Comments Add Comment

निर्वाचन

List Grid
निर्वाचन आयोगको मध्यावधि चुनाव कार्यतालिका रद्द

३० असार, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको हो । सर्वोच्चको आदेशअनुसार निर्वाचन कार्यतालिका रद्द गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले […]

संसदको आयु फेरि पनि एमाले र जसपामा निर्भर

२९ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि विपक्षी गठबन्धनका नेताहरु कोटेश्वरमा भेला भए । जनै खटिरा आएर आराम गरिरहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सहज हुने गरी उनकै निवास नजिकै एक कार्यालयमा बैठक राखिएको थियो । बैठकमा नेता नेपाल उपस्थित त भए, तर […]

निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

१८ असार, काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ साल कार्तिक […]

संकटका बीच इथियोपियामा निर्वाचन

७ असार, काठमाडौं । बढ्दो राजनीतिक संकटकाबीच इथियोपियामा प्रमुख राष्ट्रिय र क्षेत्रीय निर्वाचन भइहेको छ । सोमबार भइरहेको उक्त निर्वाचनले प्रधानमन्त्री अबिय अहमद सत्तामा कायम रहने वा नरहने भन्ने कुराको निक्र्योल गर्नेछ । सन् २०१८ मा सत्तामा आएपछि प्रधानमन्त्री अहमदले पहिलोपटक निर्वाचनको सामना गर्न लागेका हुन् । प्रधानमन्त्री अहमदले यो निर्वाचनमा आफूले संसदको ५४७ सिटमध्ये […]

लुम्बिनीमा चार मन्त्रीले पनि पाए राष्ट्रियसभा उपनिर्वाचनमा मताधिकार

१६ जेठ, बुटवल । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राष्ट्रिय सभा निर्वाचनको मतदानको केही घण्टाअघि जसपाबाट मन्त्री बनेका ४ जनालाई निर्वाचन आयोगले मताधिकार दिएको छ । जनता समाजवादी पार्टी (जसपा) ले कारवाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान शुरू हुनु १६ घण्टाअघि आइतबार साँझ ५ […]

महामारीका बेला लोक रिझाउने बजेट

१५ जेठ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको सामना गरिरहेका बेला सरकारले चुनावमुखी बजेट ल्याएको छ । प्रतिनिधिसभा भंग गरेर आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले आगामी आर्थिक आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार प्रधानमन्त्री कार्यालयमा आयोजित […]

प्रधानमन्त्रीको दाबी : चुनाव अगाडि नै सबैलाई कोरोना खोप

९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताएका छन् । आइतबार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट वञ्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘सार्वभौमसत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै […]

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

६ जेठ, हेटौंडा । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । बागमती प्रदेशसभातर्फ राष्ट्रियसभा सदस्यका लागि बिहीबार हेटौंडामा मतदान भएको थियो । जसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुको विपक्षी गठबन्धनका साझा उम्मेदवार देवकोटाले ५,०८८ मतभार पाए । बादलले ४,०१४ मतभार पाए […]

राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तहमा देवकोटालाई अग्रता

६ जेठ, काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा. खिमलाल देवकोटाले अग्रता लिएका छन् । स्थानीय तहका २३३ मतदातामध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल पक्षको समर्थन रहेका देवकोटाले १२८ र नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका […]

भूराजनीतिक संकेत : के भारतलाई नेपालमा तत्काल चुनाव चाहिएको छ ?

३ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पार्टी भित्र र बाहिरबाट ‘सरकार बनाउने पहल थाल्न’ दबाब बढ्यो । तर, देउवाले आफू निकटसँग एउटा कुरा पटक-पटक दोहोर्‍याए- ‘सरकार बनाउन संख्या पुग्दैन, त्यसैले त्यता नलागौं ।’ उनले पटक-पटक यो पनि दोहोर्‍याएका थिए, ‘उता (भारत) बाट पनि कुनै आकाशवाणी आएको छैन । […]

राष्ट्रियसभाको उपनिर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

१० वैशाख, काठमाडौं । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा २ (दुई) जना (१ जना जगेडा समेत) जिल्ला न्यायाधीशको नामावली माग गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले […]

रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ मा उपनिर्वाचन हुने

९ वैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश […]

केन्द्र र प्रदेशका ११ निर्वाचन क्षेत्र रिक्त, कहिले हुन्छ उपचुनाव ?

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार र कर्णाली प्रदेशका एक प्रदेशसभा सोमबार पदमुक्त भए । पदमुक्त हुनेमा प्रदेश २ का रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल धनुषा क्षेत्र नम्बर १ को ‘ख’, साह बारा क्षेत्र नम्बर ३ को […]

पत्रकार महासंघको निर्वाचन र अबको बाटो

नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछि बुधबार पहिलो पटक देशभर एकैदिन निर्वाचन हुँदैछ । १३ हजारभन्दा बढी पत्रकार सदस्यहरुले आफ्नो नेतृत्व चयनका लागि मतदान गर्दैछन् । यो एउटा ऐतिहासिक क्षण हुनेछ । एक दशक लामो प्रयासपछि परिषद् सदस्य (पार्षद्) प्रणाली अन्त्य गरी महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा जानु आम पत्रकारहरुका लागि खुसीको कुरा हो । […]

‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’

राजनीतिक दलले चुनावमा उठाएका उम्मेदवारलाई छनोट गर्न पाउने मौलिक अधिकारसँगै तिनलाई अस्वीकार गर्न पाउने अधिकार ‘राइट टु रिजेक्ट’ पनि हुनुपर्छ भन्ने बहस यतिखेर बाक्लिन थालेको छ । यससँगै जनताबाट निर्वाचित प्रतिनिधिमाथि जनताले नै अविश्वासको प्रस्ताव दर्ता गरेर उम्मेदवारलाई फिर्ता बोलाउने प्रत्याहवानको अधिकार (राइट टु रिकल) को व्यवस्था हुनुपर्छ भन्ने आवाज पनि त्यतिकै मात्रामा बढ्दै गएको […]

देशभर १ करोड ६२ लाख मतदाता, कुन जिल्लामा कति ?

४ चैत, काठमाडौं । सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा […]

एमाले र माओवादी केन्द्र ब्यूँतिदा ४६ जनप्रतिनिधि पद के हुन्छ ?

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि त्यही दलबाट निर्वाचित भएका जननिर्वाचित प्रतिनिधिहरुको हैसियत के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बनेपछि २०७६ साल मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तहका रिक्त पदहरुमा उपनिर्वाचन भएको थियो । […]

जिल्ला बचत तथा ऋण सहकारी संघ पर्सामा पुनः पण्डित निर्वाचित

१६ फागुन, वीरगञ्ज । जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साको सञ्चालक समितिको अध्यक्षमा पुनः राजेश पण्डित निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी हरेराम प्रसाद पटेललाई ३ मतको अन्तरले पराजित गर्दै पण्डित पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । पण्डितले ६२ मत र पटेलले ५९ मत पाएको निर्वाचन अधिकृत रामनारायण कुर्मीले जानकारी दिए । बरिष्ठ उपाध्यक्षमा असगर […]

ओलीजीले चुनाव गराउँदैनन् : शशांक कोइराला

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने बताएका छन् । त्रिभुवन विश्वविद्यालयमा १९ दिनदेखि जारी नेपाल विद्यार्थी संघको अनशनसहितको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका डा. कोइरालाले सत्तारुढ नेकपाको विवादकै कारण निर्धारित मितिमा चुनाव हुन नसक्ने ठोकुवा गरेका हुन् । वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने […]

‘नेकपा विवाद हल नगरी निर्वाचन प्रक्रिया अघि बढाउनु हुन्न’

१९ माघ, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल नगरी निर्वाचन प्रक्रिया अगाडि नबढाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । नेकपाभित्र देखिएको विवाद र दल दर्तालगायतको विषयमा छलफल गर्न आयोगले पूर्वप्रमुख आयुक्तहरुलाई बोलाएको थियो । पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादवले सबैजसो पूर्वप्रमुख आयुक्तको सुझाव समान रहेको बताए । ‘एउटै दलभित्र दुई […]

‘सर्वोच्चको फैसला नआई निर्वाचन कार्यक्रम घोषणा गर्न पाइन्न’

१५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका नेता लीलामणि पोखरेलले यतिबेला पार्टीका तर्फबाट निर्वाचन आयोगसँग ‘सम्पर्क व्यक्ति’ को भूमिका निभाइरहेका छन् । नेकपाको विवाद निरुपणमा निर्वाचन आयोगलाई खबरदारी गर्ने भूमिकामा सो समूहबाट खटिएका ९ जनामध्ये पोखरेल मुख्य जिम्मेवार नेता हुन् । पछिल्लो समय आयोगले नेकपाका दुबै समूहको निर्णयलाई बैधानिकता नदिने निर्णय सुनाएको […]