Comments Add Comment

मनोरञ्जन ताजा समाचार

List Grid
‘मोडल सङ्स अवार्ड २०२०’ दिल्लीमा हुने

मोडल सङ्स नेपालले ‘मोडल सङ्स अवार्ड, २०२०’ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष  इन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो अप्रिल १२ मा हुन लागेको हो । अवार्डका बारे जानकारी गराउन बुधबार राजधानीमा पत्रकार भेटघाट आयोजना गरियो । सो कार्यक्रममा बोल्दै आयोजक संस्थाका सीईओ डेविल सिंह […]

घोषणामै सिमित हो त रेखा र रेनशाको टिमअप ?

नायिका रेनशा वान्तवा राइको जन्मदिनमा नायिका रेखा थापाले चलचित्र निर्माणको घोषणा गरिन् । रेनशालाई निर्देशकको रुपमा लिदै रेखाले नयाँ चलचित्रको घोषणा गरेकी थिइन् । नेपाली मिडियामा समेत यो समाचारले राम्रै स्थान पाएको थियो । तर, रेखा थापा र रेनशाको यो टिमअप अहिले रोकिएको छ । अझ, नायिका रेखा थापाले दयाहाङ राई र सौगात मल्ललाई मुख्य […]

‘सेल्फी किङ्ग’को ‘हाम्रो सेल्फी किङ्ग’ प्रतियोगीता

माघको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सेल्फी किङ्ग’को निर्माणपक्षले प्रचारको नयाँ तरिका अगाडि सारेका छ । ‘हाम्रो सेल्फी किङ्ग’ नाम दिइएको यो प्रतियोगीतामा सहभागी हुन चाहनेले आफ्नो सेल्फी पोष्ट गर्ने सक्नेछन् । सेल्फी खिच्न चाहनेले तस्वीर खिच्दा विभिन्न मेकअप समेत प्रयोग गर्न सक्नेछन् । पोष्ट गरिएका सेल्फीहरुमध्ये विजेता छनोट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका […]

‘लभ डायरीज’ टिजरमा सुशिल र रुविनाको प्रेम–विछोड

चलचित्र ‘लभ डायरीज’को टिजर सार्वजनिक भएको छ । सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रको टिजरमा यूवायूवतीको प्रेम, विछोड र भावनालाई देखाइएको छ । चलचित्रको टिजरमा यसका मुख्य कलाकार नायक सुशिल श्रेष्ठ र नव–नायिका रुविना थापालाई स्थान दिइएको छ । टिजरमा सुशिल र रुविनाको प्रेम, रोमान्स, विछोडले दर्शकको मन छुन्छ । चलचित्र प्रेम दिवसको अवसर पारेर […]

‘साङ्लो’ गीतमा विराजसँग रोमान्टिक निकिता

नायक विराज भट्ट आफू निर्देशित डेब्यू चलचित्र ‘साङ्लो’लाई उत्कृष्ट बनाउन लागिपरेका छन् । चलचित्रमा उनीसँगै डेब्यू नायिका निकिता चण्डकको पनि भविष्य जोडिएको छ । यसैले पनि विराज र निकिता दुबै चलचित्रको हाइप बनाउन हरसंभव प्रयास गरिरहेका छन् । पहिलो गीत ‘चरीले काफल’ औषत चलेपछि विराजले दोश्रो गीतको छायांकन गरिरहेका छन् । सुरेश अधिकारीको संगीत, अन्जु […]

रेखासँग दयाहाङ र सौगातको टिमअप

नायिका रेखा थापा, अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ललाई अब एकसाथ पर्दामा देख्न पाइने भएको छ । ‘रेखा फिल्मस्’को व्यानरमा बन्न लागेको नयाँ चलचित्रको लागि यो लाइनअप तय भएको हो । ‘रेखा फिल्मस्’को तर्फबाट नायिका रेखा थापाले नै निर्माण गर्ने यस चलचित्रको लागि दयाहाङ र सौगातसँग कागजी सम्झौता भइसकेको छ । केही दिन अगाडि दया […]

सडक दुर्घटनामा ज्यान गुमाएका गायक निशान को हुन् ?

२९ पुस, काठमाडौं । रातको १२ बजेपछि सोमबार सकियो । मंगलबार सुरु भयो । घडीमा २ बज्नै लागेको थियो । काठमाडौंको सडक चकमन्न थियो । त्यहीँ सडकबाट बिलयो संगीतिक क्षेत्रको एउटा चम्किलो तारा । रातको २ बज्नै लाग्दा गायक निशान भट्टराई दरबारमार्गस्थित वानथाई रेस्टुरेन्टमा गीत गाएर जडुबुटीमा रहेको निवास फर्किँदै थिए । कामले गर्दा शरीर […]

‘दि भ्वाइस’का प्रतियोगी विश्वव्यापापी सांगीतिक यात्रामा निस्कदै

‘ब्लू बर्ड इन्टरनेशनल इभेन्ट प्रलि’ले ‘दि भ्वाइस अफ नेपाल सिजन २’ का प्रतियोगीहरुलाई लिएर विश्वव्यापी सांगीतिक यात्रा गर्ने भएको छ । ‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुर्याउने उद्देश्य सहित यो संस्थाले सांगीतिक यात्रा आयोजना गर्न लागेको हो । मार्च ६ तारिखबाट सुरु हुने यो कार्यक्रमका लागि ‘दि भ्वाइसका विजेता राम लिम्बुको साथमा सनिष श्रेष्ठ, आरिफ […]

लक्ष्मी भन्छिन्–‘एकजना गलत मान्छेका कारण यो क्षेत्र छाडिनँ’

अभिनेत्री लक्ष्मी बर्देवाले ‘नियत’ नामक पुस्तक पढ्दै गर्दा पुस्तकमा भएका कथाहरुमा आफूलाई महशुस गरिन् । पुस्तकका पात्रहरुले भोगेका भोगाइहरु आफ्नै भोगाई जस्तै लाग्यो । त्यसको कारण छ, लक्ष्मी आफै यौन हिंसाको शिकारमा परेकी थिइन् । उनले भनिन्–‘म आफ्नो उमेरको अपरिपक्कताले गर्दा त्यहाँसम्म पुगेको थिएँ । त्यहाँ बाट बचेर फर्किएँ । उक्त घटनापछि मैले कहाँ जाने […]

फिल्मको छायांकन सकेसँगै म्यूजिक भिडियोमा रमाउँदै पल

गायक यूवराज चौलागाँइको स्वरमा समावेश ‘मलमल सारी’ बोलको गीत अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज गरियो । तर, सार्वजनिक भएको करिब १४ दिनमा पनि यो गीतले दर्शकको उल्लेख्य माया पाएन । गीतको भिडियोमा नायक पल शाह र नायिका वर्षा राउतले मोडलिङ गरेका छन् । पल र वर्षालाई राखेपछि भिडियोले राम्रै भ्यूज पाउने अपेक्षा यूवराजको थियो […]

‘ट्विन्स गर्ल र अञ्जली’ राख्दा पनि चलेनन् फिल्मका गीत

चलचित्रको इनिसियल व्यापारमा सहयोग गर्ने मुख्य बिषय के होलान् ? पक्कै पनि चलचित्रको ट्रेलर र गीत । गीत हिट भयो भने यसले चलचित्रको व्यापारमा ठूलो मद्दत गर्छ नै । यसैले पनि हरेक चलचित्रका निर्माता आफ्नो प्रोजेक्टमा राम्रो गीत राख्ने बिषयमा सोच्छन् नै । तर, सबै गीत निर्माताले सोचे अनुसार चल्छ भन्ने छैन । अहिले चलचित्रका […]

स्वस्तिमाकोे प्रश्न–‘साच्चैै यस्तै छ र चलचित्र क्षेत्र ?

नायिका स्वस्तिमा खड्कालाई सञ्चारकर्मी डीबी खड्काद्वारा लिखित ‘नियत’ पुस्तक पढ्न दिइयो । उनलाई पढ्न मात्र पुस्तक दिइएको थिएन, त्यसमा बहस पनि गर्नु थियो । पुस्तक पढ्नेको समुहमा नपर्ने स्वस्तिमाले पढेको दोस्रो पुस्तक बन्यो ‘नियत’ । स्वस्तिमाले लेखकलाई पुस्तकको बारेमा सोधिन्, ‘के विषयमा हो दाई पुस्तक ?’ डीबीले चलचित्र क्षेत्रकै कथा भएको बताए । डीबीले पुस्तकको […]

‘पुरुष कलाकार आर्थिक शोषणामा परेका छन्’: रेखा थापा

नायिका रेखा थापाले चलचित्र क्षेत्रमा आउँदै गरेका पुरुष कलाकार आर्थिक रुपमा शोषित भएको बताएकी छिन् । काठमाण्डौमा आयोजना भएको संचारकर्मी डीबी खड्काको पुस्तक ‘नियत’को विमोचन समारोहमा बोल्दै रेखाले भनिन्–‘यो पुस्तकले महिलाहरुमाथि हुने नियतको बिषयमा बोलेको छ । महिला यौन हिंसामा परेका होलान् । तर, पुरुष पनि यो क्षेत्रमा पीडित छन् । चलचित्र क्षेत्रमा आउँदै गरेका […]

‘अर्जुन रेड्डी’को नेपाली भर्सन बन्ने, युवा फिल्मस्ले लियो राइट्स

तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक नेपाली भर्सनमा बन्ने भएको छ । यूवा फिल्मस्ले यो चलचित्रको राइट्स खरिद गरेको हो । तेलुगु हिट चलचित्र युवा फिल्मस् मार्फत नेपाली भर्सनमा बन्ने जानकारी युवा फिल्मस्का केशव खड्का र आशिष श्रेष्ठले दिएका छन् । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव […]

दीपकराजतर्फ इङ्गित गर्दै संचारमन्त्रीले भने–‘फिल्म ‘६’ले होइन, क्रियशनले चल्छ’

सुचना तथा संचार प्रविधी मन्त्री गोकुल बाँस्कोटाले चलचित्र भाग्यले नभएर सृजनाले चलाउनु पर्ने बताएका छन् । चलचित्र संघको साधारण सभामा उपस्थित उनले चलचित्रकर्मीलाई यस्तो सुझाव दिए । भाग्य भनेर चलचित्र चलाउनेहरुमाथि उनले व्यङ्ग गरेका थिए । निर्माता तथा कलाकार दीपकराज गिरीतर्फ देखाउँदै उनले भने–‘दीपकराज गिरीको चलचित्रले करोडौ कमायो रे । फेरि उहाँहरुले चलचित्रको नाम ‘६’ […]

हलमा छैनन् नेपाली फिल्म, हिन्दीले दिएन राहत

काठमाण्डौ बाहिर बलिउड र हलिउड चलचित्रको व्यापार चर्को हुँदैन । काठमाण्डौमा जुन गतीमा विदेशी चलचित्रले व्यापार गर्छन्, काठमाण्डौ बाहिर यसको अनुपात कम हुन्छ । यसैले, काठमाण्डौ बाहिरका हल भरिनका लागि नेपाली चलचित्र नै चल्नुपर्छ । तर, विगत एक महिनादेखि नेपाली चलचित्र नै नहुनुले यतिबेला मोफसलका हलहरुमा झनै समस्या बढाइदिएको छ । चितवन, पोखरा, इटहरी, दमक, […]

जब ‘गौरवशाली दिन’को उत्सवमा रंगिनेछ नेपाली सिनेमा

बजारमा कुन फिल्म आयो भनी सोधीखोजी गरेर, हलसम्म धाएर, टिकटको पंक्तिमा उभिएर, पपकर्न र कोल्ड ड्रिंकको स्वाद लिँदै सिनेमा हेर्ने ‘खाट्टी दर्शक’ कति होलान् ? रौसिँदै, हौसिँदै, जोसिँदै, सिटी फुक्दै, ताली पिट्दै सिनेमा घरलाई गुल्जार बनाउने ‘रौसे पुस्ता’ कति होलान् ? हाम्रो सिनेमा बजारले कोरिदिएको अंक–चित्रले देखाउँछ, पुग–नपुग दुई प्रतिशत । उक्त अंकगणित नेपालको कुल […]

‘मम्मी डान्स प्रतियोगिता’को ताज कल्पनालाई

२७ पुस, बुटवल । रुपन्देहीको सैनामैनामा आयोजित ‘मम्मी डान्स प्रतियोगिता’को ताज बुटबलकी कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् । चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै कल्पना प्रथम भएकी हुन् । विजेतालाई ताज, नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा रुद्रपुरकी […]

चलचित्रकर्मीलाई संचारमन्त्रीको प्रश्न–‘सधै घाटामा नै हुनुहुन्छ भने के खाएर बाच्नुहुन्छ ?

हल संचालकहरुको छाता संगठन ‘नेपाल चलचित्र संघ’को साधारण सभामा प्रमुख अतिथी बनेर पुगेका सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्रकर्मीहरुकै अगाडि कडा मन्तव्य व्यक्त गरे । चलचित्रकर्मीहरुलाई उनले सधै घाटामा मात्र जाने हो भने लगानी किन गर्नुहुन्छ भनेर प्रश्न गरे । मन्त्री बाँस्कोटाले संघको कार्यक्रममा राखेको मन्तव्यको मुख्य–मुख्य अंश यहाँ प्रस्तुत गरिएको छः निर्माताहरु […]

प्रश्ना शाक्यको स्वरमा वेदनाको गीत

एउटी महिलाले श्रीमान गुमाउनुको वेदना कस्तो हुन्छ ? एउटी छोरीले आफ्ना पिताको स्पर्श गुमाउनुको मर्म कस्तो हुन्छ ? प्रश्ना शाक्यको गीतले यसको जवाफ खोज्छ । ‘आँशुले छचल्किए आँखाहरु’ गीतले पारिवारिक वेदनाको कथा भनेको छ । यो गीत ‘आँशु’ गीति एल्वममा संग्रहित छन् । आफ्ना श्रीमानसँगका घमाइला दिनहरु जसरी मस्तिष्कमा ताजा भएर आउँछ, जुन अब उनले […]

मण्डलामा ‘झिम्के मामा’को तयारी

मण्डला थिएटर नयाँ नाटकको तयारीमा लागेको छ । मण्डलाकै प्रस्तुतीमा ‘झिम्के मामा’ मञ्चन हुन लागेको हो । माघ ४ गतेबाट मञ्चन हुने नाटकको अहिले पूर्व अभ्यास भइरहेको छ । प्रदिप कुमार चौधरीको लेखन तथा निर्देशन रहेको नाटकमा दुर्गा प्रसाद पाण्डेको कथा छ । ‘झिम्के मामा’ समसामयिक विषयमा तयार भएको नाटक हो । नाटक निर्देशक चौधरी […]