Comments Add Comment

सूचना प्रविधि -समाचार

List Grid
ह्वाट्स एपले सेवा सर्तको विवादास्पद परिवर्तन अघि बढायो

परिवर्तित गोपनीयता सर्तका कारण आलोचित बनेको मेसेजिङ एप ह्वाट्सएपले सेवा सर्तमा गरिएको आफ्नो विवादास्पद परिवर्तनलाई अघि बढाउने भएको छ । तर यस विषयमा प्रयोगकर्तालाई सूचित गर्ने तरिकामा चाहिँ फरकपना ल्याउँदैछ । प्रयोगकर्तालाई एप प्रयोगका लागि डाटा शेयर गर्नुपर्ने सर्त मान्नैपर्ने नयाँ नीतिलाई बाध्यकारी बनाइएको घोषणा गत जनवरीमा ह्वाट्सएपले गरेको थियो । त्यसयता दशौँ लाख प्रयोगकर्ताले […]

एलन मस्क पुनः बने विश्वकै धनी मान्छे

टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन् । अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन् । ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै […]

ट्रम्पले फेरि कहिल्यै ट्वीटर चलाउन पाउने छैनन्

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन् । ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन । सिएनबिसीसँग बुधबार कुराकानी गर्दै ट्वीटरका सिएफओ नेड सेगलले ट्रम्पविरुद्ध ट्वीटरले लगाउने प्रतिबन्ध स्थायी भएको प्रष्ट पारेका हुन् । उनले भनेका छन्, ‘हाम्रो नीति भनेकै […]

टेलिकमको नाफा ६५ प्रतिशतले घट्यो, सस्तो डेटा कारक भएको दावी

३० माघ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल टेलिकमको नाफामा भारी गिरावट आएको छ । सेवा वापतको कूल आयमा पनि कमी आएको छ । गत वर्ष पहिलो ६ महिनामा १८ अर्ब ३ करोड आय गरेकोमा टेलिकमले यो वर्ष १७ अर्ब ७२ करोड आय गरेको नेपाल टेलिकमले जनाएको छ । यो आय गतर्वको […]

मोबाइलको अवैध आयात बढेको गुनासो, ७ अर्ब राजस्व गुमेको दावी

२८ माघ, काठमाडौं । अवैध रुपमा मोवाइल फोन नेपाल भित्रने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । बुधबार नेपाल मोवाइल वितरक संघले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवाला व्यवसायीहरुले मोवाइलको अवैध आयात बढेको र यसले व्यवसायी र राज्य दुबैलाई घाटा रहेको बताएका हुन् । कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा मासिक आयात हुने १० […]

अमेरिकामा ह्याकरको खतरनाक हमला, खानेपानीलाई विषाक्त बनाउने प्रयास

काठमाडौं । अमेरिकामा एकजना कम्प्युटर ह्याकरले फ्लोरिडा राज्यस्थित एक सहरमा वितरित खानेपानी संयन्त्रलाई ह्याक गरी विष घोल्ने प्रयास गरेका छन् । निकै खतरनाक तथा अहिलेसम्मकै नयाँ मानिएको उक्त साइबर अपराधको घटनामा उक्त ह्याकरले फ्लोरिडाको ओल्डस्मार सहरको खानेपानी प्रशोधन संयन्त्रलाई ह्याक गरेर विषाक्त रसायन मिसाउने कोसिस गरेको हो । अधिकारीका अनुसार सहरको पानी प्रशोधन प्रणालीलाई ह्याक […]

स्वचालित कारमा एप्पलसँगको सहकार्य ! हुण्डाई र कियाले गुमाए साढे ८ अर्ब डलर

अमेरिकी कम्पनी एप्पलसँग स्वचालित कार निर्माणमा सहकार्यका लागि कुनैपनि सम्झौता नभएको बताएसँगै दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाई र कियालाई ठूलो धक्का लागेको छ । स्वचालित विद्युतीय कार उत्पादनका लागि एप्पलसँग कुनै छलफल नभएको हुण्डाई मोटर कम्पनीले सोमबार प्रष्ट पारेको छ । जबकि एक महिनाअघि हुण्डाईले एप्पलसँग यस विषयमा प्रारम्भिक कुराकानी भइरहेको बताएको थियो । […]

सामसङको ‘ग्यालेक्सी एस२१’ सिरिजको बिक्री सुरु

सामसङ नेपालले एस सिरिज अन्तर्गत ग्यालेक्सी एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रा स्मार्टफोनहरुको बिक्री सुरू गरेको छ ।बोल्ड डिजानइ, स्टेट अफ द आर्ट इनोभेसनको साथ उच्चस्तरीय प्रविधिको प्रयोगले यि फोनहरुले वास्तवमै दैनिक जीवनलाई अझै उत्कृष्ट एवं सहज तुल्याउने छ । ग्यालेक्सी इकोसिस्टम अन्तर्गत यि फोनहरुमा उपलब्ध भएका विभिन्न सुविधाहरुले प्रयोगकर्ताहरुका हरेक पलहरुलाई […]

क्लाउड बिजनेसमा गुगललाई घाटा, वार्षिक साढे ५ अर्ब डलर नोक्सान

गुगल कम्पनीले आफ्नो क्लाउड कम्प्युटिङ व्यवसायको वित्तीय अवस्थाबारे गहन विश्लेषण सार्वजनिक गरेको छ । अन्य सबैभन्दा क्षेत्रमा नाफा कमाइरहेको गुगलले क्लाउड बिजनेसमा चाहिँ ठूलो घाटा व्यहोर्नु परिरहेको तथ्यांकले देखाएको छ । सन् २०२० को तेश्रो त्रैमासिकमा मात्रै गुगल क्लाउडको सञ्चालन नोक्सानी १ अर्ब २० करोड डलर रहेको छ । जुन सन् २०१९ को सोही अवधिको […]

टेलिग्राम बन्यो सबैभन्दा धेरै डाउनलोड हुने एप, ह्वाट्सएप खस्कियो

टिकटक तथा फेसबुक मातहतको इन्स्टेन्ट मेसेजि एप ह्वाट्सएप लगायतलाई पछाडि पार्दै क्लाउड बेस्ड मेसेजि एप टेलिग्राम विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । चालु वर्ष सन् २०२१ को जनवरी महिनामा नन गेमिङ एपतर्फ टेलिग्राम पहिलो नम्बरमा उक्लिएको हो । सेन्सर टावरको पछिल्लो तथ्यांक अनुसार जनवरी महिनामा टेलिग्राम एप विश्वमा ६ करोड ३० लाख […]

 ‘महामारीपछि सामसुङको लोकप्रियता बढ्यो, एस २१ले अझै बढाउँछ’

२६ माघ, काठमाडौं । कोभिड पछि मोबाइल फोनको व्यापार निकै वृद्धि भएको छ । अझ सामसुङ ब्राण्डका मोबाइलहरुमा सर्वसाधारणको आकर्षण निकै बढेको सामसुङको नेपाल कार्यालयका जनरल म्यानेजर  प्रणयरत्न स्थापित बताउँछन् । कोभिडपछि मोबाइल फोनको आवश्यकता धेरै महशुस भएको र यसले बजार बढाएको उनको अनुभव छ । सामसुङले हालै आफ्नो नयाँ एस सिरिज सार्वजनिक समेत गरेको […]

महामारीमा थपिए २० लाख इन्टरनेट प्रयोगकर्ता

२५ माघ, काठमाडौं । लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएका छन् । लकडाउनअघि २ करोड १८ लाख ५२ हजार इन्टरनेट सब्स्क्राइबर रहेकामा अहिले २ करोड ३९ लाख २१ हजार पुगेका छन् । गत फागुनसम्म ५० लाख ८२ […]

नयाँ सेवामा धमाधम सहायक कम्पनी खडा गर्दै नेपाल टेलिकम

२४ माघ, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले पछिल्ला वर्षमा विभिन्न नयाँ सेवाका लागि नयाँ कम्पनीमार्फत अघि बढ्ने रणनीति बनाएको छ । कम्पनीको सेवालाई सस्तो, प्रभावकारी, छरितो बनाउँदै वित्तीय अवस्थामा सुधार गर्न र समयसापेक्ष प्रविधिको प्रयोग बढाउन भन्दै टेलिकमले आफू मातहत नयाँ कम्पनी स्थापना गर्ने क्रमलाई निरन्तरता दिएको छ । टेलिकमले  गत वर्ष नै […]

१७ वर्षको भयो फेसबुक, यस्ता छन् सफलताका तथ्यांक

विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया प्लाटर्फम फेसबुक बिहीबार अर्थात् फेब्रुअरी ४ मा १७ वर्षको भएको छ । आफ्नो १७औँ जन्मोत्सवमा फेसबुकले मित्रता र समावेशी शब्द अंकित वर्डमार्कको एनिमेसनमार्फत् मित्रता दिवस मनाएको छ । उक्त एनिमेसनमा टाउकोमा स्कार्फ लगाएकी महिला र अर्को एकजना युवक बीच फेसबुकबाट विभिन्न खाले मित्रवत इमोजीयुक्त मेसेजहरु आदानप्रदान भैरहेको देखाइएको छ । […]

यस्ता छन् अमेजनका नयाँ सीईओ

अमेजन कम्पनीका सीईओ जेफ बेजोसले आगामी जुलाई महिनादेखि लागू हुने गरी कम्पनीको सीईओबाट राजीनामाको घोषणा गरिसकेका छन् । बेजोसको राजिनामासँगै अमेजन कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद एन्डी जेस्सीले सम्हाल्ने पक्का भएको छ । लामो समयदेखि बेजोसका सहकर्मी रहेका जेस्सी अमेजन कम्पनीको सुरुवात देखिकै कर्मचारी हुन् । जेस्सीले सन् १९९७ मा मार्केटिक व्यवस्थापकको पदमा भर्ना भएर […]

स्टिभ जब्सले बनाएको पहिलो कम्प्युटर बिक्रीमा, मूल्य २० करोड रुपैयाँ

काठमाडौं । जब एप्पल कम्पनीका संस्थापक स्टिभ जब्ससँग सम्बन्धित कुनै संस्मरणात्मक सामाग्रीहरु लिलामीका लागि राखिन्छन् तब त्यस्ता वस्तु खरीद गर्नका लागि मानिसहरुमा हानथाप हुन्छ । हालै स्टिभ जब्सले बनाएको पहिलो चरणको एक कम्प्युटर करोडौँ रुपैयाँमा बिक्रीमा राखिएको छ । एप्पलका संस्थापक जब्स र अर्का संस्थापक स्टिभ बोज्नियाकले बनाएको एप्पल वान कम्प्युटर हालै १५ लाख अमेरिकी […]

चीन भन्छ- चिनियाँ एपमाथिको प्रतिबन्ध विश्व व्यापार संगठनको उल्लंघन

काठमाडौं । विभिन्न चिनियाँ एपहरु माथि स्थायी प्रतिबन्ध लगाउने भारतको कदम विश्व व्यापार संगठनका सिद्धान्त तथा बजार अर्थतन्त्रका मान्यताको उल्लंघन रहेको चीनले बताएको छ । नयाँदिल्लीस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले बुधबार एक विज्ञप्ती जारी गर्दै भारतीय कदमको आलोचना गरेका छन् । भारतले गत जुन महिनामा ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । गत सेप्टेम्बरमा थप […]

फर्किएनन् क्लिनफिडले भडि्कएका टेलिभिजनका दर्शक

१८ माघ, काठमाडौं । क्लिन फिड लागू भएपछि घटेका ग्राहक (दर्शक) फिर्ता नभएको भन्दै टेलिभिजन सेवा वितरक र प्रसारकहरुले चिन्ता व्यक्त गरेका छन् । कात्तिक ८ गतेदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा क्लिन फिड (विज्ञापनरहित प्रसारण) कार्यान्वयनमा आएपछि धेरैजसो च्यानलको प्रसारण रोकिएकाले टेलिभिजनका ग्राहक ह्वात्तै घटेको थियो । क्लिन फिड लागू भएलगत्तै टेलिभिजन सेवा प्रसारक […]

फेसबुक सर्वोच्च अदालतको पहिलो फैसला, उल्टिए ४ निर्णय

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च अदालतको रुपमा व्याख्या गरिएको निगरानी बोर्डले फेसबुक प्रयोगकर्ताका सामाग्रीहरु हटाउने फेसबुक कम्पनीका विभिन्न निर्णयहरु उल्टाइदिएको छ । निगरानी बोर्डले आफ्नो गठन पश्चात् पहिलोपटक गरेको सुनुवाइका क्रममा यस्तो फैसला गरेको हो । पहिलो सुनुवाइमा लिइएका पाँचवटा निवेदनमध्ये चनर वटामा फेसबुकको निर्णय उल्टाइएको छ । फेसबुकमा राखेका आफ्ना सामाग्री फेसबुकले […]

३ महिनामा एप्पलले गर्यो १ खर्ब डलरको व्यापार

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले यस पटकको क्रिसमसका बेला व्यापारमा रेकर्ड कायम गरेको छ । महामारीका बाबजुत एप्पलका पछिल्ला फोन तथा ल्यापटप लगायतका ग्याजेटप्रति उपभोक्ताहरुको अत्यधिक आकर्षणका कारण एप्पलले सन् २०२० को पछिल्लो त्रैमासिकमा १ खर्ब ११ अर्ब डलरको कारोबार गर्न सफल भएको छ । एप्पलले गरेको यो व्यापारको अंक अघिल्लो वर्षको सोही अवधिको […]

सातै प्रदेश १४ सहरमा डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिङ्क

१५ माघ, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले सातै प्रदेशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै वर्ल्डलिंकले ३ अर्ब रूपैयाँको लगानीमा तीन वर्षभित्र ती डेटा सेन्टर निर्माण गर्न लागेको घोषणा गरेको हो । विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले वृद्धि भइरहेको छ, जसले […]