Comments Add Comment

सिफारिस

List Grid
नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज

२८ भदौ, नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहिँ विमान चढ्न  ढीलो भएकोमा क्षमा मागेका छन् । युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री […]

पुस्तक व्यापारीको गुनासो- युवाले पढ्न छाडे

२८ भदौ, काठमाडौं । नेपालमा पुस्तक व्यापारको कारोबार वार्षिक चार अर्बको हाराहारीमा छ । सरकारी तथ्याङ्कहरुले पनि यसलाई पुष्टि गरेका छन् । यसको अर्थ हो, एउटा नेपालीले एक वर्षमा करिब १४० रुपैयाँ मात्र पुस्तक किन्नमा खर्च गर्छ । यी पुस्तकहरुमा विद्यालय र कलेजका पाठ्यक्रम, लोकसेवा आयोगका गाइड र व्यवसायिक पुस्तकहरु प्रमुख छन् । अनुसन्धानमूलक पुस्तक, […]

इलामको ‘स्कुल’ मा प्रचण्ड मख्ख ! झलनाथले भने- मलाई न्याय भो

२८ भदौ, बिराटनगर । नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ शुक्रबार इलाम पुग्दा नेकपाका कार्यकर्तामा तरंग आयो । पार्टी एकतापछि पूर्वमाओवादी र पूर्वएमालेका शीर्षनेताहरु आपसमा हल बाँधिएर पहिलोचोटि जिल्लामा आइपुगेको भन्दै स्थानीय कार्यकर्ता उत्साहित भएको नेकपा नेताहरुले बताएका छन् । इलाम नेकपा नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङको […]

तीन चुनाव, जसले नेकपामा फैलिँदैछ अन्तर्घातको त्रास

२७ भदौ, काठमाडौं । तीनै तहका रिक्त जनप्रतिनिधिका लागि आगामी मंसिर १४ मा उपचुनावको तयारी भइरहेका बेला देशको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भने अन्तर्घातको त्रास फैलिएको छ । तत्कालीन एमाले र माओवादी एकीकरणपछि पहिलोपटक एउटै पार्टी र चुनाव चिन्हका साथ निर्वाचनमा जान लागेको दुई तिहाई बहुमतप्राप्त दलका लागि केही समययताका परिणाम […]

डेंगुमा उपेन्द्र यादवले गुमाए अवसर

२७ भदौ, काठमाडौं । आजको दिनमा आमनागरिकको स्वास्थ्य मन्त्रालयसँग सबैभन्दा ठूलो अपेक्षा के होला ? अथवा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सम्बोधन गर्नुपर्ने सवभन्दा टड्कारो विषय के होला ? जवाफ सहज छ–डेंगु । वैशाख अन्तिमतिर धरानबाट सुरु भएको डेंगुले काठमाडौं उपत्यकामा महामारीको रुप लिदैछ । उपत्यकाका डल्लु, स्वयम्भु, असन लगायतका घनाबस्ती भएका क्षेत्रहरुबाट आएका विरामीमा […]

विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ वर्षपछि नागरिकता !

२७ भदौ, काठमाडौं । विदेशी बुहारीलाई बिहेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता दिइने भएको छ । त्यसअघि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र दिइनेछ । सरकार र राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयको तयार पारेको प्रस्तावअनुसार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने छैनन् । सुरुमा […]

विदेशी बुहारीको नागरिकतामा ७ वर्षे सीमा अस्वीकार्य : कांग्रेस

२७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई नागरिकता दिन ७ वर्षको सीमा राख्ने प्रस्ताव नमान्ने बताएको छ । नागरिकतासम्बन्धी विधेयकमाथि छलफल गरिरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति वैवाहिक अंगीकृत नागरिकताबारे निर्णयको संघारमा छ । समितिमा भएको छलफलका आधारमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि […]

राखेपको अनुमति नलिए क्रिकेट संघको चुनाव गर्न दिन्नँ

२७ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन असोज तीन र चार गतेका लागि तोकियो । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफूसँग स्वीकृति नलिएको भन्दै चुनाव गर्न रोक्न भनेपछि अन्यौल सिजना भएको छ । स्वतन्त्र टोली, क्रिकेट संघको विधानअनुसार चुनाव हुन लागेकाले रोक्न नहुने मत राखिरहेको छ । राखेप भने त्यो मान्न […]

विराटनगर–धरान सडक : अवधि सकिँदा जम्मा ४० प्रतिशत काम

२६ भदौ, विराटनगर । विराटनगरको रानी–धरान छ लेनको उत्तर–दक्षिण व्यापारिक राजमार्ग वितारको काम अवरुद्व बनेको छ । इटहरीका स्थानीयले बजार क्षेत्रमा ५० मिटर चौडा सडक बनाउने मापदण्डको विरोध गरेर काम अवरुद्व पारेका छन् । दुहबी बजारमा पनि मापदण्ड अनुसार जग्गा नपाएपछि ठेक्का प्रक्रिया रोकिएको छ । त्यस्तै, तरहरा–धरान १७ किलोमिटर वन क्षेत्रमा सडक विस्तारका लागि […]

क्रिकेट संघको निकास : राखेप र आईसीसी एक कदम पछि हटुन्

टिप्पणी २८ भदौ, काठमाडौं । आईसीसीको स्वतन्त्र टोलीद्वारा घोषित मितिमा नेपाल क्रिकेट संघ (क्यान) को चुनाव नहुने लगभग निश्चित भइसकेको छ । यसरी चुनाव पछि धकेलिँदा क्यानको निलम्बन फुकुवा हुनुको साटो झन् खराब परिस्थिति सामना गर्नुपर्ने हुनसक्छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधि समेत रहेको स्वतन्त्र टोलीले क्रिकेट संघको विशेष साधारणसभा ३ र ४ […]

महानगरका बस : जतासुकै भ्वाङ !

२७ भदौ, काठमाडौं । रिंगरोडमा बस चढेकी सुस्मिता अर्याल सिटमा बसेलगत्तै अत्तालिइन् । कारण थियो, आफू बसेको सिटमुनि खुट्टा राख्ने ठाउँमै सिंगो ज्यान छिर्नसक्ने भ्वाङ । रिंगरोडमा चल्ने बा ४ ख ८४७९ नम्बरको यो बसमा यात्रा गर्ने धेरै यात्रु यसरी नै आत्तिन्छन् । संयुक्त यातायातको यो बसको सिटमुनि भ्वाङ परेको कुरा बस चालक र सहचालकलाई […]

नयाँ सामाजिक सुरक्षा भत्ताको दर कायम, कसको कति पुग्यो ?

२७ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थ मन्त्रालयले बढेको सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको छ । चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता १ असोजमा वितरण हुन्छ । […]

डाक्टर भन्छन् – सरकारले चाहँदैमा डेंगु नियन्त्रण हुँदैन

२६ भदौ, काठमाडौं । गत जेठमा धरानबाट फैलिएको डेंगु तीन महिनामा देशका ५६ जिल्लामा फैलियो । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार अहिले देशभर ५ हजार ९५ जना भन्दा बढीलाई डेंगुको संक्रमण देखिएको छ । ६ जनाले डेंगुकै कारण ज्यान गुमाइसकेका छन् । प्रश्न उब्जिएको छ, आखिर सरकारी संयन्त्रहरु डेंगुको नियन्त्रणमा किन सफल हुन […]

इण्डो प्यासिफिकमा प्रचण्डको भनाइ नै नेकपाको लाइन !

२६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि नेतृ पम्फा भुसालले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ विदेश मन्त्रीसँगको भेटसम्बन्धी विज्ञप्तिबारे अमेरिकाले प्रष्टीकरण मागेको हो होइन भन्ने विषयमा सरकारसँग जवाफ मागिन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटमा भारत प्रशान्त रणनीति (इण्डो–प्यासिफिक रणनीति) मा […]

राष्ट्रपतिबाट विधेयक फिर्ता : सत्तापक्षको आशंका, प्रतिपक्षको स्वागत !

२६ भदौ, काठमाडौं । राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको राहदानी विधेयकबारे बिहीबार प्रतिनिधिसभामा छलफल भयो । राष्ट्रपति कार्यालयले फिर्ता पठाएको राहदानीसम्बन्धी विधेयक २०७५ छलफलपछि प्रतिनिधिसभाले जस्ताको तस्तै सर्वसम्मत रुपमा पारित पनि गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपतिबाट सदेशसहित फिर्ता भएको विधेयक २०७५ माथि पुनर्विचार गरियोस् भनी राखेको प्रस्तावमा नेकपाका २ र नेपाली कांग्रेसका […]

नेपाल र मलेसियाबीच रोजगारी खुला गर्ने सहमति, नयाँ कामदार जान बाटो खुल्यो

२६ भदौ, काठमाडौं । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । मेडिकलमा भएको […]

अब शून्य लागतमा मलेसिया ! श्रम समझदारीमा अरु के–के छ ?

२६ भदौ, काठमाडौं । नेपाल र मलेसियाबीच गत कात्तिक १२ मा भएको श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको छ । योसँगै अब १५ महिनाबाट रोकिएको मलेसियामा नयाँ कामदार जाने प्रक्रिया सुरु हुने छ । दुई देशबीच तत्काल नेपाल सरकारले सूचीकृत गरेका १२२ मध्ये ३६ मेडिकललाई कामदारको मान्यता दिने सहमति भएको नेपाल टोलीको नेतृत्वकर्ता श्रम रोजगार […]

गृहमन्त्रीको ‘ग्रिन सिग्नल’पछि पक्राउ परेका हुन् साइला भाइ

२६ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अनुसन्धान अघि बढाउन बाटो खुला गरिदिएपछि साइला भाइ नरेश थापा पक्राउ परेको खुलेको छ । प्रहरी उच्च स्रोतका अनुसार जेलमा रहेका गुण्डा नाइके समीरमान सिंह बस्न्यात समूहका सदस्य र नरेश थापाबीच नियमित सम्पर्क हुने गरेको सूचना पाएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले गृहमन्त्रीलाई ब्रिफिङ गरेका थिए […]

वैवाहिक अंगीकृतमा अड्कियो नागरिकता विधेयक, मत विभाजनको तयारी

२५ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा लामो समयसम्म सहमति जुटाउन नसकेपछि मतविभाजनबाट टुङ्ग्याउने तयारी गरेको छ । सर्वाधिक विवादको विषय बनेको वैवाहिक अंगीकृत नागरिकतालाई मत विभाजनबाट टुंग्याएर संसदको चालु अधिवेशनमै विधेयक पास गर्ने तयारी गरिएको हो । नागरिकता विधेयक बुधबार नै पारित गर्ने समितिको तयारी थियो । तर, समिति […]

सेनामा माथिल्लो दर्जालाई सलाम नगर्ने ३० जना कारबाहीमा

२५ भदौ, काठमाडौं । नेपाली सेनाले माथिल्लो दर्जाका कर्मचारीलाई सलाम नगर्ने ३० जनालाई कारबाहीको दायरामा ल्याएको छ । सैनिक अनुशासन विपरीत कार्य गरेको भन्दै सैनिक प्रहरी गणले उनीहरुलाई कारबाही गरेको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले ३० जनालाई स्पष्टिकरण सोधिएको पुष्टि गरे । ‘स्पष्टिकरणसँगै ड्रिल खेलाएर आइन्दा मर्यादा विपरीत कार्य नगर्न सचेत गराइएको छ’, सहायक […]

२५ लाखभन्दा बढीको कारोबार गर्दा तीनपुस्ते विवरण भर्नुपर्ने !

२६ भदौ, काठमाडौं । अब ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थाले तीन पुस्ते विवरण अनिवार्य भर्नुपर्ने भएको छ । सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धि प्रावधानलाई कडाई गर्ने भन्दै कार्यान्वयनमा ल्याउन लागेको निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो । ‘सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिका २०७६’ ले वार्षिक १ करोडभन्दा बढीको र एक पटकमा २५ लाखसम्मको […]