Comments Add Comment

मनोरञ्जन ताजा समाचार

List Grid
कस्तो छ ‘लभ डायरीज’को २ दिने व्यापार ?

शुक्रबारदेखि सोलो रुपमा रिलिज भएको चलचित्र ‘लभ डायरीज’ले २ दिनमा सुखद व्यापार गरेको यसको निर्माणपक्षले बताएको छ । चलचित्रका निर्देशक सौरभ चौधरीका अनुसार, शुक्रबार र शनिबार चलचित्रले उत्कृष्ट व्यापार गरेको छ । उनले भने–‘मल्टिप्लेक्स र सिंगल हलमा नै दर्शकले चलचित्रलाई रुचाउनुभएको छ । शुक्रबार र शनिबार दर्शकको चाप हलमा राम्रो देखिएको छ ।’ शुक्रबार र […]

फिल्म निर्माणको बिषयमा दीपक र प्रदिपको जुहारी

निर्देशक दीपकराज गिरीले एउटा स्टाटस लेखे–‘हामी कलाको लागि फिल्म बनाइरहेका छौ भनेर कसैले भनिरहेको छ भने त्यसले झुठ बोलिरहेको छ । यहाँ कलात्मकका मात्रै कुरा गर्ने फिल्म निर्माताले वुझ्नुपर्छ कि संसारमा हरेक कला व्यवसायिकताको तराजु मै नापिन्छ ।’ दीपकले यो स्टाटस भारतीय निर्देशक प्रकाश झाको भनाइबाट सापटी लिएका थिए । यसमा, अर्का सफल निर्देशक प्रदिप […]

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ पनि दशैंमा रिलिज हुने

चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको छायांकन सुरु भएको छैन, तर निर्माणपक्षले एउटा भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । झरना थापाको निर्देशनमा तयार हुने यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । यो चलचित्रलाई आउँदो बर्षको कात्तिक ७ गते रिलिज गर्ने निर्माणपक्षले बताएको छ । […]

रीश्मा गुरुङले बिहे गरिन्

चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित कलाकार रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनको शुक्रबार पोखरामा बिहे भएको हो । आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् । रीश्माको बिहेमा चलचित्रकर्मीको उपस्थिती थिएन । रीश्माले केही समय अगाडि अनलाइनखबरसँगको कुराकानीमा चलचित्र क्षेत्र छाड्ने संकेत गरेकी थिइन् । उनी, चलचित्र ‘कबड्डी ४’मा भने […]

अभिनयमा प्रशंसा पाउने विपिनको चलचित्र हेर्न किन हल पुग्दैनन् दर्शक ?

अभिनेता विपिन कार्कीलाई भर्सटाइल अभिनेताको रुपमा चिनिन्छ । हरेक चलचित्रमा आफूलाई फरक अवतारमा प्रस्तुत गर्न सफल छन्, विपिन । उनको डेब्यु चलत्रित्र ‘छड्के’देखि ‘पशुपति प्रसाद’, ‘जात्रा’, ‘हरि’, ‘नाका’, ‘प्रसाद’, ‘गोपी’ हुदैँ ‘सेल्फी किंग’सम्म आइपुग्दा विपिनका धेरै अवतारहरु दर्शकले देखिसकेका छन् । धेरैले उनको लुक्स र अभिनयको तारिफ गर्छन् । तर, विपिनको कामको प्रशंसक धेरै भएपनि […]

‘सेल्फी किंग’ असफल हुनुको ५ कारण ?

अघिल्लो साताको शुक्रबारबाट चलचित्र ‘सेल्फी किंग’ रिलिज भएको छ । हास्य कलाकारको कथा भन्ने यस चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका छन् । चलचित्रमा विपिन कार्की मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराललाई पनि चलचित्रमा देख्न सकिन्छ । प्रिमियर शोमा चलचित्रलाई धेरैले रुचाएका थिए । कलाकारहरुले त चलचित्रलाई आफ्नै कथा भनेको […]

‘नीरफूल’को ‘तिमी बदनामी’ सार्वजनिक

फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘तिमी बदनामी’ बोलको गीतमा नायिका रेखा थापालाई फिचर गरिएको छ । भिडियोमा रेखालाई डान्स बारमा गीत गाउने गायिकाको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेत्री शान्ति वाईवालाई पनि देख्न सकिन्छ । शान्तिलाई भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृष्य भिडियोमा […]

आकाश श्रेष्ठको बोरिङ भ्यालेनटाइन !

नायक आकाश श्रेष्ठको नाम नायिका पूजा शर्मासँग जोडिने गर्छ । आकाश र पूजा एक-अर्काको प्रेममा रहेको गसिपहरु मिडियामा आइरहेको हुन्छ । निरन्तर चलचित्रमा काम गरिरहेकाले पनि पूजा र आकाशलाई रियल जोडी ठान्नेहरु धेरै छन् । फ्यानहरुले पनि उनीहरुलाई जोडी कै रुपमा हेर्न चाहान्छन् । तर, उनीहरु भने यस कुरालाई नकार्दै आइरहेका छन् । हिजो शुक्रबार […]

साम्राज्ञी–देवांशदेखि सलिनमान–अस्प्रिनासम्म, जो प्रेममा छन्

चलचित्रको पर्दामा केही अनुहार यस्ता हुन्छन्, जसलाई दर्शकले खुबै रुचाउँछन् । दर्शक ती कलाकारको प्रेम वास्तविक जीवनमा पनि होस् भन्ने चाहना राख्छन् । तर, चलचित्रको पर्दामा देखिने सबै जोडी वास्तविक जीवनका जोडी भने हुँदैनन् । तर, चलचित्रको पर्दामा देखिने दर्शकका प्रिय कलाकार वास्तविक जीवनमा आफ्नो प्रिय मानिससँग भने जोडिएका छन् । सबै कलाकारले जीवनमा प्रिय […]

के श्रृङ्खला र सिसनले प्रेम स्विकार गरेका हुन् ?

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा र भ्ल्गर सिसन बाँनियाको प्रेम चर्चा चलेको केही समय भयो । विशेषगरि, श्रृङ्खला मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुँदै गर्दा उनलाई सिसनले खुबै साथ दिएका थिए । यसपछि, श्रृङ्खला र सिसनको प्रेम चर्चा सुरु भएको थियो । तर, सिसन र श्रृङ्खलाले आफ्नो प्रेम स्विकार गरेका थिएनन् । सामाजिक संजाल र मिडियामा […]

फत्तेमानलाई फ्यान बनाएकी प्रविशा

पछिल्लो समय गायिका प्रविशा अधिकारी निकै व्यस्त बनिरहेकी छिन् । धेरै चलचित्रकर्मी, गीतकार तथा संगीतकारको रोजाई परिरहेकी छिन्, प्रविशा । प्रविशाको चर्चा अहिले सुरु भएको होइन, डेब्यु गीतदेखि नै छ । उनले पहिलो सार्वजनिक गीत चलचित्र ‘कसलाई दिउ यो जोवन’मा समावेश ‘मायामा मायामा’ बोलको थियो । यसै गीतबाट प्रविशाले धेरै प्रशंसक बटुलेकी थिइन् । उक्त […]

ऋचा शर्माको आग्रह : कण्डमलाई टोपी नभन्नुस्, कण्डम नै भन्नुस्

नायिका ऋचा शर्मा अहिले टिभी रियालिटी शोमा जज छिन् । नेपालकै पहिलो कमेडी रियालिटी शोमा सन्तोष पन्त, प्रदीप भट्टराई, मनोज गजुरेलसँगै ऋचाको जज प्यानल छ । कमेडी च्याम्पियनले लोकप्रियता हासिल गर्नुको प्रमुख कारण त यसका प्रतिस्पर्धीहरुको स्तर नै हो । अर्को सहायक कारण चाहिँ जजहरु पनि हुन् । चारै जना जजहरुको सटिक मूल्याङ्कन गर्ने क्षमता […]

बले र ट्विनी गर्ल अभिनित ‘नैना रेशम’ सार्वजनिक

पछिल्लो समय सागर लम्साल ‘बले’को प्रेम चर्चा चलिरहेको छ । टिकटकमा ट्विनी गर्लको रुपमा परिचित बनेका प्रिज्मा-प्रिन्सी खतिवडामा बलेले प्रिज्मालाई आफ्नो माया जालमा पारेका गसिप चलिरहेको छ । प्रेम चर्चा चलिरहेकै समयमा सगर लम्‍साल र ट्विनी गर्लको सहकार्यमा तयार भएको भिडियो सार्वजनिक भएको छ । उनीहरुले ‘नैना रेशम’ बोलको गीतमा एकसाथ अभिनय गरेका छन् । […]

किन परिवर्तन भयो ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति ?

फागुण २३ गतेलाई प्रदर्शन मिति तय गरेर छायांकनमा गएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति एक साता पछि सरेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता तथा निर्देशक सुदर्शन थापाले फागुण ३० गतेलाई प्रदर्शन मिति तय गरिएको जानकारी दिए । योसँगै, चलचित्रको प्रदर्शन मिति पछि सर्नुको कारणबारे विभिन्न तर्क हुन थालिएको छ । […]

इटहरीमा कान्तिपुर फिल्म एकेडेमीको शाखा

कान्तिपुर फिल्म एकेडेमीको इटहरी शाखाको उद्घाटन गरिएको छ । चलचित्रका विभिन्न विधामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि कान्तिपुर फिल्म एकेडेमीको शाखा इटहरीमा खुल्दा फाइदा मिल्ने पक्का छ । कलाकार हरिवंश आचार्यले शाखाको उद्घाटन गरे । कार्यक्रममा कान्तिपुर फिल्म एकेडेमीका अध्यक्ष छविराज ओझाको साथमा हल संचालक, साहित्यकार, पत्रकारको उपस्थिती थियो । चलचित्र सम्बन्धी अध्ययन गर्न चाहनेहरुका […]

प्रियंका र आयुष्मानले भैसेपाटीमा किने घर

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुणको १५ गते बिहे गर्न लागेको चर्चा चलिरहेको छ । तर, यो जोडीले आज आफ्नो बिहेको मिति सार्वजनिक गर्ने बताएको छ । यसैविच, प्रियंका र आयुष्मान बिहेपछि छुट्टै घरमा बस्ने तयारीमा लागेका छन् । यसैले पनि यी दुइले भैसेपाटीमा नयाँ घर किनेका छन् । नायिका प्रियंका कार्कीले […]

पूजा र आकाशको ‘संझना विर्सना’को प्रदर्शन मिति तय

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको जोडीलाई दर्शकले रुचाइरहेका छन् । यसैले पनि यी दुइलाई लिएर चलचित्र बनाउने निर्माताको लाइन लामै छ । यी दुइले अभिनय गरेको चलचित्र ‘रामकहानी र पोई पर्यो काले’मात्र रिलिज भएका छन् । चलचित्र ‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति आउँदो बर्षको तीजलाई तय गरिएको छ । यसैविच, अब पूजा र […]

रिलिज भयो सुशिल र रुविनाको ‘लभ डायरीज’

सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्र ‘लभ डायरीज’ आजबाट नेपालभरका हलमा रिलिज भएको छ । बारम्बार प्रदर्शन मिति सरेपनि अन्तत यो चलचित्र प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको हो । प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको यो चलचित्रलाई दर्शकले रुचाउने विश्वास यसको निर्माणपक्षको छ । चलचित्र ‘लभ डायरीज’मा नायक सुशिल श्रेष्ठ र नायिका रुविना थापाको मुख्य भूमिका […]

संगीत र प्रेमसँग जोडिएको ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । फागुण २३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पछि सरेको छ । यो चलचित्र अब फागुणको ३० गतेबाट रिलिज हुनेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ । चलचित्रको ट्रेलरमा […]

‘लभ डायरीज’ प्रिमियरमा रुविनाको तारिफ

भोली शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘लभ डायरीज’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार काठमाण्डौको बिग मुभिजमा चलचित्रको प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियर शोमा चलचित्रकर्मी, पत्रकारको बाक्लो उपस्थिती थियो । प्रिमियर शोमा उपस्थित धेरैले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् । डेब्यु निर्देशक सौरभ चौधरीको कामलाई पनि धेरैले राम्रो भनेका छन् । यस्तै, […]

प्रियंका र आँचललाई बिहेको चटारो

फागुण महिना लागेसँगै नेपाली चलचित्र क्षेत्रका २ नायिकाको बिहे चर्चा चुलिएको छ । यो महिना दुई चल्तीका नायिकाले बिहे गर्दैछन् । नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिहे गर्दैछन् । प्रियंका र आयुष्मानको बिहे फागुणको १५ गते हुने वुझिएको छ । तर, यो जोडीले भोली प्रेम दिवसको अवसर पारेर बिहे मिति सार्वजनिक गर्ने […]