितताबाट निश्चिततातर्फ मार्गदर्शन गर्दछ । उपलब्ध सीमित साधन र स्रोतको परिचालन गरी अपेक्षित सुधारको नतिजा […]

जनतालाई निराश पार्ने नीति

सिंहदरबारको शासकीय काम कारवाहीलाई देश र जनताको हितमा भएको विश्वास गर्न सकिने आधार के छन् ? सरकारले राष्ट्रिय स्वाधीनताको सम्वर्द्धन र आर्थिक समृद्धिका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यवहारमा परिपक्वता प्रदर्शन गर्न वा प्रभाव पार्न सकेको छ भनेर भन्न सकिने अवस्था सिर्जना भएको छ ? कदाचित छैन भने सरकार घेराबन्दीमा परेको त छैन ? नेता–कार्यकर्ताहरुले जे भन्छन्, जनताले […]

काठमाडौंको वर्षाले के भन्छ ? तराईको बाढीबाट कसरी बच्ने ?

दक्षिण एशियाको वर्षा मनसुनको विशेष अध्ययन आवश्यक पर्ने गतिविधि हो । यहाँ वर्षभरिको पानी तीन महिनामै पर्छ । युरोपतिर हेर्नुभयो भने यसरी एकैचोटि खनिने हुँदैन । मनसुन भन्नेवित्तिकै हावापानीको त्यसै पनि अनिश्चितता हुन्छ । अतिवृष्टि, अल्पवृष्टि हुनेगर्छ । मनसुनकै बेलामा पनि २४ घण्टा, ३६ घण्टासम्म वर्षा भयो भने सोचेभन्दा बढी पानी जम्मा भइहाल्छ । यो […]