Comments Add Comment

महाधिवेशन

List Grid
पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते

५ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आउँदो फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ । शनिबार र आइतबार सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको हो । महासंघले आउँदो माघ २० गतेसम्म सबै शाखाहरुको साधारणसभा र माघ ३० सम्म प्रदेशको साधारण सभा […]

‘चुनावमा कार्यकर्ताको मूल्यांकन भयो, महाधिवेशनमा नेताको हुन्छ’

२४ मंसिर, काठमाडौं । ‘पाँच वर्षमा पार्टीभित्र दुईचोटि मूल्याङकन हुन्छ ः एकपटक निर्वाचनमा नेताले कार्यकर्ताहरुको मूल्याङकन गर्छन् । अर्काे मूल्याङकन कार्यकर्ताले महाधिवेशनमा नेताहरुको गर्छन् । यतिबेला हामी सबै नेताहरु कार्यकर्ताको मूल्याङकन पर्खेर बसेका छौं ।’ यो भनाइ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको हो । उनी कांग्रेसको चौधौं महाधिवेशनमा सिंगै टिम लिएर सभापतिमा उठ्ने तयारीमा जुटेका […]

नेकपालाई सजिलो छैन चैतमा महाधिवेशन

२५ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको २८ महिना पुगिसक्दा पनि पार्टी संरचनाले पूर्णता पाउन सकेको छैन । नेकपाको गतिविधि मूलतः नौ सदस्यीय सचिवालयका नाममा बालुवाटारको चौघराभित्र सीमित छ,। तर, आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्ने नेकपाले निर्णय गरेको छ । महाधिवशेनका लागि समय नै तोकेर पार्टी एकीकरणको बाँकी काम टुंग्याउन दिइएको […]

कांग्रेसमा महाधिवेशन सार्ने र कार्यसमितिको म्याद थप्ने तयारी

२६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा १४ औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै सार्ने तयारी गरेको छ । कांग्रेसले आगामी फागुन ७–१० गते काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बुधबार १०७ औं वीपी जयन्तीको अवसरमा भएको ‘वीपी विचार नेपालको समुन्नतिको […]

कांग्रेस महाधिवेशन : नीतिमा मौनता, नेतृत्वमा हल्लाखल्ला

नेपाली कांग्रेसको नेतृत्वले कोभिडका कारण महाधिवेशनको समय आफ्नो प्रतिकुल हुने देखेको छ । तर, ०७७ फागुनमा निर्धारित १४ ‍औं महाधिवेशनको कार्यतालिका फेरबदल भएको छैन । तथापि निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुनेमा भने अझै संशय छ । लकडाउन र निषेधाज्ञामा नेताहरु फुर्सदिला भएकैले हुन सक्छ, केन्द्रीय तहमा नेतृत्वको होडबाजीले उत्कर्ष नाघेको छ । सभापतिमा उम्मेदवारी घोषणा […]

कोरोना माहामारीमा कसरी होला कांग्रेसको महाधिवेशन ?

१८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुलाई पार्टीको १४ औं महाधिवेशन के होला भन्ने चिन्ताले सताउन थालेको छ । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप गरेको कांग्रेसले फागुन ७–१० गतेसम्म १४ औं महाधिवेशन गर्ने मिति तोकेको छ । […]

कांग्रेसमा हाम्रो छुट्टै समूह छ, महाधिवेशनमा पनि रहन्छ

१८ साउन, काडमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला त्यसपछि सभापति शेरबहादुर देउवासँग नजिक देखिए । लगत्तै देउवासँग टाढिएका उनी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहकार्य गर्न पुगे । दुवै समूहले गठबन्धन गरेर केही भ्रातृ संगठनमा संस्थापन पक्षलाईसमेत हराए । जब कांग्रेसलाई १४औं महाधिवेशन लाग्यो, सिटौला फेरि देउवा र पौडेल […]

राजपा महाधिवेशन वैशाखमा नहुने पक्का

१२ चैत, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) को महाधिवेशन बैशाख पहिलो साता नहुने पक्का भएको छ । आन्तरिक विवादका कारण महाधिवेशन निर्धारित मिति नहुने निश्चित भएको राजपा अध्यक्ष मण्डलका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए । नाम उल्लेख गर्न नचाहने ती सदस्यले अनलाइनखबरसँग भने, ‘अध्यक्ष मण्डलका प्रायः सबै नेताहरू बैशाख पहिलो साता महाधिवेशन गर्न नसक्ने […]

नेविसंघ महाधिवेशनको नयाँ मिति पुस अन्तिम साता

११ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पुस अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । आगामी पुस २८ गते महाधिवेशन गर्ने गरी नेविसंघले नयाँ मिति तय गरेको हो । महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरले आज पत्रकार सम्मेलन गर्दैछन् । आगामी १२ औं महाधिवेशनबारे दिउँसो १२ः४५ बजे संघको केन्द्रीय […]

यातायात व्यवसायी महासंघको महाधिवेशन भोलिदेखि, उपराष्ट्रपतिले उद्घाटन गर्ने

१६, माघ, चितवन । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा बुधबार शुरु हुँदैछ । महाधिवेशनको सबै तयारी पूरा भएको महासंघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय गरिएको छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि चितवन आउन थालेका छन् । […]

सरकारको नेतृत्वमा रहँदासम्म माओवादीले महाधिवेशन नगर्ने

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसम्म पार्टीको महाधिवेशन नगर्ने भएको छ । महाधिवेशनको विकल्पमा उसले राष्ट्रिय सम्मेलन गर्नेबारे बहस सुरु गरेको छ । माओवादीले १० पार्टीसँग एकता गरेपछि महाधिवेशन आयोजक समिति बनाएको छ र पुसमा २३ देखि २७ सम्म महाधिवेशन गर्ने मितिसमेत तोकेको थियो । तर, पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि […]

नेविसंघ महाधिवेशनः १२९ पदमा ६८५ उम्मेदवारी

३२ साउन, काठमाडौं । नेविसंघको महाधिवेशनमा मतदानबाट चुनिने १२९ पदका लागि ६ सय ८५ जनाको उम्मेदवारी परेको छ । मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुनेछन् । नेविसंघको जम्मा १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १२९ जना मतदानबाट र बाँकी मनोनित हुनेछन् । […]

नेविसंघमा रामचन्द्र समूहको अवरोधः हार्ने डर कि गुटभित्रै विवाद ?

३० साउन, काठमाडौं । रामचन्द्र पौडेल समूहले निर्वाचन प्रक्रिया अघि नबढाउन चेतावनी दिएपछि नेपाल विद्यार्थी संघको महाधिवेशन फेरि अनिश्चित भएको छ । अधिवेशन उद्घाटन भएको छैटौं दिनमा सार्वजनिक भएको प्रतिनिधिहरुको सूचीलाई लिएर फेरि विवाद भएको हो । कांग्रेसको रामचन्द्र पौडेल समूहले फर्जी प्रतिनिधि समावेश भएको भन्दै विरोध जनाएको छ । शेरबहादुर देउवा र गगन थापा/प्रदीप […]

माओवादीको महाधिवेशन पुसमा नहुने पक्का

२८ साउन, काठमाडौं । सरकार नेतृत्व गरेसँगै नेकपा माओवादी केन्द्रले आगामी पुसमा महाधिवेशन नगर्ने भएको छ । र, महाधिवेशनको नयाँ मिति तोक्नेबारे छलफल सुरु भएको छ । माओवादीले पुस २३ देखि गर्ने तय भएको थियो । तर, अब नयाँ सरकारको नेतृत्व गरेसँगै आगामी पुसमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा नेताहरु पुगेका छन् । शुक्रबार बसेको माओवादी […]

नेविसंघ महाधिवेशनको बन्दसत्र आजबाट, शनिवार चुनाव

२७ साउन, काठमाडौँ । प्रतिनिधि विवाद मिलेसँगै नेपाल विद्यार्थी संघको महाधिवेशनको बन्सत्र आजदेखि सुरु हुने भएको छ । विवाद रहेका ११ जिल्लाका प्रतिनिधिलाई भागबन्डाका आधारमा मिलाएपछि अधिवेशन सुचारु हुने भएको हो । नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले  पत्रकार सम्मेलन गरी महाधिवेशन प्रतिनिधिमा देखिएको विवाद समाधान र बन्दसत्रका बारेमा जानकारी गराएको हो । […]

नेविसंघको बन्दसत्र अन्योलमा, सहमतिको प्रयास जारी

२५ साउन, काठमाडौं । प्रतिनिधि विवादका कारण नेपाल कांग्रेस निकट नेविसंघ महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । सोमबार नै सुरु हुने भनिएको बन्दसत्र विवादका कारण मंगलबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, विवाद नमिलेकाले बन्दसत्र सुरु हुन सकेको छैन । नेविसंघ प्रवक्ता यूपी लामिछानेले भने, ‘विवाद नमिलेसम्म बन्दसत्र सुरु हुने […]

नौं वर्षपछि नेविसंघको महाधिवेशन, सीसी क्यामेराबाट निगरानी

२३ साउन, काठमाडौं । नेपाल विद्यार्थीसंघको ११ औं महाधिवेशन आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । २५ साउन सम्म चल्ने महाधिवेशनको कांग्रेस सभापति शेरबाहदुर देउवाले १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेविसंघमा एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमहामन्त्री र निर्वाचित एक कोषध्यक्षसहित केन्द्रीय कार्यसमिति एक सय ५१ सदस्यीय हुने छ । दश […]

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको अनशन

१० साउन, काठमाडौं । एघारौं महाधिवेशनका लागि विधानविपरित जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि चुनिएको भन्दै नेविसंघका असन्तुष्ट नेताहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् । आइतबारदेखि रिले अनशनमा बसेका उनीहरुले पाँच दिनपछि आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन् । विधिसम्मत ढंगले महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व चयन गर्नुपर्ने उनीहरुको माग छ […]

गैरविद्यार्थी प्रतिनिधिले नेविसंघमा भद्रगोल

१ असार, काठमाडौं । साउन २३ देखि २५ गतेसम्म ११ औं महाधिवेशनको तिथि निश्चित गरेको नेपाल विद्यार्थी संघले भृकुटीमण्डप बुक गरेको छ तर महाधिवेशनको पूर्वसन्ध्यामा प्रतिनिधि छनोट भने विवादित बनिरहेको छ । अधिवेशनमार्फत छानिएका प्रतिनिधिहरुमा धेरै गैरविद्यार्थीहरु भएको भनेर विवाद चुलिएको हो । विभिन्न जिल्लाहरुबाट महाधिवेशन प्रतिनिधि बनेर आएकाहरु गैरविद्यार्थी भएको भेटिएपछि महाधिवेशनको तयारीमा जुटेको […]

नेविसंघ महाधिवेशन असार २८ वा साउन २२ देखि

२५ जेठ, काठमाडौं । नेविसंघको ११ औं महाधिवेशन आगामी असार वा साउन महिनामा गर्न प्रस्ताव गरिएको छ । यसैगरी १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउन पनि प्रस्ताव गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा अध्यक्ष रञ्जित कर्णले असार २८ गतेदेखि ३० गतेसम्म वा साउन २२ गतेदेखि २४ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरेको […]

नेविसंघ महाधिवेशन असार अन्तिम साता गर्न प्रस्ताव

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असार अन्तिम साता महाधिवेशन गर्ने तयारी गरेको छ । शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएलगत्तै नेविसंघ लगायत सबै भ्रातृ संगठनहरुको महाधिवेशन भदौ महिनाभित्र गराउने घोषणा गरेका थिए । नेविसंघ, तरुण दल, महिला संघ लगायतका कांग्रेस भ्रातृ संस्थाहरुको महाधिवेशन ०६४ सालयता भएको छैन । […]