निकुञ्ज प्रशासनले अनुमतिबिना कोर क्षेत्रमा प्रवेश गरी यार्सागुम्बा संकलन गर्ने कार्य गैरकानुनी भएको भन्दै यस्ता गतिविधि नियन्त्रणमा कडाइ गरिएको जनाएको छ ।
२ जेठ, डोल्पा । डोल्पाका विभिन्न यार्सापाटनमा अवैध रूपमा प्रवेश गरी यार्सागुम्बा संकलन गरिरहेका १५ जना पक्राउ परेका छन् । उनीहरूलाई सुरक्षाकर्मी र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले पक्राउ गरेको हो ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने कोर क्षेत्र तथा विभिन्न पाटनबाट ती १५ जना पक्राउ परेको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निकुञ्जको सुरक्षार्थ खटिएको श्रीसंग्राम शार्दुल गुल्मअन्तर्गत सुरक्षा पोष्ट तोइजुमबाट नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उनीहरू पक्राउ गरेको हो ।
जसमा शुक्रबार बिहान जगदुल्ला गाउँपालिका–१ स्थित रिखे पुलबाट टाङटुङ्गे पाटनतर्फ जाँदै गरेका ९ जना पक्राउ परेका छन् । पक्राउृ पर्नेमा जगदुल्ला–३ थापागाउँकी ४२ वर्षीय रमिला बिक, १३ वर्षीय सर्वन बिक, जुम्लाको गुठीचौर गाउँपालिका–१ की ३८ वर्षीय कलौती कामी, ३६ वर्षीय रूपलाल बिक, १६ वर्षीय लालप्रसाद बिक, २० वर्षीय प्रकाश बिक, २० वर्षीय फूलमाया बिक, १५ वर्षीय निराजन बिक, १३ वर्षीय सुनिल बिक रहेका छन् ।
यस्तै शुक्रबारै साँझ ७ बजे जगदुल्ला गाउँपालिका–१ अन्तर्गत शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्र फूलबारी पाटनबाट ६ जना पक्राउ परेको निकुञ्ज कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा जगदुल्ला–१ हुरीकोटका १५ वर्षीय निशेष रावल, जुम्लाको पातारासी गाउँपालिका–५ का १९ वर्षीय प्रवीण बुढा, १७ वर्षीय सन्दीप महतारा, १७ वर्षीय दिनेश बोहरा, ४६ वर्षीय धर्मदत्त महतारा र २६ वर्षीय वीरबहादुर बुढा रहेका छन् ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा राखिएको छ ।
निकुञ्ज प्रशासनले अनुमतिबिना कोर क्षेत्रमा प्रवेश गरी यार्सागुम्बा संकलन गर्ने कार्य गैरकानुनी भएको भन्दै यस्ता गतिविधि नियन्त्रणमा कडाइ गरिएको जनाएको छ ।
अभिनेत्री जसिता गुरुङले शनिबार जन्मदिन मनाइरहेकी छन् र सामाजिक सञ्जालमा शुभकामना प्राप्त गरिरहेकी छन्।
जसिताले सन् २०१८ को फिल्म ‘लिली बिली’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन् र ‘पारस’ फिल्ममा अभिनय गर्न सम्झौता गरिसकेकी छन्।
जसिताले जन्मदिनको अवसरमा संघर्ष र परिवारबाट टाढा बस्नुपर्ने पीडाबारे भावुक सन्देश लेख्दै सबैप्रति आभार व्यक्त गरेकी छन्।
काठमाडौं । पछिल्लो समयकी चर्चित अभिनेत्री जसिता गुरुङ शनिबार आफ्नो जन्मदिन मनाइरहेकी छन् । रोमान्टिक जनराका फिल्ममार्फत दर्शकमाझ लोकप्रिय बनेकी उनी अहिले नेपाली फिल्म उद्योगकी डिमान्डेड अभिनेत्रीमध्ये एक हुन् ।
जन्मदिनको अवसरमा उनलाई प्रशंसकदेखि कलाकारसम्मले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् । सन् २०१८ मा रिलिज भएको रोमान्टिक फिल्म ‘लिली बिली’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी जसिताले त्यसयता लभ स्टेसन, ज्याकी आइएम २१, फर्की फर्की र जेरी अन टप जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।
विशेषगरी, अभिनेता अनमोल केसीसँग उनले सहकार्य गरेका फर्की फर्की र जेरी अन टप बक्सअफिसमा सफल फिल्म मानिएका छन् । लगातार सफलताको यात्रामा रहेकी जसिताले आगामी फिल्म ‘पारस’ पनि सम्झौता गरिसकेकी छन् । उक्त फिल्म चाँडै छायांकनमा जाने तयारीमा रहेको बताइएको छ ।
जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै जसिताले आफ्नो यात्रा, संघर्ष र साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरेकी छन् । उनले सपना पछ्याउने क्रममा परिवारबाट टाढा बस्नुपरेको पीडा सुनाउँदै वर्षमा एकपटक मात्रै परिवारलाई भेट्न पाउँदा जन्मदिनमा घरको सम्झना अझ बढी हुने बताएकी छन् ।
उनले आफ्नो काम हेर्ने, माया गर्ने, सन्देश पठाउने र साथ दिने सबैलाई धन्यवाद दिँदै नेपाली फिल्म उद्योगले आफूलाई धेरै कुरा सिकाएको उल्लेख गरेकी छन् । “यो यात्रा उत्साहजनक, सुन्दर, तनावपूर्ण र अर्थपूर्ण रह्यो,” उनले लेखेकी छन् ।
आफ्नो नयाँ वर्षको जीवनयात्रामा अझ धेरै प्रगति, स्वास्थ्य, शान्ति र खुशीको कामना गर्दै उनले परिवार, शुभेच्छुक र आफूलाई साथ दिने सबैप्रति आभार व्यक्त गरेकी छन् । ‘मलाई जस्तो छु त्यस्तै रूपमा स्वीकार्ने र साथ दिने सबैलाई मनदेखि धन्यवाद,’ उनले लेखेकी छन् ।
जसिताको जन्मदिनमा उनका को-स्टार अनमोलले पनि इन्स्टाग्राम स्टोरीमार्फत रोमान्टिक र मायालु भावसहितको जन्मदिन शुभकामना दिएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड राजश्व संकलन गरेको छ।
भन्सार विभागले कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा ८९ दशमलव ३५ प्रतिशत मात्र संकलन भएको छ।
कार्यालयले चालु आवको साउनदेखि वैशाखसम्म मासिक रूपमा १७ अर्बदेखि २२ अर्बसम्म राजश्व संकलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले बताए।
२ जेठ, वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड राजश्व संकलन गरेको छ ।
भन्सार विभागले यस अवधिमा कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व संकलन गरिएको हो ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताए । उनका अनुसार यहाँ राजस्वको मुख्य स्रोतका रूपमा पेट्रोलियम पदार्थको आयात, सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात रहेका छन् ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । चालु आवको दुई महिना अझै बाँकी रहेकाले थप राजश्व संकलन हुने कार्यालयको अपेक्षा छ ।
कार्यालयले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व संकलन गरेको थियो ।
यसैगरी, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड र चैतमा रु २२ अर्ब ८२ करोड राजश्व संकलन गरेको छ । यस्तै, वैशाखमा रु २१ अर्ब ७४ करोड राजश्व संकलन गरिएको सूचना अधिकारी विष्टले बताए ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरी निर्माण प्रगति र समस्याबारे जानकारी लिएका छन्।
मन्त्री लम्सालले सुरुङमार्ग निर्माणलाई तिव्रता दिन निर्देशन दिएका छन् र समस्या देखिए मन्त्रालयमा जानकारी गराउन आग्रह गरेका छन्।
सिद्धार्थ राजमार्गको सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजना हो र चीनको कम्पनीले २०८३ चैत्र भित्र निर्माण सक्ने गरी काम गरिरहेको छ।
२ जेठ, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणधिण सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिए । साथै, निर्माणलाई तिव्रता दिन पनि उनले निर्देशन दिएका छन् ।
निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन उनको आग्रह छ ।
मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडकविभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमनको लागी पुगेका हुन् ।
सिद्धार्थ राजमार्ग निर्माणाधीण सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ चैत्र भित्र निर्माण सक्नेगरी सुरुङमार्गको काम गरिरहेको छ ।
मनमा उब्जिएका प्रश्नहरूको उत्तर खोज्ने जमर्को पनि आफैँले गरेँ र निष्कर्ष निकालेँ- समृद्धि सधैँ भिड, गति र कोलाहलमा मात्र हुँदैन; कहिलेकाहीँ समृद्धि मौन, सेतो र अनुशासनमा मुस्कुराइरहेको हुन्छ ।
सन् २०१८ सेप्टेम्बरमा एसिया–प्यासिफिक ब्रोडकास्टिङ युनियनको ५५औँ सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको राजधानी आस्गावाद पुगेको टोलीले सहरको समृद्धि र अनुशासन अनुभव गर्यो।
आस्गावादको सेतो सङ्गमर्मरले ढाकिएका भवनहरू, व्यवस्थित सडक र मौनता राष्ट्रको स्थिरता र समृद्धिको प्रतीक हुन् भन्ने अनुभूति भयो।
कार्यक्रममा ६० देशका ५०० भन्दा बढी प्रसारक सहभागी भएर डिजिटल रूपान्तरण र क्षेत्रीय सहकार्यबारे गम्भीर छलफल गरियो।
यात्रा सधैँ गन्तव्यमा पुगेर टुङ्गिँदैन । केही यात्रा यस्ता हुन्छन्, जो फर्किएपछि मात्र सुरु हुन्छन् स्मृतिमा, सोचमा र अन्तरमनको संवादमा । ती यात्रा समयसँगै अझ भावनात्मक बन्छन्, अनुभूतिमा विस्तार हुन्छन् र जीवनका नबिर्सिने घटना बनिदिन्छन् । सन् २०१८ को सेप्टेम्बरमा तुर्कमेनिस्तानको राजधानी आस्गावाद पुगेको मेरो यात्रा पनि त्यस्तै एउटा यात्रा बन्यो । एसिया–प्यासिफिक ब्रोडकास्टिङ युनियन (एबीयू) को ५५औँ साधारण सभा तथा सम्मेलनमा सहभागी हुने औपचारिक निम्तो बोकेर निस्किएको म, फर्कँदा एउटा सहरको समृद्धि मात्र होइन, एउटा राष्ट्रको मौन इतिहास, अनुशासन र सौन्दर्यबोधको आत्मीय अनुभव बोकेर फर्किएँ ।
विमानस्थलदेखि सहरसम्म
सन् २०१८ सेप्टेम्बर २८ को बिहान म, अकोराबका तत्कालीन अध्यक्ष सुवास खतिवडा, कोषाध्यक्ष लक्ष्मण खड्का र रेडियो सिमराका राजेन्द्र खनालसहित चार सदस्यीय टोली टर्किस एअरलाइन्सको विमानमार्फत टर्कीको इस्तानबुल हुँदै आस्गावादमा अवतरण गरेका थियौँ । विमानस्थलमै सहआयोजक ‘तुर्कमेनिस्तान स्टेट कमिसन फर टेलिभिजन, रेडियो एन्ड सिनेमाटोग्राफी’ का प्रतिनिधिबाट प्राप्त भव्य स्वागतले यात्राको सुरुवातलाई नै विशेष र आत्मीय बनाइदियो ।
विमानस्थलबाट होटेलतर्फ जाँदै गर्दा सहरको मुख्य सडकको दायाँबायाँको दृश्यले मनलाई एकाएक अर्कै संसारमा पुगेको अनुभूति भयो । धुलो, अव्यवस्था र निरन्तरको कोलाहलमा अभ्यस्त काठमाडौँको जीवनशैलीबाट गएका मेरा आँखाले सेतो सङ्गमर्मरले ढाकिएका भवनहरू, अत्यन्त व्यवस्थित सडक र एकदमै शान्त वातावरण नियालिरहेका थिए । त्यो क्षण मलाई यस्तो अनुभूति भयो कि “म कुनै फरक संसारबाट एकाएक सेतो सहरमा आइपुगेको छु ।”
हामी बसोबास गर्ने व्यवस्था ‘ग्रेन्ड तुर्कमेन होटेल’ मा गरिएको थियो भने कार्यक्रम सञ्चालन हुने स्थल भने केही टाढा रहेको आकर्षक एल्डिज होटेल थियो । यी दुवै होटेलहरू सहरको गौरव र सम्पन्नताको झल्को दिने संरचनाहरू थिए । अझ एल्डिज होटेल त आफैँमा आधुनिक वास्तुकलाको एक आकर्षक नमुना जस्तो देखिन्थ्यो ।
सहरसँगको पहिलो भेटको अनुभूति
आस्गावाद बोल्दो रहेनछ, ऊ केवल हेर्दो मात्र रहेछ । चौडा सडकहरू छन्, तर भिड छैन । विशाल भवनहरू छन्, तर मानिसहरूको चहलपहल एकदमै कम देखिन्छ । फराकिला र चम्किला सडकहरू, व्यवस्थित रूपमा ठडिएका सेता भवनहरू, हरियालीले सजिएका पार्कहरू र सहरको सरसफाइले सहरलाई कुनै चित्रकारले बनाएको चित्रकला जस्तो अनुभूति हुन्थ्यो ।
सहर पूर्ण त देखिन्थ्यो, तर त्यो पूर्णताभित्र एक किसिमको मौनता भेटिन्थ्यो । सेतो सङ्गमर्मरले ढाकिएका सरकारी भवनहरू, स्मारकहरू र स्तम्भहरू हेर्दा के अनुभूति भयो भने, यो सहर केवल बसोबासका लागि बनेको होइन, यो सहर त एउटा विचार हो । यहाँका संरचनाहरू मानव आवश्यकताभन्दा पनि राज्यदर्शनको अभिव्यक्ति जस्ता लागे । यस्तो लाग्ने कि हरेक भवन भनिरहेका छन्- “हामी स्थिर छौँ, हामी समृद्ध पनि छौँ तर नियन्त्रित छौँ ।”
आजको चम्किलो आस्गावाद बुझ्न यसको इतिहास नबुझी हुँदैन । तुर्कमेनिस्तान एकाएक बनेको नयाँ सभ्यता होइन । यो भूमि प्राचीन ‘सिल्क रोड’ को महत्त्वपूर्ण खण्ड थियो, जहाँ व्यापार मात्र होइन, भाषा, धर्म र संस्कृतिहरू आवतजावत गर्थे । घुमन्ते जीवनशैली, घोडासँगको गहिरो सम्बन्ध र मरुभूमिसँगको सङ्घर्षमा हुर्केको र बाँचेको संस्कार तुर्कमेन पहिचानका आधार हुन् ।
तर आधुनिक इतिहासले यस देशलाई लामो समयसम्म स्वतन्त्र हुन दिएन । उन्नाइसौँ शताब्दीको अन्त्यतिर यो क्षेत्र रुसी साम्राज्यको प्रभावमा पर्यो र पछि सोभियत सङ्घको एक गणराज्य बन्यो । मस्कोबाट निर्देशित शासन, केन्द्र-नियन्त्रित अर्थतन्त्र र सीमित सांस्कृतिक अभिव्यक्तिले तुर्कमेन समाजलाई लामो समय जकडेर राख्यो ।
सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि तुर्कमेनिस्तानको यात्रा एक स्वतन्त्र राष्ट्रका रूपमा सुरु भयो । त्यो स्वतन्त्रता केवल राजनीतिक घोषणा मात्र नभएर आफ्नो पहिचान पुनर्निर्माण गर्ने अवसर पनि थियो । आस्गावादको आजको रूप त्यही स्वतन्त्रतापछिको महत्त्वाकाङ्क्षाको परिणाम हो र रुसको छायाबाट बाहिर निस्केर आफ्नै खुट्टामा उभिएर हिँड्ने प्रयास पनि हो ।
कार्यक्रमको आयोजना र राष्ट्रको आत्मविश्वास
यो कार्यक्रममा एसिया-प्रशान्त क्षेत्रका ६० देशबाट आएका ५०० भन्दा बढी प्रसारक, सञ्चारकर्मी र विज्ञहरू एउटै छानामुनि भेला भएका थिए । कार्यक्रममा प्रविधि, प्रसारण नीति, सामग्रीको गुणस्तर र भविष्यका चुनौतीबारे गम्भीर बहस भएका थिए । अत्याधुनिक सभाहल, सुव्यवस्थित व्यवस्थापन र कडा समयपालनले तुर्कमेनिस्तानको संस्थागत क्षमताको परिचय दिइरहेको थियो । सानो जनसङ्ख्या भए पनि अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ उभिन सक्ने राष्ट्रको झल्को त्यो कार्यक्रमबाट देखाउन खोजिएको आभास हुन्थ्यो ।
त्यही अवसरमा मैले सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को तर्फबाट ‘बुहारी पत्रकारिता’ र हाम्रो संस्थाले गरेका कामको प्रस्तुतीकरण गरेँ । मैले खानेपानी, मानवअधिकारलगायतका सामाजिक विषयहरूमा यसअघि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुति गरिसकेको भए पनि मिडिया र रेडियोसम्बन्धी मेरो यो पहिलो प्रस्तुति थियो । त्यो क्षणले मलाई अत्यन्त उत्साहित र गौरवान्वित बनायो ।
कार्यक्रममा विश्वभर तीव्र रूपमा अघि बढिरहेको ‘डिजिटल रूपान्तरण’ को सन्दर्भमा प्रसारण क्षेत्रले सामना गरिरहेका अवसर र चुनौतीबारे व्यापक छलफल भयो । यसका साथै डिजिटलाइजेसन, नयाँ मिडियाको विस्तार, सामग्री उत्पादनका नयाँ ढाँचा तथा एसिया-प्रशान्त क्षेत्रका प्रसारण संस्थाबिच सहकार्यलाई अझ सुदृढ बनाउने कुराहरू कार्यक्रमका मुख्य विषयवस्तु थिए ।
कार्यक्रमअन्तर्गत रेडियो कार्यसमूह, खेल प्रसारण अधिकार सम्बन्धी विशेष छलफल तथा प्राविधिक ब्युरोका बैठकहरूसमेत आयोजना गरिएका थिए । साथै, परम्परागत प्रसारण प्रणालीबाट आधुनिक डिजिटल ‘इकोसिस्टम’ तर्फ रूपान्तरण कसरी गर्ने भन्ने विषय पनि छलफलको एजेन्डा थियो । एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशबाट आएका प्रसारण संस्थाका प्रतिनिधिहरूबिच अनुभव आदानप्रदान, सहकार्यका नयाँ अवसरहरूको खोजी तथा साझा चुनौतीहरूका समाधानका लागि क्षेत्रीय साझेदारीलाई बलियो बनाउनेबारेमा पनि छलफल भयो ।
कार्यक्रमका दौरान तुर्कमेन रेडियो र टेलिभिजनका पत्रकारहरू निरन्तर रूपमा सहभागीहरूसँग अन्तर्क्रिया गरिरहेका थिए । कतिपयले छोटो-छोटो ‘बाइट’ र अन्तर्वार्ता लिएर प्रस्तुति र प्रतिक्रिया सङ्कलन गरिरहेका थिए । समाचार सङ्कलनको काममा उनीहरूको सक्रियताका कारण सहभागीहरू उत्साहित भई आफूलाई लागेका कुरा निर्धक्कसँग खोल्ने वातावरण सिर्जना भएको थियो ।
कार्यक्रमका सत्रहरूमा सञ्चार प्रविधि, प्रसारण नीति र सामग्रीको गुणस्तरबारे छलफल भइरहँदा मलाई बारम्बार लागिरह्यो- यो देशले सञ्चारलाई केवल सूचना प्रवाहको साधन मात्र होइन, राष्ट्र छविको उपकरणका रूपमा हेरिरहेको छ । यहाँ हरेक कुरा नियन्त्रित छ तर त्यो नियन्त्रण अराजकताबाट बच्ने उपाय जस्तो पनि लाग्थ्यो ।
हिप्पोड्रोम र अश्वकला : संस्कृति र साहस
कार्यक्रमको अन्तिम दिन हामीले ‘आस्गावाद हिप्पोड्रोम’ (विशाल घोडादौड मैदान) को भ्रमण गर्ने अवसर पायौँ । मैदानमा प्रवेश गरेपछि र अश्वकला हेरेपछि महसुस भयो- यहाँ केवल खेल मात्र होइन, सांस्कृतिक धरोहर र जीवनशैलीको जीवित रूप प्रदर्शन भइरहेको छ । त्यहाँ देखिएको अश्वकला अनौठो थियो । झट्ट हेर्दा १५-१६ वर्षका जस्ता देखिने युवा-युवतीहरूले प्रस्तुत गरेको घोडाका चाल र तालसँगको आफ्नो अद्भुत समन्वय साँच्चै अविश्वसनीय र अकल्पनीय थियो ।
घोडाका टाप बज्दा निस्केको साङ्गीतिक लयको ध्वनि, दुईवटा छुट्टाछुट्टै घोडामा आफ्ना दुइटा खुट्टा राखेर दौडाइएका घोडाहरू, त्यसमाथि दौडिरहेका घोडामाथि एक युवा-युवतीको काँधमा अरू युवा-युवती चढेर बनाइएको २-३ तहको पिरामिड; ती दृश्यहरूले केवल आँखालाई मोहक मात्र बनाएनन्, शरीर नै रोमाञ्चित भयो अनि आङ सिरिङ्ग बनायो ।
अश्वकलाका यी दृश्यहरू देख्दा मलाई लाग्यो- इतिहास, परम्परा र आधुनिकता एउटै मञ्चमा नाचिरहेका थिए । र यो पनि लाग्यो- संस्कृति केवल सङ्ग्रहालय वा भित्तामा मात्र सजिने गौरवको अमूर्त गाथा होइन, यो त अभ्यास, अनुशासन र साहसमा पो जीवन्त रहिरहने रहेछ । घोडा र मानवबिचको त्यो मिलन, आत्मीयता, आस्वाद र समर्पणले साँच्चै तुर्कमेनिस्तानको पहिचान र गौरव झल्काएको अनुभूति भयो ।
ऐतिहासिक स्थल र सांस्कृतिक पहिचान
यात्राको क्रममा आस्गावादवरपरका ऐतिहासिक स्थलहरू अवलोकन गर्ने अवसर पनि हामीले पायौँ । पहिलो गन्तव्य थियो ‘निसा’ (पुरानो निसा र नयाँ निसा) । यो स्थल युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भएको रहेछ र तेस्रो शताब्दी ईसापूर्वको ‘पार्थियन साम्राज्य’ को प्राचीन राजधानी रहिसकेको इतिहास बोकेको रहेछ । निसाका अवशेषहरू, पुराना दरबार, किल्ला, मन्दिर र समाधिस्थलहरूले यहाँको इतिहास र सभ्यताको पहिचान दिइरहेका थिए ।
त्यसपछि हाम्रो भ्रमणको अर्को गन्तव्य थियो ‘तुर्कमेनिस्तान राष्ट्रिय सङ्ग्रहालय’, जुन देशकै सबैभन्दा ठुलो र ऐतिहासिक सङ्ग्रहालय रहेछ । सङ्ग्रहालयमा प्राचीन सभ्यता, निसाका अवशेष, विश्वप्रसिद्ध अखाल-टेक घोडा, तुर्कमेन कार्पेट र राष्ट्रको इतिहासलाई एकै ठाउँमा जीवन्त रूपमा देखाइएको थियो ।
त्यस्तै, हाम्रो यात्राको अर्को अविस्मरणीय स्थल बन्यो ‘तुर्कमेन कार्पेट सङ्ग्रहालय’ । विश्वभर चर्चित तुर्कमेन कार्पेटहरूको सङ्ग्रहले यहाँको सांस्कृतिक र कलात्मक चेतनालाई उजागर गरेको त अवश्य थियो, साथै यसले परम्परा र सौन्दर्यबोधको प्रमाण प्रस्तुत गरिरहेको आभास भयो । कार्पेटको बुनाइ, रङ संयोजन र ज्यामितीय ढाँचा आफैँमा यहाँको सांस्कृतिक पहिचानको अभिव्यक्ति झैँ लाग्थ्यो ।
देखिनेभन्दा फरक संस्कृति
तुर्कमेनिस्तानको स्वतन्त्रतापछि राज्यव्यवस्थाले राष्ट्रिय गौरवलाई अत्यन्त जोड दिएको रहेछ । त्यसको प्रत्यक्ष प्रभाव आस्गावादको वास्तुकलामा देखिन्छ । सङ्गमर्मरले ढाकिएका सरकारी भवनहरू, विशाल स्मारकहरू र खुला चोकहरू हेर्दा लाग्छ यो सहर आफैँ एउटा अलिखित दस्ताबेज हो ।
बाहिरबाट हेर्दा आस्गावाद अत्यन्त आधुनिक देखिन्छ । तर देखिने आधुनिकताभित्र तुर्कमेन संस्कृति अझै जीवित रहेको अनुभूति हुन्छ । परम्परागत पोसाकमा देखिने ज्यामितीय बुट्टा, घोडाप्रतिको सम्मान, परिवार-केन्द्रित जीवनशैली- यी सबैले घुमन्ते सभ्यताको सम्झनाको झल्को दिन्छन् । महिलाहरूको छिनेको कम्मर, एकै आकारमा उठेका नितम्ब र पातलो शरीर भएका एकनासे पुरुषहरू मानौँ कुनै मूर्तिकारले नापजाँच गरेर एउटै स्वरूपमा कुँदेर बनाएको हो !
यहाँ मानिसहरू कम बोल्छन् तर आतिथ्यमा कुनै कमजोरी महसुस हुन दिँदैनन् । चिया पिउँदै गरिने छोटा तर आत्मीय संवाद, आँखामा देखिने शालीनता, अनुहारको मुस्कान र व्यवहारमा झल्किने आत्मसम्मानको भावले त्यहाँको संस्कृति र सभ्यता देखाउँछ ।
मौनता, जो प्रश्न सोध्छ
आस्गावादमा सहर डुल्दा बारम्बार एउटा कुरा भने मनमा आइरह्यो- यो सहर किन यति शान्त छ ? कसैलाई कुनै हतारो नभएको झैँ देखिन्छ । लाग्थ्यो, यहाँ सबै कुरा छ तर कठोर अनुशासनको बन्धनमा चलिरहेको छ । त्यो मौनता डरको उपज हो कि स्थिरताको सङ्केत ? त्यो प्रश्नको स्पष्ट उत्तर मैले पाउन सकिनँ । तर त्यस मौनताले मलाई सोच्न बाध्य बनायो- समृद्धि र स्वतन्त्रताको सन्तुलन कस्तो हुनुपर्छ ? के सेतो रङले सबै कुरा ढाकेपछि जीवनका रङहरू पनि हराउँछन् र ?
रात पर्नासाथ आस्गावाद झन् सुन्दर देखिन्छ । उज्यालो प्रकाश सङ्गमर्मरका भवनहरू, सफा र चम्किला सडकहरू र शान्त चोकहरूमा परेपछि सहरको आकर्षण नै फरक बन्दो रहेछ । बत्तीको प्रकाशमा नुहाइएका संरचनाहरूले सहरलाई स्वप्नलोक झैँ देखाउँदा रहेछन् । तर त्यो सौन्दर्यभित्रको अर्को पाटो पनि रहेछ- चकमन्नता ! जहाँ फाट्टफुट्ट गाडी र मानिसको पातलो उपस्थिति मात्र देखिने रहेछ । सडकहरू चम्किला भए पनि सुनसान देखिन्थे र चोकहरू सुन्दर भए पनि निर्जीव जस्ता देखिन्थे । सहरमा देखिने भिडभाड र कोलाहल नदेखिँदा र नसुनिँदा कता-कता त्यो सुन्दरता अपुरो जस्तो लाग्थ्यो ।
नखुलेको रहस्य
हामी चार जनाको टोलीमा सधैँ एकजना स्थानीय सहयोगी हामीसँग थिए । उनी हामी अवतरण भएदेखि फर्किँदा पनि एअरपोर्टसम्म साथमै रहे । होटेलमा हामीलाई बिहानै उठाउने, कार्यक्रम स्थलमा पुर्याउने, कार्यक्रमभरि हाम्रै आसपासमा रहिरहने अनि कार्यक्रम सकिएपछि होटेलसम्म पुर्याउने- सबै काम उनका नियमित क्रियाकलाप थिए ।
यति मात्र होइन, हामीले बजार घुम्ने रहर गर्दा बजार र विभिन्न ठाउँहरूमा घुमाउँथे र राति हामी होटेलको कोठामा छिरिसकेपछि मात्र उनी फर्किन्थे । यतिसम्म कि हामी राति निकै अबेरसम्म बियरबारमा बसेर रमाइलो गरिरहँदा पनि उनी हामीलाई कुरेर बसिरहन्थे र होटेलमा छोडेर मात्र उनी फर्किन्थे । उनको गतिविधिले यस्तो रहस्य उत्पन्न भयो कि- उनी हाम्रा सहयोगी मात्र थिए कि सुरक्षाको कारण हाम्रा लागि खटिएका सुराकी ?
फर्कँदा बोकेको अनुभव
आस्गावादबाट फर्कँदा मलाई एउटा सहरको आत्मा बोकेर फर्किएको जस्तो महसुस भएको थियो; जहाँ रुसको छायाबाट बाहिर निस्किएको इतिहास छ, जहाँ सेतो रङभित्र सत्ता र समृद्धि दुवै लुकेका छन् र जहाँ मौनताले पनि आफ्नै भाषा बोल्छ । यो यात्रा मेरा लागि परम्परा धान्दै आधुनिक राष्ट्र निर्माणको इतिहासको पाठ सिक्ने अवसर बन्यो ।
तर केही प्रश्नहरूले भने मनमा डेरा जमाइरहे- के मौनतामा पनि समृद्धि सम्भव छ ? के अनुशासनले स्वतन्त्रताको आवाज दबाउँछ ? वा, के यो तुर्कमेनिस्तानले इतिहासको पीडाबाट सिकेर बनाएको सेतो, स्थिर र आत्मसंयमी बाटो हो ?
मनमा उब्जिएका प्रश्नहरूको उत्तर खोज्ने जमर्को पनि आफैँले गरेँ र निष्कर्ष निकालेँ- समृद्धि सधैँ भिड, गति र कोलाहलमा मात्र हुँदैन; कहिलेकाहीँ समृद्धि मौन, सेतो र अनुशासनमा मुस्कुराइरहेको हुन्छ । आस्गावाद मेरो स्मृतिमा एउटा सुन्दर यात्रा मात्र रहेन, यो आधुनिकता र परम्पराको सहअस्तित्वबारे घोत्लिन बाध्य बनाउने जीवन्त पाठ बनेको छ ।
सेतो सहर आस्गावाद आज पनि मेरो स्मृतिमा सङ्गमर्मरको उज्यालो झैँ चम्किरहेको छ अनि त्यस उज्यालोभित्र लुकेको मौनता झैँ गहिरो । अनि त्यो यात्रा मेरो लागि केवल भौगोलिक दूरी मात्र होइन, एक वैचारिक यात्रा पनि बन्यो ।
२ जेठ, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा झन्डै दुई खर्ब राजस्व संकलन गरेको छ । चालु आवका साउन महिनादेखि वैशाख मसान्तसम्म एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको हो ।
भन्सार विभागले यस अवधिमा वीरगञ्ज भन्सार कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताए । उनका अनुसार वीरगञ्ज भन्सार कार्यालयको राजस्वको मुख्य स्रोतका रूपमा पेट्रोलियम पदार्थको आयात, सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात रहेका छन् ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । चालु आवको दुई महिना अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने कार्यालयको अपेक्षा छ ।
कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यसैगरी, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड र वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी विष्टले बताए । –रासस
नेपालले ३६ ओभर ४ बलमा १९६ रनको लक्ष्य पूरा गर्यो र अब स्कटल्याण्डसँग खेल्नेछ।
२ जेठ, काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ ।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।
ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए । इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।
स्मितले शेहान जयसुरियासँग दोस्रोे विकेटका लागि शतकीय साझेदारी गरेका थिए । शेहान ५२ बलमा ५० रन बनाएर आउट भए । शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए ।
१२२ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुग्यो । नेपाली बलर हाबी हुँदा अमेरिकी ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् ।
मिलिन्द कुमार २८, कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १, हर्मित सिंह १४, मोहम्मद मोहसिन र नोसथुस केन्जिगे ० रनमा आउट भए । शौरभ नेत्रभाल्कर ० रनमा अविजित रहे ।
बलिङमा उपकप्तान दीपेन्द्रले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एकएक विकेट लिए । नेपालले अब आफ्नो तेस्रो खेल सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।
२ जेठ, काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् ।
खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।
खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुँ भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर निकै अशिष्ट र अमर्यादित भाषामा धम्क्याएको अडिओ सामाजिक सञ्जालमा छाएको छ ।
शनिबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिइएको जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिएर दैलेखका एक वडा सचिवलाई धम्क्याउने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिइएको छ ।
२ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिएर दैलेखका एक वडा सचिवलाई धम्क्याउने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिइएको छ ।
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडासचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले ‘प्रधानमन्त्री कार्यालयबाट हुँ’ भन्दै फोनमार्फत अत्यन्त असभ्य भाषामा धाकधम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सोही घटनाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै ती व्यक्तिलाई कारबाही गर्न निर्देशन दिइसकेको जनाएको छ । कार्यालयका प्रवक्ता हेमराज अर्यालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी थर्काउने खड्कालाई कारबाही गर्न भनिसकेको जनाएका हुन् ।
‘उक्त घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निज प्रकाश खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री ज्यू सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ हुनुहुन्छ ।’
विधिको शासनलाई चुनौती दिने जोकोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
‘कुनैपनि व्यक्तिले आफ्नो निजी स्वार्थपूर्तिका लागि सम्माननीय प्रधानमन्त्री ज्यू, उहाँको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिँदै फोनमार्फत वा भेटमा धाकधम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गर्ने कार्य गरेमा त्यस्ता भ्रममा नपर्न र सोको जानकारी तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गराउन कार्यालय सम्पूर्णमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
आगामी दिनमा हुनसक्ने यस्ता प्रकृतिका सम्भावित दुरुपयोग र भ्रमबाट बच्नका शङ्कास्पद फोन, सन्देश वा संवादहरूलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण गर्न प्रधानमन्त्री कार्यालयले भनेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर आसिफ शेखले ६७ बलमा १५औं अर्धशतक पूरा गरे।
ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए।
नेपालले १९६ रनको लक्ष्य पछ्याउँदै २३ ओभर २ बलमा कुनै विकेट गुमाएन र १२० रन बनाएर खेलिरहेको छ।
२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७ चौका प्रहार गरेका छन् ।
ओडिआईमा उनको यो १५औं अर्धशतक हो । यसअघि ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए ।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल २३ ओभर २ बलको खेल सकिँदा कुनै पनि विकेट नपुमाइ १२० रन बनाएर खेलिरहेको छ ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपालको संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्नुभयो।
उहाँले प्रतिनिधि सभाको विघटनले संविधानलाई डिरेल गर्ने र चिरहरण गर्ने कार्य प्रारम्भ भएको बताउनुभयो।
भट्टराईले राजनीतिक दलहरू प्राइभेट लिमिटेड कम्पनी जस्ता भएका र आन्तरिक लोकतन्त्र समाप्त भएको आरोप लगाउनुभयो।
२ जेठ, काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् ।
संविधान निर्माणमा संलग्न शक्तिहरूले नै यसलाई क्षतविक्षत पार्ने प्रयास गरेको उनको टिप्पणी छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले प्रतिनिधि सभाको पहिलो र दोस्रो विघटनबाट संविधानलाई ‘डिरेल’ गर्ने र यसको ‘चिरहरण’ गर्ने कार्य प्रारम्भ भएको बताए ।
विगतका विघटनका समयमा नागरिक र दलहरू सडकमा उत्रिएको तथा अदालतले संविधानलाई सही मार्गमा ल्याएको स्मरण गर्दै उनले अहिलेको अवस्था भने फरक रहेको जिकिर गरे ।
दैनिक रूपमा बहसका लागि अदालत पुग्ने कानुन व्यवसायी भएर पनि यस्तो भन्नुपर्दा आफू दु:खी रहेको उनले बताए ।
‘विगतमा अदालतले दुवै पटक संविधानलाई र्ट्याकमा ल्याइदिएको थियो, तर अहिले हाम्रो अदालतमा त्यो हिम्मत छ भन्ने मलाई महशुस हुन छोडेको छ । अदालत संविधानको मर्मअनुसार चल्न नसक्ने अवस्थामा पुगेको छ र पछिल्ला घटनाक्रमले न्यायालय भय र त्रासको भरमा टिकेको भान हुन्छ,’ उनले भने, ‘अहिलेका राजनीतिक दलहरू प्राइभेट लिमिटेड कम्पनी (प्रालि) जस्ता भएका छन् । तिनलाई प्रतिरोध गर्ने क्षमता कसैमा पनि देखिएको छैन ।’
भट्टराईले राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र समाप्त हुँदा नागरिक स्वतन्त्रतामा ठूलो धक्का लागेको उल्लेख गरे ।
दलहरू विचार र सामूहिक निर्णयका आधारमा चल्न छोडेको उनको आरोप छ ।
सुनसरीको चारकोसे झाडीमा ‘मुसा रुब्रा’ नामक दुर्लभ जङ्गली केरा फेला परेको छ, जसले नेपालको तराई–चुरे क्षेत्रमा अझै धेरै अपरिचित वनस्पति लुकेर रहेको सङ्केत दिएको छ ।
नेपालको चारकोसे झाडी पूर्व–पश्चिम करिब १२.८४ किलोमिटर चौडा घना जङ्गल थियो, जुन अहिले धेरै भागमा साँगुरिएको छ।
सुनसरीको चारकोसे झाडीमा नयाँ जङ्गली केरा प्रजाति 'मुसा रुब्रा' फेला परेको छ, जुन पूर्वमा पहिलो पटक पाइएको हो।
चारकोसे झाडीमा मानव बसोबास र सडक विस्तारले वनस्पति विविधता घटेको छ, र संरक्षणका लागि दीर्घकालीन अनुसन्धान आवश्यक छ।
उहिले नेपालको चुरे पहाड दक्षिणतिर र तराईको उत्तरतर्फ पूर्व–पश्चिम फैलिएको घना जङ्गललाई चारकोसे झाडी भनिन्थ्यो । परम्परागत भारतीय मापन प्रणालीअनुसार १ कोस करिब ३.२१८ किलोमिटर चौडा क्षेत्र हो । यसर्थ, चार कोस भनेको १२.८४ किलोमिटर हो ।
नेपाल–अङ्ग्रेज युद्ध (सन् १८१४–१८१६) पछि नेपालका शासकहरूले चुरे र तराईबीचको यो घना जङ्गललाई विदेशी सेनाविरुद्ध प्राकृतिक सुरक्षाकवचका रूपमा संरक्षण गरेका थिए । त्यसपछि यसलाई औपचारिक रूपमा ‘चारकोसे झाडी’ भन्न थालियो । त्यसबेला यसको औसत चौडाइ पनि करिब १२–१३ किलोमिटर नै थियो ।
विशेषगरी सुगौली सन्धिपछि राणाकालमा तराई र चुरेबीचको जङ्गललाई चारकोसे झाडी भन्न सुरु गरियो । हिजोआज पर्सा, चितवनलगायत केही भूभागमा मात्र यो जङ्गलको चौडाइ १२/१३ किलोमिटर जति छ ।
सन् १९५० पछि औलो उन्मूलन अभियान सञ्चालन भयो । त्यससँगै २०१५–२०१७ सालताका बिपी कोइराला प्रधानमन्त्री रहँदा पूर्व–पश्चिम राजमार्गको योजना बन्यो । त्यसपछि पञ्चायतकालमा राजा महेन्द्रका समयमा यसको निर्माण सुरु भयो । पञ्चायतकालमा यसलाई महेन्द्र राजमार्ग नाम दिइयो ।
राजमार्ग निर्माणसँगै चुरे र तराई क्षेत्रमा तीव्र रूपमा मानव बसोबास विस्तार हुन थाल्यो । पहाड तथा हिमालय क्षेत्रबाट तराई झरेका मानिसहरूले चारकोसे झाडी फँडानी गरेर खेतीपाती र बस्ती बसाए । त्यसपछि यो विशाल जङ्गल क्रमशः साँगुरिँदै गयो ।
झापाको बिरिङ खोला पूर्वतर्फ खुदुनाबारी र अर्जुनधारा आसपासका क्षेत्रमा चारकोसे झाडी छैन । त्योभन्दा पूर्वतर्फ चारकोसे झाडीको चोक्टा-चोक्टी मात्र छ । कोसी प्रदेशमा चारकोसे झाडीको चौडाइ कतै पनि चार कोस बचेको छैन ।
चारकोसे घुमियो
सुनसरीस्थित रामधुनी नगरपालिका-७ को उत्तरी सिमानाको चारकोसे जङ्गल २००९/२०१० साल (सन् १९५२/१९५३) मा फँडानी भएको हो । त्यसबेला फँडानी २००७ सालको क्रान्तिका अगुवाहरूले गराएका थिए । त्यहाँको जग्गा २०१८ सालमा नापी भयो ।
मेरो बुबा ब्रिटिस लाहुरबाट छुट्टीमा आउँदा २०२१ सालमा अहिलेको आफन्त टोलको उत्तरपट्टि जङ्गलको सीमावर्ती भूभागमा जमिन किन्नुभएको थियो ।
गत वैशाख ८–३० गतेसम्म त्यहीँ गएर बसियो । म त्यहाँको जङ्गलमा २०४५ सालसम्म गाईवस्तु चराउने, हराएका गाईवस्तु खोज्ने, घाँस–दाउरा गर्ने, मौरी खोज्ने र चैत–वैशाखमा बँदेलका बच्चा खोज्दै डुल्ने गर्थेँ । पहिले दुलामा बस्ने मौरी (Apis cerana) र रूखका हाँगामा घार बनाउने खागो (Apis dorsata) प्रशस्तै थिए । हिजोआज खागो भने लगभग हराइसकेको छ ।
जङ्गलभित्र २-३ सय मिटरसम्म त दिनहुँ गएँ । किनभने हाम्रो जग्गाको सिमाना नै जङ्गल हो । दिन बिराएर ७ दिन चाहिँ दिनभर जङ्गल नै घुमियो । जाँदा फरक वनस्पति पाउने उद्देश्यका साथ भिन्नभिन्न ठाउँ त कहिले एकै दिशातिर गइयो ।
पहिले स्थानीय नामले चिनेका वनस्पतिको वैज्ञानिक नाम मनमनै सम्झँदै घुमियो । धेरै बुट्यान तथा लहरा वर्गका वनस्पतिका वैज्ञानिक नाम थाहा पाएको रहेनछु । बेसार, अदुवाजस्ता वनस्पति कुन-कुन हुन् भनेर ठम्याउनै गाह्रो भयो ।
वनस्पतिको वैज्ञानिक नाम थाहा पाउन सम्बन्धित वनस्पतिको फूल वा फल नै चाहिन्छ । वैशाखमा खासै धेरै फुलेका थिएनन् । वनस्पतिका विभिन्न प्रजातिहरू वर्षैभरि फुल्छन् ।
यसैले, केही महिनाको अन्तरालमा वर्षको ४-५ पटक चाहार्नैपर्छ, ठाउँ विशेषका नचिनिएका वनस्पतिका नाम थाहा पाउन । उसो त नेपालमा तराईका जङ्गलमा वनस्पति अध्ययन पहाड र हिमालय क्षेत्रको तुलनामा कम भएको छ । विदेशी वनस्पति अन्वेषकहरू तराईतिरको जङ्गलमा गएको एकदमै कम अभिलेख छ ।
जङ्गलको अवस्था
उहिले र अहिले जङ्गलको वानस्पतिक विविधता र घनत्वमा निकै फेरबदल भएको रहेछ । उहिले साना देखिएका बरका रूखहरू त अजङ्गका भएछन् । कति चाँडै बढ्ने बर ! बिराले लहरा मासिएछ । कतै देखिनँ । उहिले गलेनी प्रशस्त हुन्थे । कतै-कतै मात्र देखेँ । नेपालको वनस्पति सूचीमा गलेनीका ५ प्रजाति सूचीकृत छन् । तीमध्ये हात्तीको कानजत्रो पात हुने हाडजोडा गलेनी (Leea aequata) एकाध ठाउँ मात्र देखेँ ।
उन्यु, निगुरो समूहका वनस्पतिले जङ्गलको सतह छपक्कै ढाक्दै लगेका छन् । पहिले जङ्गल छेउछाउ र खोला किनारका चिस्यान ठाउँहरूमा मात्र उन्यु, निगुरो हुन्थ्यो । हिजोआज त उन्यु र निगुरो मिचाहा वनस्पति प्रजातिका रूपमा फैलिएका छन् । तर नेपालमा अझै उन्यु र निगुरोलाई मिचाहा मानिएको छैन । त्यो अध्ययन नभएर होला ।
पान, मरिचको वंश पाइपर हो । पाइपर वंशअन्तर्गतका पिल्ला प्रजाति पनि कतै-कतै मिचाहा भएर फैलिएको भेटाएँ । किनभने यसले पनि जमिनमा पलाउने झार तथा केही स-साना बुट्यानलाई विस्थापित गरेको देखेँ ।
जङ्गली जनावरहरू जस्तो: बँदेल, मृग, चित्तल, दुम्सी एउटै देख्न पाइएन । एकाध ठाउँ बँदेलले उधिनेको ताजै जमिन भेटियो । उहिले बग्रेल्ती देखिन्थे । अहिले बाँदर, ढेडु चाहिँ बढेछन् । उहिले मानिसको चहलपहल निकै कम हुन्थ्यो । तर घर-घरमा गाईवस्तु पालिएका हुन्थे । गाईवस्तुका खुरले उन्यु, निगुरो नकुल्चिने भएकाले उन्यु, निगुरो, पाइपर वंशका वनस्पति बढेका हुन् कि अन्य के कारणबाट हो, थाहा पाउन सकिएन ।
पहिले गाईवस्तुका चरण जङ्गलमै हुन्थे । धेरैले भैँसी पाल्थे । भैँसीका दुधालु घाँस पनि जङ्गलबाटै ल्याइन्थ्यो । हिजोआज गाईवस्तुको ठाउँमा बाख्रापालन बढेको छ । गाईवस्तु त शून्य नै भएको रहेछ । एकाध घरमा गाई पालिएका भए पनि हिजोआजका गाई त जङ्गल नचर्ने, दाना खुवाउनुपर्ने रहेछन् ।
हिजोआज युवा तथा मध्य उमेरका मानिसहरू वैदेशिक रोजगार तथा पलायन भएर जङ्गल बाक्लिँदै गएको छ । जङ्गलमा सखुवाका स-साना रूखहरू बाक्लै छन्, जुन भविष्यमा बाक्लो भएका कारण काठ कम हुनेछ ।
करिब ४० वर्षयता उम्रेका र बाक्लै हुर्काइएका सखुवाका रूखहरू नेपाल सरकारले एक कार्यविधि बनाएर कति दूरीमा राख्नुपर्ने हो, निर्क्यौल गरेर छाँट्नुपर्छ । यसो नगरे बाक्लै हुर्काइएका सखुवाहरू त नरिवलका बोटभन्दा केही ठुला मात्र हुनेछन् ।
जङ्गली केरा
घुम्ने क्रममा जङ्गलको मध्यभागमा जङ्गली केराको घारी भेट्टाएँ, जुन यसअघि जङ्गलमा कहिल्यै देखेको थिइनँ । सुरुमा यसलाई टाढाबाट हेर्दा जङ्गली बेसारको घारीजस्तो होला भन्ठानेको थिएँ । तर पात केही ठुलो भएकाले चासो जाग्यो ।
नजिक गएर हेर्दा त्यो त जङ्गली केराको प्रजाति रहेछ । एक अर्को ठाउँमा खोला किनारमा सानो एक झुन्ड पनि देखेँ । हर्कराज र ताम्रध्वज मादेन भाइहरूसँग सोध्दा ती ठाउँबाहेक अन्यत्र पनि त्यो केरा छ भन्ने जानकारी पाएँ ।
यो केरा प्रजातिको मुख्य विशेषता बोट सानो र बुङ्गा आकाशतिर सीधा फर्केको अर्थात् फेदबाट सीधा ९० डिग्री आकाशतिर फर्केको थियो ।
सामान्यतया, केराको बुङ्गा बोटबाट पसाउँदा जमिनतिर झुकेको हुन्छ । मैले घर तथा उद्यानमा बुङ्गा आकाशतिर फर्केको केही ठाउँ देखेको छु । केरा प्रजातिको पहिचान मूलतः बुङ्गा र त्यसभित्र रहेको फूलका विवरणबाट गरिन्छ ।
बुङ्गाको बाहिरी आवरणले केराको फूललाई जोगाउँछ । फूललाई सुरक्षा गर्ने त्यो फूलको ब्राक्ट अर्थात् बाहिरी पुष्पदल हो । केरा वंशमा ५-६ प्रजातिका बोट सानो र बुङ्गा सीधा आकाशतिर फर्कने हुने रहेछन् ।
चारकोसे जङ्गलमा भेटिएको जङ्गली केराको बुङ्गा थियो तर बुङ्गा पूरा उघ्रेर फूल फुलेको अवस्था नभएकाले पहिचान गर्न सकस पर्यो ।
वैज्ञानिक नाम
नेपालको फूल फुल्ने वनस्पतिहरूको सूची (Checklist of flowering plants of Nepal) मा ३ जङ्गली केराका प्रजातिहरू – मुसा बाल्बिसियाना (Musa balbisiana), एन्सेटे ग्लाउकम (Ensete glaucum) र एन्सेटे नेपालेन्सिस (Ensete nepalensis) छन् । एन्सेटे वंशको जङ्गली केरा बिउबाट उम्रन्छ, पसाउँछ र मर्छ । त्यही ठाउँमा त्यसको गानोबाट पलाउँदैन ।
सुनसरी जिल्लाको चारकोसे झाडीमा भेटिएको त्यो जङ्गली केराको बाहिरी आकृतिक बनावट (Morphological structure) अध्ययन गर्दा उल्लिखित ३ प्रजातिभन्दा भिन्न थियो । यसैले यो फरक प्रजाति हो भन्ने अनुमान गरेँ ।
यसको गानो भूमिगत कन्दयुक्त राइजोम, गाढा बैजनी कृत्रिम तना (Pseudostem), बैजनी थोप्लायुक्त पातका डाँठ, गुलाबी धर्कायुक्त मध्यशिरा (Midrib) तथा हल्का रातो–बैजनी किनार भएका पातहरूले यो फरक प्रजाति हो भनेर अनुमान गरेँ ।
एन्सेटे नेपालेन्सिस नेपालबाट सन् २०२३ मा २ सय वर्षपछि रि-डिस्कभर्ड भएको हो । यो नेपालको रैथाने प्रजाति हो । किनभने यो प्रजाति अहिलेसम्म नेपालबाहेक अन्य देशमा फेला परेको छैन । यो प्रजाति सन् १८२० मा नेपाल आएका नाथानियल वालिचले काठमाडौँ उपत्यकाबाट सङ्कलन गरी सन् १८२४ मा ‘विश्वको निम्ति नयाँ’ भनेर प्रकाशित गरेका थिए । त्यसबेला यसको वैज्ञानिक नाम ‘मुसा नेपालेन्सिस’ राखेका थिए ।
त्यसपछि यसलाई कसैले पनि वास्ता गरेनन् । तर गोदावरीस्थित नेपाल सरकारको राष्ट्रिय वनस्पति उद्यानका वनस्पतिविज्ञ गौरव परमारले यो मुसा प्रजाति होइन भन्दै अध्ययन गरे । उनले विदेशीसँग सहकार्य गरेर यो मुसा वंशको नभई एन्सेटे वंशको हो भन्ने पत्तो लगाए । उनले त्यसको वंश नाम मुसाबाट एन्सेटेमा स्थानान्तरण गरी ‘एन्सेटे नेपालेन्सिस’ बनाउँदै लेख प्रकाशित गरे ।
सन् १८२४ मा नाथानियल वालिचले मुसा वंशको गुणभन्दा फरक भएर पनि यो केरालाई मुसा वंशमा नै राखेका थिए । यसबारे यो पङ्क्तिकारले कान्तिपुर दैनिक र नेपाली टाइम्समा भिन्दाभिन्दै दुईवटा लेख लेखेको छ । यो जङ्गली केरा गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानभित्र एकाधवटा र बाहिर ललितपुरका जङ्गलमा कतै-कतै पाइन्छ ।
सुनसरीमा फेला परेको जङ्गली केराको पात अण्डाकार–लाम्चो आकारको छ । माथिल्लो सतह गाढा हरियो र तल्लो सतह हल्का पहेँलो–हरियो देखिन्छ ।
यो केराको बुङ्गा अर्थात् पुष्पक्रम (Inflorescence) सीधा ठडिएको छ । यो केराको बुङ्गा गुलाबी र भालाजस्तो (Lanceolate) आकृतिको छ । सन् २०१६ मा ताइवानिया जर्नलको वर्ष ६१, अङ्क १ मा ‘नोट्स अन मुसा रुब्रा’ शीर्षकमा एक लेख प्रकाशित छ । उक्त लेखमा यसको बोट, बुङ्गा, फूलका विभिन्न अङ्गहरूको सचित्र विवरण समावेश छ । त्यो सामग्रीबाट सुनसरीमा भेटिएको जङ्गली केरा ‘मुसा रुब्रा’ हो भन्ने लाग्यो ।
मुसा रुब्राको फूलहरू सुनौलो पहेँलो रङका हुने रहेछन् । तर फूल नभेटिएका कारण यो कुन प्रजाति हो भन्ने दुविधा भयो । पहिचान सुनिश्चित गर्न उक्त बिरुवाका तस्बिर र भिडियो मैले जङ्गली केराका विशेषज्ञ राजिब गोगोईलाई पठाएँ । गोगोई भारतीय वनस्पति सर्वेक्षणसँग आबद्ध वनस्पतिविज्ञ हुन् र जङ्गली केरासम्बन्धी अध्ययनमा लामो समयदेखि सक्रिय छन् ।
जङ्गली केराको मुसा वंशमा जम्मा ८८ प्रजाति दक्षिण र दक्षिण-पूर्व एसियामा छन् । तीमध्ये ५ प्रजाति राजीव गोगोईले विश्वको निम्ति नयाँ पत्ता लगाएका हुन् । उनै गोगोईले सुनसरीमा फेला परेको जङ्गली केरा ‘मुसा रुब्रा’ भएको पुष्टि गरे । यसको वितरण समुद्र सतहबाट १,००० देखि १,३०० मिटरसम्म हुने उल्लेख भएको पाइन्छ ।
सुनसरीको जङ्गलमा भने यो समुद्री सतहबाट करिब १५० मिटर उचाइमा छ । यो प्राकृतिक रूपमै त्यहाँ थियो वा अन्त कतैबाट आइपुग्यो, भविष्यमा खुलासा होला; तर १५० मिटर उचाइमा पनि फैलिँदो रहेछ भन्ने देखियो । यो आफैँमा एक नयाँ तथ्य हो । मुसा रुब्राको फलसमूह (Infructescence) मा रातो रङका बेलनाकार फल लाग्ने तथा बीउहरू खैरो, गिर्खायुक्त (Tuberculate) हुने लेखिएको छ ।
मुसा रुब्रा छायाँयुक्त र चिस्यानयुत्त खोँच, खोल्सा तथा अर्धदलदली (Semi-marshy) स्थानमा उम्रिने वनस्पति हो भन्ने लेखिएका छन् । बोटानिकल गार्डेन्स, क्यु, लन्डनको विद्युतीय सञ्जाल ‘प्लान्ट्स अफ द वर्ल्ड अनलाइन’ मा यो प्रजाति भारतको आसाम, बङ्गलादेश, म्यान्मार र थाइल्यान्डमा पाइन्छ भन्ने लेखिएको छ । अब यो वनस्पति नेपालमा पनि पाइन्छ भन्ने भयो ।
फैलावट/विस्तार
यो प्रजाति मूलतः दुई किसिमले विस्तार हुन्छ । यो केराको विस्तार घरेलु केराको जस्तो एकै ठाउँ समूहमा नभई जमिनमुनि टाढासम्म हुँदो रहेछ । यो प्रजातिको राइजोम अर्थात् जराजस्तो आकृति जमिनभित्र लामो, लहराजस्तो बढ्दो रहेछ ।
जराको टुप्पोबाट नयाँ बिरुवा उम्रँदो रहेछ । बोटबाट यसको जरा करिब डेढ मिटर पर पुग्दो रहेछ । यसकारण बोटबाट डेढ मिटर टाढा नयाँ बिरुवा पलाउँछ ।
यो केराको एउटा कोसाबाट ५० देखि ६० वटासम्म साना, चिचिला र कडा बिउहरू हुन्छन् । पाकेको केरा चराचुरुङ्गी, चमेरा र साना स्तनधारी जनावरले खोजी-खोजी खाने गर्दा रहेछन् । तिनै जनावरको दिसाबाट यो टाढा-टाढा फैलन्छ ।
उपयोगिता
यो प्रजातिको बोट सानो र बुङ्गा आकर्षक देखिने भएकाले हिजोआज यो प्रजाति संसारभर फूलका रूपमा रोप्ने गरिएको छ । चोभारस्थित मञ्जुश्री पार्कमा फूलकै रूपमा रोपिएको हो ।
यो रोग प्रतिरोधात्मक क्षमता भएको केरा प्रजाति हो । आधुनिक कृषि विज्ञानमा घरेलु केराका प्रजातिहरूमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न र तिनको आनुवंशिक सुधारका लागि यसको जिन प्रयोग गरिँदो रहेछ ।
अन्य जङ्गली केराको थाम, डाँठको रस र फूलहरू परम्परागत रूपमा घाउ निको पार्न, सुन्निएको कम गर्न र पाचन प्रक्रिया सुधार गर्न उपयोगी मानिन्छन् ।
मुसा रुब्राका फूल र फलहरूले जङ्गलका माहुरी, पुतली, चमेरा र विभिन्न चराचुरुङ्गीहरूलाई आकर्षित गरी पारिस्थितिकीय सन्तुलन कायम राख्न मद्दत गर्छन् । यसको जरा भुइँमा फैलने भएकाले यसले भिरालो चिस्यान क्षेत्रको भूक्षय रोक्न मद्दत गर्छ ।
यस्तै, यसको पात विभिन्न देशमा खाना खान, खाद्य सामग्री पोका पार्न, टपरी वा प्लेटका रूपमा प्रयोग गरिँदो रहेछ ।
निष्कर्ष
अन्ततः सुनसरीको चारकोसे झाडीमा भेटिएको यो दुर्लभ जङ्गली केरा केवल एउटा वनस्पति अभिलेख मात्र होइन, नेपालको तराई–चुरे जैविक विविधताको अझै पूर्ण रूपमा अध्ययन हुन बाँकी रहेको प्रमाण पनि हो । दशकौँदेखि मानव बसोबास, वन फँडानी, सडक विस्तार र भूमिको उपयोग परिवर्तनका कारण चारकोसे झाडी निरन्तर खुम्चिँदै गएको अवस्थामा यस्ता प्रजातिको अस्तित्व स्वयंमा महत्त्वपूर्ण तथ्य हो ।
यस अध्ययनले नेपालको तराईका जङ्गलमा अझै धेरै अपरिचित वा कम अभिलेखित वनस्पति लुकेर रहेका हुन सक्ने सङ्केत दिएको छ । विशेषगरी जङ्गली केराका प्रजातिहरू कृषि, रोग प्रतिरोधी जिन, खाद्य सुरक्षा, औषधीय उपयोग तथा पारिस्थितिक सन्तुलनका दृष्टिले भविष्यका लागि अत्यन्त उपयोगी स्रोत बन्न सक्छन् । त्यसैले अब नेपालले केवल वनविनाश रोक्ने मात्र होइन, तराई–चुरेका वनस्पतिहरूको वैज्ञानिक दस्तावेजीकरण, जिन अध्ययन, संरक्षण र उपयोगतर्फ दीर्घकालीन अनुसन्धान अघि बढाउन आवश्यक छ ।
साथै, चारकोसे झाडीलाई केवल जङ्गलका रूपमा नभई जैविक सम्पदा, स्थानीय इतिहास र भविष्यको वैज्ञानिक सम्भावनाको भण्डारका रूपमा हेर्नुपर्ने समय आएको छ । यदि यस्ता वनस्पतिलाई समयमै अध्ययन र संरक्षण गर्न सकिएन भने भविष्यमा धेरै प्रजाति वैज्ञानिक रूपमा चिनिनुअघि नै हराउने जोखिम रहन्छ ।
उपत्यकाका सडकहरू अहिले ज्याकाराण्डाको बैजनी फूलले रंगिएका छन्।
काठमाडौंको कमलपोखरी, रत्नपार्क, टुँडिखेल र दरबारमार्गमा ज्याकाराण्डा फुलेको छ।
ललितपुरको सातदोबाटो–बल्खु सडकमा पनि ज्याकाराण्डाको गुलजार देख्न सकिन्छ।
२ जेठ, काठमाडौं । उपत्यकाका सडक यतिबेला ज्याकाराण्डाले रंगीन छन् । बैजनी रंगले बसन्तयाममा झन् बढी मादकता थपेको छ ।
उपत्यकाको पुरानो प्रेमी ज्याकाराण्डाले सडक किनार, पार्क र कार्यालय परिसर ढकमक्क छन् । यसको सुन्दरताको सधैं प्रशंसा हुने गरेको छ ।
काठमाडौंको कमलपोखरी, रत्नपार्क, टुँडिखेल, दरबारमार्ग लगायत क्षेत्रमा ज्याकाराण्डा ढकमक्क फुलेको छ । ललितपुरको सातदोबाटो–बल्खु सडकमार्गमा पनि ज्याकाराण्डाको गुलजार देख्न सकिन्छ ।
सडक किनारामा हाँगा फिंजिएका रूखभरि नीलो फूल फुल्दा शहर सुन्दर, गुलजार बनेको छ ।
फूललाई पृष्ठभूमि पारेर फोटो र भिडियो खिच्नेहरू पनि उत्तिकै छन् । फूल खसेर भुईं समेत निलाम्य भएको छ । युरोप, अफ्रिका हुँदै ज्याकाराण्डा एशियाली मुलुकमा भित्रिएको मानिन्छ ।
पत्रकारितालाई समग्रमा त भन्न गाह्रो छ । कुनै सामग्री पढ्दा खतरा लाग्छ । कुनै कुरा पढ्दा विरक्त लाग्छ, के गरेको होला जस्तो लाग्छ । त्यसैले ठिकठाकै लाग्छ । तर पत्रकारिताको नाममा अहिले डिजिटल मिडियाको आइरो विरक्तलाग्दो छ ।
रंगकर्मी केदार श्रेष्ठले नयाँ सरकारले सुकुम्बासीका टहरा भत्काउँदा मानवीय पक्षलाई ख्याल नगरेकोमा दु:ख लागेको बताएका छन् ।
आफू जुन बाटोमा लागेको छु त्यो आफ्नो मर्जीले लागेकाले कसैसँग गुनासो नरहेको बताएका छन् ।
केदार श्रेष्ठ रंगकर्मी, बालसाहित्यकार, तथा चलचित्रकर्मी हुन् । नेपालमा बालरंगमञ्च तथा बालबालिकासँग सम्बन्धित कामका लागि पनि उनी बढी चिनिन्छन् । उनी थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) र थिटएर मल नाटकघरका संस्थापक हुन् । उनी थिएटरको विश्व संगठन इन्टरनेसनल थिएटर इन्स्टिच्युट (आइटिआइ) का नेपाल सेन्टरको अध्यक्ष समेत रहेका छन् ।
धेरै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त जुनुको जुत्ता (२०१९) उनको लेखन, निर्देशनको डेब्यू सर्ट फिल्म हो । ऐना झ्यालको पुतली, गाउँ आएको बाटो लगायत चर्चा बटुलेका फिल्मका कास्टिङ निर्देशक हुन् ।
उनले ढुकढुकी ७२ मेगाहर्ज, मान भर्सेस मति, उपियाँको निबन्ध लगायतका चर्चित नाटकहरू लेखन, निर्देशन गरेका छन् । हालै उनको लेखन, निर्देशन रहेको नाटक गुलियो स्याउ (अ स्वीट एप्पल) मंगोलियाको महोत्सवमा विश्व प्रिमयर भएको थियो ।
उनै श्रेष्ठसँग अनलाइनखबरले दिलै खोलेर कुराकानी गरेको छ ।
हिजोआज
पछिल्लो समय के कुरा वा कुन समाचारले खुसी हुनुभयो ?
भयानक खुसी हुने कुरा त खास छैन । एउटा नाटक तयार पारेँ- गुलियो स्याउ (अ स्वीट एप्पल) । यो मंगोलियामा विश्व प्रिमियर भएर १९ मञ्चन भयो । यसले अन्तर्राष्ट्रिय यात्रा गरेर खुसी भएको भन्दा पनि यो नाटक बन्नुमा नै खुसी भएको हुँ ।
यो बालबालिकाका त्यसमा पनि ३ वर्षमाथिका बालबालिकाका लागि लक्षित । यस्ता नाटक खास बन्दैन हाम्रोमा । यो पटक साना उमेरका लागि नाटक यस्तो हुनसक्छ है भनेर देखाउन मिल्ने, भन्न मिल्ने आनन्दको काम गर्न पाएँ । त्यसले खुसी बनाएको छ ।
अनि पछिल्लो समय थिएटर र पर्फमिङ आर्ट्सको विश्व संगठन इन्टरनेसनल थिएटर इन्स्टिच्युट (आइटिआइ) को नेपाल सेन्टरलाई करिब एक वर्षको पहलपछि पुनः स्थापित गर्न सकियो । नेपाली रंगमञ्चका गतिविधिलाई अन्तर्राष्ट्रिय रूपमा जोड्न यो जरुरी थियो ।
दिक्क बनाएको कुरा ?
पछिल्लो समय नयाँ सरकारले सुकुम्बासीको घर भत्काउँदा त्यहाँको मानवीय संवेदनाका कथाहरू पढेर, सुनेर, देखेर दिक्क बनायो । सरकारले अलिकति तयारी गरेर मानवीय पक्षलाई ख्याल गरिदिएको भए हुन्थ्यो भन्ने चुकचुक लागिरह्यो ।
अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
मान्छे आफैंमा अजीवको प्राणी हो । आजकाल मान्छेहरू नै झन् रोचक बन्दै गएका छन् । मान्छेहरूले पेशा, पहुँच, सत्ता, समाज, आवश्यकताका आधारमा व्यवहारगत रुप धारण गर्दोरहेछ । यी सब ठाउँमा रोचक-रोचक पात्रहरू भेटिरहेका छौं । एकजना व्यक्ति मात्र होइन ।
नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
नेपाली समाजको राम्रो, नराम्रो पक्ष एउटै हो जस्तो लाग्छ, एडजस्टमेन्ट ।
पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
मज्जाले हेर्छु, यो बानीजस्तो बन्यो । पत्रकारितालाई समग्रमा त भन्न गाह्रो छ । कुनै सामग्री पढ्दा खतरा लाग्छ । कुनै कुरा पढ्दा विरक्त लाग्छ, के गरेको होला जस्तो लाग्छ । त्यसैले ठिकठाकै लाग्छ । तर पत्रकारिताको नाममा अहिले डिजिटल मिडियाको आइरो विरक्तलाग्दो छ । पत्रकारिताभन्दा पनि व्यक्तिकारिता जस्तो ।
इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
मेरो खास इतिहास त बनिसकेको जस्तो लाग्दैन । फेरि इतिहासलाई सुधार्ने होइन, त्यसको अनुभवले वर्तमानलाई सुन्दर बनाउने हो भन्ने लाग्छ । सत्य इतिहास सुध्रिदैन पनि बिग्रदैन पनि । जे हो त्यही हो ।
तर, त्यसलाई गरिने विश्लेषण, विचार र अनुभव अनुसार फरक-फरक हुनसक्छ । इतिहास होइन कि भोगेका/बितेका समयलाई मान्ने हो भने ‘कुनै काम गर्न पाए’ भन्ने कुरामा कसले कुनै काम गर्न रोकेको छ र ! पहिले गरेको काम फेरि गर्न नहुने भन्ने के छ र!
मैले कुनै पनि काम आफ्नै मर्जीले गरेँ । आफ्नै मर्जीले छाडेँ । त्यसैले, गर्न पाए भन्दा पनि गर्नै परेमा भने चैं ‘थिएटर मल नाटकघर’को स्थापना मेरो जुन उमेर र उत्साहमा गरेको थिएँ, त्यो ४ वर्षमै भत्काउनु पर्यो । त्यस भवनको नयाँ ठेकेदारका कारण भत्काउन बाध्य भएँ । अहिले त्यही समयमा हुन्थेँ भने अलि बढी नै वादप्रतिवाद गरेर भएपनि भत्काउने थिइनँ ।
तर, यो सुधार हुन सक्दैन । किनकी भत्काएको पनि दशक पुग्न लाग्यो । अनि अर्को स्थानमा स्थापित पनि गरिसकियो । पुरानो समयलाई सम्झेर यस्तो गरेको भए हुने भन्दा पनि त्यस अनुभवलाई लिएर अब चाहिँ यसो गर्छु, यसो गर्दिनँ भनेर मनन गर्ने होला ।
बाल्यकाल र किशोरावस्था
सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
सानोमा गुच्चा नै बढी खेलेँ हौ मैले त । अनि हामी हुतुतु भन्थ्यौ, कबड्डी खेलेँ ।
साथीहरूले तपाईंको निकनेमहरू के-के राखिदिएका थिए ?
उही त हो, निकनेम यस्तै:- काले, कालु, कालेभाइ । यसमा तत्कालीन सामाजिक नजर, सोचाइ, जसले राखे उसँगको सम्बन्धको आधारमा हुनेरहेछ । माध्यमिक तह पढ्न थालेपछि चाहिँ कविता प्रतियोगिताहरूमा सहभागी हुने भएकाले कविजी पनि भने केहीले । यो स्कुलको कुरा हो ।
तपाईंको कोहीसँग झगडा परेको थियो ?
बाल्यकालमा साथीसँगी मिल्ने झगडा पर्ने त सामान्य नै हो नि ! सिकाइ र सम्बन्धको विकासका क्रममा यस्तो भइहाल्छ नै । तर, ठूलो ठूलो झगडा चाहिँ भएन । भनाभन अलि अलि प्याट्टपुट्ट मात्र हो ।
तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?
थियो नि ! जल शाह साह्रै मन पर्ने । मोटो मोटो मान्छे तर कस्तो फुर्तिलो नाच्ने । पर्दामा देखिने अरू हाउभाउले स्मार्ट गर्लजस्तो लाग्ने । स्वरमा आधाउधी सुकेको जस्तो । त्यहीँ नै मन पर्ने । अनि स्कुलमा केटी साथीहरू पनि त्यस्तै-त्यस्तै फिचर र नेचरको मन पर्ने के !
अहिले आएर चाहिँ जल शाह राम्रो अभिनय क्षमता भएको तर उहाँले आफ्नो समयमा त्यो क्षमता देखाउन पाउने गरी, आफैंलाई परीक्षण गर्ने गरी कुनै फिल्म र भूमिका गर्न पाउनुभएन भन्ने लाग्छ ।
सिनेमा
पहिलो पटक सिनेमा हेर्दाको सम्झना कस्तो छ ?
पहिलो पटक हेरेको सिनेमा धेरै कुरा थिए । तर त्यस फिल्ममा बाँदरले पनि फिल्म खेलेको थियो । बाँदर हिरोको साथी थियो । बाँदरलाई हेडमास्टर भनेर बोलाउँथे । यति कुरा चाहिँ मन भित्रै गढेर बसेको थियो । पछि यही आधारमा कुन फिल्म हो भनेर खोजी गर्दा त्यो फिल्म ‘गोपीकृष्ण’ रहेछ ।
फिल्ममा बहादुरी देखाउने हिरो थियो । तर, हिरो राजेश हमाल भनेर पनि पछि थाहा पाएँ । यो फिल्म हेर्दा म ४/५ वर्षको थिएँ होला । त्यही बाँदर र बाँदरको नाम हेडमास्टर भन्ने मात्र याद थियो । सानो उमेरमा हेरेको त्यति झल्को चाहिँ स्मृतिमा बसेछ ।
कस्ता सिनेमा हेर्न मन पर्छ ?
सबै खालको हेर्छु । तर कलेज पढ्ने बेलामा नेपाली र बलिउडका बाहेक युरोपेली नवयथार्थवादी र इरानी सिनेमा हेर्न संयोग परेपछि त्यस्ता सिनेमाको गहिरो प्रभाव पर्यो । अहिले पनि त्यस्तै सिनेमा हेर्न अलि बढी मनपर्छ ।
साह्रै मन परेका सिनेमा ?
हेरिआएकाभन्दा फरक हेर्न थालेपछि थुप्रै सिनेमाहरू मन परे । इरानी मजिद मजिदीको ‘चिल्ड्रन अफ हेभन’ अझै जतिपटक पनि हेर्न सक्छु ।
चर्चा भएका तर हेर्दा खासै नलागेका कुनै सिनेमा छन् ?
अँ… त्यस्तो पनि हुँदोरहेछ । एउटा आफ्नो टेस्ट हुँदोरहेछ । अर्को कुन मुडमा, कसरी हेर्यो भन्ने कुराले पनि त्यस्तो हुँदोरहेछ । ‘मुन लाइट’ नेपालको हलमा पनि चलेको थियो । निकै चर्चा थियो तर हेर्दा त्यस्तो लागेन ।
हेर्ने सिनेमा कसरी छान्नुहुन्छ ?
पहिले समयमा सिनेमाहरू अहिले जस्तो पहुँचमा थिएनन् । त्यतिबेला ठमेल र झोँछेतिरको पसलमा गएर कभरमा दुईतिर धानका बाला भएका सिनेमाहरू छान्थेँ । धानका बाला भएको सिनेमाहरू चाहिँ संसारका गजब सिनेमा भनेर बुझ्थेँ । पछि आएर धानका बाला फेस्टिभल सेलेक्सनदेखि, अवार्ड, एप्रिसियसन हो भन्ने बुझ्दै गएँ ।
अहिले चाहिँ सिनेमाहरू आएपछि हल्लाखल्ला हुन्छ । समीक्षा हुन्छ । ट्रेलर, टिजर हुन्छ । पोस्टर हेरिन्छ । कसको सिनेमा भन्ने हुन्छ । कस्तो खालको भन्ने हुन्छ । यी यस्ता सबै सूचना पहुँचमै छ । अनि मनस्थिति अनुसार छानिन्छ ।
नेपालमा कस्ता सिनेमा धेरै बनुन् जस्तो लाग्छ ?
मान्छे अजीबको प्राणी हो के, आफूलाई मनपर्ने काम गरिदेओस् जस्तो लाग्छ । आफूलाई मनपर्ने खाना पाकोस् भन्ने लाग्छ । आफूलाई नराम्रो लाग्ने त केही हुँदै नहोस् भन्ने लाग्छ । त्यहीअनुसार आफूलाई मनपर्ने जस्तै बनोस् जस्तो लाग्छ फिल्म पनि ।
त्यसो भनेको समाजसँग नजिक, यथार्थसँग नजिक, समाजमै बाँचिरहेका पात्र, चरित्र र व्यवहार भएको फिल्म बनोस् । अझ फिल्ममा आफू र आफूजस्तै धरातलका कथा खोज्दो रहेछौं । तर, यो निरपेक्ष छैन भन्ने कुरा बुझेपछि चाहिँ फरक-फरक सिनेमाहरू बन्नुपर्छ भन्ने लाग्छ । भेराइटी होस् । तर, जुनसुकै सिनेमाले मान्छेका कथा, मान्छेले बाँचेको समय र भूगोलको कथा मिहिन तरिकाले, सुन्दर तरिकाले भनोस् भन्ने लाग्छ ।
पढिरहेको हुन्छु । पछिल्लो समय अलि कम भएको छ । पढ्थेँ भन्नुपर्ने जस्तो भएको छ । धेरै जसो चाहिँ म फिक्सन नै पढ्छु । फिक्सनबाहेक पनि विज्ञान, विकास र इतिहासका कुरा पढ्न मन पराउँछु ।
म बालसाहित्य पनि उत्तिकै पढ्छु । छोटा तर गहकिला कथाहरूले छाटो समयमा गहिरो रस्वासदन दिन्छ । तरंगित पनि गर्छ मलाई चाहिँ । खासमा बालसाहित्य भनेको बालबालिकाका लागि मात्र होइन बालबालिका उमेर समूहदेखि माथिका लागि भनिएको हो । तर हाम्रोमा बालसाहित्य ठूलाहरूले पढ्नै नहुने जस्तो बुझाइ छ । झन् पढिनुपर्छ भन्ने लाग्छ । पढेर त हेर्नुस क्या मज्जा हुन्छ, हान्स क्रिश्चियन एण्डरसनदेखि नेपालका शान्तदासहरू त्यहाँ पाउनुहुन्छ ।
मन परेका कुनै पुस्तक ?
मन परेका पुस्तकहरू थुप्रै होलान् । अहिले ठ्याक्क सम्झेका पुस्तकहरूमा इन्द्रबहादुर राईको ‘आज रमिता छ’, गोर्कीको ‘आमा’, हान्स एन्डरसनको ‘अग्ली डकलिङ’, ओ हेनरीका कथाहरू हुन् ।
तपाईंका प्रिय लेखकहरू ?
मन पर्ने पुस्तकका लेखकहरू नै मनपर्ने रहेछ के हौ । हाहा… एन्डरसन, चेखब, गोर्की, टोल्स्टाय, गोगल । हाम्रै इन्द्रबहादुर राई, सरुभक्त, गोविन्द बहादुर गोठाले, नारायण ढकाल, नयनराज पाण्डे । थुप्रै हुनुहुन्छ । नोस्टालजिया अलि खतरनाक हुने रहेछ ।
पहिलेभन्दा अहिले गजब-गजब किताब पढियो भने पनि सुरु-सुरुमा पढेका पुस्तक र लेखकको नै सम्झना र प्रभाव बढी हुने रहेछ । मैले आफूलाई ब्रेक गर्न नसकेको पनि हुन सक्छु ।
एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
यो त कस्तो असमञ्जसमा पार्ने हाइपोथेटिकल प्रश्न रहेछ । मलाई हान्स क्रिस्चियन एण्डरसन र उनका पात्रहरू सबै गजब लाग्छन् । त्यसमा टिनका सिपाही, जो टिनको हो, तर लेखकले अजबको सजिव बनाएका छन् ।
नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
नेपालमा सामाजिक यथार्थवादी कथाहरू नै कति धेरै लेखिन बाँकी नै छन् जस्तो लाग्छ । तर, यसमा परम्परागत यथार्थवादको तवरलाई अलि भंग गरेर नयाँ तवरमा लेखिनुपर्छ जस्तो छ । त्यो कस्तो हो ठ्याक्कै मलाई पनि थाहा छैन । तर केही अलि फरक भैदिए हुन्थ्यो भन्ने चाहिँ लाग्छ । अरु त हाम्रा हिमाल, पहाडमा, जमिनका, संस्कृतिका, सभ्यताका पुस्तकहरू लेखिनुपर्छ । लेखिरहेको पनि छ ।
घुमफिर र सोख
घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
एकदम रुचाउँछु । तर घुमफिर कम नै छ । सकेसम्म कामको सिलसिलामै घुमफिर गरिरहेको हुन्छु । केही विशेष स्थान र सन्दर्भहरूमा भने घुमफिरकै लागि मात्र पनि जान्छु । तर यो कम अनुभव छ ।
सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
पछिल्लो समय धेरै पटक गएको सोलुखुम्बुको जसनबेसी, म त्यहाँ कामको सिलसिलामा पहिलो पटक पुगेको थिएँ । त्यो ठाउँले यस्तो सकारात्मक ऊर्जा दियो कि अहिले पनि काम नै लिएर बारम्बार गइरहन्छु । काम नहुँदा पनि जाउँजाउँ लागिरहन्छ ।
सबभन्दा मन परेको ठाउँ वा यात्रा ?
मलाई चाहिँ ठाउँहरू घुम्न पर्दा त्यहाँका भौगोलिक सुन्दरताले मात्र होइन, त्यहाँका मान्छेहरू, मान्छेहरूसँग बस्ने सम्बन्धहरूले प्रभाव पार्दो रहेछ । त्यसरी त जुनबेसी नै हो । अनि पहिलो पटक युरोप पुग्दा बर्लिन पुगेको थिएँ । केही अत्तोपत्तो थिएन । के-के पनि थाहा थिएन । एक्लै पुगेको एक्लै ठाउँहरू एक्प्लोर गरेको अझै याद आउँछ ।
गीत कत्तिको सन्नुहुन्छ ?
ठिकै सुन्छु । पहिले त राम्रै सुन्थे क्याम्पसको समयमा । अहिले चाहिँ गीत भन्दा पनि बढी संगीत सुन्छु । त्यो पनि एक्लै सुन्छु, अरूले थाहा नपाउने गरी । रैथाने भाका पनि सुनिरहेको हुन्छु ।
के कुराको विशेष सोख छ ?
सोख नै भन्ने त्यस्तो छैन । समय र परिस्थिति अनुसारले रुचि हुन्छ नै तर आसक्ति होइन । आफूले गरिरहेका काममा नै रमाइलो र आनन्द लागिरहेकोले अलिअलि कल्पना र सपना हुन्छ । यस्तो नाटकघर बनाउन पाए ! त्यस्तो नाटक गर्न पाएँ ! यस्तै यस्तै…
खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
त्यस्तो सोखिन छैन । जे भेटिन्छ, खाइन्छ । अलि धेरै समय नखाँदा खाउँखाउँ लाग्ने चाहिँ ममः नै हो ।
किनमेल गर्न कति रुचाउनुहुन्छ ?
किनमेलमा फिटिक्कै रुचि छैन । तर अत्यावश्यक कुरा किन्न परिहाल्यो ! तर, थिएटरमा नाटकका लागि चाहिने सामान किन्न भने धेरैजसो म आफैँ जान्छु, त्यसमा चाहिँ इन्जोय गर्छु ।
तर, आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
धेरैजसो अरूले । पहिले पहिले बुबाले । पछि अलिअलि आफैँले । बहिनीले, भाइले, मिसेसले, मिसेसका बहिनीहरूले समेत यस्तै हो । केही आफूलाई मन परिहालेको चाहिँ आफैंले ।
अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
एक वर्षजति भयो अकल्पनीय महँगो सेवा किनेँ, इभी गाडी । गाडी रोडमा कुदाए पनि त्यसको आर्थिक व्यवस्थापनको पाटो चाहिँ दिमागमा कुदिरहने के !
राजनीति
नेपालको राजनीति कस्तो लाग्छ ?
हिजोआज यसबारे कुरा गर्न खास जाँगर छैन । कस्तो लाग्छ भन्दा ‘यस्तै लाग्छ’ भन्न लाग्छ । हामीले हेर्ने त धेरै विगतका भन्दा पनि वर्तमानकै हेर्ने हो नि । विगतकाबाट त सिक्ने हो, सच्याउने हो नि !
हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
हाम्रो राजनीनीति नीति, विचारप्रधान भन्दा पनि व्यक्तिप्रधान छ । नेतृत्वले राजनीतिलाई कता, कसरी लाने भन्ने त हुन्छ नै । हुनुपर्छ पनि । तर, नेतृत्व पनि व्यक्तिप्रधान हुनु समस्या हो । नेतृत्व त विचार, रणनीति र कार्यदिशाप्रधान हुनुपर्ने हो नि, होइन र ? हाम्रो नेतृत्व यसरी व्यक्तिप्रधान हुन्छ कि, कि आफैं देवता हुँ भन्ने घोषणा गर्छ, कि अरूबाट देवत्वकरण गर्ने महोल निर्माणमा लाग्छ ।
नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
हाम्रा नेताहरू एक त पार्टीका वा कार्यकर्ताका मात्र भए । समाज, नागरिक र देशका हुन सकेका छैनन् । त्यसर्थ, नेता भए तर नेतृत्व हुन सकेन भन्नुपर्ने अवस्था आयो । जिम्मेवार नेतृत्वको विकास गराउन सके, नागरिकका मुद्दामा समर्पित भावना जगाउने र कायम राख्न सके गजब हुन्थ्यो नि !
मनपरेका वा प्रभाव पारेका राजनीतिज्ञ ?
नेता मनपर्ने भन्ने पनि सापेक्ष छ । कुन परिस्थितिमा ? कुन कलखण्डमा ? कुन आन्दोलनमा भन्ने हुने रहेछ । हाम्रा नेताहरू आन्दोलनको समयमा मात्र राम्रा र प्रभावशाली देखिएका छन् । त्यसपछि उनीहरूको त्यो प्रभावशाली गुणले आन्दोलनलाई नै ह्रास पुर्याउनेतिर उद्धत भएको विगतका प्रमाणहरू प्रस्टै छन् । त्यसैले पहिला मन परेकाहरू पनि पछि मनपर्नै छाडेको सत्य हो । त्यसैले, कसैको नाम लिइनँ ।
मानौं, तपाईं प्रधानमन्त्री हुनुभयो । सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
कस्तो डरलाग्दो प्रश्न । प्रश्न सुन्दा नै अधिनायकवादी प्रधानमन्त्री जन्मने जस्तो । प्रश्नलाई सकारात्मक भएर हेर्दा यो देश हामी सबैको हो । तर, सबैभन्दा बढी बालबालिकाको हो । उनीहरू वर्तमान पनि हुन् भविष्य पनि । फेरि भविष्यमा पनि त्यसबेलाको वर्तमान हुन्छ, त्यहाँ पनि बालबालिकाहरू हुन्छन् नै ।
त्यसैले बालबालिका देशको केन्द्रमा रहने विधि विधान के गरी मिलाउन सकिन्छ, त्यसको खोजी गर्थें । अनि अर्को भने कृषकहरू सबैभन्दा सम्मानित हुने समाज निर्माणका लागि गरिनु पर्ने जागरण र विधिका उपाय खोज्थेँ ।
त्यसपछि त शिक्षा र सिकाइका पहुँचमा राज्य पूर्ण जिम्मेवार, नागरिक स्वास्थका राज्य जिम्मेवार लगायतका वेलफेयर स्टेट बनाउन पहल गर्थें हुँला । सुन्दा र भन्दा कस्तो आनन्द आउने है ! तर, यो सँधै आनन्द आउन त प्रधानमन्त्री बनेकाले सोच्ने हो लागू गर्ने हो । काल्पनिक प्रधानमन्त्रीले होइन।
सामाजिक सञ्जाल र डिजिटल डिभाइस
कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?
अलि अगाडिको आइफोन ।
दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी कुन एप चलाउनुहुन्छ ?
कम्तिमा एक घण्टा त बिताउँछु । बेलाबेला मोबाइलमा स्क्रिन टाइम हेर्छु, धेरै पनि हुन्छ । उम्… सबैभन्दा बढी चैं सामाजिक सञ्जाल नै । न्यूज साइटहरू पनि हो । अनि आफ्नो कामसँग सम्बन्धित वेबसाइटहरू पनि ।
बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
छ नि ! बिहान के-के न भइसक्यो जस्तो लाग्ने, राति के-के न छुट्यो जस्तो लाग्ने । तर यो बानी कम गर्दै गइरहेछु । आफ्नो समय मोबाइलले लगेजस्तो, सिर्जनाको समय खाइदिए जस्तो लागे पछि सुधार्दै छु ।
सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
धेरै छन् । यसले सूचनासँगै ज्ञान पनि दिन्छ । तर सही सूचना र मिथ्या सूचना छुट्याउन मुस्किल बनाउँछ । ज्ञान र भ्रमलाई एकैठाउँमा घोलिदिन्छ । अधिकतम संवाद गराउँछ । तर, संवादको सत्यता पुष्टि गर्दैन ।
फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई के-कति प्रभाव पार्छ ?
पहिला-पहिला त के कति भन्ने जस्तो लाग्थ्यो । अहिले त्यस्तो लाग्दैन । जतिसुकै होस् भन्ने लाग्छ । म कन्टेन्ट क्रियटर होइन नि, कन्टेन बनाएर बेच्ने नियत भएको भए पो बिक्री कम वा धेरै भयो भनेर सोच्नु । तर विशेष गरी नाटक मञ्चनको समयमा नाटकका प्रचार सामाग्रीमा प्रतिक्रिया कम हुँदा दर्शक हुँदैनन् किन के हो आजको मञ्चनमा भनेजस्तो डिजिटल शंका चाहिँ जन्माउँछ ।
एआई टुलहरू कतिको चलाइरहनु भएको छ ? बढी कुन चलाउनुहुन्छ ?
खास त्यस्तो चलाएको छैन । सुरुमा के रहेछ त यो जिनिस भनेर सिक्न र थाहा पाउन चलाइयो । थाहा पाइसकेपछि यस्तै त रहेछ भन्ने हुँदोरहेछ । अहिले त एआईको डाइमेनसन नै फरक र फराकिलो चाहिँ हुँदै गएको छ । ‘सामान्य जानकारी द्रुत दिन, च्याटजीपीटी नै फुत्त’ टाइप हुन्छ । यस्ता एप्सहरू चाहिँ चलाउदिनँ । वेबमै चलाउँछु, आवश्यक परिहाल्दा । यसमा नै निर्भर हुने भन्दा पनि कामका लागि आफ्नो सहायक बनाउने हिसाबले मात्र चलाउँछु ।
सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?
अहिले त अभिव्यक्ति स्वतन्त्रताभन्दा बढी गलत सूचना छिटो फैलाउनेमा नै अगाडि छ ।
सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
केही हदबाट गरिरहेको चाहिँ छ । तर, दीर्घकालीन रूपमा चाहिँ पुस्तकहरूलाई विस्थापित गर्न सक्दैन भन्ने लाग्छ । एक त पुस्तक पनि डिजिटल माध्यमबाट पढ्न सकिने विकल्पहरू टन्नै छन् । अर्को किताबहरूसँग प्यासन जोडिन्छ, सामाजिक सञ्जालसँग पपुलारिटी जोडिन्छ । अन्ततः दीर्घकालमा त दिगो हुने प्यासन नै हो । त्यसैले, पुस्तकको पूर्णविस्थापन हुनै सक्दैन भन्ने मलाई लाग्छ । अझ केही समयपछि पुस्तकतिरै फर्कौं भन्ने अभियान नै चल्न पनि सक्छ ।
रोचक तथ्य
पुन: जन्म हुने भए अब के बन्न मन छ ?
पुनः जन्म हुने भए चाहिँ के बन्ने भनेर सोच्नै बाँकी छ । एक त पुनः जन्मको कुरा यो जन्मलाई के थाहा ? अहिले यही जन्मलाई सोचौं है !
तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
तनाव र दबाबका कारण खोज्ने प्रयत्न गर्ने, कारण भनेको समाधान पनि हो । त्यसरी सन्तुलन कायम गर्छु । दबाब सकारात्मक छ भने त्यसलाई कार्यान्यवनको प्रयास गर्ने । नकारात्मक छन् भने टोटल्ली इग्नोर हान्ने । अरू त मानसिक रूपमा धेरै तनाव हुँदा जतिसक्दो बढी सुत्ने प्रयत्न गर्छु ।
तपाईंलाई के को सुगन्ध सबैभन्दा मन पर्छ ?
फूलको अनि पानी परेपछिको माटोको ।
अहिलेसम्म तपाईंले पाउनुभएको राम्रो सुझाव ?
गर्दैछ, गर्दै जाऊ, गरेपछि राम्रो हुन्छ ।
आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के-के छन् ?
कति छन् कति यो पुस्ताले आउँदो पुस्ता सोचेर गर्नुपर्ने । विकासका पूर्वाधार मात्र ठूलो कुरा होइन मानसिक, सामाजिक, सांस्कृतिक विकासका कार्यहरू झन् महत्वपूर्ण हुन् भन्ने कुरा स्थापित गर्न जरुरी छ ।
दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृङ्खला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं ।
२ जेठ, कैलाली । धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ ।
सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा सुरु भएको दुईदिने कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री शाहले समृद्ध सुदूरपश्चिम निर्माणका लागि युवाहरूलाई रोजगारी र आयआर्जनसँग जोड्न आवश्यक उल्लेख गर्दै प्रदेशमा भएका सम्भावनालाई उपयोग गर्नुपर्नेमा जोड दिए । उनले सीमित स्रोतसाधनका बाबजुत जनताका आवश्यकतालाई सम्बोधन गर्ने स्पष्ट र कार्यान्वयनयोग्य योजना जरुरी भएको बताए ।
उनले प्रदेशमा गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, युवा पलायन तथा नीति कार्यान्वयनका चुनौती अझै कायम रहेको बताए । ‘छलफल र त्यसको निष्कर्षले सरकारलाई नीतिगत सुधारका सुझाव दिने विश्वास लिएको छु’, मुख्यमन्त्री शाहले भने ।
त्यस अवसरमा प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रदेश समृद्धितर्फ अघि बढ्न नसकेको उल्लेख गरे । उनले कार्यक्रमले प्रदेशको सम्भावना राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्न मद्दत पुग्ने धारणा राखे ।
पूर्वमन्त्री नरेश शाहीले कार्यक्रमको उद्देश्य सुदूरपश्चिमको स्वाभिमान, ऐतिहासिक विरासत र पहिचानलाई उजागर गर्नु रहेको बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गरिनेछ ।
कार्यक्रमबाट प्राप्त निष्कर्ष तथा सुझावलाई आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माण प्रक्रियामा समावेश गर्न केन्द्र सरकारसमक्ष पठाइने उनले जानकारी दिए । भारतको कुमाउँ विश्वविद्यालयका प्राध्यापक डा रितेश शाहले सुदूरपश्चिमका सम्भावनाको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सुदूरपश्चिम विकास फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले बहस र छलफललाई नीतिगत सुधारसँग जोड्नुपर्नेमा जोड दिँदै संवादमार्फत समस्याको समाधान खोजिनुपर्ने बताए । उनले विकासका लागि स्पष्ट दृष्टि, इमान्दारिता र साझा उत्तरदायित्व आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाबारे जानकारी गराउनुभएको थियो । उद्घाटन सत्रपछि सुदूरपश्चिमको सम्भावना, समृद्धि, सङ्घीयताको अभ्यास, चुनौती र सुधारका विषयमा विभिन्न सत्रमा बहस सुरु भएको थियो । कार्यक्रममा सङ्घ, प्रदेश तथा स्थानीय तहका सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा विज्ञहरूको सहभागिता छ ।
अब सिद्धान्तका जार्गन र आदर्शका कथाहरू बुनेर मात्र पुग्दैन; रास्वपा र वर्तमान सरकारले सुशासन, डेलिभरी र कार्यान्वयनमार्फत आफ्नो अर्थ-राजनीतिक विचारधारा प्रमाणित गर्नुपर्ने बेला आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित प्रजातान्त्रिक समाजवादको विचारधारा अपनाएको छ।
रास्वपाले १०० बुँदे कार्यसूचीमार्फत आफ्नो नीति र रणनीति कार्यान्वयन गर्दै निर्वाचन वाचापत्र प्रस्तुत गरेको छ।
लेखकले वर्तमान सरकारले न्यायसहितको उदार अर्थनीति कार्यान्वयन गरे सुशासन र विकासमा गति आउने बताएका छन्।
विगत तीन वर्षदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सङ्क्रमणकालीन सङ्कट र आशातीत वैकल्पिक राजनीतिक शक्तिबीचको सहसम्बन्ध रेखीय रूपमा वृद्धि हुँदै थियो । त्यही समयमा पुराना ठूला दलका नेतादेखि कार्यकर्ता र केही राजनीतिक विश्लेषकहरूले रास्वपालाई दर्शन, सिद्धान्त र विचारविहीन पार्टीको भाष्य निर्माण गरी प्रचार गरिरहे ।
तर सिद्धान्तका जार्गनयुक्त भाषण धेरै हुने तर डेलिभरी (नतिजा) को कमीबाट वाक्क भएका नागरिकहरूले नपत्याउँदा सङ्क्रमणकालीन सङ्कटको रेखा छोटो र आशातीत वैकल्पिक राजनीतिक शक्तिको रेखा लामो मात्र होइन, घातांकीय रूपमा वृद्धि भयो । त्यसको परिणाम गत सङ्घीय निर्वाचनले पुष्टिसमेत गरिसकेको छ ।
कतिपयले भाष्य बनाउन मेहनत गरिरहेको जस्तै के रास्वपा सिद्धान्त र विचारविहीन हो त ? उसको दस्तावेज, नीति-रणनीति र निर्वाचन वाचापत्रले राजनीतिक विचारधारालाई सामीप्यता राख्दैन त ? के रास्वपाको राजनीतिक दर्शन शुद्ध लोकप्रियतावाद नै हो त ? तसर्थ, यो लेखमा समग्र विचारधारा, रास्वपाको अर्थ-राजनीति विचारधारा, दिशा र कार्यान्वयनको अवस्था मन्थन गर्ने जमर्को गरिएको छ ।
विचारधारा भनेको समाज, राजनीति, अर्थतन्त्र वा जीवनलाई कसरी चलाउने भन्नेबारे विश्वास, मूल्य र उद्देश्यहरूको समूह हो । विचारधाराले मानिसको जीवनमा वास्तविक परिप्रेक्ष्यसँग काल्पनिक एकत्व गाँस्छ । विचारधारा भनेको रहिरहेको सामाजिक मान्यता पनि हो । जस्तो- सामन्तवादी युगमा दासहरूले सामन्तहरूको एकचित्त भएर चाकरी गरिरहनुपर्छ किनकि यो पूर्वजन्मको फल हो; औद्योगिक युगमा मालिकसँग आफ्नो हक र अधिकारका लागि मजदुरले आन्दोलन वा क्रान्ति गर्नुपर्छ किनकि उनीहरूले गरिब मजदुरलाई शोषण गरेका छन् ।
दार्शनिक कार्ल मार्क्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेख्नेपछि भ्लादिमिर लेनिनले कम्युनिस्ट पार्टी निर्माणको कामलाई रफ्तारमा अगाडि बढाए र संशोधित घोषणापत्रमार्फत नियन्त्रित समाजवादको विचारधारा निर्माण गरे ।
माओले चिनियाँ विशेषताको क्रान्तिमार्फत समाजवाद र साम्यवादी विचारधारा निर्माण गरे । नेपाललगायत कम विकसित राष्ट्रहरूमा केही नेताहरूले पनि लेनिन, माओ र होचिमिन्हका केही पुस्तक अध्ययन तथा कथा (न्यारेटिभ्स) बनाए । ग्रामीण भेगमा कार्यकर्ताहरूले पनि त्यही कथा, नेताको चर्को भाषण र जनवादी गीत-सङ्गीतको माध्यमद्वारा कम्युनिस्ट विचारधाराको निर्माण गरेको परिवेश हो ।
पुराना दलहरूले रास्वपालाई दर्शन, सिद्धान्त र विचारविहीन पार्टीको भाष्य निर्माण गर्न खोजे पनि रास्वपाको मूल प्रस्थापना नै सामाजिक न्यायसहितको उदार अर्थतन्त्र हो
‘पुँजीवादमा आर्थिक सङ्कट आएपछि क्रान्ति हुन्छ’ भन्ने कार्ल मार्क्सको भनाइलाई आधार मान्दै प्रथम विश्वयुद्धको पराजयपछिको कमजोर जर्मनीमा रोजा लक्जेम्बर्गले सन् १९१९ मा गरेको क्रान्ति असफल भयो । त्यसपछि “फ्र्याङ्कफर्ट स्कुल अफ थट” को आयोजनामा मार्क्सवादीहरू भेला भएर आन्दोलन असफल हुनुका कारण र मार्क्सवादका सबल-दुर्बल पक्ष अध्ययन गरी नयाँ विचारको विकास गरे, जसलाई नवमार्क्सवादी विचार वा प्रजातान्त्रिक समाजवादले चिनिन्छ ।
त्यही विचार पश्चिम युरोपमा समृद्धि र विकासको आधार बन्यो । त्यही विचारबाट प्रभावित भएर भारतमा जवाहरलाल नेहरू र नेपालमा बीपी कोइरालाले प्रजातान्त्रिक विचारधाराको विकास गरे र आमकार्यकर्ताहरूले केही प्रकाशन र ‘न्यारेटिभ्स’ निर्माण गरी सामान्य मानिसको विचारधारा निर्माण गरेको हो ।
तसर्थ, विचारधारा कुनै लक्ष्य वा आदर्शतर्फ केन्द्रित हुन्छ, मानिसलाई प्रेरित गर्छ, राजनीतिक वा सामाजिक आन्दोलनसँग जोडिन्छ र “के हुनुपर्छ ?” भन्ने प्रश्नमा जोड दिन्छ । त्यसैले आजका विकसित राष्ट्रहरूले अर्थ-राजनीतिक विचारधाराहरू निर्माण र वास्तविक जीवनमा कार्यान्वयन गरेका छन् भने नेपालजस्ता कम विकसित मुलुकका पार्टी र नेताहरूले विचारधारालाई आन्तरिकीकरण गर्दै कठोर वास्तविकतामाथि काल्पनिक लेपहरू ओढाइरहेका हुन्छन् र कथाहरू बुनिरहेका हुन्छन् ।
जननेता बिपीका अनुयायी प्रदीप गिरिले व्यक्त गरेका विचारधारा सुन्न र अध्ययन गर्न लायक भए तर आफ्नो पार्टीबाट कार्यान्वयन गर्न सकेनन् । त्यसैगरी मार्क्सवादी विद्वान् घनश्याम भूसाल विचारको व्याख्या गर्ने तर दुई पटक मन्त्री हुँदा खाका नकोरेकाले आज फेसबुकका पाँच मिनेटको भिडियोमा सीमित देखिन्छन् । आजको भनाइ र गराइको राजनीतिक विरोधाभासले नै विचारधारालाई केवल चुनावी नारा मात्र बनाएको छ ।
रास्वपा प्रजातान्त्रिक समाजवादको लेप लगाएर दलाल पुँजीवाद र कम्युनिस्टको बर्को ओढेर आसेपासे पुँजीवाद लागु गर्ने शक्तिभन्दा अलि टाढा छ भन्न सकिन्छ
प्राचीनकालदेखि नै विभिन्न विचारधाराबाट विश्व राजनीति चले पनि दोस्रो विश्वयुद्धपश्चात् विश्व पुँजीवादी र समाजवादी दुई विचारधारामा (ध्रुवमा) विभाजित गरियो । पुँजीवादको विकास गर्ने क्रममा सन् ६० को दशकमा उदारवाद र नवउदारवादको विकास भयो । यसको विकास गर्ने अर्थशास्त्रीहरू मिल्टन फ्रिडम्यान र फ्रेडरिक हायेक थिए ।
सन् १९६० देखि १९९० सम्म यसको विस्तार, आर्थिक र प्राविधिक विकास भए तापनि उदारवाद र नवउदारवादले विश्वमा गहिरो असमानता निम्त्याएको निष्कर्ष अमेरिकी अर्थशास्त्री एवम् नोबेल पुरस्कार विजेता जोसेफ स्टिग्लिट्ज र फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटीले निकाले । अहिले विश्वमा न्यायसहितको उदार अर्थतन्त्रको बहस अगाडि आइरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त र विचार नै न्यायसहितको उदार अर्थनीति रहेको भनी आफ्नो दस्तावेजमा उल्लेख गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको मूल प्रस्थापनामा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्र’ मा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गरिएको छ । तथा, “लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोतसाधनको दिगो परिचालन गर्दै उद्यमशीलता, लगानी अनुकूल एवम् प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार गर्ने” नीति तथा रणनीति उल्लेख गरिएको छ ।
नेपालको सङ्घीय शासन प्रणालीलाई सुधार गरी कम खर्चिलो बनाउने कुरा उल्लेख गरेको दलको अर्थ-राजनीतिक विचारधारा स्पष्ट छैन र ? यसले युरोपका स्क्यान्डिनेभियन मुलुकहरूको अर्थ-राजनीतिक विचारधारासँग सामीप्यता राखेको देखिन्छ ।
रास्वपाले यही विचारधाराअनुसार नागरिकसामु आफ्नो निर्वाचन वाचापत्र प्रस्तुत गरेको र त्यसकै आधारमा १०० बुँदे कार्यसूची प्रभावकारी कार्यान्वयनका साथ अगाडि बढेकाले ‘प्रजातान्त्रिक समाजवादको लेप लगाएर दलाल पुँजीवाद’ र ‘कम्युनिस्टको बर्को ओढेर आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिजम)’ लागु गर्ने शक्तिभन्दा अलि टाढा छ भन्न सकिन्छ ।
सन् १९९७ मै बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले आफ्नो भाषणमा भनेका थिए- डेलिभरी, डेलिभरी, डेलिभरी ! तसर्थ, वर्तमान सरकारले पहिलो काम डेलिभरीमार्फत विचारधारालाई कार्यान्वयन गरी व्यावहारिक जवाफ दिनुपर्नेछ । न्यायसहितको उदार अर्थनीतिको विचारधारालाई वर्तमान सरकारले कार्यान्वयनमा ल्यायो भने सुशासन र विकासले गति लिनेछ ।
तर सिद्धान्त र विचारधारा सँगसँगै विधि, मूल्य, मान्यता, पद्धति र संस्कारको विकास गरी पार्टी सभापतिले भनेजस्तो ‘जीवनी लेख्ने होइन, इतिहास लेख्ने बेला आएको’ कुरा कम चुनौतीपूर्ण छैन । आजको विश्व राजनीतिमा लोकप्रियतावाद (पपुलिजम) पनि मुखरित भएकोले व्यक्ति देवत्वकरणबाट जोगिएर वर्तमान भूराजनीतिक जोखिम विश्लेषण र आफ्नो अर्थ-राजनीतिक विचारधारालाई कार्यान्वयन गरी ‘सत्ता मात्र होइन राजनीति’ भन्ने विचारलाई व्यवहारमा उतार्ने सुनौलो अवसर पनि रास्वपासामु आएको छ ।
(लेखक रास्वपा दोलखा जिल्ला अधिवेशन समन्वय संयोजक हुन् ।)
२ जेठ, काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले सन् २०२६ को पहिलो त्रैमासिकमा कीर्तिमानी नाफा कमाएको सार्वजनिक गरेलगत्तै करिब ८ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारी गरेपछि कम्पनीभित्र तीव्र असन्तुष्टि र निराशा छाएको छ।
पहिलो त्रैमासिकमा कम्पनीको कुल आम्दानी ५६.३१ अर्ब डलर र खुद नाफा २६.८ अर्ब डलर पुगेको अवस्थामा यो ठूलो संख्यामा हुन लागेको कर्मचारी कटौतीले सिलिकन भ्यालीलाई नै स्तब्ध बनाएको छ। ‘वायर्ड’ पत्रिकाले एक दर्जनभन्दा बढी वर्तमान र पूर्वकर्मचारीहरूसँग गरेको कुराकानीमा आधारित रिपोर्टअनुसार अहिले मेटाभित्रको वातावरण निकै तनावपूर्ण र निराशाजनक रहेको छ।
कर्मचारी कटौतीको योजना सार्वजनिक भएपछि पहिलो पटक गत अप्रिल ३०मा आयोजित कम्पनीव्यापी टाउन हल बैठकमा प्रमुख कार्यकारी अधिकृतमार्क जुकरबर्गले कर्मचारीहरूलाई सीधै सम्बोधन गरेका थिए । तर, उक्त बैठकले कर्मचारीहरूको चिन्ता कम गर्नुको साटो झन् अन्योल थपिदिएको छ। जुकरबर्गले आर्टिफिसियल इन्टेलिजेन्स औजारहरूको प्रयोगका कारण यो जागिर कटौती नभएको स्पष्ट पारे पनि कटौतीको वास्तविक कारणबारे भने उनी मौन रहे।
अर्कोतर्फ, मुख्य वित्तीय अधिकारी सुसान लीले कम्पनीको वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मे महिनाभित्र कर्मचारीको संख्या घटाउने योजना रहेको जानकारी दिएका थिए । उनका अनुसार लिनर अपरेटिङ मोडलले कम्पनीलाई तीव्र गतिमा अघि बढ्न मद्दत गर्नेछ र आगामी ठूला लगानीहरूलाई सन्तुलनमा राख्न सहयोग पुर्याउनेछ।
वास्तवमा यसको सीधा अर्थ कम्पनीले एआई प्रविधिमा गर्न लागेको १२५ अर्बदेखि १४५ अर्ब डलरको विशाल लगानीको खर्च धान्न ८ हजार कर्मचारीको जागिर कटौती गर्न लागिएको बुझिन्छ।
मेटाले सन् २०२६ को फेब्रुअरीमा वार्षिक तलब वृद्धिमा ५ प्रतिशतले कटौती गरेको थियो, जुन त्यसको अघिल्लो वर्ष गरिएको १० प्रतिशत कटौतीपछिको निरन्तरता हो। तथ्याङ्कअनुसार मेटाका कर्मचारीको औसत वार्षिक पारिश्रमिक सन् २०२४ मा ४,१७,४०० डलर रहेकोमा सन् २०२५ मा घटेर ३,८८,२०० डलरमा झरेको छ।
यसको ठीक विपरीत, जुकरबर्गले एआई अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्न व्यक्तिगत रूपमै करोडौं डलरका प्याकेजहरू अफर गरिरहेका छन् । पूर्वस्केल एआई प्रमुख अलेक्जेन्डर वाङको नेतृत्वमा गत वर्ष सुरु गरिएको ‘मेटा सुपरइन्टेलिजेन्स ल्याब्स’ का लागि कतिपय एआई विज्ञहरूलाई १०० मिलियन डलरसम्मको आकर्षक पारिश्रमिक दिएर भर्ना गरिएको छ।
यसले गर्दा कम्पनीका उच्च अधिकारी र सीमित एआई विज्ञहरू सुरक्षित रहने तर अन्य विभागका सर्वसाधारण कर्मचारीहरू भने कटौतीको जोखिममा पर्ने अवस्था सिर्जना भएको छ। दुई समूहबीचको यो बढ्दो आर्थिक खाडलले कर्मचारीहरूमा चरम असन्तुष्टि पैदा गरेको छ।
इन्स्टाग्रामका एक कर्मचारीले वायर्डसँगको कुराकानीमा कम्पनीको आन्तरिक अवस्थाबारे टिप्पणी गर्दै भनेका छन्, ‘अहिले कम्पनीमा उच्च अधिकारीहरूबाहेक अरू कोही पनि खुसी छैनन्।’
२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु सिरिजमा नेपालले अमेरिकाविरुद्ध १९६ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटियो ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । स्मितले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । शेहान ५२ बलमा ५० रन बनाएर आउट भए । शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए ।
१२२ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुग्यो । नेपाली बलर हाबी हुँदा अमेरिकी ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् ।
मिलिन्द कुमार २८, कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १, हर्मित सिंह १४, मोहम्मद मोहसिन र नोसथुस केन्जिगे ० रनमा आउट भए । शौरभ नेत्रभाल्कर ० रनमा अविजित रहे ।
बलिङमा उपकप्तान दीपेन्द्रले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान एक/एक विकेट लिए ।
स्पेनको ‘एल चिरिङ्गितो दे जुगोनेस’ फुटबल टेलिभिजन शोले फुटबल समाचारलाई मनोरञ्जनात्मक ड्रामा बनाएको छ।
यो कार्यक्रममा क्लब अध्यक्षदेखि खेलाडीसम्मले आफ्ना विचार राख्छन् र फुटबलसम्बन्धी सबैभन्दा प्रभावशाली प्लेटफर्म मानिन्छ।
‘एल चिरिङ्गितो’ का पत्रकारहरूले सामाजिक सञ्जालमा लाखौँ फलोअर राख्छन् र फुटबल पत्रकारितालाई मनोरञ्जन उद्योगमा बदलिसकेका छन्।
२ जेठ, बार्सिलोना । स्पेनमा रात गहिरिंदै जाँदा पनि लाखौं मानिस अझै निदाएका हुँदैनन् । उनीहरूको ध्यान एउटा टेलिभिजन कार्यक्रमतिर केन्द्रित हुन्छ,जहाँ केही पत्रकारहरू चिच्याइरहेका हुन्छन्, कसैले टेबल ठोकिरहेको हुन्छ, कसैले विपक्षी क्लबको खिल्ली उडाइरहेको हुन्छ, त कसैले ‘एक्सक्लुसिभ ! एक्सक्लुसिभ !’ भन्दै अर्को दिनको फुटबल संसार हल्लाउने सूचना दिइरहेको हुन्छ ।
यो कुनै राजनीतिक बहस होइन । यो हो ‘एल चिरिङ्गितो दे खुगोनेस’ । स्पेनको सबैभन्दा प्रभावशाली, विवादास्पद र मनोरञ्जनात्मक फुटबल टेलिभिजन शो । यो शो स्पेनको ‘मेगा टिभी’ च्यानलमा प्रसारण हुन्छ । रातको समयमा प्रसारण हुने यो कार्यक्रम स्पेनभर मात्र होइन, युरोपेली फुटबल संसारमै चर्चित छ ।
स्पेनमा फुटबल खेल सकिएपछि अर्को खेल यही कार्यक्रममा सुरु हुन्छ । मैदानमा खेलाडीहरू भिडिन्छन्, स्टुडियोमा पत्रकारहरू । नेपालमा युरोपेली फुटबल हेर्ने धेरै दर्शकले यसको क्लिप सामाजिक सञ्जालमा देखेकै हुन्छन्-कसैले रिसाउँदै गरेको, कसैले खुसीमा चिच्याएको, कसैले प्रतिद्वन्द्वी क्लबलाई व्यंग्य गरेको।तर धेरै नेपाली दर्शकलाई अझै यो कार्यक्रम कति प्रभावशाली छ भन्ने स्पष्ट थाहा नहुन सक्छ।
किनकि ‘एल चिरिङ्गितो दे जुगोनेस’ केवल फुटबल शो होइन, स्पेनिस फुटबलको ‘पावर सेन्टर’ जस्तै बनिसकेको छ । यहाँ फुटबल समाचार ‘ड्रामामा’ बदलिन्छ ।
यो कार्यक्रम सन् २०१४ मा सुरु भएको हो । यसको मुख्य प्रस्तोता हुन् जोसेप पेद्रेरोल । स्पेनमा उनलाई सामान्य पत्रकारभन्दा बढी ‘फुटबल शोम्यान’ मानिन्छ । उनले एउटा कुरा छिट्टै बुझेका थिए-आधुनिक फुटबल अब केवल खेल रहेन । यो भावना, राजनीति, व्यापार, सामाजिक सञ्जाल र मनोरञ्जनको मिश्रण बनिसकेको छ । त्यसैले ‘एल चिरिङ्गितो’ मा केवल समाचार दिइँदैन, समाचारलाई ‘शो’ बनाइन्छ ।
यदि कुनै खेलाडी रिसाएको छ भने त्यसलाई भावनात्मक कथामा बदलिन्छ ।यदि कुनै ट्रान्सफरको हल्ला छ भने त्यसलाई दिनौँसम्म बहस गरिन्छ।यदि कुनै क्लब हार्यो भने समर्थक पत्रकारहरूबीच लगभग ‘युद्ध’ सुरु हुन्छ ।
फ्लोरेन्टिनोपेरेजदेखिरोनाल्डोसम्म
स्पेनमा ‘एल चिरिङ्गितो दे जुगोनेस’ किन यति शक्तिशाली मानिन्छ भन्ने बुझ्न एउटा तथ्य मात्र काफी छ-यहाँ केवल खेलाडी होइन, क्लबका अध्यक्षहरू, प्रशिक्षकहरू र फुटबलका शीर्ष व्यक्तित्वहरू पनि उपस्थित हुन्छन् ।
केही समयअघि मात्रै फ्लोरेन्टिनो पेरेज यो शोमा उपस्थित भएर आफ्नो धारणा खुलेर राखेका थिए । रियल म्याड्रिडका अध्यक्ष पेरेज सामान्यतया सार्वजनिक बहसमा धेरै देखिँदैनन् । तर, क्लबको भविष्य, नेतृत्व, आगामी चुनाव, सुपर लिग परियोजना र अन्य रणनीतिक विषयमा आफ्ना विचार राख्न उनले यही कार्यक्रम रोजे ।
यसले एउटा स्पष्ट सन्देश दिएको छ-स्पेनमा फुटबल समर्थकसम्म पुग्ने सबैभन्दा प्रभावशाली प्लेटफर्ममध्ये ‘एल चिरिङ्गितो दे जुगोनेस’ एक हो ।त्यस्तै क्रिस्टियानो रोनाल्डो ले पनि विभिन्न समयमा यस कार्यक्रममा अन्तर्वार्ता दिएका छन् ।रोनाल्डोको एउटा चर्चित प्रसंग अझै स्मरणीय छ ।
सन् २०१८ मा यूईएफए च्याम्पियन्स लिग फाइनलअघि नै कार्यक्रममा ‘यो रियल म्याड्रिडका लागि रोनाल्डोको अन्तिम खेल हुन सक्छ’ भन्ने बहस सुरु भइसकेको थियो । धेरैले त्यसलाई सामान्य हल्ला माने । तर,केही समयपछि रोनाल्डो युभेन्टस एफसी पुगे ।त्यसपछि समर्थकहरूले यो कार्यक्रमको ‘इनसाइड सूचना’ लाई गम्भीर रूपमा लिन थाले ।
त्यसपछि स्पेनिस फुटबल पत्रकारितामा एउटा वाक्य धेरै चर्चित भयो-‘एल चिरिङ्गितोले भन्यो भने केही न केही हुन्छ’।यसलाई स्पेनिस भाषामा ‘सेगुन एल चिरिङ्गितो…’ अर्थात् ‘एल चिरिङ्गितोका अनुसार…’ भनेर पनि प्रयोग गरिन्छ ।
मार्का, आस, मुन्डो डिपोर्टिभो र स्पोर्ट जस्ता प्रमुख खेल पत्रिकाहरूले पनि कतिपटक यो कार्यक्रमलाई स्रोत मानेर समाचार प्रकाशित गर्ने गरेका छन् । कुनै ट्रान्सफर, प्रशिक्षक हटाउने योजना, खेलाडी असन्तुष्टि वा ड्रेसिङ रुम विवादबारे धेरै पटक सबैभन्दा पहिले संकेत यही कार्यक्रमबाट आउँछ ।
एम्बापेसागा : ‘टिकटाकएक्सक्लुसिभ’ कोलामोकथा
किलियन एम्बापे को रियल म्याड्रिडमा सम्भावित आगमन ‘एल चिरिङ्गितो’ को इतिहासमा सबैभन्दा धेरै चर्चा भएको विषयमध्ये एक हो । यो विषय केही दिन वा हप्ताको समाचार थिएन-करिब दुईदेखि निरन्तर चलिरहने फुटबल ड्रामा बन्यो ।
त्यही अवधिमा ‘एल चिरिङ्गितो’ मा बारम्बार ‘टिकटाक… टिकटाक… एक्सक्लुसिभ !’ शैलीमा काउन्टडाउन, संकेत र ब्रेकिङ न्युज प्रस्तुत गरिन्थ्यो । कहिले एम्बापे आउँदैछन् भन्ने चर्चा हुन्थ्यो, कहिले अन्तिम समयमा सम्झौता बिग्रिएको अनुमान गरिन्थ्यो, त कहिले उनी पेरिस सेन्ट-जर्मेन मै रहने निश्चितजस्तो बहस चल्थ्यो ।यो निरन्तरको हाइपका कारण कार्यक्रमभित्र नै धेरै पटक यस विषयलाई लिएर व्यंग्य र नाटकीय प्रस्तुति पनि देखाइयो ।पछि जब एम्बापे तत्कालै रियल म्याड्रिडमा आएनन्, त्यो पूरा अवधिलाई सामाजिक सञ्जालमा ‘टिकटाक एक्सक्लुसिभ इरा’ भनेर मिमका रूपमा फैलाइयो । त्यस्तै लियोनेल मेस्सीले बार्सिलोना छोड्न सक्ने चर्चा पनि अन्य मिडियाभन्दा धेरै अघि यहीँबाट सुरु भएको थियो ।
स्टुडियोभित्रकोत्योबहस
यो कार्यक्रमको सबैभन्दा ठूलो आकर्षण भनेका यहाँका प्यानलिस्ट हुन् । उनीहरू सामान्य पत्रकारजस्ता देखिंदैनन् । उनीहरू फुटबल समर्थकजस्तै व्यवहार गर्छन् । टोमास रोन्सेरो ले रियल म्याड्रिड को खुलेर समर्थन गर्छन्। बार्सिलोना हार्दा उनी त्यसको कडा आलोचना र व्यंग्य गर्छन् । म्याड्रिड हार्दा उनी रिसाउँछन्, जित्दा भावुक हुन्छन् ।
एल क्लासिको सकिएपछि रोन्सेरोले के प्रतिक्रिया दिन्छन् ? भन्ने दर्शकको ठूलो चासो हुन्छ ।बार्सिलोना जित्दा उनका प्रतिक्रिया बार्सिलोना समर्थकले पनि हेर्छन्, र म्याड्रिड जित्दा म्याड्रिड समर्थकले उनको खुशी र उत्साह हेर्छन् ।यता खोता जोर्दी बार्सिलोना समर्थक आवाजका रूपमा चिनिन्छन् ।
यस्तै एदु अगिरे लाई क्रिस्टियानो रोनाल्डो निकट पत्रकार मानिन्छ ।उनी रोनाल्डोका नजिकका साथी पनि हुन् । रोनाल्डोका केही निजी कार्यक्रमहरूमा उनको उपस्थिति हुने गर्दछ।कतिपटक पारिवारिक भेटघाट तथा छुट्टीका क्षणहरूमा पनि रोनाल्डोसँगै देखिने गर्छन्।
क्रिस्टोबल सोरिया लियोनेल मेस्सीका कट्टर समर्थकका रूपमा चिनिन्छन् ।उनी क्रिस्टियानो रोनाल्डोका कडा आलोचक पनि मानिन्छन् ।मूलतः उनी सेभिया एफसी का समर्थक हुन्, तर मेस्सीप्रतिको खुला समर्थनका कारण उनी अझै बढी चर्चित बनेका छन् ।
उनले मेस्सीसँगको विशेष भेटबारे एल चिरिङ्गितोमा भावुक हुँदै अनुभव सुनाएका थिए ।एक वर्षअघि न्यु जर्सीमा मेस्सीसँगै बालकनीबाट समर्थकलाई अभिवादन गरेको भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो ।
पछि उनले कोपा अमेरिका तयारी शिविरमा मेस्सीको जन्मदिन समारोहमा भेट गरेको अनुभव पनि सार्वजनिक गरे ।उक्त भेटलाई उनले आफ्नो जीवनकै सबैभन्दा सुन्दर क्षणमध्ये एक बताएका थिए । उनका अनुसार, मेस्सीले उनलाई समर्थन गरेकोमा धन्यवाद दिएका थिए, जसले उनलाई अत्यन्त भावुक बनाएको थियो ।
लालिगामामेस्सीररोनाल्डोकोयुग
जब रोनाल्डो र मेस्सीको युग चरममा थियो, कार्यक्रम स्पष्ट रूपमा दुई खेमामा बाँडिएको जस्तो देखिन्थ्यो ।बालोन डी’ओर कसले जित्ने ? को महान ? कसले बढी ट्रफी जित्यो ? यस्ता बहसहरू सामाजिक सञ्जालमा खेलभन्दा बढी भाइरल हुन्थे ।यही समयमै यो कार्यक्रमले ठूलो लोकप्रियता र प्रभाव बनायो ।
तर लोकप्रियतासँगै विवाद पनि आएका छन् । कतिपटक कार्यक्रममाथि ‘फेक हाइप’ बनाएको आरोप लाग्छ।सामान्य अफवाहलाई ‘ब्रेकिङ’ बनाएर प्रस्तुत गरिएको भन्दै आलोचना पनि हुन्छ ।कतिपटक पत्रकारहरूबीचको चर्को व्यवहारलाई ‘पत्रकारिता होइन, नाटक’ भनेर आलोचना गरिन्छ ।तर सायद यही नाटकीय शैली नै यसको व्यापारिक सफलताको मुख्य कारण पनि हो ।
आज टिकटोक, युट्युब, इन्स्टाग्राम र एक्स (ट्विटर) मा यसको क्लिप करोडौं पटक हेरिन्छ ।धेरैले पूरा कार्यक्रम हेर्दैनन्, तर भाइरल क्लिप भने नियमित रूपमा हेर्छन् ।
पत्रकारहरूकतिशक्तिशाली ?
स्पेनमा अहिले फुटबल पत्रकारहरू केवल रिपोर्टर होइनन्, ‘इन्फ्लुएन्सर’ पनि बनिसकेका छन् । एल चिरिङ्गितो दे जुगोनेस का धेरै पत्रकारहरूको सामाजिक सञ्जालमा लाखौँ फलोअर छन् । उनीहरूले एउटा ट्विट गर्दा विश्वभरि फुटबल बहस सुरु हुन्छ ।
उनीहरू विमानस्थल पुग्छन्, ट्रेनिङ सेन्टर बाहिर बस्छन्, होटलअगाडि लाइभ गर्छन्, खेलाडीको कार पछ्याउँछन् ।कुनै ठूलो ट्रान्सफरको बेला त पत्रकारहरूले रमाइलो ढंगले प्रत्यक्ष प्रस्तुति दिन्छन्, जसले दर्शकलाई समाचारभन्दा बढी “अनुभव” दिन्छ ।यही कारण उनीहरूलाई अहिले ‘फुटबल मिडिया स्टार’ जस्तै हेरिन्छ ।
नेपालमा खेल पत्रकारिता अझै धेरै हदसम्म मैदान र नतिजासम्म सीमित छ।तर स्पेनमा फुटबल पत्रकारिता अहिले मनोरञ्जन उद्योगमा बदलिइसकेको छ ।यहाँ समाचार मात्र बेचिँदैन-भावना बेचिन्छ, रिस बेचिन्छ, प्रतिद्वन्द्विता बेचिन्छ ।‘एल चिरिङ्गितो दे जुगोनेस’ त्यसको सबैभन्दा ठूलो उदाहरण हो ।
यसले एउटा कुरा स्पष्ट देखाएको छ-आजको फुटबल ९० मिनेटमा समाप्त हुँदैन।खेलअघि सुरु हुने हल्ला, खेलपछिको बहस, र बीचमा चल्ने निरन्तर चर्चा-सबै मिलेर फुटबललाई २४ घण्टे सामग्री बनाइसकेको छ ।
महत्त्वपूर्ण खेलहरू चलिरहँदा ‘एल चिरिङ्गितो दे जुगोनेस’ का पत्रकारहरू केवल स्टुडियोमा सीमित हुँदैनन् ।उनीहरू ठूलो खेलहरूलाई लाइभ हेर्दै आफ्नै शैलीमा प्रतिक्रिया दिन्छन्, र त्यसलाई कमेन्ट्री शैलीमा प्रस्तुत गर्छन् ।खेल चलिरहँदा उनीहरूको हाउभाउ, प्रतिक्रिया र बहस नै कार्यक्रमको अर्को आकर्षण बन्छ ।
त्यसपछि यही सामग्री काटेर क्लिपका रूपमा सामाजिक सञ्जालमा फैलाइन्छ । दर्शकहरूले खेलभन्दा बढी पत्रकारहरूको प्रतिक्रिया हेर्न थाल्छन्-कसले खुशी मनायो, कसले रिस देखायो, कसले व्यंग्य गर्यो भन्ने कुराले नै अर्को बहस जन्माउँछ ।
यसरी ‘एल चिरिङ्गितो’ केवल टिभी कार्यक्रम नभएर लाइभ रियाक्सन र डिजिटल कन्टेन्टको विशाल भण्डार बनेको छ, जहाँ फुटबल खेल मात्र होइन, खेलप्रतिको प्रतिक्रिया पनि विश्वव्यापी मनोरञ्जनको हिस्सा बन्छ ।
सायद त्यसैले स्पेनमा कुनै ठूलो फुटबल घटना भएपछि आज पनि धेरै समर्थकको पहिलो प्रश्न हुन्छ-‘आज एल चिरिङ्गितोमा के भनियो ?’
२ जेठ, वीरगञ्ज । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विवाद चर्किंदा कर्मचारीहरू तीन महिनादेखि तलब सुविधाबाट वञ्चित भएका छन् । प्रशासनिक नेतृत्व रिक्त रहँदा महानगरको दैनिक कामकाजदेखि विकास निर्माणका गतिविधिसम्म प्रभावित भएका छन् ।
महानगरपालिकामा कार्यरत कर्मचारीहरूका अनुसार २०८२ फागुनयता तलब निकासा हुन नसक्दा उनीहरू आर्थिक समस्यामा परेका छन् । महानगर कार्यालय, ३२ वटै वडा कार्यालय, स्वास्थ्य संस्था तथा विभिन्न शाखामा कार्यरत कर्मचारीले नियमित सेवा प्रवाह गरिरहे पनि तलब नपाउँदा घरखर्च व्यवस्थापन गर्न कठिन भएको बताएका छन् ।
तत्कालीन सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०८२ फागुन १२ गते सहसचिव रेशमलाल कँडेललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय गरेको थियो । तर, निर्णय भएको लामो समय बितिसक्दा पनि कँडेल महानगरपालिकामा हाजिर हुन नआएको महानगर स्रोतले जनाएको छ ।
यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका दशौं तहका अधिकृत अरविन्दलाल कर्णले प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्दै आएका थिए । तर, संघीय सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णयसँगै कर्णको अधिकार कटौती गरेपछि महानगरको आर्थिक तथा प्रशासनिक प्रक्रिया नै प्रभावित बनेको बताइएको छ ।
महानगरपालिकाका कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘तलब नआउँदा धेरै कर्मचारी ऋण गरेर घर चलाइरहेका छन् । कतिपयले छोराछोरीको विद्यालय शुल्क तिर्नसमेत समस्या भोगिरहेका छन् ।’
उनका अनुसार कर्मचारी मात्र नभई विकास योजनामा संलग्न निर्माण व्यवसायीहरू पनि भुक्तानी नपाउँदा समस्यामा परेका छन् । सडक, नाला, ढल तथा अन्य पूर्वाधार निर्माणका काम सुस्त बनेका छन् भने कतिपय योजनाको काम नै रोकिएको अवस्था छ ।
यता महानगर प्रमुख राजेशमान सिंहले संघीय सरकारले स्थानीय तहसँग समन्वय नगरी निर्णय लाद्न खोजेको आरोप लगाएका छन् । उनले महानगरको आवश्यकता र स्थानीय परिस्थितिबारे बुझाइ नभएका कर्मचारी पठाउँदा समस्या झन् जटिल बनेको बताए ।
मेयर सिंहका अनुसार महानगरपालिकाले मन्त्रालयलाई पुनर्विचारका लागि पत्राचारसमेत गरेको थियो । तर त्यसको समाधान खोज्नुको सट्टा काम गरिरहेका अधिकृतको अधिकार नै काटिएको उनको आरोप छ । उनले भने, ‘सरकार परिवर्तन भयो, तर संघीय संरचनाको कार्यशैली भने परिवर्तन भएन । स्थानीय सरकारसँग समन्वय नगरी माथिबाट निर्णय थोपर्ने प्रवृत्ति अझै कायम छ ।’
उनले काठमाडौं महानगरपालिकामा देखिएको विवादको उदाहरण दिँदै अहिले वीरगञ्जले पनि उस्तै अवस्था भोग्नुपरेको बताए । ुस्वयम् बालेन शाह मेयर हुँदा काठमाडौं महानगरपालिकामा यस्तै समस्या देखिएको थियो । अहिले उहाँ प्रधानमन्त्री हुँदा पनि स्थानीय तहले उस्तै प्रकारको समस्या भोगिरहेका छन्’, उनले भने ।
मेयर सिंहले वीरगञ्जको सामाजिक, सांस्कृतिक तथा प्रशासनिक परिवेश बुझ्ने र दीर्घकालीन रूपमा काम गर्न सक्ने प्रशासकीय नेतृत्व आवश्यक रहेको धारणा राखे । ‘जनताले काम गर्न भनेर निर्वाचित गरेका हुन् । तर यहाँ आउने हाकिमहरू टिक्दैनन्, समन्वय गर्दैनन् । काम गर्नै नसकिने वातावरण बनाउने कर्मचारी हामीलाई किन चाहियो ?’ उनले प्रश्न गरे ।
महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद सहसचिव स्तरको हुने कानुनी व्यवस्था छ । यस्तो पदमा कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषद्बाट हुने गर्छ । साथै आर्थिक तथा प्रशासनिक अधिकार पनि संघीय सरकारले नै तोक्ने व्यवस्था रहेकाले स्थानीय तहको कामकाज संघीय निर्णयमा निर्भर हुने अवस्था देखिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको विवाद लम्बिँदै जाँदा महानगरपालिकाको सेवा प्रवाहमा प्रत्यक्ष असर परेको स्थानीयवासी बताउँछन् । नियमित प्रशासनिक काम ढिलो हुने, योजनाको भुक्तानी रोकिँदा निर्माण कार्य प्रभावित हुने तथा स्वास्थ्य र सरसफाइसम्बन्धी कार्यक्रमसमेत प्रभावित भएको गुनासो बढ्न थालेको छ ।
महानगरभित्र कर्मचारीहरूमा अन्योल र त्रासको अवस्था सिर्जना भएको मेयर सिंहको भनाइ छ । ‘कर्मचारीहरू केन्द्र र अख्तियारको नाम सुन्नासाथ डराउने अवस्था छ । अहिले त कर्मचारीलाई तलब खुवाउनसमेत कठिन भएको छ’, उनले भने ।
वीरगञ्ज महानगरपालिकामा देखिएको यो विवादले संघीय सरकार र स्थानीय तहबीचको समन्वय अभाव पुन: सतहमा ल्याएको छ । स्थानीय सरकार सञ्चालनका लागि प्रशासनिक नेतृत्व अनिवार्य हुने भएपनि त्यसको व्यवस्थापनमा देखिएको ढिलाइले कर्मचारीदेखि सर्वसाधारणसम्म प्रत्यक्ष प्रभावित बनेका छन् ।
२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सीमित गरेको उनको तर्क छ ।
नेता आङदेम्बेले विगतमा कम्तीमा तीन दिनसम्म चल्ने यस्तो बहसलाई यसपटक ६ घण्टामा मात्र खुम्च्याइनु दुःखद भएको बताए ।
नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय नभई मुलुकको भविष्यसँग जोडिएको विषय भएकोले यसमा माननीय सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उनले उल्लेख गरे ।
सरकारले नीति तथा कार्यक्रममा ‘डिजिटलाइजेसन’ र प्रविधिको कुरा जोडतोडका साथ उठाए पनि गाउँका गरिब किसान र मजदुरको पहुँचमा प्रविधि पुर्याउने विषयमा भने ध्यान नदिएको आङदेम्बेले आरोप लगाए ।
उनले सरकारले ल्याएको ‘नागरिक एप’ को प्रभावकारिताका लागि पनि सर्वसाधारणसँग गुणस्तरीय मोबाइल र प्रविधिको उपलब्धता अनिवार्य रहेको औँल्याउए ।
नीति तथा कार्यक्रममा ‘मोबाइल’ जस्ता आधारभूत प्रविधिको पहुँचबारे स्पष्ट खाका नहुनुले सरकारको सोच अझै पनि भुईंतहका नागरिकसम्म पुग्न नसकेको देखिने उनको भनाइ थियो ।
दुई तिहाइ बहुमतको सरकारले नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाउन र गरिब जनताको पहुँचसम्म पुर्याउन नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै उनले आगामी बजेटमार्फत यस्ता त्रुटिहरू सच्याउन सरकारलाई आग्रह गरे ।
प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै नेता आङदेम्बेले नेपाली काँग्रेस केवल विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले राज्यको नियतमाथि शंका नगरे पनि कार्यशैली र प्राथमिकतामा परिवर्तनको आवश्यकता रहेकोमा जोड दिए ।
२ जेठ, काठमाडौं । कुनै समय फोहोर र दुर्गन्धको पर्याय बनेका काठमाडौंका नदी किनारहरू अहिले सहरको सुन्दर पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेका छन् ।
विशेषगरी शंखमूल क्षेत्रको वागमती किनारमा निर्माण गरिएको ‘शंखमूल योग पार्क’ र वरिपरिका हरियाली क्षेत्रले उपत्यकावासीलाई नयाँ जीवन दिएको महसुश गराउँछ ।
हरियाली चौर, बगेको वागमती, र व्यवस्थित पैदलमार्गहरूले गर्दा यी क्षेत्रहरू अहिले बिहानी र साँझको हिँडडुल (मर्निङ वाक), योग अभ्यास र पारिवारिक पिकनिकका लागि पहिलो रोजाइ बन्न थालेका छन् ।
पार्कहरूमा बालबालिकाका लागि आधुनिक खेलौनाहरू, चिप्लेटी (स्लाइड) राखिएको छ । जहाँ उनीहरूलाई मोबाइल र ग्याजेटबाट टाढा राखेर खुला वातावरणमा रमाउन सहयोग पुग्छ ।
त्यस्तै, युवा पुस्ता र स्वास्थ्य सचेत नागरिकहरूका लागि खुला व्यायामशालाको व्यवस्था गरिएको छ । जसले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन दिएको छ । शंखमूल क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण छ ।
आर्ट अफ लिभिङ र स्थानीय समुदायको सक्रियतामा बनेका योग कक्ष र सत्तलहरूले यहाँ आउनेहरूलाई मानसिक शान्ति प्रदान गर्दछन् । हरियो दुबोमा बसेर गरिने योग र ध्यानले शहरको कोलाहलबाट केही समय भएपनि मुक्ति दिने स्थानीय बताउँछन् ।
काठमाडौंका यी रिभरसाइड पार्कहरूले सहरी सौन्दर्य मात्र बढाएका छैनन्, यसले वातावरण संरक्षण र मानिसको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको छ । नदी किनारलाई व्यवस्थित बनाउने यो अभियानलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने स्थानीयको माग छ ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'डी' मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्।
अमेरिकाले घरेलु मैदान र युवा प्रतिभाको साथ समूह चरण पार गर्ने लक्ष्य राखेको छ।
टर्कीले २००२ पछि पहिलोपटक विश्वकप खेल्दै समूहमा अप्रत्याशित चुनौती बन्न सक्छ।
२ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ लाई विश्वकप २०२६ को सन्तुलित र अप्रत्याशित नतिजा आउन सक्ने समूहका रूपमा हेरिएको छ ।
उत्तर अमेरिका, दक्षिण अमेरिका, ओसिनिया र युरोपका चार फरक शैलीका टोली एउटै समूहमा हुँदा प्रतिस्पर्धा झन् रोचक बन्ने देखिन्छ ।
घरेलु समर्थकको साथ पाएको अमेरिका, अनुशासित खेल प्रदर्शन गर्ने पाराग्वे, शारीरिक रूपमा बलियो अस्ट्रेलिया र रणनीतिक रूपमा परिपक्व टर्की बीचको भिडन्तले समूहलाई खुला बनाएको छ ।
समूह ‘डी’ मा रहेका टिमहरू कस्ता छन् हेरौं ।
अमेरिका
आयोजक राष्ट्रमध्ये एक भएकाले अमेरिकाले स्वतः विश्वकपमा स्थान बनाएको हो । घरेलु मैदान र ठूलो समर्थक आधार यसको प्रमुख शक्ति हो ।
पछिल्ला वर्षमा युवा प्रतिभाको विकास र युरोपेली लिगमा खेल्ने खेलाडीहरूको उपस्थितिले टोलीलाई बलियो बनाएको छ । आक्रामक र तीव्र खेल शैली यसको विशेषता हो ।
पहिलो संस्करणको विश्वकपमै तेस्रो भएको अमेरिकाले त्यसयता भने त्यो स्तरसम्म पुग्न सकेको छैन । यसपटक पनि अमेरिकाको लक्ष्य समूह चरण पार गर्दै अगाडि बढ्ने हुनेछ ।
उत्कृष्ट नतिजा– तेस्रो स्थान (१९३०), अन्तिम सहभागिता– २०२२
पाराग्वे
दक्षिण अमेरिकी छनोटबाट कठिन प्रतिस्पर्धा पार गर्दै पाराग्वेले विश्वकपमा स्थान बनाएको हो । पाराग्वेले १६ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गर्दै छ ।
अनुशासित र रक्षात्मक रूपमा बलियो खेल यसको पहिचान हो । टोलीमा अनुभवी खेलाडीको उपस्थिति भए पनि आक्रमणमा स्थिरता खोजिरहेको देखिन्छ ।
यद्यपी कठिन समूहमा अंक लिन सक्ने क्षमता पाराग्वेसँग छ । सन् २०१० मा क्वाटरफाइनलसम्म पुगेको पाराग्वे सोही किसिमको नतिजाको खोजीमा हुनेछ ।
उत्कृष्ट नतिजा– क्वार्टरफाइनल (२०१०), अन्तिम सहभागिता– २०१०
अस्ट्रेलिया
ओसिनिया/एसियाली क्षेत्रको छनोट पार गर्दै अस्ट्रेलियाले लगातार विश्वकप यात्रा कायम राखेको हो । शारीरिक रूपमा बलियो र निरन्तर दबाब दिने खेल यसको मुख्य विशेषता हो ।
ठूलो प्रतियोगिताको अनुभवले टोलीलाई आत्मविश्वासी बनाएको छ । समूहमा अपसेट गर्न सक्ने क्षमता अस्ट्रेलियासँग सधैं रहने गर्छ ।
उत्कृष्ट नतिजा– अन्तिम १६ (२००६, २०२२), अन्तिम सहभागिता– २०२२
टर्की
युरोपेली छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै टर्कीले विश्वकपमा स्थान सुरक्षित गरेको हो । सन् १९५४ मा पहिलोपटक विश्वकप खेलेको टर्कीले त्यसपछि सिधै सन् २००२ मा खेलेको थियो ।
२००२ को विश्वकपमा तेस्रो भएको टर्कीले त्यसयता पहिलोपटक खेल्दैछ । समग्रमा टर्कीको तेस्रो विश्वकप भएपनि टर्की ‘अन्डरडग’ टिमका रूपमा रहन्छ ।
आक्रामक सोच, युवा ऊर्जा र भावनात्मक खेल यसको विशेषता हो । टोलीमा प्रतिभाशाली खेलाडीहरूको उपस्थिति छ, जसले कुनै पनि खेलको नतिजा बदल्न सक्छ ।
निरन्तरता कायम गर्न सके टर्की समूहको प्रमुख चुनौती बन्न सक्छ ।
उत्कृष्ट नतिजा– तेस्रो स्थान (२००२), अन्तिम सहभागिता– २००२
२ जेठ, काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा आज विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु र सन्तान प्राप्तिको कामना गर्दै सांस्कृतिक एवं धार्मिक पर्व ‘वटसावित्री’ (बरसाइत) मनाइरहेका छन् ।
प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिका दिन मनाइने यस पर्वका अवसरमा शनिबार बिहानैदेखि विभिन्न स्थानमा रहेका बरको रूखमुनि पूजा अर्चना गर्ने महिलाहरूको उल्लेख्य भीड लागेको छ ।
मिथिला संस्कृतिमा आदर्श नारीत्वको प्रतिक मानिने यस पर्वमा महिलाहरू नयाँ वस्त्र तथा श्रृङ्गारका सामग्रीहरूमा सजिएर पूजामा सहभागी हुने गर्दछन् । विशेषगरी नवविवाहित महिलाहरूका लागि यो पर्व थप विशेष रहने गर्दछ ।
नववधुहरूका लागि यस अवसरमा बेहुलाको घरबाट पूजा सामग्रीका साथै लुगाकपडा र अन्य उपहार (पाहुर) पठाउने परम्परा रहेको छ । हिन्दु धर्मावलम्बीहरूले पिपलझैँ बरको रूखलाई पनि पवित्र र पूजनीय मान्ने गर्दछन् ।
वटसावित्रीका दिन व्रतालु महिलाहरूले बरको रूखमा सुतीको काँचो धागो बेरेर पूजा गर्ने र यस पर्वको पौराणिक कथा श्रवण गर्ने प्रचलन छ । यस पर्वलाई नारीत्वको रक्षा र सन्तान प्राप्तिमा सहायक सिद्ध हुने विश्वासका साथ लिइने गरिन्छ ।
पौराणिक मान्यताअनुसार सावित्रीले आफ्नो सतीत्व र घोर तपस्याको बलले मृत्युका देवता यमराजबाट पति सत्यवानको प्राण फिर्ता ल्याउन सफल भएकी थिइन् । सोही ऐतिहासिक र आध्यात्मिक घटनाको स्मरणमा परापूर्वकालदेखि नै मिथिलाञ्चलमा यो पर्व हर्षोल्लासका साथ मनाइँदै आएको छ ।
२ जेठ, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख ३९ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १७८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२३, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७२ जनालाई कारबाही गरिएको हो ।
सन् १९७६ मा मेक्सिको सिटीमा ग्राबियल गार्सिया मार्खेजलाई मारियो भर्गास लोसाले मुक्का हाने, जसले ल्याटिन अमेरिकी साहित्य जगतमा सनसनी फैलायो।
सन् १९७६ मा मेक्सिकोमा एउटा विचित्रको घटना घट्यो ।
ल्याटिन अमेरिकाका प्रख्यात लेखक ग्राबियल गार्सिया मार्खेजले स्नेहका साथ ल्याटिन अमेरिकाकै अर्का लेखक मारियो भर्गास लोसालाई अंकमालका लागि हात फैलाए । तर जवाफमा मारियोले ‘तिमीलाई यो चाहिँ ठीक हुन्छ’ भन्दै मार्खेजको अनुहारमा एक मुक्का जमाएर हाने । उनको आँखामुनिको भाग निलो नै भयो ।
यो अप्रत्यासित घटनाको लागि मार्खेज तयार थिएनन् । यो घटना मेक्सिकोको मेक्सिको सिटी मुभी थियटरमा घटेको थियो ।
ल्याटिन अमेरिकी साहित्य जगतमा मात्र होइन विश्वभरि नै सनसनी फैलियो ।
हुन त विश्वमा दौंतरी लेखक बीच विवाद हुनु, झगडा हुनु त्यति होइन । यो घटनाले भने निकै ठूलो मिडिया कभरेज पायो । मार्खेजको अनुहार मुक्काले निलोकालो भएको थियो ।
तर कसैले पनि पत्तो पाएनन्, आखिर मारियोले किन मुक्का हाने मार्खेजलाई ? किनभने यस विषयमा दुईमध्ये कसैले पनि यकीन कारण कसैलाई बताएनन् ।
त्यसपछि मार्खेज र मारियोको बोलचाल बन्द भयो ।
०००
सन् १९३६ मा पेरूको आरेकिपामा जन्मेका मारियो भर्गास लोसाले सन् १९७१ मा ‘गार्सिया मार्खेज : स्टोरी अफ ए डेसिड’ पुस्तक प्रकाशित गरेका थिए । यो पुस्तक मारियोले म्याड्रिड विश्वविद्यालयलाई बुझाएको विद्यावारिधीको थेसिसको पुस्तक थियो । उनीहरू मित्र थिए ।
यो पुस्तक मार्खेजको ‘वन हण्ड्रेड इयर्स अफ सोलिच्यूड’ को विश्लेषणमा आधारित थियो । मारियोले यसमा लेखकहरूले स्वायत्त, वैकल्पिक वास्तविकताहरू सिर्जना गरेर ‘देवता’ को रूपमा काम गर्छन् र आफ्नो सिर्जनाको अस्तित्वका लागि वास्तविक संसारको हत्या गर्छन् भन्ने तर्क प्रस्तुत गरेका थिए ।
उनले कथालाई विद्रोही कार्यको रूपमा व्याख्या गरे जहाँ लेखकले वास्तविकतालाई मार्छ र यसलाई नयाँ, संरचित र काल्पनिक वास्तविकताले प्रतिस्थापित गर्छ । यस पुस्तकले मार्केजको उत्कृष्ट कृति ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्यूड’को गहिरो र व्यापक विश्लेषण गर्दछ ।
साथै उनको मायावी यथार्थवादको शैलीलाई वैकल्पिक ब्रह्माण्ड निर्माणको माध्यमको रूपमा हेर्छ । विद्यावारिधि थेसिसको यो पुस्तक कोलम्बियाली लेखकको कथा संसारको विस्तृत अध्ययन तथा ल्याटिन अमेरिकी साहित्यिक उत्कर्षको एक महत्वपूर्ण शैक्षिक अध्ययन र दुई लेखकबीचको मित्रता र प्रशंसाको द्योतक समेत मानिन्छ ।
यो पुस्तकले मार्केजको लेखनमा पाइने मायावी, पौराणिक र अस्तित्ववादी विषयवस्तुहरूको गहन विश्लेषण प्रस्तुत गरेको ठहर गरिएको छ ।
आफ्नो एक आदर्श लेखक मित्र, जसको कृतिको अध्ययन गरेर उनले विद्यावारिधि गरे, उनका कृतिको विश्लेषण गरे, तिनैलाई उनले यसरी किन मुक्का हाने, यो विचित्रको घटना थियो ।
०००
मारियो र मार्खेजको भेट सन् १९६७ मा भएको थियो । यही साल मार्खेजको ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्युड’ प्रकाशित भएको थियो । त्यसपछि उनीहरू बीच मित्रता भयो ।
मारियो ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्युड’ बाट अत्यन्त प्रभावित भए ।
यसपछि उनीहरू वीचको आत्मियता र मित्रताले फुल्ने फल्ने मौका पायो । सन् १९७० देखि १९७४ सम्म बार्सिलोनामा उनीहरू नजिकै बस्थे, छिमेकीको रूपमा ।
यी साहित्यिक जोडी समान रूपमा विभाजित पारिवारिक पृष्ठभूमिबाट आएका थिए । दुवैलाई हजुरआमाहरूले हुर्काएका थिए । उनीहरू आफ्ना बुबाहरूसँग मिलेर बसेका थिएनन् ।
उनीहरूलाई बास्तविक रुपमा मिलन बिन्दुमा पु-याउने जोड्ने सुत्र चाहिँ २०औं शताब्दीका अमेरिकी लेखक विलियम फल्कनरका कृतिहरूप्रति उनीहरूको साझा प्रेम थियो । र रोचक कुरा के थियो भने उनीहरू पहिलो पटक युरोप जाँदा आफूहरूलाई पक्का ल्याटिन अमेरिकी भएको पूर्णअनुभव गरे ।
मुक्का खाएपछिको लेखक मार्खेजको फोटो ।
मार्खेजको ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्युड’ को वर्णन गर्दै, मारियोले भनेका थिए, ‘जब मैले पुस्तक पढें तब म छक्क परें । मैले सोचेँ कि अन्ततः ल्याटिन अमेरिकाको नाइटहरूको बारेमा आफ्नै उपन्यास थियो, एउटा कथा जहाँ काल्पनिक कुरा वास्तविकताको सार नगुमाई अगाडि आयो।
यसमा उत्कृष्ट कृतिहरूको गुण थियो । त्यो थियो भाषाको बारेमा चिन्तित माग गर्ने पाठकलाई आकर्षित गर्ने क्षमता र एकै समयमा कथा पछ्याउन रुचि राख्ने आधारभूत पाठक।’
मारियोले सन् १९६० को दशकको अन्त्यतिर प्युर्टो रिको, संयुक्त अधिराज्य र स्पेनका विश्वविद्यालयहरूमा मार्केजको कृतिहरू पनि पढाएका थिए । यसले गर्दा नै उनले १९७१ मा उनको विद्यावारिधि शोधपत्रमा आधारित पुस्तक ‘गार्सिया मार्केज: स्टोरी अफ अ डिसाइड’ प्रकाशित गर्न सक्षम भएका थिए ।
०००
मार्खेज मारियोभन्दा ९ वर्ष जेठा थिए तर जन्म महिना भने दुवैको मार्च थियो । मार्खेज ६ मार्च १९२७ मा जन्मेका थिए भने मारियो २८ मार्च १९३६ मा जन्मेका थिए ।
दुवै पत्रकारितामा समेत संलग्न थिए ।
मारियो भोर्गास लोसा राजनीतिमा पनि संलग्न भए तर मार्खेज भने राजनीतिमा लागेनन् । तर क्युबा नेता फिडेल क्यास्ट्रोसँग उनको मित्रता थियो ।
क्यास्ट्रो मार्खेजका कृतिहरूका पाठक थिए । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि मार्खेजलाई ह्वाइट हाउसमा डिनर दिएका थिए । त्यतिबेला उनकी छोरी चेल्सीले मार्खेज आफ्ना प्रिय लेखक भएको बताएकी थिइन् ।
०००
ग्राबियल गार्सिया मार्खेजको पहिले ‘ईन ईभिल आवर’, ‘लिफ स्टोर्म’, ‘नो वन राइट्स टू कोलोनेल’ जस्ता उपन्यास र लघु उपन्यासहरू प्रकाशित भएका थिए । तर सन् १९६७ मा प्रकाशित उपन्यास ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्युड’ ले विश्वविख्यात बनायो ।
मायावी यथार्थको यो उपन्यास विश्वमै उदाहरणीय बन्यो । ५० बढी भाषामा अनुवाद भएर पाँच करोड बढी प्रतिहरू बिक्री भइसकेका छन् । यसलाई मार्खेजले आफ्नो जीवनकालभरि सिनेमा बनाउने अनुमति दिएनन्, यद्यपि उनका कैयन् उपन्यास, उपन्यासिका र कथाका सिनेमा बने ।
उनले पाठकको कल्पनाशीलताको रक्षा गर्न यो उपन्यासलाई सिनेमा बनाउन दिएका थिएनन् । उनको देहान्तपछि उनका छोराहरूले यसलाई सिनेमा बनाउन दिए ।
तर मारियो भर्गास लोसाको पहिलो उपन्यासले नै उनलाई बहुचर्चित बनायो । सन् १९६३ मा प्रकाशित उनको पहिलो उपन्यास ‘द हिरो अफ आवर टाइम’ उपन्यासको कथा पेरूको सैनिक प्रतिष्ठान सम्बन्धी थियो ।
यो उपन्यास लियोन्सियो प्राडो मिलिटरी एकेडेमीमा रहँदाको उनको आफ्नै अनुभवमा आधारित थियो । त्यहाँ १९५० को दशकको सुरुमा किशोरावस्थामा पढेका थिए । फ्रान्समा बस्दा यो उपन्यास लेखे । र १९६३ मा उपन्यासको रूपमा प्रकाशित भयो।
यसले यति ठूलो हलचल मच्चायो कि सैनिक प्रतिष्ठानका अधिकारीहरूले विरोधस्वरूप यो उपन्यासका १,००० प्रतिहरू जलाएका थिए । पछि यो उपन्यामाथि पेरुभियन निर्देशक फ्रान्सिस्को लोम्बार्डीले सिनेमा बनाएका थिए ।
यो उपन्यासको मूल भाषा स्प्यानिसमा ‘द सिटी अफ द डग्स’ थियो तर अङ्ग्रेजी अनुवादमा भने ‘द टाइम अफ द हिरो’ को रुपमा आएको हो ।
मारियो भर्गास लोसाको दृष्टिमा ‘वन हन्ड्रेड इयर्स अफ सोलिट्युड’ को विपरीत मार्खेजको सबैभन्दा कमजोर पुस्तक १९७५ को ‘द अटम अफ द प्याट्रियार्क’ थियो ।
०००
के भएको थियो त घटना जसले गर्दा मारियोले मार्खेजलाई मुक्का हाने । यो विषयमा सन् २०१९ मा पेरिस रिभ्यूमा सिल्भाना पातेर्नोस्त्रोले एक रिपोर्ट तयार गरिन् जसमा विभिन्न सम्बन्धित व्यक्तिहरूसँगको भनाइ प्रकाशित गरेकी थिइन् ।
उनले मार्खेजका साथी तथा फोटोग्राफर रोडरिको मोया तथा गुलेर्मो एङ्गुलो, ग्रेग्रोरी राबास्सा, पिलिनो आपुलियो मेन्डोजा, जेमी आवेलो बान्फी लगायतसँगको कुराकानी प्रस्तुत गरेकी थिइन्, जसले त्यस घटनाको बारेमा आ-आफ्ना अनुभव सुनाएका थिए ।
०००
मारियो भर्गास लोसा र ग्राबियल गार्सिया मार्खेज बीचको यो घटनालाई आधार बनाएर पेरुका अर्का लेखक जायमी बेलीले एक उपन्यास नै लेखे ‘लस जिनियस’ अर्थात् ‘द जिनियस’ ।
यो उपन्यास प्रकाशित हुँदै गर्दा मारियोले भने, ‘पक्कै पनि त्यो झुटको पुलिन्दा होला !’
यसको प्रतिक्रियामा उपन्यासकार बेलीले भने, ‘हो, पक्कै पनि यो उपन्यास झुटहरूले भरिको छ । जस्तो हरेकजसो उपन्यासमा हुने गर्छ । तर यी झुटहरू हावादारी होइनन्, विश्वसनीय झुटहरू हुन् ।’
उनको भनाइ थियो, ‘यो पुस्तक कुनै ऐतिहासिक पाठ वा पत्रकारिताको अनुसन्धान होइन । यो एउटा उपन्यास हो । काल्पनिक कृति हो । यसले लेखकको आविष्कारशीलताबाट आउने वास्तविक, ऐतिहासिक घटनाहरूलाई काल्पनिक घटनाहरूसँग मिसाउँछ ।’
यस उपन्यासको सुरुवातमै बेलीले मारियोको उपन्यास ‘द रियल लाइफ अफ अलक्जान्ड्रो मायता’ का यी हरफहरूलाई उध्दरण गरेका छन्, ‘प्रमाणको आधारमा घटनालाई पुनर्निर्माण गर्ने प्रयास गर्दा सिकिने कुरा भनेको सबै कथा हुन् र तिनीहरू सत्य र झुट मिलेर बनेका हुन्छन्।’
उपन्यासकार बेलीले लेखकहरू जोर्ज एडवार्डस्, प्लिनियो आपुलेओ मन्डोजा, टोमस एल्वाए मार्टिनेज, अल्भारो मुटिससँग कुराकानी गरेर उपन्यासलाई सत्यको नजिक पु-याउने प्रयास गरेका थिए । एक प्रकारले शोध नै गरेका थिए ।
मार्खेज र मारियो साथमा उनीहरूको उपन्यासको कभर ।
यो उपन्यास लेख्न प्रेरित भएको बिषयमा उनको भनाई थियो, ‘जब दुई प्रतिभाशाली व्यक्तिले कुनै कुराको बारेमा विमर्श गर्न अस्वीकार गर्छन् भने त्यसले साहित्यिक जिज्ञासा जगाएको मान्नुपर्छ । किनकि म साहित्यलाई कंकाल भित्र रहेको वस्तु खोतलेर हेर्ने प्रक्रियाका रूपमा बुझ्छु ।’
यो उपन्यास गफलाई साहित्यिक रूप दिने प्रक्रिया या घटनाको रूपमा लिनु उचित हुँदैन । बरू दुई आत्मीय साहित्यिक दिग्गजहरूको मित्रताको कसरी दुःखद् समाप्ति भयो भन्ने कुरा महत्त्वपूर्ण छ । साहित्य जगतले यस्तो निर्क्यौल निकालेको देखियो ।
०००
गहिरो मित्रताको समयमा मारियो भर्गास लोसा र ग्राबियल गार्सिया मार्खेजले सहयोगी उपन्यास लेख्न पनि सोचेका थिए । मारियो बेलायतमा थिए र मार्खेज मेक्सिकोमा थिए । उनीहरूले पेरु र कोलम्बिया बीचको युद्धको विषयमा उपन्यास लेख्ने मन बनाएका थिए जुन युद्ध कोलम्बियाको लेटिसियामा अवस्थित अमेजनको जंगलमा भएको थियो ।
तर मारियोलाई लाग्यो मार्खेज त्यस युद्धका बारेमा पूर्ण जानकार छन्, तर उनलाई छिपछिपे ज्ञान मात्र छ । त्यसकारण त्यो कल्पित उपन्यासको लेखन सम्भव भएन । उनीहरूले धेरै लामो समय पत्राचार गरे, ती चिट्ठीहरू अहिले अमेरिकाको प्रिन्सटन विश्वविद्यालयमा सुरक्षित छन् ।
०००
सन् १९९० मा पेरिस रिभ्यूलाई दिएको अन्तर्वार्तामा मारियो भर्गास लोसाले यो मुक्का काण्डको विषयमा बोलेका छन् । उनले यसलाई एक घटना भएको बताए ।
उनले यस विषयमा चाहँदा नचाहँदै धेरै कुरा बाहिर आएको र यसबारे थप कुरा गरेर यसलाई चर्चाको विषय बनाउन नचाहेको बताए । उनले भने, ‘यदि मैले संस्मरण लेखें भने सम्भवतः म सत्य कुरा लेख्नेछु ।’
तर उनले आफ्नो जीवन कालमा यो संस्मरण लेखेनन् ।
०००
सन् २०२१ मा वाकर काप्लानले एक रिपोर्ट प्रकाशित गरिन् जसमा त्यस घटनाको बारेमा विस्तृत रुपमा लेखेकी छिन् । घटनाक्रम अनुसार मारियो बार्सिलोनादेखि एल कालाओको यात्रामा थिए । उनले त्यहाँ एक आकर्षक महिला भेटे र तिनीसँग उनको प्रेम भयो ।
यद्यपि उनकी श्रीमती प्याट्रिसिया पनि त्यही जहाजमा थिइन् । मारियोका मित्र गुलेर्मो आलुंगोका अनुसार ‘मारियो कन्याराशी हुन् । आकर्षक छन् । आइमाइहरू उनीसँग मरिमेट्छन् ।’
जहाज चिलीमा रोकिएपछि प्याट्रिसिया बार्सिलोना फर्किइन् आफ्ना सामान बटुल्न । उनीहरूका छिमेकी र मित्रहरू मार्खेज र उनकी पत्नी मर्सिडिज उनलाई सामान प्याकिङ गर्न सहयोग गर्न उनको घर गए ।
त्यतिमात्र होइन मार्खेजले प्याट्रिसियालाई एयरपोर्टसम्म पु-याउन गए र मारियोसँग पारपाचुके गर्न समेत सुझाव दिए । त्यसबेला उनले ठट्टामा भनेका थिए, ‘यदि तिम्रो प्लेन छुट्यो भने गज्जब हुन्छ । भोज गरौंला ।’ तर प्याट्रिसियाले यसलाई गलत अर्थ लगाइन् ।
मारियो अर्की महिलासँगको प्रेममा भए पनि प्याट्रिसियासँग छुट्टिएका थिएनन् । अर्की महिलासँगको सम्बन्धको बारेमा थाहा पाएकी प्याट्रिसियाले एकपल्ट मारियोलाई रिस उठाउनका लागि भनिन्, ‘मलाई राम्री छैन भनेर हेपेको ? तिम्रा साथीहरू मार्खेजजस्ता मेरा पछि लागेका छन् ।’
यो नै मार्खेजलाई मारियोले मुक्का हान्ने कारण बन्यो । मुक्का हान्ने क्रममा मारियोले चिच्याउँदै भनेका थिए, ‘मेरी स्वास्नीलाई जे भनिस् त्यसको फल यही हो !’
मुक्का निकै कडा थियो । मुक्का खाएर धर्मराउँदै मार्खेज पछारिए । उनको चस्माको सिसा नै फुट्यो । रगत पनि आयो ।
मुक्का खाएको भोलिपल्ट मार्खेज र उनकी पत्नी उनीहरूका साथी फोटोग्राफर रोडरिको मोयाको घरको ढोका ढकढक्याउन पुगेका थिए । उनी आफ्नो घाइते अनुहारको फोटो खिचाउन पुगेका थिए ।
उनी आफ्ना जीवनका महत्त्वपूर्ण घटनाको रेकर्ड राख्न चाहन्थे । मोयाले उनलाई देख्दा मेक्सिकन पुलिसको गोदाइ खाएको अभियुक्तझैं अनुभव गरेका थिए । त्यो फोटो उनले सार्वजनिक गरेनन् । सन् २००७ पछि मात्र त्यो फोटो सार्वजनिक भयो ।
०००
यति हुँदाहुँदै पनि मारियो भर्गास लोसाले मार्खेजको ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्युड’ को ४०औँ वार्षिकोत्सव संस्करणका लागि विशेष भूमिका लेखेका थिए ।
०००
आफ्नो जीवनको अन्तिम दशकमा, गार्सिया मार्खेजले उनलाई दुई पटक पर्खे– एक पटक बार्सिलोनामा र एक पटक कार्टाजेनामा । तर, अन्तमा, मारियो कहिल्यै देखा परेनन् । उनीहरूको भेट नै भएन ।
मार्खेज लामो समय विस्मृतिको शिकार भए र १७ अप्रिल २०१४ मा उनको देहान्त भयो ।
मार्खेजको मृत्युपछि मारियोले प्रतिक्रिया दिए, ‘एक महान लेखकको निधन भएको छ, जसका कृतिहरूले हाम्रो भाषाको साहित्यलाई पहुँच र प्रतिष्ठा प्रदान गरे । उनका उपन्यासहरू उनीभन्दा धेरै जीवित रहनेछन् र संसारका पाठकहरूको मन जित्ने क्रम जारी राख्नेछन् । म उहाँको परिवारप्रति समवेदना व्यक्त गर्दछु ।’
वर्षपछि १३ अप्रिल २०२५ मा पेरुको राजधानी लिमामा मारियो भर्गास लोसाको पनि मृत्यु भयो । उनको मृत्युमा मार्खेजको गाबो फाउण्डेसनले यस्तो शोक वक्तव्य जारी ग-यो, ‘स्पेनी भाषाको कथा लेखनका गुरु र ल्याटिन अमेरिकी साहित्यका एक प्रमुख व्यक्तित्व मारियो भर्गास लोसाको मृत्युमा गाबो फाउन्डेसन शोक व्यक्त गर्दछ । यस दुःखद् समयमा हामी उनको परिवार, साथीभाइ र पाठकहरूसँग उभिएका छौं ।’
दुवैको मृत्युपछि त्यस मुक्का काण्डको तुष त मेटियो, तर साहित्य जगतमा यसको चर्चा भने भइनै रहेको छ ।
भिजिट नेपाल, देवभूमि नेपाल, तीर्थ कूटनीति, होमस्टे विस्तार, अन्तर्राष्ट्रिय उडान वृद्धि र हरित पर्यटनलाई पर्यटन पुनर्जागरणको आधार मान्न सकिन्छ । नीति तथा कार्यक्रममा भएका यी विषय बजेटमा कसरी सम्बोधन हुन्छ त्यो हेर्न बाँकी छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पर्यटनलाई राष्ट्रिय समृद्धिको प्रमुख माध्यमका रूपमा अघि सारेको छ।
सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गर्दै आगामी आर्थिक वर्षलाई पूर्वतयारीको वर्षका रूपमा लिएको छ।
पर्यटन पुनरुत्थानसँगै होटल संख्या १८२ बाट २१४ पुगेको र कुल शय्या संख्या ५४ हजारभन्दा बढीबाट ६२ हजारभन्दा बढी पुगेको छ।
नेपालको पर्यटन क्षेत्र राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधार स्तम्भका रूपमा विकसित हुँदै गएको छ । विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचान निर्माणमा पर्यटन क्षेत्रको भूमिका उल्लेखनीय रहेको छ । कोभिड १९ महामारीपछि विश्व पर्यटन उद्योग पुन: उत्थानको चरणमा प्रवेश गरिरहेको अवस्थामा नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले पर्यटनलाई राष्ट्रिय समृद्धिको प्रमुख माध्यमका रूपमा अगाडि सारेको छ । सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गर्दै आगामी आर्थिक वर्षलाई त्यसको पूर्वतयारीको वर्षका रूपमा लिएको छ । यसले पर्यटन दशक (२०२३/२०३२) को लक्ष्य प्राप्तिका लागि दीर्घकालीन रणनीति, पूर्वाधार विकास, डिजिटल रूपान्तरण र दिगो पर्यटन अभ्यासलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ ।
नेपाल भौगोलिक, सांस्कृतिक र जैविक विविधताले सम्पन्न देश हो । समुद्री सतहबाट करिब ७० मिटर उचाइको झापाको कचनादेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सम्मको उचाइगत विविधता एउटै देशभित्र अनुभव गर्न सकिने दुर्लभ विशेषता नेपालसँग छ । यही विविधताले नेपाललाई विश्व पर्यटन बजारमा विशेष गन्तव्यका रूपमा स्थापित गरेको छ ।
हिमाल, पहाड, तराई, वनजंगल, नदी, ताल, धार्मिक सम्पदा, जातीय संस्कृति तथा परम्परागत जीवनशैलीले नेपाललाई बहुआयामिक पर्यटनको सम्भावनायुक्त मुलुक बनाएको छ ।
संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (UNWTO) ले पर्यटनलाई मनोरञ्जन, व्यवसाय वा अन्य उद्देश्यका लागि आफ्नो सामान्य बसोबास क्षेत्रभन्दा बाहिर एक वर्षभन्दा कम समयका लागि गरिने यात्रा र बसोबासका गतिविधिका रूपमा परिभाषित गरेको छ । विश्वव्यापी रूपमा पर्यटन क्षेत्रले करिब १० प्रतिशत रोजगारी सिर्जना गर्ने गरेको छ ।
साथै, दिगो विकास लक्ष्य (SDGs) प्राप्तिमा पर्यटनको महत्वपूर्ण योगदान रहेको स्वीकार गरिएको छ । नेपालमा पनि पर्यटन क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं मानिसलाई रोजगारी प्रदान गरिरहेको छ । होटल, रेस्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ एजेन्सी, यातायात, गाइड, हस्तकला, कृषि उत्पादन, स्थानीय बजार तथा सांस्कृतिक कार्यक्रम सबै पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । पर्यटकले खर्च गर्ने रकम बहुगुणक प्रभाव मार्फत सम्पूर्ण अर्थतन्त्रमा प्रवाह हुन्छ ।
सन् २०१९ मा करिब ११ लाखभन्दा बढी पर्यटक आगमन भएको नेपालमा सन् २०२० मा यो संख्या घटेर २ लाख ३० हजारमा सीमित भयो । सन् २०२१ मा झनै घटेर १ लाख ५० हजार पुगेको थियो । तर, त्यसपछि पर्यटन क्षेत्र क्रमश: पुनरुत्थानतर्फ अघि बढिरहेको छ । सन् २०२२ मा ६ लाख १४ हजार, सन् २०२३ मा १० लाख १४ हजार, सन् २०२४ मा ११ लाख ४७ हजार र सन् २०२५ मा करिब ११ लाख ५८ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । पर्यटन पुनरुत्थानसँगै होटल, ट्राभल एजेन्सी तथा पर्यटन पूर्वाधारमा पनि वृद्धि देखिएको छ ।
सन् २०२४ मा १८२ वटा तारा स्तरीय होटल रहेकोमा २०२५ मा त्यो संख्या २१४ पुगेको छ । कुल होटल शय्या संख्या ५४ हजारभन्दा बढीबाट ६२ हजारभन्दा बढी पुगेको छ । यसले निजी क्षेत्रको लगानी र पर्यटनप्रतिको विश्वास पुन: बढ्दै गएको संकेत गर्दछ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई उत्पादक उद्योगका रूपमा मान्यता दिने विषय विशेष महत्वपूर्ण छ । यसले पर्यटन व्यवसायलाई उद्योगसरह सुविधा, लगानी प्रोत्साहन तथा कर नीतिमा सहजता प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ ।
सरकारले ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । यस अभियान अन्तर्गत पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, जनकपुर, हलेसी, गोसाइँकुण्ड, पाथीभरा लगायत धार्मिक तथा सांस्कृतिक गन्तव्यहरूको पूर्वाधार विकास अपरिहार्य छ । धार्मिक पर्यटन नेपालका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भुटान तथा अन्य बौद्ध र हिन्दु धर्मावलम्बी देशका पर्यटक आकर्षित गर्न सकिने ठूलो सम्भावना नेपालसँग छ । त्यसैले तीर्थ कूटनीति अवलम्बन गर्दै धार्मिक क्षेत्र प्रवर्द्धन गर्ने सरकारको नीतिलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
त्यस्तै, सरकारले डिजिटल सेवामा जोड दिएको छ । पर्यटक भिसा, ट्राभल अनुमति, बुकिङ तथा अन्य सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने योजना पर्यटन क्षेत्रको आधुनिकीकरणका लागि महत्वपूर्ण कदम हो । डिजिटल प्रवर्द्धन, अनलाइन भुक्तानी प्रणाली, स्मार्ट पर्यटन सूचना केन्द्र तथा डिजिटल मार्केटिङले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउनेछ ।
हवाई सेवाको विस्तार अर्को महत्वपूर्ण प्राथमिकता हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुधारसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने योजना सकारात्मक मानिन्छ । नेपालमा पर्यटक आगमन वृद्धि गर्न अन्तर्राष्ट्रिय हवाई पहुँच अत्यन्त आवश्यक छ । हालसम्म पर्याप्त अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा नयाँ विमानस्थलहरूको पूर्ण उपयोग हुन सकेको छैन ।
नीतिगत स्पष्टता, दिगो लगानी, डिजिटल रूपान्तरण, हरित पर्यटन र स्थानीय सहभागितालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने नेपालको पर्यटन क्षेत्र आर्थिक वृद्धिदर, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा राष्ट्रिय पहिचान निर्माणको प्रमुख आधार बन्ने निश्चित देखिन्छ
ग्रामीण पर्यटन र होमस्टे कार्यक्रमलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको छ । नेपाल होमस्टे ब्रान्ड अन्तर्गत ५,००० नयाँ होमस्टेहरूलाई अनलाइन बुकिङ प्लेटफर्मसँग आबद्ध गर्ने योजना स्थानीय समुदायको आय वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि महत्वपूर्ण हुन सक्छ । यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै स्थानीय संस्कृति, परम्परा र खानाको संरक्षणमा योगदान पुर्याउनेछ ।
नेपाल साहसिक पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य हो । सगरमाथा, अन्नपूर्ण, मनास्लु, लाङटाङ लगायतका हिमाली क्षेत्रहरू ट्रेकिङ र पर्वतारोहणका लागि विश्वभर चर्चित छन् । ‘क्लिन हिमालय सेफ क्लाम्बिङ’ अभियान अन्तर्गत नयाँ हिमालहरू आरोहणका लागि खुला गर्ने, ट्रेकिङ मार्ग सुधार गर्ने तथा फोहोर व्यवस्थापनलाई प्राथमिकता दिने योजना वातावरणीय दिगोपनका दृष्टिले महत्वपूर्ण छ ।
नेपालमा करिब ४४.७४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ भने १५ वटा राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्र छन् । जैविक विविधता, वन्यजन्तु तथा हिमाली पारिस्थितिकी प्रणाली संरक्षण गर्दै पर्यटन विकास गर्नु आजको आवश्यकता हो । इको टुरिज्म, वन्यजन्तु पर्यटन तथा सामुदायिक संरक्षण कार्यक्रमलाई पर्यटनसँग जोड्न सके दिगो विकासको आधार निर्माण गर्न सकिन्छ ।
सरकारले ‘लाइभ म्युजियम’ अवधारणा लागू गर्ने योजना पनि ल्याएको छ । यसले स्थानीय समुदाय, विशेषगरी सिमान्तकृत वर्ग र आदिवासी समुदायलाई पर्यटनसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ । स्थानीय संस्कृति, कला, जीवनशैली तथा परम्परालाई जीवित संग्रहालयका रूपमा प्रस्तुत गरी पर्यटनमार्फत आय आर्जन गर्ने यो अवधारणा नेपालका लागि निकै उपयुक्त देखिन्छ ।
कर्णाली, सुदूरपश्चिम, मधेश तथा कोशी प्रदेशमा नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धन गर्ने नीति पनि सन्तुलित क्षेत्रीय विकासका लागि आवश्यक छ ।
हाल नेपालको पर्यटन मुख्यत: काठमाडौं, पोखरा, चितवन र सगरमाथा क्षेत्रमा केन्द्रित छ । नयाँ गन्तव्यको विकासले पर्यटकको बसाइ अवधि बढाउनुका साथै स्थानीय स्तरमा आर्थिक अवसर सिर्जना गर्न सक्ने भएकाले सरकारले यसमा विशेष ध्यान पुर्याउनुपर्ने देखिन्छ ।
विश्व पर्यटन बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । फ्रान्स, स्पेन, अमेरिका, टर्की, इटाली तथा दुबईजस्ता गन्तव्यहरूले गुणस्तरीय सेवा, पूर्वाधार र ब्रान्डिङमार्फत ठूलो सफलता हासिल गरेका छन् । नेपालले पनि आफ्नो विशिष्ट पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्न आवश्यक छ ।
नेपालको पर्यटन क्षेत्रको अर्को महत्वपूर्ण चुनौती भनेको नीतिगत कार्यान्वयन, राजनीतिक स्थायित्व र संस्थागत समन्वय हो । नीति राम्रो भए पनि कार्यान्वयन प्रभावकारी नभए अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुन्छ । सार्वजनिक–निजी साझेदारी, लगानीमैत्री वातावरण, दक्ष जनशक्ति विकास तथा पारदर्शी प्रशासन पर्यटन विकासका आधारभूत आवश्यकता हुन् ।
पर्यटकको औसत बसाइ अवधि करिब १३ दिन रहेको छ, जुन नेपालको अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो । यदि पर्यटकको बसाइ अवधि र खर्च बढाउन सकियो भने पर्यटनबाट हुने आर्थिक लाभ उल्लेखनीय रूपमा वृद्धि हुन सक्छ । त्यसका लागि गुणस्तरीय सेवा, नयाँ अनुभव, सांस्कृतिक गतिविधि, ग्रामीण पर्यटन तथा साहसिक पर्यटनलाई थप व्यवस्थित बनाउन आवश्यक छ ।
अन्तत:, २०८३/८४ को पर्यटन नीति तथा कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान, दिगोपन र राष्ट्रिय समृद्धितर्फ अघि बढाउने महत्वपूर्ण आधार प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम बजेटमा कसरी सम्बोधन हुन्छ त्यो हेर्न बाँकी छ । यद्यपि पर्यटन प्रवर्द्धनका लगि भिजिट नेपाल २०८५ लाई सफल बनाउन सरकार, निजी क्षेत्र, स्थानीय समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारबीच प्रभावकारी सहकार्य आवश्यक छ ।
यदि नीतिगत स्पष्टता, दिगो लगानी, डिजिटल रूपान्तरण, हरित पर्यटन र स्थानीय सहभागितालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने नेपालको पर्यटन क्षेत्र आर्थिक वृद्धिदर, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा राष्ट्रिय पहिचान निर्माणको प्रमुख आधार बन्ने निश्चित देखिन्छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा मृत भेटिएको गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने आशंका गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको प्राविधिक टोलीले मृत गैँडाको पोष्टमार्टम गरेको छ र रिपोर्ट आज साँझसम्म आउनेछ।
चालु आर्थिक वर्षमा निकुञ्ज तथा आसपासमा २० वटा गैँडा विभिन्न कारणले मरेका छन् र गैँडा गणना २०८३ मा सारिएको छ।
२ जेठ, चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा शुक्रबार बिहान मरेको गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने आशंका गरिएको छ ।
पूर्वपश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्ने भीम प्रसाद दर्जीले भोगचलन गरेको ऐलानी खेतभित्र अन्दाजी २५ बर्षको भाले गैंडा मृत फेला परेको थियो ।
गैँडा मरेको स्थान नजिकै विद्युतीय धरापका लागि प्रयोग हुने सामग्रीहरु डिभिजन वन कार्यालय पूर्वी नवलपरासीले फेला पारेको छ ।
मृत गैँडालाई डिभिजन वन कार्यालयमा ल्याई चितवन राष्ट्रिय निकुञ्ज बाट खटिएको प्राविधिक टोलीद्वारा पोष्टमार्टम गरिएको थियो ।
आज साँझसम्म पोष्टमार्टमको रिर्पोट आउने निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए । पोष्टमार्टम पश्चात गैडाको खाग थान १ र खुर थान १२ सुरक्षित रूपमा निकालिएको तथा बाँकी सम्पूर्ण अंग प्रत्यङ्ग डिभिजन वन कार्यालय नवलपुरको परिसरभित्र खाडल खनी व्यवस्थापन गरिएको छ ।
घटनास्थल वरपर गरिएको खोजतलासका क्रममा मृत गैँडा रहेको स्थानदेखि करिब २०० मिटर दक्षिणतर्फ लोकाहा खोलाको काँसघारीमा जिआई (बेन्डिङ) तारले बेरिएका २७ वटा बाँसका किल्ला लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरिएको छ ।
साथै घटनास्थलको उत्तर पश्चिमतर्फ रहेको घरबाट सिंगल फेजको रिङसहितको करिब १३ मिटर वाइरिङ तारसमेत बरामद भएको छ ।
घटनास्थलबाट बरामद गरिएका सामग्री तथा घटनास्थलको अवस्थालाई आधार मान्दा गैँडाको मृत्यु करेन्ट लगाई गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । सोही आधारमा घटनास्थलबाट खेत भोगचलन गर्ने दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।
घटनाको थप अनुसन्धानका डिभिजन बन कार्यालयले एक अनुसन्धान अधिकृत तोकेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयका सूचना अधिकारी सुवास अधिकारीले जानकारी दिए ।
निकुञ्जका सूचना अधिकारी थापामगरका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म निकुञ्ज तथा आसपासका क्षेत्रमा २० वटा गैँडा विभिन्न कारणले मरेका छन् ।
चालु आर्थिक वर्षमा गैँडा गणना गर्ने भनिए पनि समय अभाव भएको भन्दैं अर्को वर्ष सारिएको छ । बजेट अभाव भन्दैं अघिल्लो वर्ष २०८१ हुनुपर्ने गैँडा गणना २०८२ मा सारिएको थियो । तर, २०८२ मा पनि समय अभाव भन्दैं २०८३ मा सारिएको छ । हरेक चार चार बर्षमा गर्ने गैँडा गणना २०७७ (सन् २०२१ ) साल चैत ९ गतेदेखि २७ गतेसम्म भएको थियो ।
सन् २०२१ मा गरिएको गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा गरेर ७५२ गैँडा रहेको तथ्यांक सार्वजनिक भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा रहेका छन् ।
रिक्त रहेको पदमा तत्कालका लागि पदाधिकारी तोकिएको हो । नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया पनि अघि बढेको छ । उपकुलपति सिफारिस समिती गठन भई आवेदन माग गरिएको छ ।
२ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका छन् ।
उपकुलपति बज्राचार्यले शुक्रबार जिम्मेवारी दिएका हुन् । कुलपति एवं प्रधानमन्त्री बालेन शाहले उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिएपछि उनले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिएका हुन । ‘हिजो नै जिम्मेवारी दिएको हो’, बज्राचार्यले भने ।
अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएका थिए । तर, अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्राडा. दीपक अर्यालले राजीनामा दिएका थिए । उनीसँगै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए ।
रिक्त रहेको पदमा तत्कालका लागि पदाधिकारी तोकिएको हो । नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया पनि अघि बढेको छ । उपकुलपति सिफारिस समिती गठन भई आवेदन माग गरिएको छ ।
२ जेठ, काठमाडौं । रास्वपाले आज देशैभर वडा भेला आयोजना गरेको छ । तदर्थ समिति गठन नभएका वडाहरुमा आज भेला आयोजना गरिएको रास्वपाले जनाएको छ ।
आज हुने भेलाले ती वडाहरुमा तदर्थ समिति गठन गर्नेछ ।
रास्वपाले हाल पहिलो महाधिवेशनको तयारी गरिरहेकोले संगठन विस्तारमा लागेको छ । पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने रास्वापाको निर्णय छ ।
बेल्जियमले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।
टोलीमा चोटसँग संघर्ष गरिरहेका रोमेलु लुकाकु समावेश भएका छन् ।
थिबाउट कोर्तवा, केभिन डे ब्रुएना र एक्सल विट्सल चौथो पटक विश्वकप खेल्ने टोलीमा परेका छन् ।
२ जेठ, काठमाडौं । बेल्जियमले रोमेलु लुकाकलाई समावेश गर्दै फिफा विश्वकप २०२६ का लागि अन्तिम टोली घोषणा गरेको छ ।
रेड डेभिल्सको रुपमा चिनिने बेल्जियमले शुक्रबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक रुडी गार्सियाले लुकाकुलाई आउट अफ सेप भनेपनि टोलीमा समावेश गरेका छन् । चोटसँग संघर्ष गरिरहेका लुकाकुले गत सिजन जम्मा लिगमा ६९ मिनेट मैदानमा बिताएका थिए ।
लुकाकुसँगै थिबाउट कोर्तवा, केभिन डे ब्रुएना र एक्सल विट्सल चौथो पटक विश्वकप खेल्ने टोलीमा परेका हुन् ।
समूह जी मा रहेको बेल्जियमले इजिप्ट, इरान र न्युजिल्यान्डसँग खेल्नेछ ।
सप्तरीको खडक नगरपालिका-५ रंजितपुरबाट १४१ किलो गाँजासहित धनकुटा र मोरङका दुई जना पक्राउ परेका छन्।
प्रहरीले धरानबाट लहानतर्फ जाँदै गरेको पिकअप भ्यानमा लुकाइएको १४ वटा पोका गाँजा फेला पारेको छ।
पक्राउ परेकाहरूलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।
२ जेठ, सप्तरी । सप्तरीको खडक नगरपालिका-५ रंजितपुरबाट ठूलो मात्रामा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बलबहादुर लिम्बु रहेको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी डम्बरबहादुर पुरीले जानकारी दिए ।
उनीहरूले प्रयोग गरेको गाडीबाट करिब १४१ किलो गाँजा फेला परेको हो । प्रहरी चौकी विसनपुरबाट प्रहरी साहयक निरीक्षक हरेन्द्र यादवसहितको कमाण्डमा खटिएको प्रहरी टोलीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाएर लुकाएको १४ वटा पोका गाँजा फेला पारेको हो ।
गाँजा फेला परेपछि चालक महाप्रसाद लिम्बु र गाडीमा सवार बल बहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरीका अनुसार सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।
नेपालले मे २६ देखि गोवामा सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपाली टोलीको कप्तानी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्नेछिन् ।
नेपाल समूह ए मा भुटान र श्रीलंका सँग प्रतिस्पर्धा गर्नेछ र पहिलो खेल मे २६ मा भुटानसँग हुनेछ ।
२ जेठ, काठमाडौं । भारतको गोवामा मे २६ देखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक नविन न्यौपानेलेगोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीङ्गा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
यसअघि बन्द प्रशिक्षणमा बोलाइएको ३५ खेलाडीबाट न्यौपानेले अन्तिम टोली छनोट गरेका हुन् ।
नियमित कप्तान सावित्रा भण्डारी साम्बा घुँडाको चोटको शल्यक्रियापछि हाल कतारमा रिह्याब गरिरहेकोले यस पटक नेपालको कप्तानी फेरि एन्जिलाले गर्ने भएकी छिन् ।
च्याम्पियनसिपमा नेपाल समूह ए मा छ । यस समूहमा नेपालसँगै भुटान र श्रीलंका छन् । नेपालले मे २६ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने श्रीलंकासँग मे ३१ मा समूहको दोस्रो तथा अन्तिम खेल खेल्नेछ ।
राखेपले एन्फालाई निलम्बन गरेपछि महिला टोलीले साफ महिला च्याम्पियनसिप खेल्ने अन्योल भइरहेको बेला राखेपले शुक्रबार एन्फाको निलम्बन फुकूवा गरेपछि साफ च्याम्पियनसिप खेल्ने पक्का भएको हो ।
२ जेठ, काठमाडौं । मोरङको लेटाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर साह कोशी प्रदेशको २०८३ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । उनलाई कोसी प्रदेशका प्रहरी कार्यालयले उत्कृष्टको प्रमाणपत्र प्रदान गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे द्वारा प्रदान गरिएको प्रमाणपत्रमा प्रहरी निरीक्षक साहले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय जिम्मेवारी निर्वाह गरेको उल्लेख छ ।
इलाका प्रहरी कार्यालय लेटाङ, मोरङको प्रमुखको रूपमा कार्यरत रहँदा उनले फैसला कार्यान्वयन अन्तर्गत प्रहरी कर्मचारी परिचालन गरी उल्लेख्य संख्यामा फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउने कार्य गरेका थिए ।
त्यस्तै प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्ने उद्देश्यले ड्रोन क्यामेराको माध्यमबाट अपराध रोकथाम तथा अनुसन्धानलाई प्रभावकारी बनाएका प्रमाणपत्रमा उल्लेख छ ।
यस्तै नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान गरी सचेतनामूलक सन्देश प्रवाह गर्ने, सञ्चार शाखाको निर्माण गर्ने तथा हिरासत कक्षमा पुस्तकालय स्थापना गर्ने जस्ता नवप्रवर्द्धनात्मक कार्यसमेत अघि बढाएका छन् ।
यसै कारण गत चैत महिनामा जिल्लामा इलाका प्रहरी कार्यालय लेटाङ चैत महिनामा उत्कृष्ट कार्य सम्पादन गरेको प्रमाणपत्र प्राप्त गरेको थियो ।
२ जेठ, चितवन । चितवनको माडी नगरपालिका-५ बसन्तपुरस्थित पिसल्याण्ड इङ्लिस स्कुलमा एक १४ वर्षीय एक विद्याथीलाई शिक्षकले निलडाम हुने गरी कुटपिट गरेको घटना बाहिरिएको छ ।
विद्यालयमा कक्षा ८ मा अध्ययनरत दीपसन लम्साललाई विज्ञान विषयका शिक्षक विश्व अवतार घलेले पाइपले निलडाम हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका बालकको बघौडा अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ ।
पीडित परिवारका अनुसार शुक्रबार अन्तिम पिरियड सुरु हुनुअघि दीपसन आफ्ना दुई साथीहरूसँग पिसाब फेर्न कक्षाबाहिर निस्केका थिए । उनीहरू कक्षाकोठामा फर्कंदा शिक्षक घले आइसकेका थिए । आफू आउँदा विद्यार्थी बाहिर रहेको भनेर उनले कुटपिट गरेको पीडित परिवारको भनाइ छ । घलेले तीनै जना विद्यार्थीलाई कुटेका थिए ।
पीडितकी आमा पद्माकुमारी लम्सालका अनुसार छोराको शरीरमा नीलडाम र चोट देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराउँदा वेवास्ता गरिएको गुनासो गरिन् । परिवारले इलाका प्रहरी कार्यालय माडीमा उजुरी दर्ता गराएको हो ।
इलाका प्रहरी कार्यालय माडीका वरिष्ठ प्रहरी नायब निरीक्षक नारायण जोशीले घटनाबारे उजुरी प्राप्त भएको र दुवै पक्षलाई बोलाएर आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिए । उनले आज दिउँसो छलफल गरे पछि के गर्ने भन्ने निर्णय लिइने बताए ।
२ जेठ, काठमाडौं । लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । अमेरकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।
यसअघि २०१९ मा टी-२०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी-२०आई खेलेका छन् । घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।
खेल टियू क्रिकेट मैदानमा जारी छ । आजको खेलमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी बेन्चमा रहेका छन् ।
भारतले १८ वैशाखदेखि लागु गरेको नयाँ एसओपी अनुसार नेपाली चियाको प्रत्येक खेपको ल्याब परीक्षण अनिवार्य भएपछि निर्यात पूर्णरूपमा ठप्प भएको छ।
नेपालको उद्योग मन्त्रालय र दूतावासले भारतसँग निरन्तर कूटनीतिक पहल गरिरहेका छन् तर भारतीय पक्षले नयाँ नियममा कुनै छुट दिएको छैन।
चिया व्यवसायीहरूले प्रधानमन्त्री बालेन्द्र शाहबाटै उच्चस्तरीय राजनीतिक हस्तक्षेप गरी निर्यात अवरोध हटाउन आग्रह गरेका छन्।
२ जेठ, काठमाडौं । विगत दुई सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्णरूपमा ठप्प छ ।
भारतीय चिया बोर्डले १८ वैशाखदेखि लागु हुने गरी भारत आयात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) जारी गरेपछि सिमानामा अवरोध कायमै छ ।
नयाँ निर्देशिका अनुसार भारत प्रवेश गर्ने नेपाली चियाको प्रत्येक ट्रक र खेपको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गरिएपछि नेपाली चिया उद्योगी, व्यवसायी र किसानहरू ठूलो मारमा परेका छन् ।
नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत निरन्तर कूटनीतिक पहल भइरहे पनि हालसम्म कुनै निष्कर्ष निस्किएको छैन ।
व्यवसायीहरूका अनुसार नेपाली दूतावासले भारतको वाणिज्य मन्त्रालय र भारतीय चिया बोर्डका अधिकारीहरूसँग नियमित संवाद गरी भारतलाई अवरोध खुलाउन आग्रह गरेको थियो । तर, पनि भारतीय पक्षले आफ्नो नयाँ निर्देशिकालाई देखाउँदै तत्काल पुरानै अवस्थामा निर्यात सुरु गर्न मानेको छैन ।
कूटनीतिक र प्रशासनिक तहबाट भइरहेका यी प्रयासले सार्थकता नपाएपछि नेपाली चिया उद्योगी, व्यवसायी र किसानहरूमा अन्योल सिर्जना भएको छ ।
मन्त्रालय र दूतावास मार्फत भइरहेका कूटनीतिक तथा प्रशासनिक प्रयासहरू निष्कर्षविहीन बनेपछि चिया व्यवसायीले अवरोध खुलाउन प्रधानमन्त्री स्तरबाटै प्रत्यक्ष हस्तक्षेप हुनुपर्ने माग गरेका छन् ।
यस्ता समस्या आउँदा तत्कालीन प्रधानमन्त्रीहरूले सिधै भारतीय समकक्षीलाई फोन गरेर तत्काल अवरोध खुलाएको स्मरण गर्दै अहिले पनि सोही प्रकृतिको उच्चस्तरीय राजनीतिक संवाद आवश्यक रहेको उनीहरू बताउँछन् ।
तल्लो तहको कूटनीतिक पहलले मात्रै भारतले खडा गरेको नयाँ झमेला नसुल्झिने निष्कर्ष निकाल्दै व्यवसायीहरूले नेपालको प्रमुख निर्यातयोग्य कृषि उपजको बजार जोगाउन वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहबाटै तत्काल ठोस र प्रत्यक्ष पहल हुनुपर्ने उनीहरूको माग छ ।
यसअघि एउटा नमुना परीक्षण रिपोर्टले १५ दिनसम्म वा १० वटा ट्रकलाई मान्यता दिने गरिएको थियो । तर, भारतले पुरानो व्यवस्था खारेज गर्दै अहिले ट्रकपिच्छे ११ हजार १ सय २० भारतीय रुपैयाँ (भारु) शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रावधान लागु गरेको छ ।
भारतीय पक्षको यो कडा नीतिका कारण विगत आधा महिनादेखि निर्यात रोकिएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताए ।
उनका अनुसार यो अवधिमा भारतीय क्रेता (बायर) ले आफ्नै जोखिममा अत्यन्तै न्यून परिमाणमा (तराईको करिब १०–१२ टन र पहाडको ४–५ टन) गरी जम्मा दुई गाडी चियामात्र लगेका छन् ।
‘चियाको सिजन भर्खर सुरु हुँदैछ, त्यसैले अहिले नै ठूलो व्यावसायिक क्षति भइसकेको छैन,’ वरिष्ठ उपाध्यक्ष गुप्ताले भने, ‘तर, पानी राम्रो परेकाले अबको साता दश दिन भित्रै चियाको उत्पादन ह्वात्तै बढ्छ, यदि उक्त अवधिसम्म पनि निर्यात खुलेन भने उद्योगी र किसानले भण्डारण अभावमा थेग्नै नसक्ने नोक्सानी बेहोर्नुपर्ने स्थिति आउँछ ।’
यस्तै नेपाल टी एसोसिएसन अध्यक्ष कमल मैनालीले भारतको नयाँ नियमले व्यवसायीको जोखिम अचाक्ली बढाएको बताए । १५ दिनसम्म सीमामा माल रोकिँदा चियाको गुणस्तर बिग्रिने जोखिम त छ नै, यदि चिया ल्याब टेस्टमा फेल भए त्यसलाई नष्ट गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
‘रिपोर्ट नआइ बेच्न पाइँदैन, यदि ल्याब टेस्टमा चिया फेल भयो भने नेपाल नै फिर्ता ल्याउँछु भन्न पनि सरकारको नियमले दिँदैन,’ अध्यक्ष मैनालीले भने, ‘फिर्ता ल्याउनै परे ४० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तिर्नुपर्छ, यस्तो अवस्थामा व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ ।’
समस्या कूटनीतिक र प्रशासनिक तहबाट मात्र समाधान नहुने देखिएकाले उनले उच्च राजनीतिक हस्तक्षेपको माग गरे ।
‘विगतमा यस्तो समस्या झेल्नुपर्ने अवस्थामा पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल लगायतले सिधै भारतीय समकक्षीलाई फोन गरेर अवरोध खुलाएका थिए,’ उनले भने, ‘अब वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहज्यूले पनि त्यस्तै उच्चस्तरीय पहल गरेर चिया निर्यात सम्बन्धी समस्या दीर्घकालीन रूपमै समाधान हुने गरी पहल गर्नुपर्छ ।’
भारतले चिया निर्यातमा गर्दै आएको यो झमेला निरन्तर दोहोरिने नियति भएको भन्दै वैकल्पिक बजार खोज्नुपर्नेमा उनको जोड छ ।
‘हाम्रो चियालाई भियतनाम र केन्याको जस्तै एउटै बास्केटमा राखेर हेर्नु हुँदैन,’ उनले भने, ‘भारतले झमेला गरिरहने हो भने सरकारले तराईको सीटीसी चियाका लागि पाकिस्तान वा मध्यपूर्व र पहाडको अर्थोडक्स चियाका लागि युरोप, अमेरिका, रुसजस्ता देशमा बजार खोजिदिनुपर्छ ।’
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा प्रवक्ता दीपक खनालले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि दुई दिन अघिमात्र वाणिज्य मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित इलाम, झापा र काठमाडौंका करिब ३० जनाभन्दा बढी चिया व्यवसायी र विभिन्न ८ वटा एसोसिएसनका प्रतिनिधिसँग छलफल भएको बताए ।
सचिव राउतलाई चिया व्यवसायी र तिनका प्रतिनिधिले भएका सबै समस्या जानकारी गराएको उनको भनाइ छ । सचिव राउतले चिया निकासीको समस्या सुनेर उक्त समस्या तत्काल समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उनले बताए ।
‘हामीले यसलाई प्राविधिक, कूटनीतिक र राजनीतिक गरी तीन वटै कोणबाट समाधान गर्न पहल गरिरहेका छौं,’ निर्देशक खनालले भने, ‘मुख्य कुरा, नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दिएको ल्याब रिपोर्टलाई भारतले मान्यता दिनुपर्छ भनी कृषि मन्त्रालयले पहल गरिरहेको छ, यदि हाम्रो आधिकारिक ल्याब रिपोर्टलाई उनीहरूले मान्यता दिने हो भने यो समस्या सधैंका लागि समाधान हुन्छ ।’
गत आव २०८१/८२ मा मात्रै १ करोड ५५ लाख ९८ हजार ६ सय ६० किलो चिया वाह्य मुलुक पठाएर नेपालले ४ अर्ब ५९ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको तथ्यांक छ ।
स्थानीय युवाहरू अहिले पर्यटन व्यवस्थापन, गाइडिङ र पाहुना सेवामा दक्ष बन्दै गएका छन् । यसले उनीहरूलाई गाउँमै रोजगारीको अवसर प्रदान गरेको छ भने वैदेशिक रोजगारीप्रति निर्भरता पनि घटाउँदै लगेको छ ।
धनकुटाको स्याउलेमा आठपहरिया समुदायले सञ्चालन गरेको 'स्याउले सिप्तिङ सामुदायिक होमस्टे'ले पर्यटनमार्फत आफ्नो संस्कृति र पहिचान जोगाइरहेको छ।
होमस्टेले पर्यटकलाई स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम र परम्परागत जीवनशैलीको प्रत्यक्ष अनुभव गराउँदै समुदायको आत्मगौरव बढाएको छ।
स्थानीय युवाहरू पर्यटन व्यवस्थापन र गाइडिङमा दक्ष हुँदै गाउँमै रोजगारी पाउँदै वैदेशिक रोजगारीमा निर्भरता घटाइरहेका छन्।
२ जेठ, धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठासको संगम रहेको ठाउँ हो धनकुटाको स्याउले ।
धनकुटा नगरपालिका वडा नं. ३ मा पर्ने स्याउले पुगेपछि महसुस हुन्छ, पर्यटन भनेको घुमफिर मात्रै नभएर जीवनशैली, परम्परा र पहिचानसँगको गहिरो सम्बन्ध पनि हो ।
यस्तै सन्दर्भलाई उजागर गर्दै आठपहरिया समुदायले सञ्चालन गरेको ‘स्याउले सिप्तिङ सामुदायिक होमस्टे’ नयाँ पहिचान बन्दै उभिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आकर्षणसँगै होमस्टे केवल बसोबासको स्थानमा सीमित नरही समुदायको आत्मगौरव, अतिथिसत्कार र प्राकृतिक सौन्दर्यको जीवन्त अनुभव दिने केन्द्रका रूपमा विकास हुँदै गएको हो ।
सीमान्तकृत आठपहरिया समुदायको धनकुटा नगरपालिका क्षेत्रमा मात्रै मुख्य बसोबास रहेको छ । धनकुटा नगरपालिकाको भुमि पुत्र भन्न रुचाउने आठपहरिया समुदायको चाडपर्व मान्न तथा पितृ कार्य गर्न धनकुटा नगरपालिकाको क्षेत्रमा भेला भएर सामूहिक रुपमा मनाउनु पर्ने चलन रहेको छ ।
कुनै बेला आठपहरिया समूदायमा अरुण र तमोर नदी कटेर जान हुन्न भन्ने मान्यता रहेको थियो अहिले भने विस्तारै रोजगारीको शिलशिलामा बाहिर जान थालेका छन् ।
यी र यस्तै कारणले एक समय ओझेलमा परेको यो समुदाय अहिले आफ्नै संस्कृति र परम्परालाई आधार बनाएर पर्यटनको माध्यमबाट पुनर्जागृत हुँदैछन् ।
पाहुनालाई स्वागत गर्ने शैलीदेखि खानपान, रहनसहन र मनोरञ्जनसम्म सबैमा मौलिकताको झल्को पाइन्छ । आगन्तुकहरूलाई रातो टीका र फूलको मालाले स्वागत गरिन्छ, जसले नेपाली आतिथ्य संस्कारको आत्मीयता झल्काउँछ । यस्तै होमस्टेले लोपोन्मुख आठपहरिया समुदायको सांस्कृतिक धरोहरलाई पर्यटनसँग प्रभावकारी रूपमा जोडेको छ ।
यहाँ आउने पर्यटकलाई मौलिक तथा स्थानीय परिकारको स्वाद चखाउने मात्र होइन, समुदायको जीवनशैली, परम्परा र संस्कृतिको प्रत्यक्ष अनुभव गराइन्छ । आठपहरिया समुदायले सञ्चालन गरेको होमस्टे केवल बस्ने ठाउँ मात्रै होइन, जीवित संग्रहालय जस्तै बन्दै गएको छ । जहाँ प्रत्येक गतिविधिमा संस्कृति बोल्छ वा संस्कृतिको झल्को आउने गरेको छ ।
होमस्टेमा आउने पर्यटकले स्थानीय परिकारको स्वाद लिन पाउँछन् । जसमा गाउँघरमै उत्पादन भएका अर्गानिक सामग्रीको प्रयोग गरिन्छ । परम्परागत भान्साको बास्नाले आगन्तुक वा पाहुनालाई गाउँले जीवनसँग नजिक बनाउने गरेको छ ।
त्यति मात्र होइन, यहाँको अनुभव प्रकृतिसँग पनि गासिएको छ । सिजनअनुसार सुन्तला बगैंचामा गएर फल टिप्ने, मौरीपालनबारे जानकारी लिने, स्थानीय बीउबिजनबारे बुझ्ने अवसरले पर्यटकलाई नयाँ अनुभूति दिन्छ ।
साँझपख हुने सांस्कृतिक कार्यक्रमहरु ढोल नाच, लोकगीत र परम्परागत नृत्यले वातावरणलाई अझ जीवन्त बनाउँछ । होमस्टेका अध्यक्ष हिराबहादुर आठपहरियाका अनुसार यहाँ एकैपटक करिब १७ जना पाहुनालाई सेवा दिन सकिन्छ । तर, उनीहरूको प्राथमिकता संख्या बढाउनु होइन, गुणस्तरीय अनुभव दिनु हो । ‘हामी पर्यटकलाई केवल सेवा मात्र होइन, हाम्रो पहिचान पनि दिन चाहन्छौं’, उनी भन्छन् ।
पर्यटकलाई आठपहरिया समुदायको इतिहास, संस्कार र जीवनशैलीबारे जानकारी दिइनुका साथै कृषि, संस्कृति र प्रकृतिसँग नजिकबाट परिचित गराइन्छ । अध्यक्ष आठपहरियाका अनुसार आधुनिकताको प्रभावले नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रति आकर्षण घट्दै गए पनि होमस्टे सञ्चालनमार्फत ती कला–संस्कृतिको संरक्षणमा समुदाय सक्रिय रूपमा लागिरहेको छ ।
आधुनिकताको तीव्र प्रभावले धेरै परम्परागत कला र संस्कृतिहरू लोप हुँदै गएको अवस्थामा आठपहरिया समुदाय भने त्यसलाई जोगाउने अभियानमा जुटेका छन् । नयाँ पुस्तालाई आफ्नै परम्परा चिनाउने र त्यसप्रति गर्व गर्ने वातावरण सिर्जना गर्न होमस्टे महत्वपूर्ण माध्यम बनेको छ ।
२०७८ सालको जनगणनाअनुसार आठपहरिया समुदायको जनसंख्या ५ हजार ८ सय ७८ रहेको छ । धनकुटा नगरपालिकालाई आठपहरिया समुदायको उद्गमस्थल मानिन्छ । होमस्टेमार्फत उनीहरूले आफ्नो भाषा, गीत, नृत्य र संस्कारलाई जीवित राख्दै आएका छन् । आठपहरियाको होमस्टे निर्माणमा विभिन्न संघसंस्थाको साथ पनि उल्लेखनीय रहेको छ ।
होमस्टे स्थापनामा गर्न इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभ्लप्मेन्ट (इसिमोड) र कम्युनिटी होमस्टे नेटवर्क (सीएचएन) ले स्थापना र व्यवस्थापनमा सहयोग पुर्याएका छन् । त्यसैगरी नेपाल पर्यटन बोर्ड र युनाइटेड नेशसन डेभ्लप्मेन्ट प्रोग्रामको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले क्षमता अभिवृद्धि र प्रवर्द्धनमा टेवा दिएको छ ।
स्थानीय युवाहरू अहिले पर्यटन व्यवस्थापन, गाइडिङ र पाहुना सेवामा दक्ष बन्दै गएका छन् । यसले उनीहरूलाई गाउँमै रोजगारीको अवसर प्रदान गरेको छ भने वैदेशिक रोजगारीप्रति निर्भरता पनि घटाउँदै लगेको छ ।
भ्यु टावरको साटो हामीले पहाडका टाकुराहरूमा वातावरणमैत्री संरचना झल्काउने हो भने यसले नेपालको अर्थतन्त्र, समग्र विकास र प्रकृति संरक्षणमा एउटा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ ।
पोखराको म्हाजू भञ्ज्याङ रिसोर्टले करिब ९६ लाख रुपैयाँ लगानीमा स्थानीय रोजगारी र उत्पादनको बिक्रीवितरण गर्दै पर्यटन विकास गरेको छ।
पोखराको आसपासका डाँडाहरूमा अनुत्पादक भ्यु टावर निर्माणको साटो वातावरणमैत्री पर्यटन पूर्वाधार विकास गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताइएको छ।
पोखराको पर्यटन विस्तारका लागि स्याङ्जाको सिरुबारी, नुवाकोट दरबार, भालुपहाड लगायत स्थानहरूलाई वर्षभरि सञ्चालन हुने पदयात्रा र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख छ।
अहिले नेपाली समाजमा ‘विकास’ मा भइरहेको बेथितिको चित्रण गर्नुपर्यो भने सबैभन्दा सजिलो उदाहरण हो- ‘भ्यु टावर’ । देशैभरि जताततै, आवश्यक नपर्ने ठाउँहरूमा समेत सिमेन्ट र फलामले बनाइएका यी टावरहरू अर्थहीन लाग्छन्, त्यो पनि डाँडाका टाकुराहरूमा !
वास्तवमा पहाडका सुन्दर थुम्काहरूमा यस्ता संरचना बनाउनु भनेको स्रोतको दुरुपयोग मात्रै हो । यसरी खासै उपयोग नहुने यस्ता संरचना निर्माणको मूल कारण भने यससँग जोडिएको अर्थ-राजनीति हो- निर्माणबाट हुने सजिलो भ्रष्टाचार (कमिसन र घुस) ।
पर्यटकीय सहर पोखरा र यसका आसपासका ठाउँहरू पनि यसबाट अछुतो छैनन् । पोखरा आसपासका सराङकोट, पञ्चासे वा पुम्दीकोटजस्ता डाँडाहरूमा सरकारी र निजी लगानीमा बनेका ‘भ्यु टावर’ छन् । थुम्काहरू आफैँमा प्राकृतिक टावर हुन् । नभए अग्लो रुखमा ‘ट्री हाउस’ बनाए पनि हुन्थ्यो; किन अर्को बनाउनुपर्यो होला फलाम र सिमेन्टको टावर !
यसरी टावर नै बनिरहेको बेला केही ठाउँमा भने ‘थुम्का’ लाई आकर्षक बनाएर रिसोर्ट बनाइएको छ । पोखरा हुँदै स्याङ्जाको सिरुबारी (दक्षिण एसियाकै पहिलो होमस्टे) जाँदा बाटोमा पर्छ- म्हाजू (मझकटेरी) भञ्ज्याङ ।
करिब १९ सय मिटर उचाइमा भञ्ज्याङ र थुम्काको सौन्दर्य प्रयोग गरेर स्थानीय चार जना युवा मिलेर सञ्चालन गरेका छन्- ‘म्हाजू भञ्ज्याङ रिसोर्ट’ । पोखराको पृथ्वीचोकबाट करिब ३८ किलोमिटर टाढाको यो भञ्ज्याङ पुग्न करिब डेढ घण्टा लाग्छ । परम्परागत स्थानीय शैलीमा आधुनिक प्रविधिको प्रयोग गरी बनाइएको यो रिसोर्ट सुन्दर र मनमोहक त छ नै, यहाँबाट मौसम खुलेको बेला नीलगिरिदेखि गणेश हिमालसम्मको लामो हिमशृङ्खला देखिन्छ । यति लामो हिमालको ताँती धेरै कम ठाउँबाट मात्रै देख्न पाइन्छ ।
करिब ९६ लाख रुपैयाँ लगानीमा खुलेको यो रिसोर्टले करिब १० जनालाई रोजगारी दिएको मात्रै छैन, मासिक तीन लाख रुपैयाँभन्दा बढीको व्यापार र स्थानीय उत्पादनको बिक्रीवितरण गरिरहेको छ ।
स्विट्जरल्यान्डले आफ्ना पहाड र हिमालका टाकुराहरूलाई लक्जरी हब बनाएको छ । त्यहाँका उच्च उचाइमा रहेका होटल र रिसोर्टहरूमा पुग्न केबलकार र ट्रेनहरूको सञ्जाल छ । तथ्याङ्कअनुसार स्विट्जरल्यान्डजस्तो धनी तर सानो देशमा समेत कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको करिब २.५ प्रतिशतदेखि ३ प्रतिशत योगदान रहेको छ र यसले करिब साढे चार लाख मानिसलाई रोजगारी दिएको छ । प्रकृतिलाई नबिगारी डाँडाका टाकुराबाट अर्बौँ डलर कमाइरहेका छन् ।
म्हाजू भञ्ज्याङ रिसोर्ट एउटा होटल मात्र होइन, यो त थुम्का र भञ्ज्याङ पर्यटनको अनुपम उदाहरण हो । यसले पहाडमा जताततै छरिएर रहेका भञ्ज्याङ र डाँडाहरूलाई कसरी आर्थिक अवसरमा बदल्न सकिन्छ भन्ने देखाएको छ । यसले स्थानीय रोजगारीको सिर्जना, स्थानीय उत्पादनलाई बजार, बसाइँसराइको रोकथाम मात्रै होइन, फर्काउने काम त गर्छ नै; यस्तो खालको पर्यटन नेपालजस्तो देशका लागि ठूलो अवसर हुनेछ ।
एउटा रिसोर्ट चल्दा त्यहाँ स्थानीय स्तरमा उत्पादित तरकारी, दूध, घिउ, मासु र स्थानीय हस्तकलाको खपत हुन्छ । यसले गाउँको पैसा गाउँमै राख्छ । नेपालको पहाडी क्षेत्रबाट तराई र सहरतर्फ भइरहेको तीव्र बसाइँसराइ रोक्न डाँडाका टाकुराहरूमा रिसोर्ट तथा पर्यटकीय पूर्वाधार निर्माण ‘गेम-चेन्जर’ बन्न सक्छन् । अझ हावापानीका कारण यस्ता परियोजनाले बसाइँ सरेकाहरू पनि फर्किने अवस्था बन्न सक्छ ।
यसका मुख्य फाइदाहरू:
रोजगारीको सिर्जना : एउटा ५० कोठाको स्तरीय रिसोर्टले प्रत्यक्ष रूपमा कम्तीमा १०० देखि १५० जनालाई रोजगारी दिन्छ । यसका अलावा गाइड, यातायात व्यवसायी र स्थानीय किसानहरूले अप्रत्यक्ष रोजगारी पाउँछन् ।
पूर्वाधारको विकास : जब कुनै दुर्गम डाँडामा एउटा ठूलो रिसोर्टको परिकल्पना गरिन्छ, त्यहाँसम्म पुग्ने बाटो, बिजुली, सञ्चार र खानेपानी पुर्याउनैपर्ने हुन्छ । रिसोर्टका लागि पुगेको यो पूर्वाधारले अन्ततः स्थानीय गाउँलेहरूको जीवनस्तर उकास्न मद्दत गर्छ ।
प्रकृतिको दिगो संरक्षण : प्रकृति नै पर्यटनको आधार हो । यदि डाँडो कुरूप भयो वा वन फँडानी भयो भने पर्यटक त्यहाँ आउँदैनन् । त्यसैले रिसोर्ट सञ्चालकहरू आफैँ वन र वातावरण संरक्षणमा लाग्छन् ।
साँघुरो पोखराको विस्तार र विकल्प
पोखरा सुपरिचित पर्यटकीय गन्तव्य हो, साथै धवलागिरि र अन्नपूर्णमा पदयात्रा जानेहरूको प्रस्थानबिन्दु पनि हो । पोखरामा वार्षिक करिब चार लाख विदेशी पर्यटक पुग्ने गरेका छन् भने लाखौँ आन्तरिक पर्यटक बिदा मनाउन पोखरा पुग्छन् । तर, यहाँ पर्यटकको औसत बसाइ अवधि भने छोटो छ । एक अध्ययनअनुसार विदेशी तथा आन्तरिक पर्यटकको औसत बसाइ करिब २.९ दिन मात्रै रहेको छ ।
यसले पर्यटनबाट हुने आय अपेक्षाकृत कम हुन्छ नै । यस आसपास साहसिक पर्यटन, सांस्कृतिक कार्यक्रम, ग्रामीण पर्यटन र सम्मेलन पर्यटन विस्तार गर्न सके बसाइ अवधि बढाउन सकिने सम्भावना बलियो छ ।
अर्को अवसर भनेको पोखराको पर्यटन यसको आसपास र उत्तरतिर फैलिएको छ । उत्तरतिरको पदयात्रा भौगोलिक र मौसमका कारण वर्षभरि सम्भव हुँदैन, मौसमी (सिजनल) हुन्छ; विशेषगरी चैतदेखि जेठ र असोजदेखि मङ्सिरसम्म । अरू मौसममा पर्यटक २-३ दिन पोखरा बसेर फर्किन्छन् । यसका लागि केही पर्यटकीय पूर्वाधार विकास भइसकेका पोखराको दक्षिण र पश्चिम क्षेत्रमा पर्यटनको विस्तार भयो भने वर्षभरि नै पर्यटक जान सक्छन् ।
प्रत्येक वर्ष लाखौँ मानिस पोखरा र यसको आसपासमा घुम्न जान्छन् । पोखराको पूर्व-उत्तर जानेहरू त केही दिन हिमालतिर बिताउँछन् । हिमाल नजानेहरू त्यहीँबाट फर्किन्छन् । अबको योजना उत्तरतिर जाने मात्रै होइन, दक्षिण र पश्चिमतिर जाने र केही दिन बिताउने/अल्झाउने योजना बनाउनुपर्छ । अझ यो त १२ महिना (वर्षा र हिउँदमा पनि) उत्तिकै सुरक्षित र आकर्षक गन्तव्य हुन सक्छ ।
यसका लागि स्याङ्जाको सिरुबारी, नुवाकोट दरबार, म्हाजू भञ्ज्याङ, भालुपहाड, निबुवाबोटको ठुल्छहरा, अन्धाअन्धी दह, डहरे लेक आकर्षक गन्त्वय हुन सक्छन् । पोखराको किस्तीनाच्ने चौर, फेदीखोला हुँदै नुवाकोट दरबार जाने पदयात्रा, सेतीदोभान हुँदै पुरानो बाटोबाट सिरुबारी होमस्टे जाने पदयात्रा गज्जबका गन्तव्य हुन् । सांस्कृतिक पर्यटकको रोजाइमा परेको सिरुबारीलाई सडक, बिजुली र इन्टरनेटले त जोडेको छ नै, पदयात्रा पनि सुरुवात गर्न सकिन्छ ।
पोखरालाई केन्द्रमा राखेर २-३ दिनको पदयात्राको प्याकेज वर्षभरि नै सञ्चालन गर्न सकिन्छ । वर्षायामको चार महिना ‘सिरुबारी पदयात्रा रुट’ मा आँधीखोलाको ताजा माछा, निबुवाबोटको ठुल्छहरी र स्यानछहरी झरनालाई समावेश गर्न सकिन्छ । त्यसबाहेक खर्सुमा बनेको बुद्धको मूर्ति वा आरुचौर थाप्लेमा बन्दै गरेको ‘१९०७ क्रिकेट स्टेडियम’ यो पदयात्राका थप आकर्षण हुन् ।
१९०७ क्रिकेट स्टेडियम : क्रिकेटर सन्दीप लामिछानेको जन्मगाउँ आरुचौरमा अर्जुनचौपारी गाउँपालिकाले उनको सम्मानमा यो क्रिकेट मैदान बनाउँदै छ । पोखराबाट करिब ५० किमी टाढा रहेको यो मैदान समुद्र सतहबाट १९०७ मिटरको उचाइमा छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार निर्माणको अन्तिम चरणमा रहेको यो स्टेडियम पछिल्लो घटनाक्रमले गर्दा केही समय ढिलो भएको छ ।
थुम्का पर्यटन : म्हाजू भञ्ज्याङ मात्रै होइन; सडक, बिजुली र इन्टरनेटजस्ता पूर्वाधार भएका थुम्काहरूलाई गन्तव्यका रूपमा विकास गर्न सकियो भने पोखरा मात्रै होइन, पहाडी पर्यटनले नै छलाङ मार्नेछ ।
डाँडाका टाकुराहरूमा भ्यु टावर बनाउने अनुत्पादक काममा पैसा खर्च गर्नु बालुवामा पानी हालेसरह हो । यस्तो होडबाजीलाई तुरुन्त रोकेर सरकारले निजी क्षेत्रको साझेदारीमा ती स्थानहरूलाई ‘पर्यटकीय हब’ का रूपमा विकास गर्न सक्छ ।
यसको साटो यदि हामीले पहाडका टाकुराहरूमा वातावरणमैत्री संरचना झल्काउने हो भने यसले नेपालको अर्थतन्त्र, समग्र विकास र प्रकृति संरक्षणमा एउटा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ ।
सरकारले पूर्वाधार पुर्याइदिने र निजी क्षेत्रलाई वातावरणमैत्री उच्चस्तरीय रिसोर्ट, केबलकार र साहसिक पर्यटनका पूर्वाधार निर्माण गर्न दिने हो भने जनसङ्ख्या घटेर खाली हुँदै गएका नेपाली पहाडी पाखाहरू साँच्चै नै विश्वकै उत्कृष्ट लक्जरी र इको-टुरिजम गन्तव्य बन्न सक्छन् ।
(वातावरण अर्थशास्त्री ढकाल, वातावरण, संरक्षण तथा जलवायु परिवर्तनको क्षेत्रमा योजना तथा नीति अनुसन्धानर विश्लेषणको काम गर्छन् ।)
पुराना पुस्ताले प्रयोग गर्ने घरेलु सामग्री, कृषि औजार, बाजागाजा, भाँडाकुँडा तथा परम्परागत वेषभूषा क्रमश: संग्रह गरिंदैछ । यसले भावी पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्ने विश्वास गरिएको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाले लिम्बु सभ्यताको मौलिकता जोगाउन 'चो?लुङ पार्क' निर्माण गरेको छ।
पार्कले लिम्बु समुदायको इतिहास, जीवनशैली र संस्कृतिलाई जीवित संग्रहालयको रूपमा प्रस्तुत गरेको छ।
पर्यटकको बढ्दो चहलपहलले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ र रोजगारी सिर्जना भएको छ।
२ जेठ, तेह्रथुम । प्रकृतिलाई पुज्ने, ढुंगालाई इतिहासको प्रतीक मान्ने लिम्बु सभ्यता । यही सभ्यताको मौलिकता, संस्कृति र इतिहासलाई नयाँ पुस्तासम्म जोगाइराख्ने उद्देश्यसहित तेह्रथुमको लालीगुराँस नगरपालिका ले निर्माण गरेको ‘चो?लुङ पार्क’ अहिले पूर्वी नेपालको चर्चित सांस्कृतिक पर्यटकीय गन्तव्य बनेको छ ।
ढुंगैढुंगाले बनाइएको यो पार्क अहिले केवल घुम्ने स्थल मात्र बनेको छैन, लिम्बु समुदायको इतिहास, जीवनशैली र सभ्यताको जीवित संग्रहालयका रूपमा स्थापित हुँदै गएको छ । सामाजिक सञ्जालमा पार्कका तस्वीर र भिडियो भाइरल बन्न थालेपछि यहाँ दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । पार्कमा आउने पर्यटकको संख्या बढेसँगै यो अहिले नगरपालिकाको महत्वपूर्ण आम्दानीको स्रोतसमेत बनेको छ ।
लिम्बु समुदायलाई प्रकृति पुजक समुदायका रूपमा चिनिन्छ । जंगल, नदी, माटो र ढुंगासँग उनीहरूको जीवन गहिरोसँग जोडिएको हुन्छ । विशेष गरी ‘लुङ’ अर्थात् ढुंगा लिम्बु सभ्यताको महत्वपूर्ण प्रतीक मानिन्छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा ढुंगा गाड्ने परम्परा लिम्बु समुदायमा प्राचीनकालदेखि चल्दै आएको छ । नवजात शिशुको जन्म, विवाह, कुलपूजा, न्याय–निसाफ तथा मृत्यु संस्कारसम्म ढुंगाको प्रयोग गरिन्छ । यही मौलिक सभ्यतालाई संरक्षण गर्दै नयाँ पुस्तालाई परिचित गराउने उद्देश्यले चो?लुङ पार्क निर्माण गरिएको हो ।
चो?लुङ लिम्बुभाषाको शब्द हो । लिम्बु भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुंगा भन्ने बुझिन्छ । अर्थात् ‘चो?लुङ’ भनेको लक्ष्य प्राप्तिको प्रतीकात्मक ढुंगा हो । पार्कभित्र प्रवेश गर्नेबित्तिकै विभिन्न आकारका अग्ला–अग्ला ढुंगाका स्तम्भहरूले आगन्तुकलाई स्वागत गर्छन् । ती ढुंगाहरू केवल सजावटका सामग्री होइनन, लिम्बु सभ्यताको मौन इतिहास हुन् ।
पार्कका विभिन्न भागमा गाडिएका ढुंगाका स्तम्भहरूले प्राचीन लिम्बु समाजको सामाजिक संरचना, न्याय प्रणाली र सांस्कृतिक अभ्यासको झल्को दिन्छन् । कुनै समय गाउँमा विवाद समाधान गर्दा, सामाजिक निर्णय सुनाउँदा वा सम्झौता गर्दा ढुंगा गाड्ने परम्परा रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।
अर्जुन माबोहाङ का अनुसार लिम्बु समुदायको ऐतिहासिक पहिचान हराउँदै जान थालेपछि पार्क निर्माणको अवधारणा अघि सारिएको हो । उनले भने, ‘हिजोको जीवन पद्धति, न्याय–निसाफ र सामाजिक संरचनालाई ढुंगामार्फत अभिव्यक्त गर्ने परम्परा हराउँदै गएको थियो । त्यसलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले पार्क निर्माण गरिएको हो । अहिले यो पार्क नगरपालिकाको आम्दानीको राम्रो स्रोत बनेको छ ।’
नगरपालिकाका अनुसार पार्क अवलोकनका लागि आउने पर्यटकबाट संकलन हुने टिकट शुल्कबाट सरकारलाई आम्दानी हुन थालेको छ । यसले पार्कलाई केवल सांस्कृतिक केन्द्र मात्र नभई स्थानीय अर्थतन्त्रसँग जोडिएको परियोजनाका रूपमा स्थापित गरेको छ ।
पछिल्लो समय तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीलगायतका जिल्लाबाट मात्र नभई भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट समेत पर्यटक आउन थालेका छन् । मिक्लाजुङ गाउँपालिका बाट पार्क घुम्न आएका उपाध्यक्ष सन्तोष सेर्मा लिम्बु ले सामाजिक सञ्जालमा मात्र देखेको पार्क प्रत्यक्ष हेर्दा फरक अनुभूति भएको बताए ।
उनले भने, ‘यहाँ आएपछि यो केवल पार्क नभई एउटा जीवित इतिहास रहेछ भन्ने महसुस भयो । लिम्बु सभ्यता बुझ्न चाहनेका लागि यो उत्कृष्ट स्थल बनेको छ ।’
त्यस्तै भारतको सिक्किमबाट आएकी पर्यटक सन्ध्या सुब्बाले पार्कले लिम्बु समुदायको मौलिक पहिचानलाई जीवन्त बनाएको बताइन् । ‘परम्परागत भेषभूषा, सांस्कृतिक सामग्री, ढुंगाका संरचना र ऐतिहासिक प्रतीकहरू एकै ठाउँमा देख्दा आफ्नै संस्कृतिसँग जोडिएको अनुभूति भयो’, उनले सुनाइन् ।
पार्कलाई अझ व्यवस्थित र आकर्षक बनाउन अहिले विभिन्न भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । पार्कभित्र मौलिक शैलीका ऐतिहासिक घर, युमा संग्रहालय, युमा पोखरी, देवारी घर तथा श्रीजंगा पुस्तकालय निर्माण भएका छन । यी संरचनाहरूले लिम्बु समुदायको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षलाई अझ स्पष्ट रूपमा उजागर गर्ने अपेक्षा गरिएको छ ।
विशेष गरी युमा संग्रहालयलाई पार्कको प्रमुख आकर्षणका रूपमा हेरिएको छ । लिम्बु समुदायकी इष्टदेवीका रूपमा पूजिने युमासँग सम्बन्धित सामग्री, धार्मिक अभ्यास तथा पुराना सांस्कृतिक अवशेषहरू संग्रहालयमा राख्ने तयारी भइरहेको छ । पार्कको अर्को विशेषता भनेको लिम्बु समुदायको आदिमकालीन जीवनशैलीलाई दृश्यात्मक रूपमा पुनर्जीवित गर्नु हो ।
किंवदन्तीअनुसार लिम्बु जातिकी इष्टदेवी युमाले प्रयोग गरेको तान बुन्ने स्थान र धागो अड्याउने खम्बाको प्रतिरूप यहाँ निर्माण गरिएको छ । यसले परम्परागत सीप, हस्तकला र महिलाहरूको भूमिकालाई समेत उजागर गर्छ ।
पुराना पुस्ताले प्रयोग गर्ने घरेलु सामग्री, कृषि औजार, बाजागाजा, भाँडाकुँडा तथा परम्परागत वेषभूषा क्रमश: संग्रह गरिँदैछ । यसले भावी पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्ने विश्वास गरिएको छ । यहाँ पर्यटकको चहलपहल बढेसँगै स्थानीय होटल, होमस्टे, यातायात तथा साना व्यापार व्यवसायसमेत चलायमान बन्न थालेका छन् । स्थानीय परिकार तथा सांस्कृतिक कार्यक्रममार्फत आम्दानी गर्न थालेका छन् । यसले गाउँमै रोजगारी सिर्जना गरेको छ ।
आधुनिक जीवनशैलीसँगै मौलिक संस्कृति ओझेलमा पर्दै गएको चिन्ताबीच चो?लुङ पार्क अहिले नयाँ पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्ने माध्यम बनेको छ । विद्यालय तथा कलेजका विद्यार्थीहरू अध्ययन भ्रमणका लागि यहाँ पुग्न थालेका छन् भने अनुसन्धानकर्ता र संस्कृतिविद्हरूका लागि पनि पार्क अध्ययन केन्द्र बन्दै गएको छ ।
ढुंगाले बोलेको इतिहास, प्रकृतिसँग गाँसिएको सभ्यता र मौलिक पहिचानलाई एकै ठाउँमा अनुभव गर्न सकिने भएकाले चो?लुङपार्क अहिले लिम्बु सभ्यताको गर्विलो प्रतीक बनेको छ । पूर्वी पहाडको काखमा निर्माण गरिएको यो पार्कले केवल सांस्कृतिक पर्यटन प्रवर्द्धन मात्र होइन, हराउँदै गएको सभ्यतालाई पुनर्जीवित गर्दै स्थानीय सरकारको आम्दानीको आधारसमेत निर्माण गरिरहेको छ ।
२ जेठ, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ गंजेखोलाबाट ५६ लाख ७० हजार बराबरको एक हजार ६२० थान भेपसहित सात जना पक्राउ परेका छन् ।
जेठ १ गते राति ९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
चीनबाट भोटेकिशी-३ बोक्चेन हुँदै अरनिको राजमार्ग १० किलो निक्लिने भित्रिबाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
९ वटा बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक राईले जानकारी दिए ।
राईका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी-४ का वर्ष ३५ का गणेश खड्का, वर्ष ४६ का हिमाल खड्का, वर्ष २४ का विकास बि.क, वर्ष ४८ का रामबहादुर बि.क, वर्ष १७ का विशाल रक्पाल, वर्ष ३७ का मंगलबहादुर थामी र बाह्रबिसे नगरपालिका-५ का वर्ष ४२ को कान्छा तामाङ छन् ।
उनीहरूलाई इलाका प्रहरी काकार्यालय कोदारीमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।
नेपाल–चीन सीमास्थित तातोपानी नाकाबाट पछिल्लो एक महिनायता यात्रु शाखाबाट कुनै पनि खाद्य सामग्री ल्याउन दिइएको छैन ।
तातोपानी भन्सार कार्यालयले मितेरीपुलस्थित यात्रु शाखाबाट खाद्य तथा प्लान्ट क्वारेन्टाइन अनुमति नभएका सामग्री ल्याउन रोक लगाएपछि सीमावर्ती क्षेत्रको झोलेपोके व्यापार ठप्प छ ।
बिहान सबेरै चिनियाँ बजार झामु पुगेर बेलुका झोलाभरि सामान लिएर फर्किने स्थानीयको चहलपहल सरकारी नियम लागू भएसँगै रोकिएको हो ।
२ जेठ, काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सीको ‘मार्क्स एक्सप्रेस’ मिसनले मङ्गल ग्रहको भूमध्यरेखा नजिकै रहेको एउटा विशाल उपत्यकाको तस्बिर सार्वजनिक गरेको छ यस तस्वीरले रातो ग्रहको जलीय र ज्वालामुखी इतिहासबारे महत्त्वपूर्ण खुलासा गरेको छ ।
करिब १,३०० किलोमिटर लामो ‘शालबाताना भालिस’ नामक यो उपत्यकाले अर्बौँ वर्ष पहिले मङ्गल ग्रहमा विशाल बाढी र महासागर रहेको हुन सक्ने बलियो आधार प्रस्तुत गरेको वैज्ञानिकहरूको दाबी छ ।
वैज्ञानिकहरूका अनुसार करिब ३.५ अर्ब वर्ष पहिले जमिनमुनिको पानी अचानक सतहमा निस्किएपछि आएको भीषण बाढीले यो उपत्यका बनाएको हो। यस उपत्यकाको चौडाइ करिब १० किलोमिटर र गहिराइ ५०० मिटरभन्दा बढी छ ।
यस क्षेत्रमा देखिएका गहिरा खोँच र बग्दै गरेको पानीले बनाएका जस्ता घुमाउरो आकृतिहरूले मङ्गल ग्रह कुनै समय अहिलेको तुलनामा धेरै न्यानो र ओसिलो रहेको सङ्केत गर्छन् ।
अन्तरिक्ष यानले खिचेको नयाँ तस्बिरमा ‘केओटिक टेरेन’ भनिने भू–बनोट देखिएको छ । जमिनमुनिको बरफ पग्लिएपछि माथिको सतह भासिएर यस्तो आकृति बनेको विश्वास गरिन्छ। उपत्यकाको केही भागमा कालो र नीलो रङका टाटाहरू देखिएका छन्, जुन ज्वालामुखीको खरानी भएको र पछि मङ्गल ग्रहको हावाले त्यहाँ जम्मा गरेको वैज्ञानिकहरूको भनाइ छ।
यस क्षेत्रमा ज्वालामुखीका लाभा बगेर बनेका समथर मैदान र पुराना क्रेटरहरूसमेत स्पष्ट देखिन्छन् ।
शालबाताना भालिस उपत्यका अन्त्य हुने ‘क्राइसे प्लानिटिया’ नामक क्षेत्र मङ्गल ग्रहको सबैभन्दा तल्लो भूभागमध्ये एक हो। धेरैजसो प्राचीन जलमार्गहरू यहीँ आएर टुङ्गिने हुनाले वैज्ञानिकहरूले यहाँ कुनै समय विशाल महासागर रहेको हुन सक्ने अनुमान गरेका छन् । यदि यो तथ्य प्रमाणित भएमा मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे चलिरहेको अनुसन्धानमा नयाँ आयाम थपिनेछ ।
सन् २००३ मा प्रक्षेपण गरिएको ‘मार्क्स एक्सप्रेस’ यानले विगत दुई दशकदेखि मङ्गल ग्रहको सतहलाई नजिकबाट नियाल्दै आएको छ। यस यानमा रहेको ‘हाई रेजोल्युसन स्टेरियो क्यामेरा’ ले उपलब्ध गराएको तथ्याङ्कले मङ्गल ग्रहको भौगर्भिक विकास बुझ्न विश्वका वैज्ञानिकहरूलाई ठूलो मद्दत गरिरहेको छ ।
२ जेठ, काठमाडौं । नासाको आगामी शक्तिशाली अन्तरिक्ष टेलिस्कोप ‘न्यान्सी ग्रेस रोमन’ ले हाम्रो आकाशगङ्गा (मिल्की वे) मा लुकेर रहेका लाखौँ अदृश्य न्युट्रोन ताराहरूको रहस्य खोल्ने अपेक्षा गरिएको छ।
‘एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित नयाँ अध्ययनअनुसार यो टेलिस्कोपले गुरुत्वाकर्षणको सहारामा ती वस्तुहरूको पहिचान गर्ने मात्र नभई तिनको तौल समेत मापन गर्न सक्नेछ ।
न्युट्रोन ताराहरू विशाल ताराहरू विस्फोट (सुपरनोभा) भएपछि बाँकी रहने अत्यन्तै सघन अवशेष हुन् । यिनीहरूको आकार एउटा सानो सहर जत्रो मात्र हुन्छ, तर द्रव्यमान (मास) भने सूर्यको भन्दा बढी हुन्छ ।
धेरैजसो न्युट्रोन ताराहरू एक्लै हुने र प्रकाश उत्सर्जन नगर्ने हुनाले हालसम्मका शक्तिशाली टेलिस्कोपले पनि तिनलाई देख्न सकेका छैनन् । हालसम्म हामीले केवल केही हजार न्युट्रोन ताराहरू मात्र फेला पारेका छौँ, जबकि आकाशगङ्गामा १० करोडभन्दा बढी यस्ता ताराहरू हुन सक्ने वैज्ञानिक अनुमान छ ।
रोमन टेलिस्कोपले न्युट्रोन ताराहरूलाई प्रत्यक्ष रूपमा नभई ‘ग्र्याभिटेसनल माइक्रोलेन्सिङ’ नामक प्रविधिमार्फत अप्रत्यक्ष रूपमा फेला पार्नेछ। जब कुनै न्युट्रोन तारा अर्को टाढाको ताराको अगाडिबाट गुज्रिन्छ, त्यसको गुरुत्वाकर्षणले पृष्ठभूमिमा रहेको ताराको प्रकाशलाई बङ्ग्याइदिन्छ र चम्किलो बनाउँछ।
अध्ययनकी मुख्य लेखिका जोफिया काज्मारिकका अनुसार, रोमन टेलिस्कोपले ताराको चमकमा आउने परिवर्तन (फोटोमेट्री) सँगै त्यसको स्थानमा आउने सूक्ष्म हलचल (एस्ट्रोमेट्री) लाई पनि मापन गर्नेछ। न्युट्रोन ताराहरू गह्रौँ हुने भएकाले तिनले सिर्जना गर्ने गुरुत्वाकर्षण सङ्केत बलियो हुन्छ, जसबाट वैज्ञानिकहरूले ती अदृश्य वस्तुको तौल ठ्याक्कै कति छ भनेर पत्ता लगाउन सक्नेछन्।
यो मिसनले न्युट्रोन ताराहरू अन्तरिक्षमा किन यति तीव्र गति (सयौँ माइल प्रति सेकेन्ड) मा कुद्छन् भन्ने रहस्य पनि सुल्झाउनेछ। सुपरनोभा विस्फोटका बेला यी ताराहरूले पाउने ‘किक’ का कारण यिनीहरू ग्यालेक्सीमा भौँतारिने गर्छन्। रोमन टेलिस्कोपले यस्ता एक्ला न्युट्रोन ताराहरूको द्रव्यमान वितरण र तिनको गतिको अध्ययन गरेर ताराहरूको विकास र विनाशको चक्र बुझ्न नयाँ मार्ग प्रशस्त गर्नेछ।
नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरले व्यवस्थापन गरिरहेको यो टेलिस्कोपले तथ्याङ्क पठाउन सुरु गरेपछि पहिलो केही महिनाभित्रै महत्त्वपूर्ण उपलब्धिहरू हासिल हुने वैज्ञानिकहरूको विश्वास छ। यसले न्युट्रोन तारा र ब्ल्याक होलबीचको भिन्नता स्पष्ट पार्न पनि मद्दत गर्नेछ।
नेपालले दक्ष जनशक्ति, प्रतिस्पर्धी लागत र डिजिटल क्षमताका आधारमा विश्वव्यापी लेखा तथा व्यावसायिक सेवा आउटसोर्सिङको विश्वसनीय केन्द्र बन्ने दाबी गरेको छ।
कार्यवाहक राजदूत विपिन दुवाडीले ग्लोबल आउटसोर्सिङ ट्यालेन्ट इन्डेक्स २०२६ मा नेपाललाई १९ औं स्थानमा रहेको जानकारी दिए ।
आइक्यानका उपाध्यक्ष आनन्द राज शर्मा वाग्लेले नेपालले वार्षिक करिब ४ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरिरहेको र युवा पलायनलाई चुनौती दिए ।
२ जेठ, लन्डन । सरकारी अधिकारी, व्यवसायी तथा लेखा व्यवसायसँग सम्बन्धित विज्ञहरूले नेपाल विश्वव्यापी लेखा तथा व्यावसायिक सेवा आउटसोर्सिङको विश्वसनीय केन्द्र बन्ने दिशामा अघि बढिरहेको दाबी गरेका छन् ।
उनीहरूले नेपालसँग दक्ष जनशक्ति, प्रतिस्पर्धी लागत, अंग्रेजी बोल्ने युवा शक्ति तथा बढ्दो डिजिटल क्षमताजस्ता महत्वपूर्ण आधार रहेको उल्लेख गरेका छन् ।
शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित ‘यूके-नेपाल सहकार्यः लगानी तथा अकाउन्टिङ आउटसोर्सिङका सम्भावना’ विषयक सेमिनारलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले भने, ‘हामीलाई थाहा छ कि यस समयमा विश्वव्यापी स्तरमा कम्तिमा तीन प्रमुख क्षेत्रहरू अर्थतन्त्र, डेमोग्राफिक्स र प्रविधिमा महत्वपूर्ण रूपान्तरण भइरहेको छ । आउटसोर्सिङ र लगानीको प्रवृत्ति पनि परिवर्तन र द्रुत गतिमा विकसित भइरहेको अवस्था छ ।’
उनले ‘ग्लोबल आउटसोर्सिङ ट्यालेन्ट इन्डेक्स २०२६’ प्रतिवेदनले कम श्रम लागत, उच्च अंग्रेजी दक्षता, प्रतिभा उपलब्धता, डिजिटल इन्फ्रास्ट्रक्चर र व्यापार, कानुनी र राजनीतिक स्थिरताका कारण आउटसोर्सिङ प्रतिस्पर्धामा नेपाल विश्वव्यापी रूपमा १९ औं स्थानमा रहेको देखाएको जनाए ।
वर्तमान सरकारले डिजिटल प्लाटफर्मलाई प्राथमिकता दिएको उल्लेख गर्दै कार्यवाहक राजदूत दुवाडीले लागत प्रभावकारी र कुशल आउटसोर्सिङ गन्तव्यहरू खोज्ने व्यवसायका लागि नेपाललाई ‘लुकेको रत्न’ का रूपमा मान्यता दिइँदै गरेको थाहा पाउंदा आफू उत्साहित भएको पनि बताए ।
इन्सटिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) का उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्लेले नेपाली कम्पनीहरूले हाल बिजनेस प्रोसेस आउटसोर्सिङ तथा नलेज प्रोसेस आउटसोर्सिङ मार्फत वार्षिक करिब ४ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरिरहेको बताए । विश्वव्यापी आउटसोर्सिङ बजारको आकार २११ अर्ब अमेरिकी डलर रहेको उनले उल्लेख गरे ।
उनले नेपालसँग प्रमाणित डिजिटल क्षमता, उदाउँदो आउटसोर्सिङ मूल्य तथा प्रतिस्पर्धी बजार प्रवेशको सम्भावना रहेको बताए । ‘नेपालसँग जनसांख्यिक लाभ छ । सहकार्य गर्ने यही उपयुक्त समय हो। हामी सहकार्य र साझेदारीका लागि तयार छौं’, उनले भने ।
वाग्लेले नेपालमा हाल करिब २ हजार ५ सय चार्टर्ड एकाउन्टेन्ट, ७ हजार २०० रजिष्टर्ड लेखापरीक्षक, १४ हजार आइक्यान विद्यार्थी तथा करिब १५ लाख लेखा सम्बन्धी स्नातकहरु रहेको जानकारी दिए । उनले आइक्यानले आउटसोर्सिङ पोर्टलसमेत विकास गरेको बताए ।
उनले युवा पलायन, पूर्वाधार अभाव, सफ्टवेयर तथा अनुपालनसम्बन्धी कमजोरी र डेटा सुरक्षासम्बन्धी स्पष्ट नीतिको आवश्यकतालाई प्रमुख चुनौतीका रूपमा औंल्याए । ‘हरेक वर्ष करिब १० लाख युवा विदेश गइरहेका छन्। यो धारणा परिवर्तन गर्नुपर्छ। युवाशक्तिलाई देशमै राख्नुपर्छ’, उनले भने ।
उनले अविच्छिन्न इन्टरनेट, विद्युत् आपूर्ति र नीतिगत स्थायित्वको आवश्यकता पनि औंल्याए ।
बेलायतस्थित कम्पनीहरू दक्ष जनशक्तिको अभाव र बढ्दो सञ्चालन खर्चको सामना गरिरहेका बेला नेपालसँग दक्ष लेखा जनशक्ति तथा लागत प्रभावकारी सेवा उपलब्ध गराउने क्षमता रहेको उनले बताए ।
‘आउटसोर्सिङदेखि विश्वसनीय क्षमता केन्द्रसम्मः विश्वव्यापी व्यावसायिक सेवामा नेपालको अवसर’ शीर्षकमा प्रस्तुति दिँदै वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सरोज सापकोटाले नेपालले आफूलाई केवल सस्तो आउटसोर्सिङ गन्तव्यका रूपमा नभई विश्वसनीय क्षमता केन्द्रका रूपमा स्थापित गर्नुपर्ने बताए ।
कार्यवाहक राजदूत विपिन दुवाडी
‘मेरो कम्पनी एजीके पार्टनर्सले अहिले नेपालमा करिब १०० जनालाई रोजगारी दिएको छ’, उनले भने । उनले एजीके अहिले बेलायत र आयरल्याण्डको ठूलो अकाउन्टेन्सी समूह साइनाडिनको हिस्सा बनेको जानकारी पनि दिए ।
सापकोटाले नेपालले ‘मानिस निर्यात’ होइन ‘क्षमता निर्यात’ मा ध्यान दिनुपर्ने बताए । ‘यो केवल बुककिपिङ, पेरोल प्रोसेसिङ वा कम्प्लायन्सको विषय मात्र होइन। नेपालमै बसेर विश्वव्यापी करियर बनाउन सकिन्छ’, उनले भने ।
उनले गुणस्तर, विश्वसनीयता, व्यावसायिक अनुशासन र भरोसाले नेपालको दीर्घकालीन सफलता निर्धारण गर्ने बताए । ‘नेपालले भारतको आकारसँग प्रतिस्पर्धा गर्न खोज्नु हुँदैन। नेपालले केन्द्रित, सम्बन्धमा आधारित र गुणस्तरीय विकल्प प्रस्तुत गर्न सक्छ’, उनले भने।
सापकोटाले नेपाल सरकारले कम्पनी दर्ता, कर व्यवस्था, वैदेशिक लगानी, विदेशी मुद्रा, रोजगार कानुन तथा विवाद समाधानसम्बन्धी स्पष्ट र पूर्वानुमानयोग्य नीति ल्याउनुपर्नेमा जोड दिए। ‘प्रोत्साहनभन्दा पनि नीतिगत स्पष्टता र स्थायित्व महत्वपूर्ण हुन्छ’, उनले भने।
कार्यक्रममा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण प्रसाद दाहालको संयोजनमा आयोजित प्यानल छलफलमा नेपालमा आउटसोर्सिङ उद्योग विस्तारका चुनौती र सम्भावनाबारे चर्चा गरिएको थियो ।
छलफलका क्रममा वाग्लेले पूर्वाधार विकास, सीप अभिवृद्धि, तालिम विस्तार तथा विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अन्तरराष्ट्रिय स्तरका दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए। उनले लिमिटेड लाइबिलिटी पार्टनरसिप (एलएलपी) तथा अफशोर शाखा कार्यालय सञ्चालनका लागि कानुनी सुधारको पहल भइरहेको जानकारी दिए श्र
वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट राजु गजुरेलले नेपालको सबैभन्दा ठूलो शक्ति प्रतिभाशाली जनशक्ति भए पनि तत्काल ठूलो संख्यामा दक्ष कर्मचारी उपलब्ध गराउन कठिनाइ रहेको बताए। उनले दक्ष जनशक्ति विकासका लागि व्यावसायिक संस्था र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
प्यानल छलफलमा म्याक मिलन उड्सका पार्टनर लुफ्टी तलिब र इन्सटिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स इन इंग्ल्याण्ड एण्ड वेल्सका काउन्सिल मेम्बर एन्ड्रयू डोसेटले आ-आफ्नो धारणा राखे । ति विज्ञहरूले गुणस्तरयुक्त सेवा, डिजिटल पूर्वाधार, डेटा सुरक्षा तथा अन्तरराष्ट्रिय सम्बन्धको महत्वमाथि जोड दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ब्रिटेन च्याम्बर अफ कमर्शका अध्यक्ष डा. रोशन राठीले नेपाल लेखा तथा वित्तीय सेवा आउटसोर्सिङका लागि उपयुक्त साझेदार भएको बताए ।
उनले अंग्रेजी बोल्ने युवा जनशक्ति, कम सञ्चालन खर्च तथा विदेशी लगानीप्रति खुलापनलाई नेपालको प्रमुख बलका रूपमा प्रस्तुत गरे। ‘बेलायती कम्पनीहरूले विशेषगरी लेखा तथा वित्त क्षेत्रमा बीपीओ कार्यका लागि नेपाललाई अवसर दिनु पर्छ’, उनले भने।
त्यस्तै नेपलिज एकाउन्टेन्टस् एसोसिएसन यूकेका अध्यक्ष शशीधर नेपालले उचित सहकार्य, तालिम र प्रविधिको माध्यमबाट नेपाल विश्वसनीय आउटसोर्सिङ गन्तव्य बन्न सक्ने बताए ।
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष बिराज भट्टले कोभिडपछि विश्वव्यापी कार्यशैलीमा आएको परिवर्तनले नेपाललाई रिमोट वर्क तथा व्यावसायिक आउटसोर्सिङमा ठूलो अवसर दिएको बताए । ‘भौगोलिक दूरी अब बाधा होइन’, उनले भने ।
भट्टले नेपालसँग भरपर्दो विद्युत् आपूर्ति, राम्रो अंग्रेजी बोल्ने जनशक्ति तथा दक्षिण र दक्षिणपूर्वी एसियाका अन्य मुलुकको तुलनामा लागत फाइदा रहेको बताए।
भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालका सहायक महालेखा परीक्षक चन्द्र कान्त भण्डारीले नेपाल सरकारले विशेष आर्थिक क्षेत्र (सेज), कर छुट तथा पूर्वाधार विकासमार्फत लगानी र रिमोट वर्क उद्योगलाई प्रोत्साहन गरिरहेको बताए ।
इन्सटिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ स्कटल्याण्डका पूर्वअध्यक्ष इन्डी सिंह होतीले लेखा तथा वित्त क्षेत्र अब भौगोलिक सीमाभन्दा बाहिर पुगिसकेको बताए ।
उनले नेपालको बढ्दो डिजिटल क्षमता, महत्वाकांक्षी युवा जनशक्ति तथा अन्तरराष्ट्रिय एक्सपोजरले नेपाललाई विश्वव्यापी व्यावसायिक सेवाका लागि आकर्षक गन्तव्य बनाएको बताए । ‘भविष्य साझेदारीमा आधारित हुनेछ। संस्थाहरूले परिवर्तन र विकासलाई आत्मसात गर्नुपर्नेछ’, उनले भने।
इन्सटिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) का अध्यक्ष निलबहादुर सारु मगरले नेपालमा हजारौं दक्ष युवाशक्ति भएकाले कम खर्चमा विश्वव्यापी आउटसोर्सिङका लागि नेपाल उपयुक्त देश भएको बताए ।
उनले आगामी वर्षहरूमा जब विश्वले नेपालको बारेमा सोच्दछ, यसले सगरमाथा र हिमालयको बारेमा मात्र नभई उत्कृष्टता, निष्ठा र विश्वस्तरीय व्यावसायिक सेवाहरूको बारेमा पनि सोच्दछ भन्ने कुरा सुनिश्चित गर्न जोड दिए।
‘नेपाल यहा सहानुभूति खोज्दै आएको होइन। नेपाल साझेदारी खोज्दै आएको छ। अवसर र नेपालको व्यावसायिक क्षमतामा विश्वको विश्वास खोज्न हामी आएका हौं’, मगरले भने।
कार्यक्रम समापन गर्दै आइक्यान कार्यकारी निर्देशक विमल डंगोलले नेपाल विश्वव्यापी आउटसोर्सिङ सेवामा महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गरे। उनले बेलायतस्थित नेपाली लेखा व्यवसायी तथा पेशाकर्मीहरूलाई आफ्नो व्यवसाय विस्तारमा नेपाललाई सम्झन आग्रह पनि गरे ।
रास्वपाले ३० प्रतिशत वडाको अधिवेशन भए सम्बन्धित पालिका र ३० प्रतिशत पालिकाको अधिवेशन भए मात्रै पनि सम्बन्धित जिल्लाको अधिवेशन हुनसक्ने गरी विधि बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ७ देखि ९ असारसम्म पहिलो महाधिवेशन चितवनमा गर्ने मिति तय गरेको छ।
महाधिवेशनका लागि वडा र पालिकामा तदर्थ समिति गठन गरी अधिवेशन दुई चरणमा गर्ने तालिका बनाइएको छ।
महाधिवेशनबाट केन्द्रीय, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा गरी छ तहको निर्वाचित समिति बनाइनेछ।
२ जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना भएको चार वर्ष पुगेकै दिनबाट सुरु हुने गरी प्रथम महाधिवेशनको मिति तय गरेको छ । ७ असार २०७९ मा स्थापना भएको रास्वपाले आगामी ७ देखि ९ असारसम्म पहिलो महाधिवेशन गर्ने भएको छ ।
विगतमा पटक पटक महाधिवेशनको मिति तय भए पनि स्थगित हुँदै आएको थियो । पछिल्लोपटक गत फागुनमा तोकिएको महाधिवशेनको मिति चुनावका कारणले स्थगित गरिएको थियो ।
चितवनमा सौराहामा भएको विस्तारित बैठकले चुनाव सकिएको छ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । रास्वपाको ३० वैशाखमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो । रास्वपाले पहिलो महाधिवेशन चितवनमा गर्ने गरी स्थान निश्चित गरेको छ ।
शनिबारदेखि विधिवत् रूपमा रास्वपामा महाधिवेशनमा केन्द्रित हुने भएको छ । २ जेठमा तदर्थ समिति गठन हुन नसकेका वडा र ९ जेठमा तदर्थ समिति नभएका पालिकाहरूको भेला डाकिएको छ । ती भेलाबाट यसअघि समिति बन्न नसकेका वडा र पालिकामा तदर्थ समिति बन्ने भएको छ ।
तदर्थ समिति बनिसकेका वडा र पालिकाको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ ।
पार्टी संरचना बनेका र बन्न नसकेका गरी वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने गरी समय निश्चित गरिएको छ ।
यसअघि तदर्थ समिति बनिसकेका वडाहरूको हकमा ३ जेठमा वडा अधिवेशन हुनेछ ।
२५ वैशाख अघि पालिका समिति बनेका स्थानमा पालिकाको अधिवेशन १० जेठमा समय निश्चित गरिएको छ ।
३ जेठसम्म समिति बनेका वडाहरूमा १६ जेठ र १० जेठसम्म समिति बनेका पालिकाहरूको अधिवेशन १७ जेठमा हुने गरी तालिका बनाइएको छ ।
रास्वपाले फास्ट ट्र्याकबाट पहिलो महाधिवशेन गर्ने निर्णय गरेको छ । कुनै पालिकाको वडा र कुनै जिल्लाको पालिकाहरू मध्येमा ३० प्रतिशत मात्रै अधिवेशन भएपनि उपल्लो तहको अधिवेशन नरोकिने गरी केन्द्रीय तहबाट निर्णय गरिएको छ ।
रास्वपाको निर्वाचन समितिका सचिव भूमिनन्द बरालका अनुसार कुनै पालिकाका ३० प्रतिशत वडामा र जिल्लाको पनि ३० प्रतिशत पालिकाको अधिवेशन भएको अवस्थामा समेत उपल्लो तहको अधिवेशन रोकिने छैन ।
‘कुनै पालिकामा ३० प्रतिशत वडाको अधिवेशन भएपछि पालिकाको अधिवेशन गर्न सकिन्छ । जिल्ल्ला अधिवेशन गर्न सबै पालिकाको अधिवेशन शतप्रतिशत नै सकिनुपर्छ भन्ने पनि छैन,’ बरालले अनलाइनखबरसँग भने,‘यदि कुनै पालिकाको अधिवेशन हुन सकेन भने पनि जिल्ला अधिवेशन गर्न सकिन्छ । महाधिवेशन गर्नैपर्ने वाध्यात्मक अवस्था छ । त्यही भएर फास्ट ट्र्याकमा महाधिवेशन गर्न लागेका हौं ।’
चुनाव अघि र पछि गरेर तीन हजार वडामा तदर्थ समिति बनेको र ती मध्ये आधामा वडा अधिवेशन भइसकेको रास्वपा नेताहरुले जानकारी गराएका छन् ।
पालिकाबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दा २०१ भन्दा बढी पार्टी सदस्य भएको गाँउपालिकाबाट १ जना पठाउने व्यवस्था छ ।
४०१ भन्दा बढी पार्टी सदस्य भएको नगरपालिकाबाट २ जना, ५०१ भन्दा बढी पार्टी सदस्य भएको उपमहानगरपालिकाबाट ३ जना र ७०१ भन्दा बढी पार्टी सदस्य भएको महानगरपालिकाबाट ४ जना प्रतिनिधि छनोट गर्ने विधानको व्यवस्था छ ।
अधिवेशन हुन नसकेका स्थानबाट समेत केन्द्रीय समितिमा प्रतिनिधिहरू आउन सक्ने व्यवस्था रास्वपाले गरेको छ ।
संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार अधिवेशन भएको संरचनाबाट पूरै समिति महाधिवेशनको प्रतिनिधि छनोट बन्नेछन् । तर, तदर्थ समिति बनेका स्थानबाट भने पदाधिकारी मात्रै केन्द्रीय प्रतिनिधि हुनेछन् ।
महाधिवेशनबाट केन्द्रीय, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा गरी छ तहको निर्वाचित समिति बनाउने व्यवस्था छ ।
यी मध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भने गरिने भएको छैन । निर्वाचन आयोगका सचिव बरालका हालका लागि प्रतिनिधि छनोट गर्नुपर्ने संरचनाको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्न लागिएको हो । बरालले भने,‘महाधिवेशनबाट आउने समितिले अधिवेशन हुन नसकेका बाँकी स्थानको अधिवेशन असारपछि क्रमशः गर्छ ।’
महाधिवेशनमा केन्द्रीय तहमा रहेका सबै पार्टी संरचनाबाट स्वतः प्रतिनिधि बन्नेछन् ।
केन्द्रीय समितिमा नरहेका प्रतिनिधि सभा सदस्य पनि स्वतः महाधिवेशन प्रतिनिधि बन्नेछन् । केन्द्रीय समितिमा रहेका ९२ जनामा अधिकांश प्रतिनिधि सभा सदस्य समेत छन् ।
१८१ (सभामुख डीपी बाहेक) जना प्रतिनिधि सभा सदस्यमा केन्द्रीय सदस्य नहुनेहरूको संख्या उल्लेख्य छ ।
केन्द्रीय विभागबाट प्रत्येकबाट ११ प्रतिनिधि बन्ने व्यवस्था छ । रास्वपाका ३६ विभागमा प्रत्येकमा ११ सदस्य हुने व्यवस्था भएपनि अधिकांशमा प्रमुख मात्रै मनोनीत भएका छन् ।
रास्वपाले २६ जेठदेखि प्रदेशहरूको अधिवेशन सुरु गरेर १ असारमा सक्ने कार्यतालिका बनाएको छ ।
बागमतीको २६ जेठ, कोशीको २७ जेठ, मधेशको २८ जेठ, गण्डकीको २९ जेठ, लुम्बिनीको ३० जेठ, कर्णालीको ३१ जेठ र सुदूरपश्चिमको १ असारमा अधिवेशन गरिने भएको छ । प्रदेश समिति र त्यस अन्तर्गत रहेका अनुशासन लेखा, निर्वाचन समितिका पदाधिकारी प्रतिनिधि हुनेछन् ।
रास्वपाले जिल्ला अधिवेशनको मिति २३ र २४ जेठ तोकेको छ । पार्टी विधान अनुसार जिल्ला संरचनाको आकार सानो बनाइएको छ । जिल्ला अधिवेशन भएका स्थानबाट पाँच जना प्रतिनिधि चयन हुने भएपनि अधिवेशन हुन नसकेका जिल्लामा त्यही संख्यामा प्रतिनिधि छनोट हुन नसक्ने संगठन विभाग सचिव श्रेष्ठ बताउँछन् ।
श्रेष्ठले अनलाइनखबरसँग भने,‘धेरै जिल्लाको अधिवेशन हुन्छ । अधिवेशन हुन नसके तदर्थ समितिबाट प्रतिनिधि सहभागी हुन्छन् ।’ श्रेष्ठका अनुसार केन्द्रीय महाधिवेशनका प्रतिनिधिको संख्या तीन हजार बढी हुनेछ ।
महाधिवेशन तयारीका लागि उपसमितिहरु गठनको प्रक्रियामा रहेको संगठन विभाग सचिव श्रेष्ठले जानकारी गराए ।
तल्लो तहका अधिवेशन गराउनका लागि पार्टीको निर्वाचन आयोगले निर्वाचन समिति बनाउन तल्लो तहबाट नाम माग गरेको छ ।
वडा तहको अधिवेशनका लागि जिल्ला सभापति निर्वाचन संयोजक तोकिएको छ । निर्वाचन आयोगका सचिव बरालका अनुसार पालिका अधिवेशनका लागि प्रदेश सभापति वा निजले तोकेको व्यक्ति निर्वाचन संयोजक हुने गरी व्यवस्था गरिएको छ ।
राष्ट्रिय सभा र प्रदेश सभाका सदस्य एवं स्थानीय तहको प्रमुख/उपप्रमुख स्वतः प्रतिनिधि हुने विधानको व्यवस्था छ । ती निकायमा रास्वपामा जनप्रतिनिधि नभएका कारणले यसपटक भाग लिने कोही हुने छैनन् ।
समितिका थप सदस्यहरुमा नेताहरू गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा. चन्दा कार्की र सुशान्त वैदिक छन् ।
विधान संशोधन कार्यदललाई १० जेठभित्र मस्यौदा पेस गर्न पार्टीको निर्देशन छ । समग्र संरचनाबाट सुझाव लिएर आवश्यक संशोधनका लागि प्रस्तावहरू पेस गरिने विधान संशोधन कार्यदलका संयोजक आचार्यले जानकारी गराए ।
२ जेठ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ ।
गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ विभागको भनाइ छ ।
कोशी प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भू–भागका र मधेश प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।
२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३.२५ र बिक्री दर १५३.८५ कायम गरिएको छ ।
त्यस्तै, युरो एकको खरिद दर रु १७८.३८ र बिक्री दर १७९.०८ तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर २०४.७५ र बिक्री दर २०५.७५ निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम गरेको जनाएको छ ।
यस्तै, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरब रियाल, कतारी रियाल, यूएई दिरामलगायत अन्य मुद्राको विनिमय दर पनि सार्वजनिक गरिएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ ।
२ जेठ, मुग्लिन (चितवन) । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ ।
दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग गर्न थालेको छ ।
जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी क्षेत्रको जङ्गल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको छ ।
अधिकांश सडक दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढाइएको कार्यालय प्रमुख डिल्लीनारायण पाण्डेले बताए ।
बर्खायामसँगै सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ । पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारीसाधन चलाउने ६० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको प्रमुख पाण्डेले बताए ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका बढी दुर्घटना हुने सडक खण्डहरूमा पनि क्रमशः नियमित रूपमा यस्तो जाँच गरिने उनले बताए ।
१ जेठ, काठमाडौं । मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ९० रन बनाएपछि आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।
चेन्नईले दिएको १८८ रनको लक्ष्य लखनउले १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । मार्श ९० रनमा आउट भएपछि निकोलस पूरनले १७ बलमा अविजित ३२ रन बनाए ।
त्यसअघि जोश इङ्लिस ३६ रनमा आउट भए । मार्श र इङ्लिस मिलेर पहिलो विकेटका लागि ११.४ ओभरमै १३५ रनको साझेदारी गरेका थिए । त्यही साझेदारी जितको आधार बन्यो ।
चेन्नईका लागि मुकेश चौधरी र स्पेन्सर जोनसनले १-१ विकेट लिए । मार्श भने दुर्भाग्यपूर्ण तरिकाले नन स्ट्राइकमा रनआउट भएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । कार्तिक शर्माले सर्वाधिक ७१ रन बनाए । उनले ४२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।
शिवम दुबेले १६ बलमा अविजित ३२ रन बनाए । डेवाल्ड ब्रेभिसले २५, सन्जु सामसनले २० तथा रुतुराज गायक्वाड र प्रशान्त वीरले समान १३ रन बनाए ।
लखनउका लागि आकाश सिंहले ३ विकेट लिए भने मोहम्मद शामी र शाहबाज अहमदले १-१ विकेट लिए ।
प्रतियोगिताबाट बाहिरिसकेको लखनउले यो जितसँगै चेन्नईको प्लेअफ सम्भावनामा धक्का पुगेको छ ।
पुछारमा रहेको लखनउको १२ खेलमा ८ अंक भएको छ भने चेन्नई १२ खेलमा १२ अंकका साथ पाँचौंमा यथावत् छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमको नयाँ कप्तानमा आउटसाइड हिटर निरुता ठगुन्ना नियुक्त भएकी छिन् ।
नेपाल भलिबल संघको ६९औं कार्यसमिति बैठकले निरुतालाई कप्तान नियुक्त गरेको भलिबल संघले जनाएको छ ।
निरुताले जेठ ८ गतेदेखि काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको कप्तानी सम्हाल्नेछिन् ।
१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमको नयाँ कप्तानमा निरुता ठगुन्ना नियुक्त भएकी छिन् ।
नेपाल भलिबल संघको शुक्रबार बसेको ६९औं कार्यसमिति बैठकले २८ वर्षीय आउटसाइड हिटर निरुतालाई कप्तान नियुक्त गरेको भलिबल संघले जनाएको छ ।
अब निरुताले यही जेठ ८ गतेदेखि घरेलु कोर्टमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको कप्तानी सम्हाल्नेछिन् ।
घरेलु भलिबलमा नेपाल एपीएफ क्लबबाट खेल्दै आएकी निरुट्टासँग फ्रेन्चाइज भलिबलको कप्तानी गरेको अनुभव छ । उनले एभरेष्ट महिला भलिबल लिगमा लगातार दुई सिजन मधेश युनाइटेडको कप्तानी समेत गरेकी थिइन् ।
सन् २०१९ मा बंगलादेशको ढाकामा भएको एभिसी एसियन महिला सेन्ट्रल जोन च्याम्पियनसिपमा पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी निरुताले डेब्यु प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । त्यसयता एभिसी एसियन सेन्ट्रल जोनको दोस्रो संस्करण बाहेक उनले लगातार नेपालको लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आएकी छिन् ।
यसअघिकी कप्तान अरुणा शाही पछिल्लो समय अस्ट्रेलिया गएपछि नेपाल भलिबल संघले काभा महिला भलिबल च्याम्पियनसिपका लागि बोलाएको २० जनाको बन्द प्रशिक्षणमा अरुणा समावेश थिइनन् । अरुणा प्रशिक्षणमै नभएपछि महिला टोलीले नयाँ कप्तान पाउने पक्का थियो ।
त्यसमा सन् २०१९ मै नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका केही पुराना र अनुभवी खेलाडीहरु नै कप्तानका लागि दाबेदार थिएन । अनुभवी खेलाडीलाई नै कप्तान बनाउने विगतको प्रचलन थियो । त्यही अनुसार निरुता यस पटक नेपालको कप्तान बनेकी हुन् ।
सन् २०१९ मा नेपाली महिला भलिबलले एउटा स्वर्णिम यात्राको थालनी गर्दा निरुताले पनि राष्ट्रिय टिममा इन्ट्री मार्दै त्यो यात्रालाई निरन्तरता दिएकी हुन् ।
उनले नेपाली टिमबाट एक उपाधि जितेकी छन् भने दुई रजत पदक र एक कांस्य पदक जितेकी छन् । यस्तै नेपालले सन् २०२३ मा पहिलो पटक सहभागिता जनाएको १९औं एसियन गेम्समा पनि उनी नेपाली टिममा थिइन् ।
यस्तै उनले नेपाल पुलिस क्लबबाट खेल्दै माल्दिभ्समा पहिलो संस्करणको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेकी थिइन् ।
दार्चुलाबाट काठमाडौं आएर सुरुमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट भलिबल खेल्न सुरु गरेकी निरुताले काभा क्लब च्याम्पियनसिपमा पुलिसबाट खेलेपछि नेपालको तीनवटै विभागीय टोलीबाट प्रतिनिधित्व गरिसकेकी छन् ।
दार्चुला नौगाड गाउँपालिका ६, धुलिगडा निरुताले सुरुमा सुदूरपश्चिमबाट भलिबल खेल्न थालेकी हुन् । उनले स्कुल पढ्दा सबैखाले खेलहरु खेलेको उनलाई व्यक्तिगत विधामा खेलहरु अझ मन पर्थ्यो ।
विस २०६८ मा कक्षा ७ पा पढ्दा उनले राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सको दौडदेखि हाइजम्प, लङजम्पमा प्रतिस्पर्धा गरिन् । सुरुमा उनको ध्यान एथ्लेटिक्सतिरै थियो । तर जिल्लास्तरीय खेल हुन थालेपछि भने उनले भलिबल पनि खेल्न थालिन् ।
किशोराअवस्थामै उनको खेल राम्रो देखेपछि उनको एथ्लेटिक्सका शिक्षक निल अवस्थीले नै निरुतालाई भलिबल खेल खेल्न सुझाए । भलिबलमा खासै रुचि नभएकी निरुता त्यसपछि भने भलिबल खेल्न थालेकी हुन् । निल गुरुको सुझाव नै उनलाई भलिबल खेलाडी बन्ने प्रेरणा बन्यो ।
२०७२ सालमा दार्चुलामा जिल्लास्तरीय राष्ट्रिपति रनिङ शिल्डमा छनोट भएकी उनले त्यही वर्ष एसएलसी परीक्षा सकेपछि प्रदेशमा खेल्न थालिन् ।
सुदूरपश्चिम प्रदेशको भलिबल टिममा पहिलो पटक खेल्दा उनी वैकल्पिक खेलाडी थिइन् । त्यो बेला खेल्नका लागि जुत्ता पनि थिएन । धुलो चौरमा उनी जुत्ताबिनै स्पाइक हान्थिन् ।
निरुताले २०७३ को सातौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको टिमबाट खेलेकी थिइन् । त्यही खेलर देखेर विभागीय टोली त्रिभुवन आर्मी क्लबले निरुतालाई करारमा अनुबन्ध गर्यो । त्यो बेला आर्मीको प्रशिक्षक थिए, जगदिश भट्ट । भट्टकै प्रशिक्षणमा राष्ट्रिय टिममा डेब्यु गरेका निरुता अहिले जगदिश भट्ट नै मुख्य प्रशिक्षक हुँदा नेपाली राष्ट्रिय टिमको कप्तान समेत बनेकी छिन् ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
प्रतिक्रिया 4