Comments Add Comment

मनोरञ्जन ताजा समाचार

List Grid
भिडियोमा व्यस्त नाजिर, तर दर्शकले कती रुचाए ?

चलचित्र ‘होस्टेल रिटन्टर्स’बाट उदाएका नायक हुन् नाजिर हुसेन । नाजिरले यो चलचित्रमा आफ्नो अभिनयको खुबी देखाएपछि उनलाई अफरको लाइन नै लाग्यो । उनले अफर आएका धेरै चलचित्रमा काम गरे । तर, पछिल्लो केही समयदेखि भने चलचित्रमा असफलता भोगिरहेका नाजिरलाई निर्माताले पनि खासै पत्याएका छैनन् । चलचित्रमा कमजोर बन्दै गएपछि नाजिर म्यूजिक भिडियोमा व्यस्त हुन थाले […]

दीपेन्द्रको ‘चिसो मान्छे’मा स्वस्तिमा फाइनल

निर्देशक दीपेन्द्र के खनाल चलचित्र ‘चिसो मान्छे’ निर्देशनको तयारीमा छन् । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गर्दैैछिन् । यो चलचित्रका लागि कलाकार फाइनल गर्ने क्रम पनि निर्देशकले अगाडि बढाएका छन् । श्रोतका अनुसार, यो चलचित्रका लागि नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा फाइनल भएकी छिन् । स्वस्तिमा र निर्माणपक्षविच केही दिन अगाडि मात्र संझौता भएको हो […]

पञ्जाबी गीतमा अदितीको मोडलिङ

चलचित्र ‘कृ’मा काम गरेकी नायिका अदिती वुढाथोकी दोश्रो चलचित्रको छायांकनको प्रतिक्षामा छिन् । कोभिडको संक्रमण बढेसँगै चलचित्र नगरी नै ठप्प भएपछि अदितीले काम गर्न लागेको दोश्रो नेपाली चलचित्रको छायांकन सुरु हुन नसकेको हो । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । अदिती भने यो चलचित्रको छायांकनको प्रतिक्षामा नेपालमै छिन् । मुम्बइमा रहेर मोडलिङमा व्यस्त अदितीले अभिनय […]

प्रमोद लेख्छन्–‘म बन्द कोठाभित्र थुनिएको छु’

गायक प्रमोद खरेलले कवितामार्फत आफ्नो छटपटी व्यक्त गरेका छन् । सामाजिक संजालमा कविता कोर्दै प्रमोदले देशमा बढ्दो भ्रष्टाचार र विसंगीतलाई पनि तिखो प्रहार गरेका छन् । प्रमोद लेख्छन्–‘म बन्द कोठा भित्र थुनिएको छु, डर र त्रासले छटपटिदै, सुनौला दिनको सपनामा उनिएको छु, जीवनको घाम चर्किको छ, सकस र अभाव मै तिर फर्किएको छ, मेटाउन खोज्दैछ […]

बलेको साथमा प्रिज्मा र प्रिन्सीको ‘हुन्छ खोसाखोस’ सार्वजनिक

गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘हुन्छ खोसाखोस’ बोलको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’का साथमा ट्विनी गर्ल्स प्रिज्मा र प्रिन्सी खतिवडालाई कम्मर मर्काएको देख्न सकिन्छ । पछिल्लो समय म्युजिक भिडियोमा निकै चम्केको टिम हो यो । […]

सन्तोषको फ्राइडे नाइट

गायक सन्तोष बस्न्यातको स्वरमा समावेश ‘फ्राइडे नाइट’ बोलको गीत रिलिज भएको छ । यो गीतमा राजकुमार बस्नेतको संगीत र सन्तोषको नै शब्द छ । बेलायतमा लामो समय संगीत अध्ययन गरेर फर्किएका सन्तोष हालै मात्र नेपाल पर्यटन बोर्डले आयोजना गरेको टुरिज्म भिडियो प्रतियोगीतामा भिजिट नेपाल बोलको गीतबाट दोश्रो भएका थिए । अबिनयको डिओपी र प्रमेश श्रेष्ठको […]

दयाहाङलाई दर्शकले म्यूजिक भिडियोमा कती रुचाए ?

नायक दयाहाङ राइलाई भर्सटायल कलाकार भनिन्छ । उनले अभिनय गरेका चलचित्रको व्यापारिक सफलता वा असफलता आफ्नो स्थानमा होला, तर उनले भने दर्शकको मन जितेका छन् । यसैले त दयाको अभिनय हेर्नैका लागि दर्शक हलसम्म जान्छन् । तर, दयाले पाएको सफलता जोगाउन नसकेको पनि भनिन्छ । अफर आएका चलचित्र नछाड्दा दया सस्तो देखिए । उनको अभिनयको […]

हरिवंशदेखि करिश्मासम्मले लेखे–‘उज्यालो ल्याउनेलाई सम्मान गरौं’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गतेबाट सकिदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्छ भन्दै सामाजिक संजालमा आवाज उठ्न थालेको छ । यो बहसमा नेपाली चलचित्रका कलाकारहरुले पनि साथ दिन थालेका छन् । कलाकार हरिवंश आचार्य लेख्छन्–‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । […]

वर्षाको आग्रह–‘दिनरात नभनी काम गर्ने डाक्टर–नर्सलाई सम्मान गरौं’

नायिका वर्षा सिवाकोटीले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, नर्सहरुको सम्मान गर्न आग्रह गरेकी छिन् । केही दिन अगाडि काठमाण्डौमै डाक्टरहरु बसेको होस्टेल घेर्न मानिसहरुको पुगेको खबर सार्वजनिक भएको थियो । उक्त घटनाको चौतर्फी विरोध भैरहेको समयमा वर्षाले भनेकी छिन्–‘यो सममा आफू र आफ्नालाई सुरक्षित राख्नुपर्ने त छदैछ । साथै, स्वास्थ्य सेवा प्रदान […]

मेरो नाममा युटुबमा भ्यूज आउँदैन भनेर फिल्मबाट निकालिएँः नम्रता(भिडियो कुराकानी)

नायिका नम्रता सापकोटाले चलचित्र क्षेत्रमा ‘नोपोटिज्म र ग्रुपिज्म’को बहस गरिरहेकी छिन् । उनले यो बहसको सुरुवात गरेपछि उनको पक्ष र विपक्षमा आवाज धेरै सुनिए । उनै, नम्रताले अनलाइनखबरसँग कुरा गर्दै आफू विभिन्न कारणले चलचित्रबाट निकालिएको बताएकी छिन् । नम्रताले भनिन्–‘नम्रताको नाममा युटुबमा भ्यूज आउँदैन भनेर पनि मलाई चलचित्रमा लिइएनछ । मलाई त यो कुरा सुनेर […]

सुदन र मेलिनाको ‘उडी जाने जेट’

गायक सुदन गैरे र गायिका मेलिना राइको अवाजमा समावेश ‘उडी जाने जेट’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरिएको छ । लेखु सहयात्रीको शब्द तथा सुवास भुषालको संगीतमा समावेश यो गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ । यो गीतको भिडियोमा एलिसा शर्मा र भिजु पार्कीको नृत्य हेर्न सकिन्छ । भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी, अनिल के मानन्धरको […]

दर्शकमाझ स्थापित हुने कोशिशमा रिस्ता

नायिका रिस्ता बस्नेतले हालैमात्र एक सिरिजको छायांकन सकिन् । बसन्त निरौलाको निर्देशनमा तयार भएको सिरिजको रिलिज मिति टुंगो लागेको छैन । तर, यो सिरिजबाट उनी उत्साहित छिन् । दुई साता लगाएर बसन्तले केही हप्ता अगाडि धुलिखेलको एक रिसोर्टमा यो सिरिजको छायांकन सकेका हुन् । नेपाली चलचित्र क्षेत्रमा केही बर्ष अगाडि स्थापित हुने क्रममा रहेकी नायिका […]

मानब बेचबिखनबिरुद्ध बन्यो लघु चलचित्र ‘अनुमाला’

कोरोना संक्रमणको जोखिमका कारण घरमै बस्न बाध्य भएपछि छोटा चलचित्र य़ुट्युबमा धमाधम रिलिज हुँदै छन् । यसैलाई निरन्तरता दिँदै लकडाउनकै समयमा नेपाली छोटो चलचित्र ‘अनुमाला’ सार्वजनिक गरिएको छ। मल्लाज प्रोडक्सनको निर्माणमा बिभु पौडेल र बिशाल डोटेलको निर्देशनमा फिल्म अनुमाला मल्लाज प्रोडक्सनको युट्युबमार्फत सार्वजनिक गरिएको छ। अनुराधा र निर्मला नामक दुइटा महिला पात्र र उनीहरुको फरक […]

नयाँ फिल्म चाडैः सलिनमान बनियाँ

चलचित्र ‘ए मेरो हजुर २’बाट रजतपटमा प्रवेश गरेका नायक सलिनमान बनियाँले छोटो समयमा नै लोकप्रियता हासिल गरे । दोश्रो चलचित्र ‘यात्रा’ व्यवसायिक रुपमा सफल नभएपनि उनको कामको भने तारिफ भयो । दोश्रो चलचित्र रिलिज भएको डेढ बर्ष वितिसक्दा पनि सलिनले नयाँ चलचित्र साइन गरेका छैनन् । यसैले पनि सलिनले नयाँ चलचित्रमा काम कहिले गर्छन् भन्ने […]

छोटो फिल्म ‘डार्क मुन’ सार्वजनिक

संचारकर्मी रामजी ज्ञवालीले छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरेका छन् । यो चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शिर्ष भूमिकामा काम गरेका छन् । एउटी आमाले सन्तानप्रतिको दायित्व विर्सदा सन्तानको भविष्य कतातर्फ जान्छ भन्ने कथालाई यो छोटो चलचित्रमा प्रस्तुत गरिएको छ । निर्देशक ज्ञवालीले ‘डार्क मुन’लाई समाजको यथार्थ तस्वीर भनेका छन् । घटनालाई काल्पनिक […]

सुटिङ सुरु नहुँदै ‘चिसो मान्छे’को प्रदर्शन मिति तय

चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तय गरिएको छ । निर्देशक दिपेन्द्र के खनाल र उनको टिमले चलचित्रको छायांकन प्रारम्भ नगर्दै यसको प्रदर्शन मिति तय गरेको हो । यो चलचित्रलाई वि.सं २०७८ साल भदौ ११ गतेबाट रिलिज गर्ने निर्देशक खनालले बताएका छन् । दिपेन्द्रले कोभिडको संक्रमण चाडै सकिने आशा राख्दै चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि ‘चिसो […]

कालिकोटका बाढी प्रभावितलाई पलको सहयोग

नायक पल शाहले कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा प्रभावितहरुलाई सहयोग गरिएको हो । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरा जाँदा ठूलो जनधनको क्षती भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता देखेर नै समय प्रतिकुल हुँदा पनि आफ्नो टिम कालिकोट पुगेको पलले बताए । उनीहरुले बाढी […]

नीताको स्वरमा ‘गणेश भजन’ सार्वजनिक

नायिका नीता ढुंगानाले ‘गणेश भजन’ सार्वजनिक गरेकी छिन् । यो भजनसँगै नायिका ढुंगानाले गायनमा पनि आफ्नो हात अगाडि बढाएकी छिन् । यो भजनको भिडियोमा नायिका ढुंगानाको नै अभिनय छ । यो भजनको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । संजय लामाको छायांकन रहेको भिडियोमा बनिष शाहको सम्पादन छ । भिडियोमा नीताको साथमा सुनिल सिटौला, अम्सु […]

जन्मदिनमा दीपाको आग्रह–‘आफ्नै दिदी बहिनी संझिएर माफी दिनुहोला’

नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । ‘महानायक’ विवादपछि जन्मदिनको अवसरमा फेसबुकमा भिडियोमार्फत उनले हात जोड्दै भनिन्–‘मेरो अभिव्यक्तिले तपाइहरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनुहोला ।’ दीपाले समस्याबाट भाग्न भन्दा पनि समस्यालाई व्यवस्थापन गर्नु ठूलो कुरा रहेको बताउँदै आफ्नो ३० बर्ष लामो कलाकारिताको दौरानमा […]

कुसुमको मायामा घिटीघिटी भए प्रथम !

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक भएको छ । भिम बिसीको संगीत, टिका खड्काको शब्द रहेको गीतका एरेन्जर नरेन्द्र वियोगी हुन् । भिडियोको कथा, कोरियोग्राफी र निर्देशन प्रथम क्षेत्रीले गरेका हुन् । प्रथम क्षेत्री र कुसुम गुरुङको अभिनय रहेको म्युजिक भिडियोमा मायालुसँगै जिउने सपना देखेका प्रेमीले प्रेमिकाको आत्महत्यापछि आफ्नो […]

श्रीमतीका लागि तिजको ब्रत बसे गायक प्रमोद खरेल

५ भदौ, काठमाडौं । हरेक वर्ष तिजमा विवाहित महिलाहरु आफ्नो श्रीमानको लामो आयूको कामना गर्दै ब्रत बस्ने आम प्रचलन हो । अविवाहित महिलाहरुले आफूले चाहेजस्तो असल श्रीमानको कामना गर्दै ब्रत बस्ने गर्छन् । यसरी पुरुषका लागि महिलाले ब्रत बस्ने परम्परामाथि महिलावादीहरुले प्रश्न पनि उठाउने गरेका छन् । उनीहरुलाई यो समाचारले खुशी तुल्याउन सक्छ कि चर्चित गायक […]