Comments Add Comment

नेकपा

List Grid
ओलीलाई एमाले सांसदहरुकै प्रश्न : एमसीसी के गर्ने ?

२३ भदौ, काठमाडौं । सरकारबाट बाहिरिएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ दलका शीर्ष नेताहरुको नाम लिँदै पटक–पटक सोधेको प्रश्न हो, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) के गर्नु हुन्छ ? बुधबार एमाले संसदीय दलको बैठकमा भने ओलीले आफंैले त्यही प्रश्न सामना गर्नुप¥यो, एमसीसी के गर्ने ? जनताले नो एमसीसी भनिरहेको तर, पार्टीको धारणा स्पष्ट नहुँदा आफूहरु […]

निर्दलीय व्यवस्था जस्केलाबाट छिर्‍यो : प्रदीप ज्ञवाली

२८ असार, काठमाडौं । नेकपा(एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्दलीय व्यवस्था फेरि जस्केलाबाट प्रवेश गराउन खोजेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा गरेको फैसलाबारे सोमबार बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिंदै उनले ३२ वर्षअघि नै समाप्त पारेको निर्दलीय व्यवस्था फेरि ल्याउन खोजेको टिप्पणी गरेका हुन् । ‘सर्वोच्च अदालतको आजको […]

एमालेभित्र पूर्वमाओवादी : आँधीअघिको सन्नाटा

६ असार, काठमाडौं । आफू निर्वाचित भएको पार्टीमै फर्कन दिएको निर्देशन नमानी नेकपा एमालेतिर लागेका जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा ताकेता बढाएको छ । आयोग हेर्ने जिम्मेवारीमा रहेका नेता लिलामणि पोखरेल शुक्रबार मात्रै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग कारबाही प्रक्रिया बुझ्न बहादुर भवन पुगेका थिए । ‘बाटो बिराएका हाम्रा केही जनप्रतिनिधिलाई कारबाही […]

नेकपा स्थापना दिवस : यस्तो छ एकता र विभाजनको श्रृंखला

९ वैशाख, काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ । यद्यपि यो पार्टी स्थापनासँगै […]

‘अविश्वास प्रस्ताव ल्याउन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’

१० चैत, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भन्दै अविश्वास प्रस्तावमार्फत हटाउन चुनौती दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अविश्वास प्रस्ताव ल्याउन नसक्नेले किन प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भनी प्रश्न गरेका छन् । ‘नैतिकता त गज्जबको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने […]

माधव नेपाल समूहले राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने

२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग सोमबार दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका नेता नेपालले राष्ट्रिय भेला नरोकिने बताएका हुन् । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले […]

नेकपा गोरखा पार्टी कार्यालयमा एमालेको बोर्ड राखियो

२५ फागुन, गोरखा । गोरखामा नेकपा एमालेको पार्टी कार्यालय स्थापना भएको छ । ओली समूहका कार्यकर्ताले मंगलबार गोरखा सदरमुकामको चाइनिजधारास्थित मदन–आश्रित स्मृति प्रतिष्ठानको भवनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला पार्टी कार्यालय लेखेको बोर्ड राखेका हुन् । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएसँगै उक्त भवन नेकपाको नगर कमिटी […]

नेकपा कर्णाली प्रदेश कार्यालयमा माओवादी केन्द्रको बोर्ड

२५ फागुन, सुर्खेत । नेकपा कर्णाली प्रदेश कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कार्यालयको पुरानो बोर्ड निकालेर कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) सुर्खेतको बोर्ड टाँगेका छन् । सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जिल्ला कार्यालयहरुमा नेकपाको साइनबोर्ड हटाएर एमाले र माओवादी केन्द्रको बोर्ड राख्न […]

फैसलाले अधिनायकवाद लाद्ने योजना असफल पारिदियो : ऋषि कट्टेल

२५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता निष्क्रिय पारेर अधिनायकवाद लाद्ने योजना असफल पारिदिएको टिप्पणी गरेका छन् । मंगलबार विज्ञप्ति निकालेर उनले सर्वोच्चको फैसलाप्रति खुशी व्यक्त गर्दै अधिनायकवाद लाद्ने गुरुयोजना एक हदसम्म असफल भएको बताएका हुन् । ‘संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिष्ट नामधारी […]

विप्लव मैले कोरेकै गोरेटोमा आउनुभयो, अब पार्टीमा स्वागत गर्न चाहन्छु : प्रचण्ड

२२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा स्वागत गरेका छन् । साथै एउटै पार्टीमा बनाउन प्रस्ताव गरेका छन् । शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा विमल अधिकारी नेतृत्वको नेकपा माओवादी समायोजित र विप्लव समूहका दीप तामाङको समूह पार्टी प्रवेश गरेको छ । कार्यक्रममा प्रचण्ड-माधव समूहका अध्यक्ष […]

नेकपा प्रचण्ड-माधव समूह निर्वाचन आयोग जाँदै

२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । आयोग जाने तयारी पेरिसडाँडामा भइरहेको छ । नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि आयोग जाने तयारी भएको हो । यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो […]

नेकपा नामको विवादमा फैसला आउने मिति पछि सर्यो

२० फागुन, काठमाडौं । सर्वोच्च अदालत आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ । पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द छन् । त्यसैले सर्वोच्च अदालतले नेकपा नामको विवादमा निर्णय सुनाउने मिति पछि सरेको हो । […]

प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यहरुको तीन ठाउँमा हस्ताक्षर संकलन

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरिएको छ । पेरिसडाँडामा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई तीन ठाउँमा हस्ताक्षर संकलन गरिएको हो । ‘यसअघिको हस्ताक्षर व्यवस्थित थिएन । त्यसैले तीनपानेमा ओरिजिनल हस्ताक्षर गरिएको हो’, स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने । केन्द्रीय सदस्यहरुको नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र पनि संकलन […]

‘कम्युनिस्ट कार्यकर्ता हुँ भन्दा लाज हुने स्थिति आइसक्यो’

१८ फागुन, विराटनगर । नेपाली कम्युनिस्ट आन्दोलनमा मनमोहन र भरतमोहन अधिकारी दाजुभाइको योगदान ठूलो छ । २५ वर्षअघि सरकारमा पुग्दा दाजुभाइले सुरु गरेको वृद्धभत्ता अहिले हरेक दलको महत्वपूर्ण चुनावी एजेण्डा बन्ने गरेको छ । नेपालमा पहिलो पटक कम्युनिस्ट दललाई सरकारमा पुर्‍याएको श्रेयको प्रमुख भागीदार यी अधिकारी दाजुभाइको परिवारका कोही सदस्य पनि अहिले पूर्णकालीन राजनीतिमा छैनन् […]

नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक जारी

१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर अगाडि बैठक सुरु भएको हो । संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालयका नेताहरु छलफलमा जुटेको जनाइएको छ । सचिवालय बैठक भनिए पनि राजेन्द्र पाण्डे, भीम रावल , देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेललगायत नेताहरु पनि […]

निर्वाचन आयोगसँग प्रचण्ड-माधव समूह असन्तुष्ट

१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको र त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सर्वोच्च अदालतले दबाब, धम्की र प्रतिगामी षड्यन्त्रलाई चिर्दै संविधान र लोकतन्त्रको पक्षमा ऐतिहासिक […]

केपी ओली सकुनीको भूमिकामा छन् : प्रचण्ड

१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको टिप्पणी गरेका छन् । शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’ सकुनी महाभारतका चर्चित पात्र हुन्, जसले पाँच पाण्डवलाई वनबास पठाउन भूमिका […]

ओली समूहको स्थायी कमिटी बैठक आज पनि जारी

१३ फागुन, काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो । बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न […]

प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् । यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको […]

केन्द्रीय सदस्यलाई प्रचण्ड–माधवको निर्देशन : जुनसुकै बेला निर्णय गर्नुपर्छ, तयार रहनुहोस्

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । ‘जुनसुकै बेला जस्तोसुकै निर्णय निर्णय लिनुपर्ने हुन्छ, […]

प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दै

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ । यो समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजो मात्रै भनेको थियो । नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि एक बजेबाट बैठक शुरु हुन लागेको हो । […]