Comments Add Comment

खेलकुद समाचार

List Grid
मुम्बईले राजस्थानलाई ५७ रनले हरायो, बुमराहले लिए चार विकेट

२१ असोज, काठमाडौं । आईपीएल क्रिकेटअन्तर्गत मंगलबार अबुधाबीमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हराएको छ । यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमा […]

अस्पतालबाट डिस्चार्ज भए क्रिकेटर ललित भण्डारी

२० असोज, काठमाडौं । काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचाररत राष्ट्रिय टिमका क्रिकेट खेलाडी ललित सिंह भण्डारी मंगलबार डिस्चार्ज भएका छन् । स्वास्थ्यमा उल्लेखय सुधार आएपछि मंगलबार उनी डिस्चार्ज भएको क्रिकेट खेलाडी संघले जनाएको छ । गत भदौ २८ गते उनी सवार मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए । धनगढीमा सामान्य उपचार पश्चात […]

आईपीएलमा ब्याट्सम्यानलाई आश्विनको ‘पहिलो र अन्तिम’ चेतावनी

२० असोज, काठमाडौं । दिल्ली क्यापिटलका स्पिनर रविचन्द्रन आश्विनले भारतीय प्रिमियर लिगको बाँकी खेलका लागि ब्याट्सम्यानहरुलाई ‘पहिलो र अन्तिम चेतावनी’ दिएका छन् । सोमबार रोयल च्यालेन्जर बैंगलोरविरुद्धको म्याचमा उनले अस्ट्रेलियन ब्याट्सम्यान आरोन फिन्चलाई रनआउटको मौका पाएर पनि जीवनदान दिएका थिए । आश्विनले बल फाल्नु अगावै फिन्च क्रिजबाट बाहिर निस्केकाले उनलाई रनआउट गर्ने अवसर आश्विनलाई थियो । […]

मेसीले आफ्नो जेटमा साथीहरुलाई ‘लिफ्ट’ दिने

२० असोज, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले आफ्नो विलासी प्राइभेट जेट अर्जेन्टिनाका टिममेटहरुका लागि उपलब्ध गराउने भएका छन् । कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि भन्दै मेसीले आफ्नो प्राइभेट जेट अर्जेन्टिनाका टिममेटहरुका लागि उपलब्ध गराउन लागेका हुन् । अर्जेन्टिनाले आगामी खेलहरुका निम्ति खेलाडीहरुलाई यूरोपबाट आफ्नो देशमा यात्रा गर्न मेसीको जेट प्रयोग गर्न सक्नेछन् । सञ्चारमाध्यमका […]

यो वर्ष लिगलिगे दौड नहुने

२० असोज, गोरखा । कोरोना महामारीका कारण यो वर्ष लिगलिगे दौड नहुने भएको छ । विगत दश वर्षदेखि उक्त प्रतियोगिता हुँदै आएको थियो । पालुङटारको चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किलोमिटरको दूरी पार गर्नुपर्ने उक्त प्रतियोगिताका बिजेतालाई राजा घोषित गरिन्थ्यो । श्रीपेच र पगरी लगाएर बजार परिक्रमा गराइन्थ्यो । तर कोरोना महामारीको परिस्थितीलाई मध्यनजर गर्दै यो […]

दिल्ली क्यापिटल्सले बैंगलोरलाई ५९ रनले हरायो

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको यो जितसँगै दिल्ली आईपीएल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दुबईमा खेलिएको आईपीएलको १९ औं म्याचमा दिल्लीले बैंगलोरलाई १९७ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको बैंगलोर ९ विकेटको […]

बार्सिलोना आउनसक्छन् मेम्फिस डिपे

१९ असोज, काठमाडौं । डच फवार्ड मेम्फिस डिपे स्पेनिस क्लब बार्सिलोना अनुबन्ध हुने सम्भावना बढेको छ । लियोनका स्पोर्टिङ डाइरेक्टर जुनिनियोका अनुसार ट्रान्सफर डेडलाइनको अन्तिम दिन उनी बार्सिलोना अनुबन्ध हुने सम्भावना छ । लियोनसँगको सम्झौता १२ महिना बाँकी भएपनि क्लब छाड्नसक्ने उनले बताएका छन् । जुनिनियोले भनेका छन्, ‘ डिपे बार्सिलोना अनुबन्ध हुने सम्भावना छ […]

अनलाइन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आयशा र पार्वतीलाई स्वर्ण

१९ असोज, काठमाडौं । आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् । महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण पदक जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका छन् । पार्वतीले स्वर्ण जितेको स्पर्धामा निता गुरुङ रजतमा सीमित भइन् । पुरुष २४ वर्षमुनि कृष्णबहादुर तामाङले […]

पन्जाबविरुद्ध चेन्नाई १० विकेटले विजयी

१९ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा चेन्नाई सुपर किंग्सले १० विकेटको शानदार जित हासिल गरेको छ । किंग्स इलाभेन पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले विना विकेटको क्षतिमा १७.४ ओभरमा पूरा पर्यो । चेन्नाइको जितमा ओपनरद्वय शेन वाटसन र फाप डु प्लेसिसले १८१ रनको साझेदारी गरे । […]

सेती नदीको कटान रोकेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

१८ असोज, पोखरा । पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानलाई सुविधा सम्पन्न र व्यवस्थित गराउन गण्डकी प्रदेश सरकार१ करोड रुपैयाँ छुट्यायो भने संघीय सरकारले २ करोड । तर दुई सरकारबीच समन्वय नहुँदा काम भएन र ३ करोड रुपैयाँ फ्रिज भयो । गण्डकी प्रदेश सरकारले पहिलो वर्षको नीति तथा कार्यक्रम र बजेटदेखि नै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने […]

कल्याणकारी कोषद्वारा चार खेलाडीलाई उपचार सहयोग

१८ असोज, काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जना खेलाडीलाई जम्मा ४ लाख रुपैयाँ सहयोग गरेको कोषले जनाएको छ । कोषका अनुसार एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो […]

एभरटनको लगातार चौथो जित, सिटी बराबरीमा रोकियो

१८ असोज, काठमाडौं । नयाँ सिजनको प्रिमियर लिगमा गज्जबको प्रदर्शन गरिरहेको एभरटनले लगातार चौथो जित हात पारेको छ । जेम्स रोड्रिगेजको दुई गोल मद्दतमा एभरटनले ब्राइटनलाई ४-२ ले पराजित गरेको हो । नयाँ सिजनमा खेलेका चारवटै खेल जितेको एभरटन शीर्ष स्थानमा छ । घरेलु मैदानमा भएको खेलमा डोमिनिक काल्भर्ट लेविनले १६औं मिनेटमा गोल गर्दै एभरटनलाई […]

आईपीएल : दिल्लीले कोलकातालाई १८ रनले हरायो

१८ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ । दिल्लीले निर्धारित २० ओभरमा कोलकातासामु २२९ रनको विशाल लक्ष्य राखेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोलकातालाई दिल्लीले ८ विकेटको क्षतिमा २१० रनमा रोक्यो । यो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा […]

आईपीएल : हैदरावादले चेन्नाईलाई ७ रनले हरायो

१७ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई सात रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । जवाफमा चेन्नाईको टोलीले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा चेन्नाईको यो लगातार तेस्रो हार […]

खेलाडी बर्गीकरणबारे क्यानलाई राखेपले सोध्यो स्पष्टीकरण

१६ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिसर (राखेप)ले क्रिकेट खेलाडीहरुको बर्गीकरणबारे नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण सोधेको छ । राखेपले बिहीबार क्यान अध्यक्ष र सचिवलाई इमेलमार्फत पत्र लेखेर खेलाडी बर्गीकरणको आधार र वर्गीकरणमा नपर्नुको कारण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको हो । क्यानले असोज ६ गते पुरुष र महिला क्रिकेट खेलाडीहरुको बर्गीकरण गरेको थियो […]

लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल क्वाटरफाइनलमा

१६ असोज, काठमाडौं । लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै आर्सनल इंग्लिस लिग कप (काराबायो) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीबाट नतिजाको टुङ्गो लगाइएको हो । जहाँ आर्सनल ५-४ ले विजयी भयो । आर्सनलको जितमा नायक बनेका गोलकिपर बर्ण्ड लेनोले २ पेनाल्टी रोके । सुरुमा आर्सनलका […]

१० खेलाडीमा झरेर पनि बार्सिलोनाको शानदार जित

१६ असोज, काठमाडौं । युवा स्टार अंशु फाटीले लगातार दोस्रो खेलमा गोल गर्दा स्पानिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा १० खेलाडीमा झरेर पनि बार्सिलोनाले सेल्टाभिगोलाई ३-० ले हरायो । बार्साका लागि फाटी र सरजी रोवर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफको अन्त्यतिर क्लेमेन्ट लेङलेटले […]

च्याम्पियन्स लिग ड्र बार्सिलोना र युभेन्टस एकै समूहमा

१६ असोज, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२०-२१ मा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस समूह चरणमै भिड्ने भएका छन् । यसको अर्थ वर्तमान विश्व फुटबलका दुई ठूला स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको समूह चरणमा आमने सामने हुनेछन् र यस्तो हुन लागेको यो पहिलो पटक हो । गएराति भएको ड्र अनुसार […]

साविक विजेता मुम्बईको दोस्रो जित, पन्जाब ४८ रनले हार्‍यो

१६ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा साविक विजेता मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जाबलाई ४८ रनले हराएको छ । मुम्बईले दिएको १९२ रनको विजय लक्ष्य पछ्याएको पन्जाबको टोलीले ८ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा मुम्बईको यो दोस्रो जित हो । पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४४ […]

क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण

१५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण भएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको क्यानले पुष्टि गरेको छ । चन्द र प्याकुरेल पछिल्लो हप्ता चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी भएर फर्किएका थिए । संक्रमित दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको क्यानले […]

म्यानचेष्टर युनाइटेड र एभरटन क्वाटरफाइनलमा

१५ असोज, काठमाडौं । प्रिमियर लिग क्लबद्वय म्यानचेष्टर युनाइटेड र एभरटन काराबायो कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा युनाइटेडले प्रिमियर लिगकै ब्राइटनलाई ३-० ले पराजित गर्दा एभरटनले पनि प्रिमियर लिगकै वेष्टहमलाई युनाइटेडलाई ४-१ ले हराएको छ । ब्राइटनको मैदानमा भएको खेलमा युनाइटेडले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो […]